हाम्रो पालिका

धादिङमा १२ पालिका र १०२ वडाको नतिजा सार्वजनिक

धादिङ । धादिङमा १३ मध्ये १२ पालिकाको १०२ वडाको मत परिणाम सार्वजनिक भइसकेको छ । परिणाम आउँन बाँकी थांक्रे गाउँपालिकाको २ वडामा मतगणना जारी छ । प्राप्त परिणामअनुसार जिल्लाको ३४ वटा वडामा नेपाली कांग्रेस, २० वटा वडामा नेकपा एमाले, ३२ वटा वडामा माओवादी केन्द्र, ७ वटा वडामा एकीकृत समाजवादी, ४ वटा वडामा राप्रपा, ४ वडामा स्वतन्त्र र १ वडामा जसपाका..

धादिङमा आठ पालिकाको नतिजा सार्वजनिक, गठवन्धनको अग्रता

धादिङ । धादिङको १३ स्थानीय तह मध्ये आठ ओटा पालिकाको मतगणना कार्य सम्पन्न भएको छ । मतगणना सकिएका आठ पालिकामध्ये ३ ओटा पालिकामा नेपाली कांग्रेस, ३ ओटामा नेकपा माओवादी केन्द्र, १ पालिकामा नेकपा एमाले र १ ओटा पालिकामा नेकपा एस विजयी भएको छ । नेकपा माओवादी केन्द्रको तर्फबाट रुबीभ्याली गाउँपालिका अध्यक्षमा रामसिंह तामाङ, गजुरी गाउँपालिका..

धादिङमा मतगणना जारी – एमाले,माओवादी र काँग्रेस ३/३ ,राप्रपा एक वडामा विजयी

धादिङमा मतगणना कार्य जारी रहेको छ । आईतबार विहान ८ वजे सम्ममा सम्म १० वटा वडाको नतिजा सार्वजनिक भएको छ । अहिले सम्मको नतिजा अनुसार माओवादी केन्द्रले ३ नेपाली काँग्रेसले २, एमालेले ३ र राप्रपाले एक वडा जितेको छ ।एमालेको गल्छी गाउँपालिका १ मा यदुकुमार खतिवडा, २ मा षडानन्द खनाल र ज्वालामुखी १ मा कृष्ण गिरी विजयी भएका छन् । माओवादी केन्द्रको..

गल्छी २ मा एमाले प्यानलनै विजयी

धादिङ । धादिङको गल्छी गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा षडानन्द खनाल १०४७ मत ल्याएर विजयी भएका छन् । वडा सदस्यहरुमा गोविन्दराज वज्राचार्य र सुदिप मगर, महिला सदस्यमा सरिता मगर र दलित महिला सदस्यमा चमेली गैरे एमालेबाट प्यानल सहित विजयी भएका छन् । गल्छी गाउँपालिकाको २ वटा वडाको मतगणना सकिंदा पालिका प्रमुखमा एमालेका केदारनाथ खतिवडाले २४..

धादिङको स्थानीय तहमा एमाले र काँग्रेसले खोल्यो खाता

धादिङ, ३१ वैशाख ः स्थानीय तह निर्वाचन २०७९ अन्र्तगत बैशाख ३० गते सम्पन्न भएको निर्वाचनको मतगणना कार्य धादिङ जिल्लाभर सञ्चालन भईरहेको छ । मतगणना कार्य भईरहेका मध्ये शनिवार सांझ ८ वजे सम्ममा दुई वटा वडाको नतिजा सार्वजनिक भएको छ । जस अनुसार धादिङको गल्छी गाउँपालिकाको वडा नंं १ को मतगणना सकिएको छ । मतगणनाको प्राप्त नतिजा अनुसार वडाध्यक्षमा..

धादिङका सात पालिकामा पुरानै अनुहार प्रमुख पदका लागि प्रतिस्पर्धा गर्दै

धादिङ । आसन्न स्थानीय तहको निर्वाचनमा धादिङका सातओटा पालिकाको प्रमुखमा २०७४ मा निर्वाचित प्रमुखहरु दोहो¥याएर चुनावी दौडमा रहेका छन् । जिल्लाको धुनिबेसी नगरपालिकामा बालकृष्ण आचार्य, थांक्रे गाउँपालिकामा रामकुमार आचार्य, गल्छीमा कृष्णहरी श्रेष्ठ, गजुरीमा राजेन्द्रबिक्रम बस्नेत, सिद्धलेकमा प्रेमनाथ सिलवाल,नीलकण्ठ नगरपालिकामा..

एमाले धादिङका प्रभावशाली नेता पन्त र रुपाखेतीले छाडे पार्टी ( बिज्ञप्ति सहित)

धादिङ- मनोनयन भईसकेको उम्मेदवारी खोसिएपछि नेकपा एमाले थांक्रेका अध्यक्ष कृष्ण पन्त र नेकपा एमाले धादिङका निर्वाचन विभाग प्रमुख समेत रहेका जिल्ला नेता गोकर्ण रुपाखतीले एमाले पार्टी परित्याग गरेका छन् । उनीहरूले टिकट वितरणमा केन्द्रले हस्तक्षेप गरेपछि कार्यकर्ताको भावना अनुसार पार्टी परित्याग गरेको दावी गरेका छन् । एमाले परित्याग..

स्वतन्त्र उम्मेदवारी फिर्ता लिन नेपाली कांग्रेस धादिङको आग्रह

धादिङ- नेपाली कांग्रेस धादिङलाई वागी उम्मेदवारका कारण  पार्टी भित्र मात्रै होइन गठवन्धनमा पनि समस्या उत्पन्न भएको छ । गठवन्धनको मुख्य दल नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु गठवन्धनको बिरोध र आन्तरिक टिकट वितरणमा असहमती राख्दै आधिकारिक उम्मेदवार बिरुद्ध धेर ठाउँमा वागी दिएर नेत्तृत्वलाई चुनौती दिईरहेका छन् । तालमेलमा नेपाली..

गल्छीमा एमालेबाट अध्यक्षमा केदार खतिवडा र उपाध्यक्षमा राधा तिमिल्सिनाको नाम सिफारिस

धादिङ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले गल्छी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षको नाम टुंङ्गो लगाएर जिल्लामा पठाएको छ । नेकपा एमाले गल्छी गाउँपालिका कमिटीले पालिकाको अध्यक्षमा केदार खतिवडा र उपाध्यक्षमा राधा तिमिल्सिनाको नाम सिफारिस गरि जिल्लालाई पठाएको हो । अध्यक्षका लागि एमाले जिल्ला कमिटी सदस्य एवम..

गठबन्धन नमान्ने काङ्ग्रेस कार्यकर्ताको चेतावनी

धादिङ - सत्ता गठबन्धन दलहरु एक भएर आसन्न स्थानीय चुनावमा जाने घोषणा गरेको भएपनि नेपाली काङ्ग्रेस धादिङको नीलकण्ठ १० नम्बर वडा कमिटीले गठबंधन अस्वीकार्य भएको लिखित जानकारी दिएको छ।         धादिङमा रहेका सत्ता गठबन्धन दलहरु एक भएर चुनावमा जाने तयारीमा रहेको बेला काङ्ग्रेसको वडा समितिले जिल्ला देखि केन्द्रीय समिति सम्मलाई लिखित पत्र लेखेर..

हुवासिनको पीपीसी सिमेन्ट बजारमा बिक्री शुरु

धादिङ - धादिङको ताल्तीमा रहेको हुवासिन सिमेन्टले आफ्नो पहिलो उत्पादन पीपीसी सिमेन्टको बिक्री सुरु गरेको छ । कम्पनीले शुक्रबारबाट पीपीसी सिमेन्टको बिक्री सुरु गरेको हो। कम्पनीलाई नेपाल नापतौल तथा गुणस्तर विभागले चरण १ अन्तर्गत परीक्षण बिक्री सुरु गर्न अनुमति दिएको हो । यो चरणमा पास भएर पुनस् दोस्रो चरणमा प्रवेश गर्नेछ। परीक्षण..

धादिङको रुवीभ्याली सहित देशभरका ३ गाउँपालिकामा अझै पुगेन बैंक

धादिङ । मुलुक संघीयतामा प्रवेश गरेपछि देशभरका गाविसलाई हटाएर गाउँपालिका र नगरपालिका बनाईयो । संघीय संरचना अनुसार पहिलो पटक २०७४ सालमा स्थानीय तहको निर्वाचन सम्पन्न भयो , त्यति बेला निर्वाचित जनप्रतिनिधि अब केही दिनमा पदमुक्त हुदैछन । नयाँ जनप्रतिनिधि चयनका लागि २०७९ बैशाख ३० मा स्थानीय तहको निर्वाचन हुंदैछ । सरकारले संघीय संरचनाको..

राष्ट्रिय युवा संघ नेपाल, थाक्रे गाउँ युवा भेला तथा अधिवेशन सम्पन्न

रामचन्द्र रुपाखेती महादेववेशी राष्ट्रिय युवा संघ नेपाल, थाक्रे गाउँपालिका स्तरीय युवा भेला तथा प्रथम अधिवेशन आज महादेववेशीमा सम्पन्न भएको छ । नेकपा एमाले धादिङका अध्यक्ष एवं माननीय संसद भुमि त्रिपाठीले उद्घाटन गर्नुभएको अधिवेशनले थाक्रे ६ का रमेश थापाको अध्यक्षतामा शम्भु पौडेल उपाध्यक्ष, गुनु लामा सचिव, जीवन लामा र भिमसेन विडारी..

धादिङको कुल मतदाता दुई लाख अठसठ्ठी हजार चार सय बहत्तर

धादिङ, १४ चैत - आसन्न स्थानीय तह निर्वाचनका लागि धादिङ जिल्लामा २ लाख ६८ हजार ४ सय ७२ मतदाता कायम भएका छ्न । निर्वाचन आयोगले आइतबार अन्तिम मतदाता नामावली सार्वजनिक गर्दै सो जानकारी दिएको हो । धादिङ जिल्लामा आगामी बैशाख ३० को स्थानीय तह निर्वाचनका लागि कायम भएका मतदाता मध्ये महिला १ लाख १७ हजार ६ सय ९५, पुरुष १ लाख ५० हजार ७७६ र अन्य १ जना रहेका..

धादिङको १३ वटै स्थानीय तहमा तोकिए निर्वाचन अधिकृत

धादिङ, १३ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत सहित जिल्लाका सबै स्थानीय तहमा निर्वाचन अधिकृत तोकिएका छन् ।  धादिङमा  मुख्य निर्वाचन अधिकृतको जिम्मा रमेश प्रसाद ज्ञवालीले पाएका छन्, मुख्य निर्वाचन अधिकृतलाई सदरमुकाम स्थित नीलकण्ठ नगरपालिकाको समेत निर्वाचन अधिकृतको जिम्मेवारी दिईएको छ ।..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad