प्रवास समाचार

बुद्धिमान कुवँर र हरिकाजी ढुंगानालाई जर्मनी बस्‍ने नेपालीको आर्थिक सहयोग

काठमाडौं - मजदुरी गर्ने क्रममा घाइते भएका बुद्धिमान कुवँर र हरिकाजी ढुंगानाको उपचारार्थ विदेशमा बस्‍ने नेपालीहरूले सहयोग उपलब्ध गराएका छन्। विशेषगरी जर्मनीमा बस्दै आएकी गोरखा परिवार बन्दना पुन बुढा मगरको पहलमा कुँवर र ढुंगानालाई आर्थिक सहयोग गरिएको हो। यसैबीच उक्त रकम घाइते कुँवर र ढुंगानालाई हस्तान्तरण गरिएको छ। शनिवार काठमाडौंमा..

विश्वकै ९८ औं शक्तिशाली बरियतामा नेपालको पासपोर्ट

सिंगापुर- नेपालको पासपोर्ट विश्वकै ९८ औं शक्तिशाली बरियतामा परेको छ । हेन्ली पासपोर्ट इन्डेक्सले सार्वजनिक गरेको सूची अनुसार नेपालले ९८ औं स्थान हासिल गरेको हो । विश्वकै शक्तिशाली पासपोर्टमा यो वर्ष जापान, सिंगापुर र दक्षिण कोरियाको पासपोर्ट संयुक्त रुपमा परेको नयाँ विश्वव्यापी वरियताले देखाएको छ । सिंगापुर र दक्षिण कोरियाको..

‘मिसेस् टप अफ द वल्र्ड २०१९’मा नेपालकी अलिना तुलाधरले प्रतिनिधित्व गर्ने

काठमाडौं – युरोपको लातभियाको रिगा शहरमा आयोजना हुने अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता ‘मिसेस् टप अफ द वल्र्ड २०१९’मा नेपालको प्रतिनिधित्व अलिना तुलाधरले गर्ने भएकी छन् । ‘मिसेस् टप अफ द वल्र्ड २०१९’का लागि आधिकारीक प्रतिनिधि पठाउने संस्था ईप्लानेट प्रा.लिले शुक्रबार होटल सोल्टीमा एक कार्यक्रम गर्दै ‘मिसेस् टप अफ द वल्र्ड नेपाल..

भिजिट नेपाल २०२० को प्रचार गर्न स्कटल्याण्डमा हिल वाक इभेन्ट

स्कटल्याण्ड– एनआरएनए स्कटल्याण्ड राज्य समन्वय समितिको आयोजनामा स्कटल्याण्डको प्रख्यात डुमएट हिल, स्टरलिङमा हिल वाक इभेन्ट भब्य रुपमा सम्पन्न भएको छ । आइतबार आयोजना भएको सो कार्यक्रममा करिब सय जना भन्दा बढीको सहभागिता रहेको थियो । एनआरएनए स्कटल्याण्डको नौलो तरिकाको हिल वाक इभेन्टले एनआरएनएप्रति सचेतना जगाएको एनआरएनए स्कटल्याण्डका..

अमेरिकाको कोलोराडोमा अप्रिल १४ मा नेपाल डे परेड हुने

नातिबाबु भट्ट कोलोराडो, अमेरीका - नेपाली नयांबर्ष २०७६ को उपलक्ष्यमा अमेरिकाको कोलोराडो निवासी नेपालीहरुले “नेपाल डे परेड” को आयोजना गरी नयाँ बर्ष मनाउनुका साथै शुभकामना आदान प्रदानगर्ने भएका छन् । रकि माउन्टेण्ड फ्रेन्डस् अफ नेपालको आयोजना तथा हेल्पिङ ≈याण्डको सहयोगमा कोलोराडो स्थित बोल्डर नगरमा आगामी अप्रिल १४ तारिक आईतबार दिउसो..

अमेरीकाको कोलोराडोमा रहेका नेपालीले मनाए होली

कोलोराडो (अमेरीका) - नेपालीहरु जुन देशमा पुगेपनि आफ्नो धर्म सस्कृति र परम्परालाई भुल्न सक्दैनन । परदेशको भुमिमा नेपालीहरुलाई जोड्ने काम यिनै धर्म संस्कृति र चाडपर्वले गर्न गरेको छ । यसै क्रममा अमेरिकाको कोलोराडोमा निवासी नेपालीहरुले बसन्त ऋतुको आगमन संगै आपसी मेलमीलाप र सद्भाबको रुपमा मनाईने होली एक आपसमा रंग लगाई हर्सोउल्लासका साथ..

धादिङ समाज कोरियाको अध्यक्षमा सन्तोष अधिकारी 

धादिङ -धादिङ जिल्लाबाट दक्षिण कोरियामा गई विभिन्न पेशा र व्यवसायमा संलग्न हुंदै आएका धादिङेलीहरुको हक हितका निम्ति स्थापना भएको साझा संस्था धादिङ समाज कोरियाको अध्यक्षमा पुनः सन्तोष अधिकारी चयन भएका छन । धादिङ समाज कोरियाको छैटौँ अधिबेशनबाट  धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ जलजलेका अधिकारी अध्यक्षमा चयन भएका हुन..

धादिङ अष्ट्रेलिया समाजको अध्यक्षमा सविन थपलिया चयन

सिड्नी ( अष्ट्रेलिया) । धादिङ जिल्लाबाट अष्ट्रेलियामा गई विभिन्न पेशामा आवद्ध नेपालीहरुको हक हितका निम्ति स्थापना भएको धादिङ अष्ट्रेलिया समाजको अध्यक्षमा सविन थपलिया चयन भएका छन् । समाजको शनिबार सिड्नीमा सम्पन्न साधारणसभाले थपलियाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा सुरेन्द्र नेपाल, सचिवमा..

धुंवाकोटको सरस्वती मावि नयाँ भवन बनाउन तिमिल्सेनाको १३ लाख सहयोग

धादिङ — लण्डनमा कार्यरत नेपाली व्यवसायी  कृष्ण तिमिल्सेनाले आँफुले अध्ययन गरेको धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ मा रहेको  सरस्वती माध्यमिक विद्यालय पुनर्निर्माणका लागि१३ लाख ६० हजार रुपैयाँ प्रदान गरेका छन् । २०७२ बैशाखको भूकम्पले विद्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएपछि यहाँका विद्यार्थी चौरमा पढ्न वाध्य थिए । गाउँको..

पत्रकार कनकमणि दिक्षितको नजरमा यस्तो देखियो ‘रुवीभ्याली’

कनकमणि दिक्षित उत्तर धादिङको यो विकट ठाउँ विपन्न हुनुपर्ने कारण छैन, तर विपन्न छ । धादिङको उत्तरी भेकमा पर्ने खोंचमा, गणेश हिमालको फेदैमा छ, रुबी भ्याली गाउँपालिका । काठमाडौंबाट हप्ता दिन हिंडेर पुगिने ठाउँ अहिले मौका मिले हेलिकप्टरबाट आधा दिनमै घुमफिर गर्न पाइन्छ । यस्तै जुर्‍यो, जब काडूरी च्यारिटेबल ट्रष्टका भूकम्प..

तामाङ कोअपरेशन सोसाइटी अफ क्यालिफोर्नियामा नयाँ कार्यसमिति

क्यालिफोर्निया- तामाङ को–अपरेशन सोसाईटी अफ क्यालिफोर्नियाको चौथो महाधिवेशन नयाँ कार्यसमिति गठन गर्दै  सम्पन्न भएको छ । २४ नोभेम्बरमा क्यालिफोर्नियामा आयोजित महाधिबेशनको प्रमूख अतिथि  शेर लामा हुनु हुन्थ्यो । महाधिबेशनबाट चयन भएका अध्यक्षमा प्रेम लामा, उपाध्यक्षमा रेणु योन्जन र  बुद्धिमान तामाङ, महासचिवमा सुरज पाख्रिन, सचिवमा..

परदेशिएका युवा भन्छन् : सात समुद्रपारि सधैं खल्लो दसैं

काठमाडौं- सहरमा दैनिकी चलाइरहेकाहरु दसैंका लागि घर फर्किरहेका छन्। राजधानीसँग जोडिएका नाकाहरुमा सवारी साधनको लामो लाइन छ। दसैं मनाउन दैनिक लाखौं सर्वसाधारण राजधानी छोड्दैछन्। घरदेश हुनेहरु दसैंका लागि घर गइरहँदा परदेश हुनेहरुलाई भने फर्किहाल्न सम्भव छैन। बिदा मिल्नेहरु स्वदेश फर्किन्छन्। तर, परदेशमा हुने धेरैलाई पर्व आए पनि कामले..

मलेसियामा १५ लाखभन्दा बढी कमाउने नेपाली मजदुर

क्वालालम्पुर– वैदेशिक रोजगार भन्नासाथ गाह्रो काम, थोरै कमाइ अनि कैयन बेतिथिका भोगाइ हुन्छन् भन्ने नकारात्मक धारणा छ तर विभिन्न मुलुकमा पुगेर काम गर्ने कतिपय नेपाली निकै सान, मान र इज्जतका साथ कमाइ मात्र गर्दैनन् अन्य स्वदेशी तथा विदेशीलाई रोजगारीसमेत दिलाउँदै आएका छन् । तिनैमध्येका एक छन्, सुनसरी जिल्लाको इटहरीका शम क्षत्री । जो..

अमेरीकाको कोलोराडोमा रहेका नेपालीहरुद्धारा रक्तदान

कोलोराडो, अमेरीका - कोलोराडोमा सकृय संस्था लङमन्ट हिमालयज् लायन्स क्लब र ब्लड डोनर्स अफ अमेरीकाको संयूक्त आयोजना शनीबार रक्तदान कार्यक्रम सम्पन्न भयो । बोल्डर स्थित बोनफिल्स सेन्टरमा सम्पन्न रक्तदान कार्यक्रममा ३ जना महिला र १४ जना पुरुष गरि १७ जना नेपालीले र १ स्थानीयले रक्तदान गरेका हुन् । रक्तदान गर्न ईच्छुक झण्डै ३० जना भए पनि..

मलेसियामा विषाक्त रक्सी सेवनका कारण धादिङका विवश घले सहित ६ जना नेपालीको मृत्यु

धादिङ । मलेसियामा विषाक्त रक्सी सेवनका कारण १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना नेपाली रहेको मलेसियास्थित नेपाली दुतावासले जनाएको छ । ती मध्ये एक जना धादिङका रहेका छन् । ज्यान गुमाउने ६ जना नेपालीको सनाखत भएको छ ।मलेसियाको क्वालाम्पुरस्थित नेपाली दुतावासका अनुसार ६ जना नेपालीको पहिचान भएको छ । मृत्यु हुनेहरुमा धादिङ गंगाजमुना..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad