आफ्नै बारेमा

न्य संचारमाध्यमबाट गरिने पत्रकारिता भन्दा अनलाइन पत्रकारिताले अहिले विश्वभरनै विकासको गति समातेको छ ।पत्रकारितामा सबैभन्दा कान्छो विधाको रूपमा अनलाइनको विकास भएको भएपनि यसको लोकप्रियता बढ्दो छ । छोटो समयममै यसले परम्परागत सञ्चारमाध्यमलाई चुनौति दिन सक्षम भइसकेको छ। विस्तारै परम्परागत मिडियाहरू अहिले पूर्ण रूपमा अनलाइनमा निर्भर बन्दै जानु तथा नेपालमै पनि परम्परागत सञ्चार माध्यमको तुलनामा अनलाइन पत्रकारिताको विकास र विस्तार तिव्र गतिमा हुनुले पनि अनलाईन पत्रकारिता धेरैको रोजाईको बिषय बनेको कुरालाई नकार्न सकिन्न । राजधानीको छेउमै रहेको धादिङ जिल्लालाई कार्यक्षेत्र बनाएर “संसारभर धादिङको खबर “ भन्ने मुलमन्त्रका साथ नेत्रावती मिडिया प्रा. लि. धादिङले धादिङ जिल्लामा २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि  अनलाईन पत्रिका www.dhadingnews.com सुरुवात गरेको हो  । नेपाल र विश्वभरी छरिएका नेपालीहरूलाई छिटो-छरितो रूपमा धादिङ जिल्लाको सूचना,समाचार बिचार  र मनोरञ्जन दिनु धादिङन्यूजको मुख्य उद्देश्य रहनेछ ।

आम नागरिकलाई सूचना, समाचार, विचार, विश्लेषण र विविध विषयमा सुसूचित गर्ने ध्येयका साथ संचालनमा रहेको धादिङ न्यूज डट कम निस्पक्ष सूचना र संचारको संवाहक हो । हामी स्वतन्त्र छौं, हामी कुनै पनि राजनीतिक. सामाजिक तथा अन्य किसिमका पूर्वाग्रहबाट अलग छौं । तपाईंको सूचना र संचारको हकको लागि समाजका विकृति र विसंगतिहरू बिरुद्ध हामी निरन्तर कलम चलाइरहनेछौँ । हामीलाई सूचना जानकारी उपलब्ध गराएर हाम्रो यस अभियानमा तपाईंले पनि साथ् दिन सक्नुहुनेछ ।  धादिङ जिल्लाको सूचना, समाचार, विचार र मनोरञ्जन छिटो छरितो रूपमा विश्वभर पुर्याउनु हाम्रो मुख्य उद्देश्य रहेको छ ।

सत्य तथ्य र छिटो-छरितो समाचारका साथै सन्तुलित एवं निष्पक्ष विश्लेषणमार्फत आमजनतामाझ आफ्नो प्रसारण पुर्याउन धादिङकै सबैभन्दा ठूलो अनलाइन सञ्जालको रूपमा विस्तार गर्ने हाम्रो योजना छ । जसका लागि सकेसम्म धेरैभन्दा धेरै पाठक र सञ्चारकर्मीहरूका साथै विदेशमा बस्ने धेरैभन्दाधेरै नेपालीहरूलाई धादिङन्यूज  को महत्वपूर्ण अंशियारकै रूपमा आत्मसाथ गर्दै अघि बढ्ने कुरामा हामी दृढ संकल्पित छौं । परिर्वतनको सबैभन्दा ठूलो हतियार संचार हो । यसको लक्ष्य भनेको सूचना र संचारका माध्यमबाट आर्दश समाजको निमार्ण गर्नु हो । हामी पनि त्यही आर्दश समाज निमार्णका लागि जुटेका छौं । त्यसको प्रतिफल नै धादिङ न्यूज अनलाइन पत्रिका हो । हाम्रो यो आर्दश समाज निमार्ण र चेतनामूलक समाज निमार्ण गर्ने अभियानमा तपाइको सहकार्यको खाचो पर्दछ ।

धादिङ जिल्लामा फरक पहिचानका साथ प्रस्तुत हुँदै आईरहेको नेत्रावती साप्ताहिक र नेत्रावती अनलाईनको निरन्तरता र त्यहांको अनुभबलाई आधार मानेर नेत्रावती मिडिया प्रा.लि. ले शुरुवाती गरेको धादिङ न्यूजको स्वामित्व २०७७ भदौ ३० गते बाट डिन्यूज मिडिया प्रा.लि.मा हस्तान्तरण भएको छ । धादिङ जिल्लाका समाचारलाई विशेष स्थान दिनेगरी धादिङन्युज सञ्चालनमा ल्याईएको हो । हामी स्वतन्त्र छौं, हामी कुनै पनि राजनीतिक. सामाजिक तथा अन्य किसिमका पूर्वाग्रहबाट अलग छौं । तपाईंको सूचना र संचारको हकको लागि समाजका विकृति र विसंगतिहरू बिरुद्ध हामी निरन्तर कलम चलाइरहनेछौँ । हामीलाई सूचना जानकारी उपलब्ध गराएर हाम्रो यस अभियानमा तपाईंले पनि साथ् दिन सक्नुहुनेछ ।  धादिङ जिल्लाको सूचना, समाचार, विचार र मनोरञ्जन छिटो छरितो रूपमा विश्वभर पुर्याउनु हाम्रो मुख्य उद्देश्य रहेको छ । ‘धादिङ न्यूज’ यहाँहरू सबैको डिजिटल पत्रिका हो ।राजनैतिक मतभेद,हत्याहिसां,निराशा जस्ता विषय बस्तुलाई पहिलो समाचार बनाएर समाजमा निराशाजनक सन्देश फैलाउन हामी चाहँदैनौं ।

मुलधारका संचार माध्यमले जिल्लाका सबै समाचार समेटन नसक्ने यथार्थतालाई नजिकबाट नियाल्दै हामीले धादिङ न्यूज मा स्थानिय विषयमा धेरै भन्दा धेरै समाचार संप्रेषण गर्ने जर्मको गर्नेछौं । धादिङ न्यूज मार्फत जिल्लाको शिक्षा, स्वास्थ्य, बन तथा बातावरण,बिकास, कृषि, ब्यबसाय, पर्यटन तथा सामाजिक सबाल र सामाजिक परिवर्तन हरु लाई पहिलो प्राथमिकता दिने छौ । तपाईंहरुको सकारात्मक सुझाव र सहयोगको अपेक्षा गर्दछौं । तपाइको अमूल्य सल्लाह, सुझाव र प्रतिक्रियाको हामी सधै अपेक्षा गर्दछौं । यहाँको सहयोगले हामीलाई हाम्रो उद्देश्यमा अगाडी बढ्न मद्धत मिल्ने छ ।

अध्यक्ष/प्रधान-सम्पादक
केशव अधिकारी

कार्यकारी निर्देशक
बुद्धिमान वाईबा

सम्पादक
रामचन्द्र रुपाखेती

 

धादिङ न्यूज डट कम
ईमेल : [email protected]
फोन :०१० -५२०८३८ /०१०- ५२१०२७
मोबाइल : ९८५११ २०८३८ /९८४१५१९४९२

धादिङ न्यूज डट कम धादिङ जिल्लाबाट  संचालन भईरहेको छ । यसमा तपाईको संघ सस्था वा व्यापारीक प्रयोजनका कुनै पनि विज्ञापन वा सन्देश संप्रेषण गर्न  चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ । 

‘संसारभर धादिङको खबर’ भन्ने अभिष्टका साथ हामीले धादिङ जिल्लाबाट डिजिटल अनलाइन पत्रकारिता संचालन गर्दै आईरहेका छौं । सूचना प्रविधिमा भएको विकासले हाम्रो डिजिटल यात्रालाई सार्थक बनाउनेछ भन्ने हामीलाई आशा छ । धादिङन्युज डट कमतपाईहरुलाई कस्तो लागेको छ ? यसलाई अझ राम्रो बनाउन के गर्नुपर्ला ? हामी तपाईहरुको अमूल्य सुझाव र सल्लाहको प्रतिक्षामा छौ । तपाईहरुसँग कुनै पनि प्रकारका सूचना, समाचार, लेख, रचना र जानकारी छन् भने हामीलाई खबर गर्नुहोला । तपाइको सानो सूचना समाजका लागि ठूलो खबर बन्नसक्छ । यदि तपाईहरु कुनै पनि कार्यक्रमहरु गर्दै हुनुहुन्छ भने पनि हामीलाई सम्झनुहोला । हामी तपाईको सहयोगको प्रतिक्षा गरिरहेका छौं ।