मुख्य समाचार

बुद्धिमान वाईबाले लिएर आए ‘जसलाई बढी माया गर्थेँ’

जसलाई बढी माया गर्थेँ गीतको मनोरन्जनात्मक म्युजिक भिडियो लिएर आएका छन् धादिङका बुद्धिमान वाईबा । जिवनका आरोह, अवरोहमा निकै कठिन मोड छिचोल्दै अघि बढिरहेका बाईबा केही बर्ष देखि अमेरिकामा रहँदै आएका छन् । धादिङको सिद्धलेक –१ नयाँबस्तीका वाईबा साहित्यिक क्षेत्रमा विनय लामाका नामले परिचित छन् । गित गजल लेखनमा अव्वल रहेका उनी,पत्रकारितामा..

नागढुंगा मलेखु सडक स्तरोन्नति, प्रति किलोमिटर १२ करोडको लागत

केशव अधिकारी गल्छी (धादिङ) । देशको संघीय राजधानी काठमाडौँसँग देशका ६८ जिल्ला जोड्ने स्थलमार्गको मुख्य नाका काठमाडौँको नागढुंगादेखि त्रिभुवन राजपथको नौबिसेसम्म र पृथ्वीराजमार्गको नौबिसे मलेखुखण्डको स्तरोन्नतिको काम सुरु भएको छ । व्यापारिक तथा राष्ट्रिय महत्वको सडकका रूपमा रहेको काठमाडौं उपत्यका छिर्ने मुख्य सडकलाई एसियाली..

बागमती प्रदेश सरकारले १३ वटै जिल्लामा एकीकृत सेवा कार्यालय खोल्ने

हेटौंडा २४ माघ । जिल्ला तहमा प्रदेश सरकारको प्रतिनिधित्व गर्ने कार्यालय नहुंदा जिल्ला जिल्लाबाट हरेक कामका लागि  प्रदेश राजधानी पुग्नु पर्ने वाध्यता झेल्दै आईरहेका सेवाग्राहीको हितलाई ध्यानमा राखी वागमती प्रदेश सरकारले १३ वटै जिल्लामा एकीकृत सेवा कार्यालय खोल्ने भएको छ ।  जिल्लामा एकीकृत सेवा कार्यालय स्थापना भएपछि प्रदेश सरकारका..

नागढुंगा सुरुङ मार्ग निर्माणका लागि थपियो म्याद

धादिङको सिस्नेखोलादेखि काठमाडौंको दहचोक सतुंगल जोड्ने निर्माणाधीन नागढुंगा सुरूङमार्ग निर्माणका लागि २५ अप्रिल २०२४ सम्मका लागि म्याद थपिएको छ । निर्माण कार्य शुरु भएको ४२ महिना भित्रसम्पन्न गर्ने शर्तमा जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनल २०७६ कात्तिक २८ गतेदेखि औपचारिक रुपमा सुरुङ मार्गको निर्माण शुरु गरेको थियो ।..

बागमती प्रदेश सरकारले पायो पूर्णता,११ सदस्यीय मन्त्रीमण्डल गठन

हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेर सरकारलाई पूर्णता दिएका छन । नवनियुक्त ८ मन्त्रीले प्रदेश प्रमुख यादवचन्द्र शर्माट बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । मन्त्रिपरिषद् विस्तारमा  एमालेबाट ३, माओवादीबाट ३ र राप्रपाका २ जना नयाँ मन्त्रीहरूले शपथ लिएका छन् । मन्त्रिपरिषद्मा..

ग्रामीण संचार सहकारी धादिङको अध्यक्षमा सुवास खतिवडा

धादिङको पहिलो एफ.एम.संचालन गर्ने ग्रामीण संचार सहकारी संस्था लिमिटेड धादिङको अध्यक्षमा सुवास खतिवडा चयन हुनु भएका छ । खतिवडा सहकारीको संस्थापक सचिव एवम निवर्तमान उपाध्यक्ष र सामुदायिक रेडियो प्रसारक संघको निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । रेडियो धादिङको स्थापना कालमा खतिवडा रेडियोको स्टेशन मेनेजर समेत हुनुहुन्थ्यो । धादिङबेसीमा..

धादिङका शालिकराम जम्कट्टेल वागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

धादिङ, २५ पुस - वागमती प्रदेशको मुख्यमन्त्रीमा धादिङका शालिकराम जमकट्टेल नियुक्त हुनु भएको छ । प्रदेश सभामा माओवादी केन्द्रका  संसदीय दलका नेता जम्कट्टेल लाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गनुृ भएको हो । धादिङ निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभा सदस्यमा..

ऐतिहासिक महत्व जोगाउन सेनाको एकीकरण पदयात्रा

केशव अधिकारी धादिङ । ऐतिहासिक धरोहरको संरक्षण, सम्वद्र्धन र विकास गर्ने उद्देश्यले सञ्चालन हुंदै आईरहेको एकीकरण पदयात्राको चौथो श्रृंखला बिहीबार गोरखा सदरमुकामबाट सुरु भएको छ। ऐतिहासिक महत्वको एकीकरण अभियानलाई हर्षउल्ल्लासका साथ मनाउन पदयात्रा गरिएको नेपाली सेनाले जनाएको छ। तत्कालिन गोरखा राज्य विस्तारका क्रममा पृथ्वीनारायण..

नविकरण नगरिएका क्रसर वन्द गर्न सक्ला त सरकारले ?

धादिङ- दर्ता नभएका र नवीकरण नगरि देशभर अबैध रुपमा संचालन भईरहेका क्रसर उद्योग बन्द गर्न सरकारले देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । कानुन विपरीत काम गरेर करसमेत छली गर्दै आएका क्रसर उद्योग तत्काल बन्द गर्न गृह मन्त्रालय मार्फत सरकारले निर्देशन दिएको हो । सर्वोच्च अदालतले वातावरण संरक्षणका निम्ति पटक पटक दिएको आदेश..

प्रचण्डको नेत्तृत्वमा ८ सदस्यीय मन्त्रीमण्डलको गठन

  काठमाडौं– नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा ८ सदस्यीय मन्त्रीमण्डल गठन भएको छ। नव नियुक्त प्रधानमन्त्री तथा मन्त्रीहरुले सोमबार राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथ लिएका छन् । नवनियुक्त प्रधानमन्त्रीमा पुष्पकमल दाहाल को नेतृत्वमा बनेको मन्त्री मण्डलमा एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधानसहित..

 पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । काँग्रेस संगको गठवन्धन तोडेर एमालेसंग सहकार्य गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड प्रधानमन्त्रीमा चयन भएका छन् । राष्ट्रपति विद्या भण्डारीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री नियुक्त गरेकी छिन् । नेकपा एमालेसहित प्रतिनिधिसभाका १६९ सांसदको समर्थनमा..

राजेन्द्र पाण्डेले दिए मुख्यमन्त्री पदबाट राजीनामा

धादिङ— वागमती प्रदेशको मुख्यमन्त्रीको पद नछाडि प्रतिनिधि सभा सदस्य पदको शपथ लिएको भन्दै चौतर्फी विरोध भएपछि बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । पाण्डेले शुक्रबार प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका हुन् । बिहीवार मुख्यमन्त्रीबाट राजिनामा नदिई संघीय सांसद पदमा सपथ लिएपछि..

धादिङबेसीमा शुरु भयो आठौं धादिङ महोत्सव

धादिङ उद्योग वाणिज्य संघको आयोजनामा भएको आठौं धादिङ महोत्सवको बिहीवार अपरान्ह उद्घाटन भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री एवम धादिङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले पानसमा दिप प्रज्वलन गरेर महोत्सवको उदघाटन गरेका थिए । नीलकण्ठ नगरपालिका वडा नम्बर ३ खुल्लामञ्चमा आयोजना गरिएको महोत्सवको उदघाटन गर्न..

आठौं धादिङ महोत्सव पुस ७ गते बिहीबार बाट शुरु हुने

धादिङ-धादिङ उद्योग वाणिज्य संघको आयोजनामा हुन गईरहेको आठौं धादिङ महोत्सव पुस ७ गते बिहीबार बाट शुरु हुने भएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ३ खुल्लामञ्चमा आयोजना गरिएको महोत्सवको उदघाटन बिहीबार दिउँसो १२ वजे भव्य कार्यक्रमका बिच  हुनेभएको छ । महोत्सवको उदघाटन हुनुअघि सदरमुकाम धादिङबेसीका विभिन्न भागबाट उत्तरी धादिङको नेपाल र..

देशका विभिन्न भू-भागमा वर्षा र हिमपातकाे सम्भावना

पुस ४ - देशका विभिन्न भू-भागमा आज वर्षा र हिमपातकाे सम्भावना रहेकाे छ । विहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा रहेका कारण हिमपात र वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार पहाडी भू-भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो रहेको छ । आज..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad