नौबिसे कालोपत्रे सुस्त

1074 पटक पढिएको

सम्पादक: Dhadingnews.com

road

धादिङ,१५ बैशाख- ठेकेदारको लापर्बाहीले पृथ्वी राजमार्गको नौबिसे-पिपलमोड सडक खण्डको करिब दस किलोमिटर कालोपत्रे निर्माण पाँच महिना ढिला हुने भएको छ । काम चाँडो सक्न सडक विभागले पटक-पटक निर्देशन दिंदासमेत ठेकेदारले अटेर गरिरहेको छ ।

सडक डिभिजन चितवनका प्रमुख हरि पोखरेलले चाँडो काम सक्न तीन पटकभन्दा बढी सार्वजनिक सूचना जारी गर्दासमेत ठेकेदारले अटेर गरेको बताए ।

‘दक्ष जनशक्ति छैनन्, राम्रा मेसिन पनि छैनन् । कामको गति पनि बढाउँदैनन्, हामीले अन्तिम पटक चेतावनी दिएका छौं’, उनले भने । गत आर्थिक वर्षमा महादेव खिम्ती मिची जेभिकोले कालोपत्रेको ठेक्का पाएको हो । पाँच करोड रुपैयाँभन्दा बढी रुपैयाँ विभागले कालोपत्रेका लागि विनियोजन गरेको छ ।

कालोपत्रे सक्ने अन्तिम म्याद जेठ १२ गते भए पनि ४२ प्रतिशत काम सकिएको छैन । प्रमुख पोखरेलका अनुसार दस किलोमिटरमा करिब १ किमि ढलान गरिनेछ ।

नौबिसेस्थित याक घरखण्डको ३ सय ७५ मिटर सडक ढलान सम्पन्न भइसकेको उनले जानकारी दिए । केही दिन अघि कालोपत्रे अनुगमनमा गएका भौतिक योजना तथा यातायातमन्त्री विमेलन्द्र निधिले चाँडो काम नसके ठेक्का सम्झौता रद्द गर्ने ठेकेदार चेतावनी दिएका थिए । स्रोतका अनुसार ठेकेदार सुरेश साह एमाओवादीका नेता हुन् । गत संविधानसभा निर्वाचनमा उनी बाराबाट उम्मेदवार थिए ईकान्तिपुर डट कमले खबर लेखेको छ । ।