राष्ट्रिय समाचार

अकोराबमा नयाँ नेत्तृत्व चयन, धादिङबाट सचिव र कोषाध्यक्ष

काठमाण्डौ – देशभर छरिएर रहेका सामुदायिक रेडियोको छाता सङ्गठनका रुपमा रहेको सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को अध्यक्षमा अर्जुन गिरी निर्वाचित हुनुभएको छ । अध्यक्ष पदका अर्का प्रत्यार्शी नुवाकोटका कपिलदेव खनालले १४ मत ल्याउनु भएको थियो भने गिरीले एक सय ६१ मत ल्याएर विजयी हुनु भएको हो । बिहीवार काठमाण्डौमा सम्पन्न अकोराबको..

धादिङको धुनीबेंसीमा हाइड्रोपावर एकेडेमी स्थापना हुने

धुनीबेंसी (धादिङ)-स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले जलविद्युत् आयोजनाहरुको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न हाइड्रोपावर एकेडेमी स्थापना गर्ने भएको छ । धादिङको धुनीबेंसीस्थित शेषकान्त फाउन्डेशनले तयार गरेको जर्मन प्राविधिक शिक्षालयको पूर्वाधारमा इप्पानले एकेडेमी स्थापना गर्न लागेको हो । एकेडेमी स्थापना..

तनहूँमा माटोको ढिस्कोले पुरिएर धादिङ कटुन्जेका धनबहादुरको मृत्यु

तनहूँ - फागुन २५ । तनहूँमा माटोको ढिस्कोले पुरिएर धादिङ कटुन्जेका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ नेत्रावती डबजङ गाउँपालिका वडा नंम्बर ५ का ५३ वर्षका धनबहादुर गुरुङ रहेका छन् । गुरुङ तनहूँको शुक्लागण्डकी नगरपालिका वडा नं। ८, किमलघाटमा बस्दै आएका थिए । किमलघाटस्थित सेतीनदी बगरमा काम गर्ने सिलसिलामा ढिस्कोले पुरिएर गुरुङको..

तिकराङबाट त्रिशूलीमा ट्रक खस्यो, दुई जनाको मृत्यु

धादिङ २५ फाल्गुन  । धादिङको बेनीघाटरोराङ गाउँपालिका वडा नम्बर १० तिकराङस्थित पृथ्वीराजमार्गबाट सिमेन्ट बोकेको ट्रक त्रिशूली नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ । रुपन्देहीबाट सिमेन्ट लिएर काठमाडौँ जाँदै गरेको लु १ ख ७७६२ नम्बरको ट्रक मंगलबार बिहान एक बजेतिर दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय..

रघुजी पन्त बिरुद्ध अदालतमा गाली वेइज्जतीको मुद्धा दायर

काठमाडौं २५ फागुन । बिबादास्पद अभिव्यक्तिका कारण नेकपा एमालेका स्थायी समिति सदस्य रघुजी पन्तले गाली वेइज्जतीको मुद्धा सामना गर्नु पर्ने भएको छ । नेकपा एमालेबाट राष्ट्रिय सभा सांसद ,चर्चित गायिका तथा नेतृ कोमल वलीले पन्त बिरुद्ध काठमाण्डौं जिल्ला अदालतमा मंगलवार गाली वेइज्जतीको मुद्धा दायर गरेकी हुन । वलीले आफ्नै पार्टीका नेता..

एमाले धादिङको जिल्ला कार्यालयमा ३ बर्ष पछि नेकपा एमालेको व्यानर

धादिङ । दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच बिच ३ बर्ष अघि भएको एकता फागुन २४ गतेको सर्वोच्च अदालतको आदेशबाट स्वत भंगभएपछि नेकपा एमाले धादिङको जिल्ला कार्यालयमा ३ बर्ष पछि नेकपा एमालेको व्यानर राखिएको छ । सोमबार नेकपा एमालेका जिल्ला सदस्य हरेराम लोहनी पार्टीका युवानेताहरु वेनि पाठक र दयाराम लम्सालले..

ओली-प्रचण्डको नेकपा खारेज ऋषि कट्टेलले मुद्दा जिते

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्‍ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता उनलाई दिएको हो । यो फैसलासँगै अब केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ..

‘गजुरी महोत्सव २०७७’ चैत १२ गतेदेखि २४ गतेसम्म हुने

धादिङ । आगामी चैत १२ गतेदेखि २४ गतेसम्म धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ गजुरी बजारमा 'गजुरी महोत्सव २०७७' हुने भएको छ । स्थानीय वस्तुको निकासी एवं जिल्लामा लगानी तथा प्रविधि भित्र्याउने उद्देश्यका साथ गजुरी महोत्सवको आयोजना गर्न लागिएको साना तथा मझौला व्यवसायी महासंघ जिल्ला शाखा धादिङले जनाएको छ । मंगलबार धादिङको गजुरी बजार स्थित..

सल्यानटारमा डोजरको ठक्करले महिलाको मृत्यु, स्थानीयले डोजर जलाईदिए (भिडियो )

धादिङ न्यूज समाचारदाता सल्यानटार -  धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ सल्यानटार खोल्सी नजिकै सडक निर्माणका क्रममा डोजरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको त्रिपूरासुन्दरी गाउँपालिका वडा न १ कि ४५ बर्षिया सरस्वती कुमाल रहेकी छन् । कुमालको मृत्यु पछि घटनास्थलमा तनाव बढेको छ । सोमबार दिउँसो सडक..

एक दशक पछि “बनमा खयर” लाेकदाेहाेरी लिएर आए घमेश दुलाल

काठमाडौं / लाेक दाेहाेरी क्षेत्रमा राज गर्न सफल गायक घमेश दुलाल एक दशक भन्दा बढि सम्म गुमनाम भए । उनका गीतहरु सुन्न स्राेता तथा दर्शकले रेडियाेमा कान थाप्नु पर्थ्याे कि युटुवमा खाेज्न थाल्नुपर्थ्याे । उनका शुभचिन्तककाे मनमा लागेथ्याे अब घमेश दुलालका नयां गीत आउने छैन्न । उनका चर्चित गीतहरु नारायण थान मा गेट, दमौली मा गेट, घर हाम्रो..

मछेडीखोलामा बस ठोक्कियो, १० जना घाईते

गल्छी- धादिङको गल्छी गाउँपालिका वडा नम्बर ७ मछेडीखोला स्थित पृथ्वीराजमार्गमा आईतबार विहान दुई वटा यात्रुवाहक बस ठोक्किएर दुर्घटना हुँदा १० जना घाईते भएका छन् । काठमाण्डौंबाट गोरखाका लागि छुटेको ना ५ ख ५०७० नम्वरको बस र सुर्खेतबाट काठमाण्डौंका लागि छुटेको ना ५ ख ४४९१ नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परेर दुवै..

धादिङ लगायत ३१ जिल्लाका सिडियो सहित ५२ सहसचिव र उपसचिवको सरुवा

धादिङ । सरकारले धादिङ लगायत ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालय मातहतका ५२ सहसचिव र उपसचिवको एकै पटक सरुवा गरेको छ । शुक्रवार बसेको गृहमन्त्रीस्तरीय बैठकले उनिहरुको सरुवा गरेको हो । धादिङका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सरुवा भएको छ भने धादिङका सहायक..

सुत्केरीढुंगाबाट त्रिशूली नदीमा खसेको ट्याङ्करले तिर्‍यो २१ लाख

धादिङ । नक्कली दुर्घटना गराएर भ्रम फैलाउनुका साथै तेल नष्ट गरेको आरोपमा एक ट्याङकर धनीबाट नेपाल आयल निगमले २१ लाख ४० हजार रकम असुली गरेको छ । गएको असोज ४ गते बिहान धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ सुत्केरीढुंगाबाट त्रिशूली नदीमा खसेको ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्यांकर दुर्घटना परेको नभई जानाजान त्रिशूली नदीमा खसालेको..

ईट्टा उद्योगमा काम गर्ने कामदारका बालबालिकालाई शैक्षिक सामाग्री वितरण

धुनिबेसी- ईट्टा उद्योगमा काम गर्ने कामदारहरुका बालबालिकाहरुको पढाईलाई निरन्तरता दिनको लागि शैक्षिक सामाग्रीहरु बितरण गरिएको छ । धुनिबेसी नगरपालिकामा रहेको जाल्पादेवी ईट्टा उद्योगमा काम गर्ने मजदुरका बालबालिकालाई सोमबार एक कार्यक्रम बिच शैक्षिक सामाग्री वितरण गरिएको हो । धुनिबेशी नगरपालिका वडा नं। ६ मा रहेको जाल्पादेवि ईट्टा..

पुल निर्माणको म्याद सकियो, तयार भएन पुल

धादिङ-त्रिशूली नदीमा सात स्थानमा मोटरेबल पुल निमार्णाधीन छन् । ती पुल निर्माण गर्ने म्याद गत पुस मन्सान्तमा सकिइसकेको छ । तर पुल निर्माण गर्न अझ एक वर्ष लाग्ने स्वयं निर्माण व्यवसायी बताउँछन् । पुल निर्माण गराउने निकायका प्रमुख भने समयमा नसके हर्जना तिर्नुपर्ने व्यवस्था रहेको बताउँछन् । एक अर्ब ३३ करोड ७८ लाख १९ हजार नौ सय ६९ रुपैयाँमा..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad