हाम्रो पालिका

धादिङमा एकै दिन ७१ जनामा कोरोना संक्रमण

धादिङ,२२ असोज । धादिङ जिल्लामा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ । लक्षणनै नदेखिएका र कुनै ट्राभल हिस्ट्रि नभएका व्यक्तिहरु समेत धमाधम कोरोना संक्रमित देखिन थालेका छन् । विहीवार मात्रै धादिङ जिल्लाका ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नीलकण्ठ नगरपालिका भित्रका ३९ जना रहेका छन् । बाँकी खनियावास,ज्वालामुखी,..

बेतिनीमा ट्रक पल्टिंदा दुईजनाको मृत्यु एक जना गम्भिर घाईते

धादिङ,२० असोज । धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नं ५ स्थित बेतिनीमा मंगलबार दिउँसो स्वराज ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाईते भएका छन् । गम्भीर घाइतेलाई उपचारका लागि हेलिकप्टर बाट काठमाडौ पठाईएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा सोही गंगाजमुना गाउँपालिका वडा नम्बर ४ का ४० वर्षिय बेगबहादुर तामाङ र..

पहिरोले परिवार र घर गुमाएका एक अभिभावकलाई घर

धादिङ । दुई महिनाअघि पहिरोले परिवारका तीन सदस्य र घरसमेत गुमाएका एक अभिभावकलाई सहयोगीदाताहरुले तत्काल बसोबासका लागि अस्थायी घर निर्माण गरिदिएका छन् । गएको साउन ६ गते राति खसेको पहिरोले घर पुरिँदा छोरा, बुहारी र नातिनीसमेत गुमाएका धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ गोलाङ काफलगैरीका चेतवहादुर खाँणलाई सहयोगीदाताहरुले..

नेकपा थाक्रेले पायो पुर्णता, कसकसले पाए जिम्वेवारी (सचिवालय देखी वार्ड कमिटी सम्म)

धादिङ न्यूज, १७ असोज नेपाल कम्युनिष्ट पार्टी थाक्रे गाउँ संगठन कमिटी घोषणा भएको लामो समय वित्दा समेत कार्य विभाजन तथा वार्ड कमिटीहरु गठन हुन नसकेको अवस्थामा आज बसेको गाउँसंगठन कमिटीको दोश्रो पुर्ण वैठकले विभिन्न जिम्वेवारी बाडफाँड सहित वार्ड कमिटी समेतले पुर्णता पाएको छ । वैठकले २५ सदस्यीय सचिवालय, ५ सदस्यीय कार्यालय सञ्चालन सहित..

सामुदायिक विद्यालयहरुको साझा प्रयास, सामुहिक अनलाइन कक्षा प्रारम्भ

धादिङ न्यूज, १६ असोज कोरोना भाइरसका को कारण विद्यार्थीहरुमा पर्नगएको शैक्षिक क्षतिलाई कमगर्न नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय अध्यक्ष तथा सत्यवती मा.वि का प्रधानाध्यापक लक्ष्मण शर्माको परिकल्पनामा धादिङका विशेषगरी राजमार्ग क्षेत्रका सामुदायिक माध्यमिक विद्यालयहरुले सामुहिकरुपमा जुम एप मार्फत सामुहिक अनलाईन कक्षाको..

रावलडाँडाका अभिभावक र बिद्यार्थीलाई मास्क बितरण

कोरोना संक्रमणबाट बचाउन सचेतना जगाउने उद्धेश्यले वेनिघाट रोराङ गाउँपालिकाकोे रावलडाँडा आधारभूत बिद्यालयका अभिभावक बिद्यार्थी र शिक्षकलाई मास्क र हाईजिनिक किट बितरण गरिएको छ । लायन्स क्लब अफ नेपाल हाईलाईटको आयोजनामा रुमाहेदी फाउण्डेशन नेपाल र स्ट्रिचिङ प्रोजेक्शन नेपालले बिद्यालयका ७३ जना अभिभावक र बिद्यार्थीलाई संयुक्त रुपमा..

छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

धादिङ, १२ असोज -आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाबाट एक पुरुष पक्राउ परेका छन् । छोरीलाई बलत्कार गरेको अभियोग लागेपछि अनुसन्धानका लागि प्रहरीले बाबुलाई सोमबार पक्राउ गरी हिरासतमा लिएको हो । पक्राउ परेको पुरुष माथि चौध वर्षीया आफ्नै छोरीलाई पटक–पटक बलात्कार गरेको आरोप लागेको छ । धादिङको..

रुवीभ्यालीमा २५.४ मेगावाटको सुपर आँखुखोला जलविद्युत आयोजना बन्दै

लुकेको कर्णाली भनेर चर्चामा आउने गरेको धादिङको विकट उत्तरी भेगमा विकासका लहर प्रवेश गर्न थालेको छ । सडक सञ्जालले नछोएको दुरदराजका बस्तीलाई लक्षित गरेर सडक विस्तार भईरहेको छ भने रुवीभ्यालीको आँखुखोलाबाट २५.४ मेगावट विजुली उत्पादनका लागि लगानीकर्ता जुटेका छन् । गोरक्ष हाइड्रोपावर प्रालिले निर्माण गर्न लागेको २५.४ मेगावाट क्षमताको..

मलेखु धादिङबेसी सडक खण्डमा ट्याक्सी पल्टिंदा एक जनाको मृत्यु

धादिङ,९ असोज । धादिङको मलेखु धादिङबेसी सडक खण्ड (कालुपाण्डे राजमार्ग) मा विहीवार राती भएको दुर्घटनामा परि एक महिलाको ज्यान गएको छ । अन्य चार जना घाईते भएका छन् । सुत्केरी लिएर काठमाडौबाट धादिङबेसी तर्फ रिजर्भमा आउँदै गरेको बा १ ज १२६२ नम्वरको ट्याक्सी विहिवार राती ८ वजे तिर धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ६ फिस्टार नजिकैको..

सानाकिसान सहकारी गोगनपानीमा शेयर सदस्यले लगाए ताला

थाक्रे, ७ असोज संस्थामा अनियमितता बढेको भन्दै निष्पक्ष छानविनको माग गरि साना किसान कृषि सहकारी संस्था गोगनपानीका शेयर सदस्यहरुले कार्यालयमा तालावन्दी गरेका छन् ।  सहकारीका केही शेयर सदस्यहरुले संस्थामा लामो समयदेखी  कर्मचारीहरुले किर्तेरुपमा किसानहरुको नामबाट ऋण प्रवाहगरी अपचलन गरेको भन्दै छानविनको माग राखी कार्यालयको मुल गेटमा..

सामाजिक सेवा दिवशको अवशरमा खुला वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  महादेववेंशी, ६ असोज सामाजिक क्षेत्रमा राष्ट्रिय गौरब आजको आवश्यकता, सम्वृद्धि र सुखको लागि सामाजिक रुपान्तरण भन्ने नाराका साथ आज ४१ औं सामाजिक सेवा दिवशको अवसरमा युवाहरुको लागी थाक्रे गाउँपालिकामा पालिकास्तरीय खुला वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । संस्थागत विकास सञ्जाल र सिडर््स नेपालको सहयोग थाक्रे युवा परिषदको..

धादिङका तीन सहित नेपाल प्रहरीका ४८८ इन्स्पेक्टरको सरुवा

काठमाण्डौं । नेपाल प्रहरीका ४ सय ८८ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले असोज महिनाको तलबभत्ता सरुवा भएकै ठाउँबाट पाउने गरी इन्सपेक्टरहरुको सरुवा गरेको हो । सरुवा सूची अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका नेत्रपूसाद भट्टको महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ सरुवा भएको छ । भट्टको..

युवाहरुको सवालका सन्दर्भमा युवा अन्तर संवाद कार्यक्रम सम्पन्न

५ असोज, महादेववेशी, ४१ औं सामाजिक सेवा दिवसको अवसरमा थाक्रे गाउँपालिका, महादेववेशीमा सामाजिक क्षेत्र, राष्ट्रिय गौरव आजको प्राथमिकता सम्वृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्यामशिलता भन्ने नाराका साथ युवाहरु मार्फत नागरिक समाजका अभियान्ताहरु बिच विकासका सवालहरुमा अन्तर संवाद कार्यक्रम आज सम्पन्न भएको छ । संस्थागत विकास सञ्जाल..

महादेववेशी बजारमा दुर्घटना, ३ बर्षिय वालिकाको मृत्यु

धादिङ, ४ असोज - धादिङ थाक्रे गाउँपालिका वार्ड नं. ६ महादेववेशी बजारमा आज दिउँसो २ बजे नौविसे देखी मलेखुतर्फ जाँदै गरेको ना ३ ख ५१८३ ट्रक ले स्थानिय ३ बर्षिय वालिका सञ्चिता कार्कीलाई ठक्कर दिंदा वालिकाको घटनास्थलमै मृत्यू भएको छ । घटना लगत्तै ट्रकका चालक खानिखोला प्रहरी चौकीको सम्पर्कमा गएको र हाल प्रहरीको नियन्त्रणमा रहेको महादेववेशी..

ट्याङ्कर त्रिशुली नदीमा खस्यो

धादिङ,४ असोज । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ स्थित पृथ्वीराजमार्गबाट ट्याङ्कर त्रिशुली नदीमा खसेको छ ।                                                   बाराको अमलेखगञ्जबाट पेट्रोलियम पदार्थ लिएर काठमाडौ तर्फ जादै गरेको ट्यान्कर आज बिहान २ बजे तिर सडकबाट १०० मिटर भन्दा तल त्रिशुली नदीमा खसेर दुर्घटना भएको प्रहरी चौकी बैरेनीले जनाएको छ । ट्यान्कर..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad