फोटो ग्यालरी

धादिङका १० जना सहित देशभर ४१२ जनामा कोरोना संक्रमण

धादिङ, पुस २३ । पछिल्लो २४ घण्टामा धादिङ जिल्लाका १० जना सहित नेपालमा ४१२ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ५ हजार ५८ जना सक्रिय संक्रमित छन्न । विहिवार ५ हजार १३२ जनाको पिसिआर परीक्षण गरिएपछि नेपालमा पिसिआर परीक्षण हुनेको..

चोरीको मोटरसाईकल सहित धादिङका ३ युवा पक्राउ

काठमाडाैँ २३ पुस । चोरीको मोटरसाईकल सहित धादिङका ३ युवा ३ दिनको अन्तरमा पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा बाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले सोह्रखुट्टे स्थित सडकखण्डबाट राजन मगर र राजन तामाङ चढेको मोटरसाईकल चेकजाँच गर्दा चोरीको भएको पुष्टि भएपछि उनिहरुलाई पक्राउ गरेको छ ।  धादिङ्ग जिल्ला  निलकण्ठ..

रेडियो धादिङ प्रशारण हुन थालेको १४ वर्ष पुग्यो

धादिङ- रेडियो धादिङ १०६ मेगाहर्ज औपचारिक प्रशारण हुन थालेको १४ बर्ष पुगेको छ । ग्रामीण सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो धादिङ १०६ मेगाहर्जले २०६४ साल पौष २१ गते धादिङवेसीबाट आफ्नो नियमित प्रशारणको आरम्भ गरेको थियो । तत्कालिन सभामुख सुवाषचन्द्र नेम्वाङले रेडियोको औपचारिक प्रशारणको उद्घाटन गर्नु भएको थियो ।२०६४..

राजमार्गको छेउमा बस्ती, अनुमानमा तिर्छन विजुलीको विल

बेनिघाटरोराङ, २१ पुस -  घरघरमा पुगेर विजुलीकोमिटर रिडिङ गर्ने जिम्मेवारी पाएका कर्मचारीले लापरवाही गरिदिंदा धादिङको बेनीघाट–रोराङ गाउँपालिका–३ का वासिन्दा मनोमानी बिद्युत्त महसुल तिर्न वाध्य भएका छन् । ओर्बाङकी चमेली चेपाङले घरमा बिजुलीको मिटर जोडेको तीन वर्ष भयो । तर, अहिलेसम्म एकपटक पनि मिटररिडर घरमा आएका छैनन् । बरु..

ज्वालामुखीमा मेगा बैंक संग सहुलियत कर्जा सहकार्य सम्बन्धी सम्झौता

धादिङ–मेगा बैंक लिमिटेड र धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता भएको छ । सो सहकार्य सम्बन्धी सम्झौता पत्रमा सोमबार हस्ताक्षर भएको हो । सम्झौता पत्रमा मेगा बैंकका एसएमई कर्जा प्रमुख जनक भट्टराई ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोदराज तिमिल्सिना, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष..

नयाँ नक्सा भएको १ रुपैयाँको ३० करोड सिक्का छाप्दै राष्ट्र बैंक

धादिङ- लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नेपालको नयाँ नक्साअंकित भएको सिक्का आउने भएको छ । भदौ २९ मा बसेको मन्त्रिपरिषद्‍को बैठकले नेपाल राष्ट्र बैंकलाई १ रुपैयाँ र दुई रुपैयाँको सिक्कामा नेपालको नयाँ नक्सा समेटेर छाप्न स्वीकृति दिएको थियो । सोही अनुसार ३० करोड सिक्का छाप्‍नका लागि राष्ट्र बैंकले टेन्डर खुलाएपछि नयाँ सिक्का..

मौसम बदलिंदा देशैभर चिसो बढ्यो

धादिङ-देशैभरको मौसम बदलिंदा चिसो ह्वात्तै बढेको छ । पश्चिमी वायुको प्रभावका कारण धादिङ लगायत देशको धेरैजसो स्थानमा सोमबार विहानै देखि घाम नलागेपछि चिसो बढ्न गएको हो । काठमाडौँमा सोमबार बिहान हल्का वर्षा समेत भएको थियो । काठमाण्डौंमा हल्का बर्षा सँगै उच्च पहाडी तथा हिमाली जिल्लामा हल्का हिमपात पनि भएको छ । बागमती र प्रदेश नं १ को पहाडी..

डेढ करोड रुपैयाँसहित नागढुंगाबाट दुई जना पक्राउ

धादिङ - स्रोत नखुलेको करिब डेढ करोड रुपैयाँ  सहित नागढुंगाबाट दुई जना पक्राउ परेका छन् ।  महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले सोमबार विहान उनिहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतीय नागरिक ३० बर्षिय अमितकुमार गुप्ता र उनि सवार रहेको मोटरका चालक २२ बर्षिय नेपाली नागरिक संगम थारु रहेका छन् । कपिलबस्तुबाट..

जनप्रतिनिधिकै अगुवाईमा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणमा अबरोध

सिस्नेखोला (धादिङ)— बहुचर्चित नागढुंगा सिस्नेखोला सुरुङ मार्ग निर्माण थालिएको एक साता नवित्दै काठमाण्डौं तर्फका स्थानीयले विभिन्न माग अघि सारेर निर्माण कार्यमा अवरोध गर्न थालेका छन् । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणस्थलमा पर्ने काठमाडौंतर्फका स्थानीयले पूरा गर्नै नसकिने माग राखेर आयोजनाको काममा अवरोध गर्न थालेका  हुन..

मुक्तिनाथ विकास बैंक १५औं वर्षमा प्रवेश , वार्षिक उत्सवमा विभिन्न कार्यक्रम

काठमाडौँ– मुक्तिनाथ विकास बैंकले आफ्नो स्थापनाको १४ वर्ष पार गरी १५औं वर्षमा प्रवेश गरेको छ । २०६३ पुस १९ गते कास्की, स्याङ्गजा र तनहूँ जिल्लालाई कार्यक्षेत्र बनाएर स्वीकृति लिई स्याङ्गजाको पुतलीबजारमा केन्द्रीय कार्यालय स्थापना गरी १ करोड ३० लाख चुक्ता पूँजीमा बैंक सञ्चालन गरिएको थियो । बैंक स्थापनाको अवसरमा क्षेत्रीय तथा शाखा..

फोस्टारमा पक्की पुल बन्यो तर मोटर गुड्ने सडक छैन

धादिङ-सडक निर्माण कताबाट गर्ने टुंगो नलगाई पुल निर्माण गर्दा सडक बनाउने विषयमा विवाद भएको छ । तोकिएको समयभन्दा ३० महिनापछि पुलको स्याप ढालान सकिएको भए पनि जग्गा विवादका कारण सडक बनाउने विषयमा टुंगो लागेको छैन । जिल्ला सदरमुकाम धादिङबेंसी हुँदै पुरानो सदरमुकाम सुनौलाबजार फोस्रेटार सडक खण्डको फोस्रेटार केउरेनी जोड्ने त्रिशूली नदीको..

बज्रकोटको घर घरमा स्वच्छ खानेपानी

धुनिबेसी । घर घरमा धारा सहित स्वच्छ खानेपानी  बितरण गरि  तिर्खा मुक्त नगर बनाउने अभियानमा धादिङको धुनिबेसी नगरपालिका लागिपरेको छ । नगरपालिकालाई तिर्खा मुक्त नगर बनाउन बिशेष प्राथमिकतामा राखेर अभियानकै रुपमा कार्य गरिएको धुनिबेसी नगरपालिका प्रमुख बालकृष्ण आचार्यको दावी छ । धुनिबेसी वडा नम्बर ४ मा रहेको बज्रकोट खानेपानी तथा सरसफाइ..

धादिङ बचत तथा ऋण सहकारी संघको १६ औं वार्षिक साधारणसभा सम्पन्न

धादिङबेसी । धादिङ बचत तथा ऋण सहकारी संघको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघका अध्यक्ष टाप बहादुर श्रेष्ठको अध्यक्षतामा शुक्रवार धादिङवेसीमा सम्पन्न साधारणसभामा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका कोषाध्यक्ष दिपक पनेरुको प्रमुख आतिथ्य रहेको थियो ।संघमा जिल्लाका बचत तथा ऋणको कारोवार गर्ने ६७ वटा सहकारी संस्थाहरु आवद्ध..

साँधभञ्ज्याङमा २१८ जनाले गरे रक्तदान

धादिङ,१६ पुस । धादिङको ज्वालामुखी गाउँपालिकाको साँधभञ्ज्याङमा बिहिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ४५ औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेस ज्वालामुखीको कार्यालय स्थापना तथा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । नेपाली काँग्रेस ज्वालामुखी गाउँपालिका इकाई समितिको आयोजना तथा र नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार..

गोरखादेखि धादिङ नुवाकोट हुंदै काठमाडौंसम्म नेपाली सेनाले पदयात्रा गर्ने

धादिङ–पृथ्वी जयन्तीको अवसर पारेर नेपाली सेनाले गोरखाबाट धादिङ,नुवाकोट हुंदै काठमाडौंसम्म एकीकरण पदयात्रा गर्ने भएको छ ।नेपाल एकीकरणका बेला गोरखाका राजा पृथ्वीनारायण शाह र उनका गोरखाली फौज हिँडेको बाटो हुँदै नेपाली सेनाले पदयात्रा गर्ने भएको हो ।  गत बर्ष पनि यहि समयमा सोही मार्ग भएर नेपाली सेनाले पदयात्रा सम्पन्न गरेको थियो..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad