हाम्रो पालिका

पाँच किलो सुन र तीन थान पेस्तोलसहित बेगे पक्राउ

धादिङ । बेगे उपनामले चिनिने धादिङ दार्खाका बेगबहादुर तामाङ पाँच किलो सुन र पेस्तोलसहित पक्राउ परेका छन् । प्रहरीले तामाङको साथबाट तीन वटा पेस्तोल ५ किलो सुन र केही अमेरिकी डलरसमेत बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी निरीक्षक रञ्जन अवालका अनुसार बेगबहादुर नेत्रावती डबजोङ गाउँपालिकाको..

धादिङमा नेकपा एस र माओवादीका नेता एमाले प्रवेश

  धादिङ । नेकपा एकीकृत समाजवादी तथा नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेशले तरंग ल्याएको छ । नेकपा एस धादिङ जिल्ला सचिवालय सदस्य अर्जुन अर्याल, रामप्रसाद सिलवाल, जिल्ला कमिटी सदस्य कुमार तामाङ र युवा संघ (समाजवादी)का केन्द्रीय सचिव प्रज्ज्वल तामाङ आईतबार एमालेमा प्रवेश गरेका छन् । अर्जुन र रामप्रसाद..

नीलकण्ठ ४ मा पहिरोले घर पुरिंदा एक जनाको मृत्यु

धादिङ, १० श्रावण - सोमबार राती देखिको अविरल बर्षाका कारण सदरमुकाम धादिङवेसी आसपासको क्षेत्रमा बाढी,पहिरो पछि जनधनको क्षती हुन पुगेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार नीलकण्ठ नगरपालिका वडा नंम्बर ४ रानागाँउ बस्ने जितेन्द्र राना मगरको श्रीमती बर्ष २४ की शर्मिला राना मगरको पहिरोमा परेर ज्यान गएको छ । राती १ वजे तिर आफ्नै घरमा..

गजुरीमा एमाले र समाजवादी किन आईपुगे एकै ठाउँमा

धादिङ,६ साउन - धादिङको गजुरी गाउँपालिकामा माओवादी केन्द्र र नेपाली काँग्रेस मिलेर फरक मत राख्नेहरुलाई दमन र हमला गर्न थालेको भन्दै नेकपा एमाले र एकीकृत समाजवादीले संयुक्त रुपमा विरोध जनाएका छन् । बहुमतको आडमा करारका कर्मचारी हटाउने, आन्तरिक राजस्वमा हानी नोक्सानी पुग्ने काम गर्ने तथा विपक्षी जनप्रतिनिधिलाई गुण्डागर्दी शैलीमा..

मदिराले लठ्ठ वडा अध्यक्ष रेग्मीले धम्क्याए ट्राफिक प्रहरीलाई

धादिङ, ३१ असार - धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष रामकृष्ण रेग्मीले आफ्नो पदीय मर्यादा भुल्दै मदिराको तालमा ट्राफिक प्रहरीलाई धम्क्याएका छन् । अत्याधिक मदिरा सेवन गरेर मोटरसाईकल चलाएको अवस्थामा वडा अध्यक्ष रेग्र्मीलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनले शक्तिकेन्द्रको हवालादिंदै ट्राफिक प्रहरीलाई कुट्ने धम्कि..

पेस्तोल सहित अक्थलीबाट २ जना पक्राउ

धादिङ- धादिङको खनियाबास गाउँपालिका वडा नम्बर २ अक्थली बाट अबैध पेस्तोल सहित दुई जना पक्राउ परेका छन् । अक्थलीका परशुराम तामाङको घरमा डेरामा लिई बस्ने झार्लाङ घर भएका बर्ष २५ को सुनिल तामाङ र अविनाश तामाङ म्याग्जिन सहितको पेस्तोल एक थान,खुकुरी एक थान र मोबाईल सेट तीन थान सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । अवैध..

धादिङको रुवीभ्यालीमा पुग्यो बैंक

धादिङ, १३ असार - प्रत्येक गाउँपालिका केन्द्रमा एउटा वाणिज्य बैंक पु¥याउने सरकारको लक्ष्य अनुसार बैंक पुग्न नसकेको बागमती प्रदेशकै एक मात्र गाउँपालिका धादिङको रुवीभ्यालीमा आईतबार बाट बैंकिङ सेवा सुरुवात भएको छ । बैंक अफ काठमाडौले गाउँपालिका केन्द्र रहेको सेर्तुङमा शाखा विस्तार गरेर सेवा दिन थालेपछि रुवीभ्यालीमा बैंक पुगेको हो..

सुरक्षित आवास गृहमा रहेका बालिकालाई हेफरको सहयोग

धादिङ- हेफर ईन्टरनेशनल नेपालले सुरक्षित आवास गृहमा रहेका बालिकाहरूलाई बिद्यालय ड्रेस, ब्याग, स्टेशनरि सहयोग गरेको छ । सहयात्री समाज नेपालले धादिङबेसीमा संचालन गरेको सेफ हाउसमा रहेका ५ जना बालिकाहरूलाई सहयोग गरेको हो । विभिन्न हिंसामा परि सेफ हाउसमा रहेका बालिकाहरूको शिक्षाको लागि केही सहयोग पुगोस भनेर थोरै भएपनि सामानहरु दिईएको हेफर..

गल्छी गाउँपालिकाको गाउँसभा सम्पन्न

धादिङ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र सरकारी वित्तीय व्यवस्थापन ऐन, २०७४ को व्यवस्थाअनुसार प्रत्येक स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने कानुनी व्यवस्था  अनुसार असार ९ गते सम्ममा धादिङको नीलकण्ठ, नेत्रावती डवजोङ र गल्छी गाउँपालिकाले मात्रै नीति तथा कार्यक्रम र वजेट ल्याएका छन् । धादिङको गल्छी गाउँपालिकाले बिहीवार..

नीलकण्ठ नगरपालिकाको दोस्रो नगरसभाको पहिलो अधिवेशन

नीलकण्ठ- धादिङको नीलकण्ठ नगरपालिकाको  दोस्रो नगरसभाको पहिलो अधिवेशन सम्पन्न भएको छ । मंगलबार जिल्ला समन्वय समिति धादिङको हलमा सम्पन्न भएको नगरसभाले आर्थिक बर्ष २०७९ / ०८० का लागि १ अर्ब २२ करोड ९१ लख २३ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । कृषि तथा पर्यटन प्रवद्र्धनका लागि १ करोड ३० लाख, सहकारी विकास कार्यक्रम अगाडि बढाउन ३० लाख..

पक्षघातले थलिएकी चन्द्रमायालाई ओछ्यानमै नागरिकता बितरण

धादिङ,७ असार - शारीरिक रुपमा अशक्त भएर ओछ्यान परेकी धादिङको गल्छी २ बसेरीकी चन्द्रमाया सुनारीलाई प्रकृया पुरा गरी घरमै गएर नागरिकता बितरण गरिएको छ । गएको एक बर्ष देखी पक्षघात भएर अशक्त हुन पुगेकी चन्द्रमायालाई जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी धुर्व प्रसाद कोइरालाले घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान..

एन्फाको उपाध्यक्षमा धादिङका दिपक खतिवडा विजयी,अध्यक्षमा पंकजविक्रम नेम्वाङ

  धादिङ न्यूज धादिङ, ६ असार : अखिल नेपाल फुटबल संघ ९एन्फा० को उपाध्यक्षमा धादिङ गल्छीका दिपक खतिवडा विजयी हुनु भएको छ । खतिवडा अध्यक्षमा विजयी पंकजविक्रम नेम्वाङको समूहबाट उपाध्यक्षमा विजयी हुनुभएको हो । सोमबार काठमाण्डौंमा सम्पन्न भएको मतदानको मतपरिणाम अनुसार नेम्वाङ ४५ मत ल्याएर विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिस्पर्धी..

धादिङ वेनिघाटका मनिष चेपाङ समुदायकै पहिलो सिभिल इञ्जीनियर

धादिङ -२ असार - धादिङ वेनिघाटका मनिष चेपाङ सिमान्तकृत चेपाङ समुदायबाट पहिलो सिभिल इन्जिनियर बन्न सफल भएका छन् । त्रिभुवन विश्वविद्यालय इञ्जीनियरिङ अध्ययन संस्थानअन्तर्गत धादिङको बेनीघाट रोराङ–३ रिचोकटारका मनिष प्रजा अल्पसङ्ख्यक चेपाङ समुदायकै पहिलो सिभिल इञ्जीनियर बनेका बताइएको छ । सो संस्थानको गत जेठ ३० गते प्रकाशित नतिजाअनुसार..

धादिङमा छुट्टाछुट्टै दुर्घटना दुई जनाको मृत्यु २१ जना घाईते

धादिङ,३१ जेठ - मंगलबार धादिङको छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने २१ जना घाईते भएका छन् । नीलकण्ठ नगरपालिका वडा नम्बर ३ इजारामा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १६ जना घाईते भएका छन् । मंगलबार दिउँसो धादिङबेशीबाट नीलकण्ठ नगरपालिका वडा नम्बर २ जुरेथुम तर्फ जाँदै गरेको बा १८ च २८२०..

थाक्रे गाउँपालिकाको अध्यक्षमा रामकुमार आचार्य विजयी,धादिङमा सकियो मतगणना

  धादिङको थाक्रे गाउँपालिकाको अध्यक्षमा रामकुमार आचार्य विजयी भएका छन । सबै ११ वटा वडाको मतगणना सकिएको छ । नेकपा एमालेका उम्मेदवार आचार्य १०३५५ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । आचार्यको निकटतम प्रतिद्वन्दी काँग्रेसका राम प्रसाद विडारीले ८११६ मत ल्याएका छन् । अध्यक्षमा मतान्तर २२३९ रहेको छ । आचार्य २०७४ सालको स्थानीय तह..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad