राष्ट्रिय समाचार

धादिङमा समाचारमूलक डिजिटल पत्रिका बढ्दै

धादिङ जिल्लालाई मुख्य कार्यक्षेत्र बनाएर धादिङबाट शुक्रवारदेखि  'जनचासो डट कम' नयाँ अनलाइनको अनौपचारिक शुरुवात भएको छ । धादिङमा रहेर छापा तथा टेलिभिजन पत्रकारितामा सक्रिय रहँदै आएका पत्रकार मनिष दुवाडीको अगुवाईमा जनचासो डट कमको शुरुवात भएको हो । दुवाडीले शुक्रवार आफ्नो फेसबुक वालमा 'आज ७१ औँ प्रजातन्त्र दिवस, यही छेको पारेर..

‘लिगलिगे साइकल दौड’मा धादिङ गल्छीका मल्ल प्रथम

गोरखा — ‘लिगलिगे साइकल दौड’को उपाधि एपिएफमा कार्यरत धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ घर भएका लक्ष्मण मल्लले जितेका छन् । ५२.९ किलोमिटर निर्धारित दूरी २ घण्टा २२ मिनेट ५५ सेकेन्डमा पार गर्दै मल्ल साइकल दौड प्रतियोगितामा प्रथम बने । दुई घण्टा ३१ मिनेट ३५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै हिमाल टमटा दोस्रो बने । उक्त दौडमा वकेसराज..

हाईवे र सरस्वती बचत तथा ऋण सहकारी संस्था बिच एकीकरण

धादिङ,२ फागुन -   धादिङ जिल्लाको गल्छी र थाँक्रे गाउँपालिकामा रहेका समान प्रकृतिका दुईवटा बचत तथा ऋण सहकारी संस्थाले   एकीकृत कारोवार शुरु गरेका छन् । जिल्लाको गल्छी गाउँपालिका–६ बैरेनीवजारमा मुख्य कार्यालय रहेको हाइवे बचत तथा ऋण सहकारी संस्था र थाक्रे गाउँपालिका–७ जुँगेखोलामा रहेको सरस्वती महिला बचत था ऋण सहकारी संस्था बीच फागुन १..

चरौँदीमा रोकिराखेको ट्रकमा माइक्रो ठोक्किँदा २ जनाको मृत्यु

धादिङ । धादिङको बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ७ चरौँदीस्थित पृथ्वीराजमार्गमा रोकिराखेको ट्रकमा माइक्रो ठोक्किँदा २ जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार नवलपरासीबाट काठमाडौँका लागि छुटेको बा ३ ख ८४ नम्बरको माइक्रोबस शनिबार बिहान ६:२० वजे सडकमा रोकी राखेको ना ६ ख ४६०..

सुनचाँदी कला व्यवसायी संघ धादिङको अध्यक्षमा रमेश गुरुङ निर्वाचित

धादिङ- धादिङ जिल्ला भित्र छरिएर सुनचाँदी कला व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुको साझा संस्था सुनचाँदी कला व्यवसायी संघ धादिङको अध्यक्षमा रमेश गुरुङ निर्वाचित हुनु भएको छ । गत शुक्रवार धादिङबेसीमा सम्पन्नसंघको तेह्रौं साधारण सभा तथा पाँचौं अधिबेशनबाट गुरुङको अध्यक्षतामा १३ सदस्यिय जिल्ला कार्य समितिको चयन भएको हो । अधिबेशनले..

ल्होछारमा सेर्तुङमा म्हेन्दोमाया सांस्कृतिक कार्यक्रम हुंदै

धादिङ- रुवीभ्याली गाउँपालिकामा राष्ट्रिय पर्व मन्जुश्री सम्वत २८५७ सोनाम ल्होछार लाङ (म्हे) "ल्हो" गाई बर्गको अबसरमा बृहत म्हेन्दोमाया प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ। बिशेष गरि तामाङ जातिको महान चाड तथा नयाँ वर्षको रुपमा मानाईने सोनाम ल्होछारलाई भब्य रुपमा मनाउनको लागि रुवीभ्याली गाउँपालिका प्रतियोगिता लगाएत..

असहाय बालबालिकालाई कार्यवाहक अध्यक्ष बुढाथोकीको सहयोग

धादिङ । संरक्षक गुमाएपछि बिचल्लीमा परेका धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ खानीगाउँका ८ बालबालिकालाई प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले गैर खाद्य सामाग्रीहरु सहयोग गर्नु भएको छ । धादिङको वेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ३ खानीगाउँ स्थित तीनकन्या वागेश्वरी आधारभूत विद्यालयमा पढिरहेका दुई..

माघ ३० गते सोनाम ल्होछार,देशभर सार्वजनिक बिदा

धादिङ न्युज संघीय सरकारले माघ ३० गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछारको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नेपाल तामाङ घेदुङले सरकारसँग पटकपटक सोनाम ल्होछारमा बिदा दिन ध्यानाकर्षण गराउँदै आएको थियो। सरकारले केही वर्ष अघिसम्म सोनाम ल्होछारमा बिदा दिए पनि..

हुवासिनका उप महाप्रवन्धक डिल्लीराज पोख्रेललाई अन्तराष्ट्रिय पुरस्कार

धादिङ-   सयौ बिदेशी म्यानेजरलाई पछि पार्दै चिनिया लगानीको बहुराष्ट्रिय कम्पनीको सर्वोेत्कृष्ठ अन्तरास्ट्रिय म्यानेजर पुरस्कार धादिङ जिल्लामा कार्यरत नेपाली म्यानेजरले पाएका छन । करिब आधा दर्जन देशमा लगानी रहेको हुवासिन सिमेन्ट कम्पनीको यस वर्षको अन्तरास्ट्रिय उत्कृष्ट म्यानेजरको उपाधि डिल्लीराज पोख्रेलले पाउनु भएको हो । पोख्रेल..

भाखा नाघेको ऋण व्यवस्थापनका लागि तालिम

धादिङ, २५ माघ -  धादिङ जिल्लाका बचत तथा ऋण सहकारी संस्थाका लागि भाखा नाघेको ऋण व्यवस्थापन सम्वन्धि तालिम सम्पन्न भएको छ । धादिङ बचत तथा ऋण सहकारी संघको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघको प्राविधिक सहयोगमा दुई दिन सम्म धादिङबेसीमा सञ्चालित तालिम आईतबार सम्पन्न भएको हो । जिल्लाका विभिन्न सहकारी संस्थाका २० जनाको सहभागिता..

धादिङका उच्च भेगमा हिमपात,चिसोले जनजिवन प्रभावित (फोटो फिचर सहित)

केशव अधिकारी धादिङ, २४ माघ । शनिवार दिउँसो देखि पर्न थालेको हिमपातले धादिङको रुबीभ्याली गंगाजमुना, खनियाबास, नेत्रावतीडवजोङ गाउँपालिकाका विभिन्न स्थान हिउँले ढाकिएर सेताम्मे भएका छन । शनिवार विहानै देखि शुरु भएको हल्का बर्षापछि दिउँसोबाट जिल्लाका उच्चभागमा हिउँ पर्न थालेको हो । धादिङको तिप्लिङ, लापा,..

धादिङको गाउँ गाउँमा नेपाल टेलिकमको फोरजी सेवा

धादिङ- धादिङका गाउँ गाउँमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ । नेपालमै पहिलो पटक २०७३ सालमा काठमाडौं र पोखराबाट फोरजी सेवा सुरु गरेको सरकारी स्वामित्वमा सञ्चालित कम्पनी नेपाल टेलिकमले ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार गरेको हो। दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले देशका ७७ वटै जिल्लामा आफ्नो फोरजी एलटिई सेवा..

धादिङ लगायत देशका अधिकांश स्थानको मौसममा बदली

धादिङ – माघ महिना सकिनै लाग्दा पनि पानी नपरेपछि यो बर्षको जाडो पानी नपरि सकिने हो कि भन्ने परिरहेको बेला शुक्रबार बिहानै बाट देशभरको मौसममा आंशिक देखि सामान्य बदली देखिएको छ ।धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीका साथै अन्य स्थानमा पनि विहानै देखि मौसम बदलिको असर देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागहरु..

नेकपा ‘पार्टी एकता राष्ट्रिय अभियान’को धादिङ इन्चार्जमा डाक्टर रामकुमार अधिकारी

धादिङ- नेकपाका उपाध्यक्ष वामदेव गौतमले शुरु गरेको नेकपा ‘पार्टी एकता राष्ट्रिय अभियान’को केन्द्रिय सदस्यहरुको नामावली सार्वजनिक गरिएको छ । अभियानका लागि ५४ जिल्ला इन्चार्ज समेत तोक्दै १६२ जना केन्द्रिय सदस्यको नामावली सार्वजनिक गरिएको छ । अभियानको धादिङ इन्चार्जमा डाक्टर रामकुमार अधिकारी र केन्द्रिय सदस्यहरुमा उमेश थापा र शिवराज..

समाचार प्रभाव – सहयोग जुट्न थाल्यो संरक्षक गुमाएका बालबालिकाका लागि

वेनिघाटरोराङ- संरक्षक गुमाएपछि बिचल्लीमा परेका खानीगाउँका ८ बालबालिका शिर्षकको समाचार पढेर ति बालवालिकालाई सहयोग गर्न दाताहरु इच्छुक देखिएका छन । धादिङको वेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ३ खानीगाउँ स्थित तीनकन्या वागेश्वरी आधारभूत बिद्यालयमा अध्ययनरत ८ जना बालवालिकाले भोगिरहेको कष्टकर अवस्थाका वारेमा २०७७ माघ १४ गते धादिङ..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad