फोटो ग्यालरी

बन्चरेडाँडामा पुस पहिलो साताबाट फोहोर फ्याँकिने

धुनिबेसी - धादिङ र नुवाकोट जिल्लाको सिमानामा रहेको बन्चरेडाँडामा निर्माणाधीन स्यानिटरी ल्याण्डफिल साइट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माण कार्यमा कुनै अप्रत्याशित अबरोध नआए अबको डेढ साता भित्रमा राजधानीको फोहर बञ्चरेडाँडामा व्यवस्थापन गर्न थालिने छ । शहरी विकास मन्त्रालयले पुस पहिलो सातादेखि काठमाडौँ उपत्यकाको फोहर..

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अवधि एक वर्ष थपियो

काठमाडौँ। नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्य अवधि एक वर्ष थप गरेको छ। मन्त्रिपरिषद्को मंसिर १५ गते बसेको बैठकले प्राधिकरणको म्याद २०७७ पुस १० गतेबाट एक वर्षका लागि थप गरेको हो। यसअघि २०७७ असोज ५ गते प्रधानमन्त्री एवं प्राधिकरणको निर्देशक समितिका अध्यक्ष केपी ओलीको नेतृत्वमा बसेको बैठकले प्राधिकरणको कार्यावधि..

सांसद भूमी त्रिपाठीद्वारा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सार्वजनिक

धादिङ । धादिङ जिल्ला निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य भूमी त्रिपाठीले आर्थिक वर्ष २०७७/७८को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत छनोट भएका योजना र बिनियोजित बजेट सार्वजनिक गर्नु भएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम ( सञ्चालन कार्यविधि) नियमावली २०७७ अनुसार कार्यक्रम परामर्श समिति र कार्यक्रम..

बूढीगण्डकी क्षेत्रका प्रभावित घरगोठको मुआब्जा माग्दै धर्नामा

धादिङ : राष्ट्रिय गौरवको आयोजनाको रुपमा चर्चा पाएपनि निर्माण कसरी हुने भन्ने बिषयमा गर्ने भन्ने टुंगो लाग्न नसकेको  बूढी गण्डकी जलाशययुक्त आयोजना क्षेत्र अन्तरगत गोरखा र धादिङका प्रभावितहरु ले आन्दोलन शुरु गरेका छन् । मंसिर १७ गते बुधबार गोरखाको गण्डकी गाउँपालिका स्थित सिउरिनीटारमा रहेको आयोजनाको कार्यालय अगाडि भेला भएर डुबान हुने..

धादिङका पाँच स्थानीय तहमा अस्पताल शिलान्यास

धादिङ, १५ मंसिर । धादिङको पाँच वटा स्थानीय तहमा एकैदिन ५ वटा अस्पतालको शिलान्यास भएको छ । गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ  धादिङ जिल्लाका पाँच वटा स्थानीय तहका साथै देशभरका विभिन्न ३ सय ९६ स्थानीय तहमा अस्पताल निर्माण गर्न लागिएको हो ।  चालू आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा..

गोलभेँडाको दोब्बर मूल्य पाउँदा गौँथलेका किसान दङ्ग

नारायण ढुङ्गाना / (रासस) धादिङ : गत वर्ष उत्पादन कम र भाउ न्यून हुँदा धादिङ जिल्लाको सिद्धलेख गाउँपालिका वडा नम्बर ४ गौँथलेका किसान निरास थिए । लगानीसमेत उठाउन धौ धौ हुँदा डराइडराइ तरकारी खेती गरेका उनीहरु यसपालि गोलभेँडाको दोब्बर मूल्य पाउँदा दङ्ग छन् । वातावरण अनुकूल हुँदा उत्पादन पनि झण्डै दोब्बर नै भएको किसान सुनाउँछन् । गोलभेँडाले..

नाबालिका बलात्कारको अभियोगमा त्रिपुरासुन्दरीका प्रकाश पक्राउ

पोखरा - नाबालिका बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नं.४ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१६ लामाचौर बस्ने बर्ष २९ को प्रकाश नेपाली रहेका छन् । फरक क्षमता भएकी ११ वर्षकी नाबालिका जबरजस्ती करणी गरेको अभियोगमा उनी पक्राउ परेको कास्की प्रहरीले जनाएको छ..

बूढीगण्डकीआयोजनाको कारण मध्यपहाडी लोकमार्ग निर्माणमा अलमल

- केशव अधिकारी कटुन्जे -धादिङ । प्रस्तावित १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनाको मोडालिटी नटुंगिएका कारण मध्यपहाडी लोकमार्गको धादिङ जिल्लाको खण्ड निर्माण कार्य रोकिन पुगेको छ । बूढीगण्डकी आयोजनाको मोडालिटी तयार नभएकाले मध्यपहाडी लोकमार्गको लागि प्रस्ताव गरिएको सडक रेखांकन क्षेत्र डुवानमा पर्ने भन्दै भौतिक तथा पूर्वाधार..

आइसोलेसन बाट निर्मलाको सुझाव – कोरोना लाई सामान्य नठानौं

- निर्मला अधिकारी  दशै भर्खर सकिएको थियो  l अफिस खुलेर काम सुरु भईसकेको थियो l मैले काम गर्ने कम्पनी औषधीको आयातकर्ता कम्पनी भएको हुनाले सधैं ब्यस्त भईरहनु पर्ने कोविड सुरु भयपछी त झनै ब्यस्त  लकडाउनमा पनि हामी १ दिन पनि घरमा बसेनौ । सधैं हतार हुने हस्पिटलबाट अर्डरहरु आइरहने समयमै दिन नसक्दा झन तनाव  हुने फोन  आइरहने अनी  सरकारलाई औषधी..

उपाध्यक्ष कँडेलद्धारा धादिङका राष्ट्रिय गौरव आयोजनाको अनुगमन

केशव अधिकारी धादिङ,१२ मंसिर -  धादिङ जिल्लामा सञ्चालित राष्ट्रिय गौरवका आयोजना र अन्य योजनाहरुको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलको नेतृत्वको टोलीले अनुगमन निरिक्षण गरेको छ । टोलीले राष्ट्रिय गौरबका आयोजना मध्ये धादिङ जिल्लामा पर्ने मध्यपहाडी लोकमार्ग र बूढीगण्डकी आयोजनाको पछिल्लो गतिविधिको स्थिति र..

धादिङका गोकर्णमणी दुवाडी सचिवमा बढुवा

धादिङ- सरकारले  गोकर्णमणी दुवाडी सहित तीन जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवहरु  दुवाडी, डा.योगेन्द्र कार्की र सुरेश आचार्यलाई सचिवमा बढुवा गरेको हो । प्रशासनतर्फ गोकर्णमणि दुवाडी, सुमनराज अर्याल र भरतमणि सुवेदीको नाम सिफारिस गरिएकोमा पहिलो नम्बरका दुवाडी बढुवा हुनु भएको हो । दुवाडीलाई यस अघि..

आठ महिना पछि खुले धादिङका शैक्षिक संस्था

धादिङ - विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ ( कोरोना संक्रमण) का कारण गत बर्षको चैत महिना देखि बन्द रहेका धादिङ जिल्लाका अधिकांश शैक्षिक संस्थाले तिहारपछि भौतिक रुपमा पठनपाठन सुरु गरेका छन्। संघीय सरकारको निर्देशन अनुसार मंसिर महिनाको पहिलो साताबाट धादिङका १३ वटै स्थानीय तहले विद्यालय सञ्चालन गरेका हुन । लामो समय शिक्षण..

लापाका बाढी पहिरो पिडितलाई रेडक्रसको सहयोग

लापा - बाढी पहिरो लागेर घरबार विहिनभएका रुवीभ्याली गाउँपालिका वडा नम्बर ५ का  ३२ परिवारलाई नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाले नगद तथा गैर खाद्य सामाग्री बितरण गरेको छ । रुवीभ्याली गाउँपालिका वडा नम्बर ५ को तायुङ र ब्राम्दङका ३२ घर बाढी पहिरो पीडितहरुलाइ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । रेडक्रस केन्द्रिय समितिको सहयोगमा धादिङ..

आज ठूलो एकादशी अर्थात् हरिबोधनी एकादशी

धादिङ - आज ठूलो एकादशी अर्थात् हरिबोधनी एकादशी । वर्षमा पर्ने चौबीसवटा एकादशीमध्ये सबैभन्दा ठूलो एवं महत्वपूर्ण एकादशी का रुपमा आजको एकादशीलाई मानिन्छ । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ। हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान् विष्णु..

आयआर्जनका लागि किसानलाई वाख्रा बितरण

थांक्रे - धादिङको थाक्रे गाउँपालिकाको वडा नम्बर ८ मा २ वटा समूहका ११ जना सदस्यलाई ३/३ वटाको दरले ३३ वटा बाख्राका बिउ पाठी बितरण भएको छ । सहयोगी हातहरुको समूह(सहास) नेपाल स्थानिय प्रयासमा जिबिकोपार्जन सुधार परियोजना (इल्लिप) ले थाक्रे गाउँपालिका संगको समन्वयमा बाख्रा बितरण गरेको हो । थाक्रे ८ माझगाउँ नमुना महिला कृषक समूहका ६ जना र ससिराङ..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad