हाम्रो पालिका

धादिङ न्यूज डटकमको सम्पादकमा रामचन्द्र रुपाखेती

    धादिङ- धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कमको सञ्चालन अब डिन्यूज मिडिया प्रा.लि.ले गर्ने भएको छ । नेत्रावती मिडिया प्रा.लि.बाट अनलाइनको स्वामित्व डिन्यूजमा सरेसंगै कम्पनीले धादिङ न्यूज डट कमको सम्पादकमा रामचन्द्र रुपाखेतीलाई नियुक्त गरेको छ । डिन्यूज मिडिया प्रा.लि.को सञ्चालक बैठकले २०७७ भदौ ३० गते बाट..

बागमती प्रदेशले धादिङ अस्पताललाई ७५ लाख दिने

हेटौंडा, २३ भदौ - कोरोना भाईरस संक्रमण तथा रोकथामका लागि बागमती प्रदेशले प्रदेशका बिभिन्न स्थानिय तह, अस्पताल र स्वास्थ्य ब्यबस्थापन केन्द्रहरुलाई १८ करोड २६ लाख रकम उपलब्ध गराउने भएको छ । मंगलबार प्रदेशको बागमती बिपद ब्यबस्थापन निर्देशक समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले कोरोना भाईरस संक्रमण..

नागढुंगा सुरुङमार्ग निर्माण सुरु, १ वर्षमै सुरुङको प्वाल खनिने

धादिङ- सिस्नेखोलादेखि काठमाडौंको थानकोट जोड्ने बुहप्रतिक्षित नागढुंगा सुरुङमार्ग निर्माण सुरु भएको छ । सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाका अनुसार काठमाडौँ र धादिङबाट एकैसाथ सुरुङको मुख बनाउने काम सुरु भएको छ। दुवैतिरको मुख निर्माण भइसकेपछि भित्र छिरेर दैनिक विस्फोट गराइने छ। प्रमुख थापाका अनुसार..

बूढीगण्डकी आयोजना प्रभावितहरुले बुझे ३२ अर्ब मुआब्जा

केशव अधिकारी धादिङ । आयोजना कस्ले बनाउने र कुन ढाँचामा बन्ने भन्ने बारेमा टुंगो लाग्न नसकेपनि प्रस्तावित १२ सय मेगावाटको बहुचर्चित जलाशययुक्त बूढीगण्डकी आयोजनाको प्रभावितहरुका लागि मुआब्जा वितरण कार्य भने भईरहेको छ । आयोजना प्रभावितहरुका लागि अहिलेसम्म सरकारले ३२ अर्ब २७ करोड रुपैयाँ खर्च गरिसकेको छ । धादिङ र गोरखा जिल्लाको सिमाना..

धादिङमा निषेधाज्ञा भदाै ९ गतेसम्म थप

 धादिङ ।  कोरोना संक्रमणको महामारी थप फैलन नदिन धादिङमा निषेधाज्ञालाई कडाई गरिने भएको छ । जिल्ला सुरक्षा समितिकाे बैठकले धादिङमा लगाईएकाे निषेधाज्ञा भदाै ९ गतेसम्मका लागि थप गरेको छ । साउन २८ गते जिल्ला प्रशासन कार्यालयले भदाै ३ गतेसम्म धादिङमा  निषेधाज्ञा जारी गरेको थियो । जिल्लामा कोभिड–१९ को महामारी समुदाय स्तरमा जान सक्ने..

धादिङमा सवारी दुर्घटना : पाँच वर्षमा ४१४ जनाले ज्यान गुमाए

 धादिङ : संघीय राजधानी काठमाडौंसँग देशका ६७ जिल्ला जोड्ने राष्ट्रिय राजमार्गको ८८ किलोमिटर खण्ड धादिङ जिल्लामा पर्दछ। धादिङ र चितवन जिल्लाको सीमा मौवा खोलादेखि नौबिसेसम्म ६७ किलोमिटर पृथ्वी राजमार्ग र नौबिसेदेखि झ्याप्ले खोलासम्म १२ किलोमिटर त्रिभुवन राजपथले काठमाडौं जोड्छ। त्रिभुवन राजपथकै नौबिसेदेखि हाप्सेचौरसम्म २० किलोमिटर..

गल्छीमा रहेको कर कार्यालय वन्द नहुने

गल्छीमा रहेको करदाता सेवा कार्यालय एक साताका लागि बन्द गर्न संकट व्यवस्थापन समितिले गरेको निर्णयलाई जिल्ला प्रशासन कार्यालयले सच्याएको छ । करदाताहरुले साउन मसान्त भित्रमा बुझाउनु पर्ने कर नबुझाएमा करदातालाई थप २५ प्रतिशत जरिवाना लाग्नुका साथै आन्तरिक राजस्व संकलनमा समेत प्रभाव पर्ने भन्दै जिल्ला प्रशासन कार्यालयले कर कार्यालय..

कोरोना संक्रमण बढेपछि धादिङमा एकसाताका लागि निषेधाज्ञा जारी

धादिङ जिल्लाको सदरमुकाम धादिङबेशी आसपासका क्षेत्रमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिम बढेसँगै सदरमुकाम धादिङबेशी र आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो । बुधबार जिल्ला प्रशाशन कायाृलय धादिङमा बसेको सरोकारवालाहरुको बैठकले कोरोना संक्रमण फैलन नदिन कडा कदम चाल्न स्थानीय..

गल्छी पालिका एक साताका लागि वन्द

गल्छी गाउँपालिका भित्र अत्यावश्यक बाहेकका सबै सेवा एक साताका लागि वन्द गरिने भएको छ । बुधवार गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठको उपस्थितीमा बसेको सरोकारवालाहरुको बैठकले साउन २९ गते बिहीबारदेखि लागू हुने गरि पालिका भित्र अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको हो । बैठकमा गल्छी गाउँपालिका वडा नम्बर ४ का..

थोपलखोला आसपासमा बाढी पहिरोको त्रास

धादिङ धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी स्थित थोपल खोलामा पानीको बहाव बढ्दै जांदा आसपासका वासिन्दा त्रसित हुन थालेका छन् । नुवाकोट र धादिङ जिल्लाको सिमानामा पर्ने सामरी भ¥याङभुरुङबाट शुरु भएर दर्जनौं सहायक खोला र खोल्सी मिसिएर बग्ने थोपलखोला सिद्धलेक गाउँपालिकाको परेवाटारमा पुगेर त्रिशूली नदीमा मिसिएको छ । भ¥याङभुरुङबाट शुरु भएको..

मलेखुमा बन्यो माछाको प्रतिमा

केशव अधिकारी (मलेखु)धादिङ – माछा बजारको रुपमा देशमै ख्याति कमाएको मलेखुमा शनिबारदेखि नयाँ पहिचान थपिएको छ । माछाका परिकारहरुका पारखीका लागि थप आकर्षित गर्न मलेखु चोकमा माछाको प्रतिमा निर्माण गरिएको हो। प्रतिमा निर्माण गर्न ६ लाख अठार हजार र राख्‍ने स्थानको निर्माण गर्न ४ लाख ६१ हजारसमेत गरी कुल १० लाख ७९ हजार खर्च भएको गजुरी..

मौवाखोलाबाट साना मोटर गुड्न थाल्यो

धादिङ - बाढीले पुल भत्काएपछि अवरुद्ध हुन पुगेको पृथ्वीराजमार्गको मौवाखोलाको पुल मर्मत गरी चार दिनपछि साना सवारी साधन गुडाउन थालिएको छ। साउन ५ गते सोमबार अविरल वर्षापछि आएको बाढीपहिरोले धादिङ र चितवन जिल्लाको सिमानामा रहेको मौवाखोलाको धादिङतर्फको भाग बगाएपछि त्यहाँबाट चल्ने सवारी आवागमन ठप्प हुन पुगेको थियो । देशका ६७ जिल्लालाई..

बाढी–पहिरोबाट सतर्क रहन सांसद भूमी त्रिपाठीको आग्रह

धादिङ - अविरल बर्षापछि धादिङ लगायत देशका विभिन्न भागमा बाढी पहिरोको जोखिम बढेको भन्दै विपदपूर्ण घडीमा सुरक्षित रहन  संघीय सांसद भूमी प्रसाद त्रिपाठीले आग्रह गर्नु भएको छ । धादिङ न्यूज संग कुराकानी गर्दै धादिङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद त्रिपाठीले अविरल बर्षा पछि बाढी पहिरोले निम्त्याएको घटनाबाट आंफु..

बाढीेले मौवाखोलाको पुल बगायो ,राजधानी संगको सम्पर्क टुट्यो

धादिङ,५ साउन - देशका विभिन्न जिल्लाबाट राजधानी प्रवेश गर्ने पृथ्वीराजमार्गको धादिङ र चितवन जिल्लाको सिमानामा रहेको मौवाखोलाको पुल बाढीले बगाएको छ । पुल बाढीले वगाएपछि पश्चिम नेपालबाट राजधानी आउने नाका समेत वन्द हुन पुगेको छ । मौवाखोलाको बाढीले धादिङ र चितवन दुबै तर्फ केही घरहरु समेत बगाएका छन् । मानवीय क्षति भएको छैन । धादिङको वेनिघाट..

जोखिम मोलेर त्रिशूलीमा हेलिँदै मजदुर

केशव अधिकारी धादिङ, १ साउन - वर्षायाममा नदीबाट बालुवा निकाल्नु जोखिम भएपनि छोटो समयमा धेरै कमाउने लोभमा ठेकेदारहरुले कुनै सुरक्षा विधि नअपनाई मजदुरलाई त्रिशूली नदीमा हेलिन वाध्य पार्ने गरेका छन् । त्रिशूली नदीबाट बालुवा निकाल्ने क्रममा असार २४ गते गल्छी गाउपालिका वडा नम्बर–४ बेल्खुदोभानबाट एक किशोर हराइरहेका छन् । त्रिशूली नदीबाट..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad