मुख्य समाचार

धादिङका सहायक वन अधिकृत पौडेल घुससहित रंगेहात पक्राउ

धादिङ, ६ असार । सेवाग्राही संग घुस रकम लिएर गर्ननहुने काम मिलाईदिन लागेको आरोपमा धादिङको नीलकण्ठ सवडिभिजन वन कार्यालयका प्रमुख कृष्ण प्रसाद पौडेललाई अख्तियारको टोलीले पक्राउ गरेको छ । सेवाग्राही संग ४० हजार नगद घुसवापत लिएर गैरकानूनी काम गरेको आरोपमा पौडेललाई अख्तियार टोलीले आईतबार कार्यकक्षबाटै पक्राउ गरेको हो । अख्तियार दुरुपयोग..

रुबिभ्याली पहिरोमा वेपत्ता एकको शव भेटियो, एक अझै वेपत्ता

धादिङन्यूज धादिङ,५ असार । धादिङको रुबिभ्याली गाउँपालिका वडा न २ मा सडक खन्दै गर्दा पहिरो खसेर स्काभेटर सहित हराईरहेका दुई जना मध्ये एक जनाको शव भेटिएको छ । धादिङबेसी साङकोष तिप्लिङ सोमदाङ सडक निर्माणका क्रममा शुक्रवार साँझ ६ वजेतिर रुवीभ्याली गाउँपालिकाको वडा नम्बर २ अताखोलामा पहिरोले पुरिएर डोजर चालक सिन्धुपाल्चोक जिल्लाका २३..

बिपन्न चेपाङलाई भाष्कर तेजश्री स्मृति प्रतिष्ठानको खाद्यान्न सहयोग

धादिङ, ५ असार । धादिङको वेनिघाटरोराङ गाउँपालिका वडा नम्बर १० का अति विपन्न चेपाङ परिवारलाई भाष्कर तेजश्री स्मृति प्रतिष्ठानले खाद्यान्न सहयोग गरेको छ । कोरोना महामारीको कारण ज्यालामजदुरी गर्न घरवाहिर जान नपाएपछि खाद्यान्न संकट व्यहोेरीरहेका अति विपन्न ७५ चेपाङ परिवारलाई गाउँमै पुगेर प्रतिष्ठानको टोलीले खाद्यान्न सहयोग प्रदान..

सेर्तुङमा पहिरोले पुरिएर स्काभेटर सहित दुई जना वेपत्ता

  धादिङ,५ असार । धादिङको रुबिभ्याली गाउँपालिका वडा न २ मा सडक खन्दै गर्दा पहिरो खसेर स्काभेटर सहित दुई जना व्यक्ति पुरिएर हराईरहेका छन् । रुवीभ्याली गाउँपालिका धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने सबैभन्दा विकटको क्षेत्र हो । धादिङबेसी साङकोष तिप्लिङ सोमदाङ सडक निर्माणका क्रममा शुक्रवार साँझ ६ वजेतिर रुवीभ्याली गाउँपालिकाको वडा..

राजमार्गका पुराना पेट्रोलपम्प सुधार्नुपर्ने सुझाव

धादिङन्यूज काठमाडौं, असार ४ । धादिङ, चितवन,मकवानपुर,बारा र पर्सा जिल्लाको राजमार्गमा रहेका अधिकांश पेट्रोलपम्पहरुमा सुधार गर्नुपर्ने उच्चस्तरीय अनुगमन टोलीले सुझाव दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल आयल निगम समेतको सहभागितामा उच्चस्तरीय संयुक्त अनुगमन टोलीबाट गत जेठको अन्तिम..

गल्छीको जिन्टेटारमा त्रिशूली नदीमा दुई महिलाको शव भेटियो

धादिङ, २ असार । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ स्थित त्रिशूली नदी किनारमा दुई जना महिलाको शव भेटिएको छ । प्रहरी कार्यालय बैरेनीका अनुसार गल्छी गाउँपालिका वडा नम्बर ६ जिन्टेटार नजिकै त्रिशुली नदी किनारमा बुधवार बिहान साँढे ९ वजेको समयमा दुई महिलाको शब कुहिएको अबस्थामा फेला परेको हो । नामथर , बतन केही नखुलेको अन्दाजी ३५ ÷४० बर्ष..

बागमती प्रदेश सरकारको बजेट ५७ अर्ब ७२ करोड

धादिङ न्यूज १ असार, २०७८ ।  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९को क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयका लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार बजेट प्रस्तुत गरिएको छ । मंगलबार प्रदेश सभामा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले ५७ अर्ब ७२ करोडको विनियोजित बजेट पेश गर्नुभएको हो । कुल विनियोजित..

अविरल बर्षापछि जोगिमारामा पहिरो, पृथ्वीराजमार्ग अबरुद्ध

धादिङ, १ असार । यस बर्षको मनुसन शुरु भएसँगै  अबिरल बर्षा शुरु भएको छ । आईतबार राती देखि परेको बर्षा मंगलबार दिनभर जसो जारी रहेको थियो । छिन छिनमा आउने पानीले जनजिवन दिनभरनै अस्तव्यस्त जस्तै भएको थियो । यसैक्रममा देशको राजधानी काठमाण्डौंलाई देशका ६७ जिल्लासंग जोड्ने धादिङको बेनीघाटरोराङ गाउँपालिका–१०, जोगिमारा तिकराङ स्थित..

स्वास्थ्य सुरक्षा मापदण्डलाई पूर्ण कार्यान्वयगर्न ७७ जिल्लामा गृहको परिपत्र

काठमाडौँ २८ जेठ । गृह मन्त्रालयले कोभिड-१९ का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हालेलगत्तै उनकै निर्देशन बमोजिम मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन र निकायका..

जहरेखेतमा टिपर र कार ठोक्किँदा एक जनाको मृत्यु,एक जना घाईते

धादिङ, २७ जेठ । बिहीबार विहान धादिङको गजुरी गाउँपालिकाको जहरेखेत स्थित पृथ्वीराजमार्गमा टिपर र कार ठोक्किएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । एक जना गम्भिर घाईते भएका छन् । तनहुँबाट काठमाडौजादै गरेको बा ४ च २७९ नम्बरको कार र काठमाण्डौं तर्फबाट आईरहेको बा ३ ख ७३९३ नम्बरको टिपर ठोक्किएर बिहीवार बिहान ६।३० वजे तिर दुर्घटना भएको हो ।..

प्रेस चौतारी धादिङद्वारा पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान

  धादिङ, २६ जेठ । प्रेस चौतारी नेपाल, धादिङले कृयाशिल पत्रकारहरुका लागि मास्क तथा सेनिटाइजर लगायतको स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ । जिल्लाका सञ्चारमाध्यम र जिल्ला बाहिरका सञ्चारमाध्यममा कार्यरत गरि  ३५ जना पत्रकारहलाई मास्क, सेनिटाइजर,ह्याण्ड वास लिक्विड लगायतका स्वास्थ्य सामाग्री वितरण गरिएको प्रेस चौतारी धादिङका..

लापामा रहेको आईसोलेसनलाई स्वास्थ्य सामाग्री सहयोग

    धादिङ, २६ जेठ । धादिङको रुवीभ्याली गाउँपालिकाको लापामा रहेको आईसोलेसनलाई जनजाति कल्याण आश्रम नेपाल एवं सेवा इन्टरनेशनल नेपालले विभिन्न स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको छ । जनजाति कल्याण आश्रम नेपालका राष्ट्रिय संगठन सचिव मिलन भट्टका अनुसार कोभिड महामारी रोकथामका लागि गाउँपालिकाले लापामा सञ्चालन गरेको १५ शैयाको..

थांक्रेका युवाहरुको सराहनीय कार्य, गरिब विपन्नलाई घर घरमा खाद्यान्न

थाक्रे, २५ जेठ ।  विश्वव्यापी कोरोनाको दोश्रो भेरियन्टका कारण नेपाल पनि गत वैसाख मध्यबाट लकडाउनमा छ । साना व्यवसाय, यातायात तथा उद्योगधन्दाहरु यति वेला बन्द रहेको छ । सवै तहका सरकार यतिवेला कोरोना रोकथामका लागि परिक्षण, आइसोलेसन निर्माण, औषधी उपचार, अक्सिजन व्यवस्थापन मा लागिरहेको अवस्थामा दैनिक ज्यालादारी गरि गुजारा गर्ने श्रमिक,..

शिक्षकहरुको लागि खोपको व्यबस्था गर्न शिक्षक संगठनको माग

धादिङ, २४ जेठ । कोरोना विद्धरुको खोप कार्यक्रमको प्राथामिकता सूचीमा शिक्षक वर्गलाई समावेश गर्न अनुरोध गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङले सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल सरकारले कोरोना रोग विरुद्धको खोप कार्यक्रम सञ्चालनको क्रममा प्राथमिकता सूचि निर्धारण गरेर लगाउने क्रममा सयौ विद्यार्थीहरुसंग प्रत्यक्ष जोडिएर शिक्षण..

छुट्टाछुट्टै दुर्घटनामा परेर धादिङका ३ जनाको मृत्यु

धादिङ ।  शनिवार धादिङ र गोर्खा जिल्लामा भएको तीन वटा सवारी दुर्घटनामा परि धादिङका तीन जनाको मृत्यु भएको छ । धादिङको गल्छी गाउँपालिका ७ भलटारमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट स्थानीय ३० वर्षीय नवराज घिमिरेको शनिबार राति मृत्यु भएको छ ।ठक्करबाट गम्भीर घाइते भएका उनको बुढीगण्डकी अस्पताल गल्छीमा उपचारको क्रममा मृत्यु भएको हो..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad