मुख्य समाचार

नेत्रावती मिडियाको निमित्त सम्पादकको जिम्मेवारी काजी श्रेष्ठलाई

धादिङ–नेत्रावती मिडिया प्रा.लि.द्वारा प्रकाशित हुंदै आईरहेको नेत्रावती साप्ताहिक र धादिङ न्युज डट कमको सम्पादक एशोदा नेपालले असोज २२ गते देखि पदवाट राजिनामा दिनु भएको छ । पत्रिकाको प्रकाशन आरम्भ भएदेखिनै विभिन्न जिम्मेवारीमा रहंदै २०७० साउन ४ गते वाट नेत्रावती साप्ताहिकको सम्पादक पदको जिम्मेवारीमा रहनुभएकी नेपालले कार्यव्यस्तताका..

दुर्घटना रोकथामका लागि धादिङको राजमार्गमा ‘प्रहरी संग एक मिनेट’ अभियान

धादिङ,२२ असोज ः राजमार्ग दुर्घटना न्युनिकरणका लागि धादिङ प्रहरीले ‘प्रहरी संग एक मिनेट’ नाम दिएर बिशेष अभियान शुरु गरेको छ । यात्रुको सुरक्षा र सुरक्षित राजमार्गका लागि ट्राफिक नियम र दुर्घटना रोकथामका बिषयमा सवारी चालकलाई जानकारी दिने उद्धेश्यले मंगलवार देखि धादिङमा पर्ने पृथ्वीराजमार्ग र त्रिभुवन राजपथमा ‘प्रहरी संग एक मिनेट’..

अपराध नियन्त्रण गर्न धादिङ प्रहरी सक्रिय- तीन जना फरार अभियुक्त पक्राउ

धादिङ,२१ असोज - विभिन्न समयमा अपराधजन्य कार्यमा संलग्न भई फरार रहंदै आएका अभियुक्तहरु पक्राउ गर्ने अभियान शुरु गरेको धादिङ प्रहरीले एक सातामा तीन जनालाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्ने मध्येको एकमा धादिङको खाल्टे गाविस वडा नम्बर ६ देउराली वस्ने ५५ बर्षिय पूर्णवहादुर थापामगर रहेका छन । मगर २०७० फागुन २८ गते छिमेकीलाई जवरजस्ति करणी गरी..

राष्ट्रसङ्घीय महासचिव बानको अपिल

संयुक्त राष्ट्रसंघ, २१ असोज । संयुक्त राष्ट्रसंघीय महासचिव बान कि मुनले उत्तरी सिरियाली सहरका नागरिकको जीवन रक्षाका लागि अपिल गर्नुभएको छ । उत्तरी सिरियाली सहर आयन अल अरबलाई जिहादी समूह आइएसले कब्जा गरिरहेका छन् । सोही कारण त्यहाँका नागरिकमा त्रास छाएको छ । – ः २ ः – सो सहरका नागरिक असुरक्षित रहेका र उनीहरुले खान र बस्नको लागि पनि..

किराञ्चोक गाविसका पूर्व अध्यक्ष व्यवसायिक माछा पालनमा

केशव अधिकारी/ धादिङ, – धादिङमा व्यवसायिक माछापालन गर्ने किसानहरुको संख्या बढ्दै गएको छ । बजारमा माछाको माग बढेसँगै माछापालन तर्फ किसानको आकर्षण बढ्दै गएको हो । माछापालनबाट राम्रो आम्दानी हुनु भएपछि राजनीतिक दलका स्थानीय नेताकार्यकर्ता तथा व्यापारीसमेत माछापालनका लागि लगानी बढाउन अग्रसर भएका छन् । यस्तै मध्ये एक हुनुहुन्छ धादिङको..

दशैंले छोएन भुजेल परिवारलाई, उपचार खर्च जुटाउन सहयोगको याचना

धादिङ–दशैंको रमझमले सबैलाई व्यस्त वनाईरहेको वेला धादिङको गोगनपानी गाविस वडा नम्बर ६ मान्खुका होमवहादुर भुजेलको परिवारलाई भने उपचारका लागि चाहिने खर्च जुटाउन हम्मे हम्मे पर्न थालेको छ । निम्न आयस्तर भएका भुजेलको दुवै मृगौला काम नलाग्ने भएपछी एक महिना देखि उहांलाई अस्पतालमा राखेर उपचार शुरु गरिएको छ । भक्तपुरको राष्ट्रिय मानव अंग..

धादिङ अष्ट्रेलिया समाजको अध्यक्षमा बैरेनीका रविन कार्की

अष्ट्रेलिया –धादिङ जिल्लावाट अध्ययन तथा अन्य कार्यका लागि अष्ट्रेलिया पुगेका धादिङवासीहरुको साझा संस्था धादिङ अष्ट्रेलिया समाजको प्रथम अधिबेशन सम्पन्न भएको छ । अष्ट्रेलियाको सिड्नी शहरमा मंगलवार सम्पन्न भएको समाजको प्रथम अधिवेशनले धादिङको बैरेनी गाविस वडा नम्बर ९का स्थायीवासी रविन कार्कीको अध्यक्षतमा १९ सदस्यिय कार्य समितिको..

वस ठोक्किंदा घटनास्थलमानै पांचको मृत्यु,३४ जना घाईते ,१० जनाको अवस्था गम्भिर

केशव अधिकारी धादिङ,१३ असोज - दशैंमा घर जान लागेका यात्रु लिएर गन्तव्य तर्फ जांदै गरेको दुईवटा यात्रुवस धादिङको भुमेस्थान गाविसको सिम्लेमा एक आपसमा ठोक्किंदा पांच जनाको घटनास्थलमानै ज्यान गएको छ । दुर्घटनामा परी ३४ जना घाईते भएका छन । घाईते मध्ये १० जनाको अवस्था गम्भिर रहेको छ । सोमवार विहान ६ वजे तिर पृथ्वीराजमार्ग अन्र्तगत धादिङको..

पृथ्वीराजमार्गको सिम्लेमा दुई वस ठोक्किंदा घटनास्थलमानै पांचको मृत्यु

धादिङ,१३ असोज ः पृथ्वीराजमार्ग अन्र्तगत धादिङको भुमेस्थान गाविसको वडा नम्बर ६ सिम्लेमा भएको वस दुर्घटनामा परी पांच जनाको घटनास्थलमानै ज्यान गएको छ । काठमाण्डौंवाट कांकडभिट्टाका लागि छुटेको ना ५ ख ४३८४ नम्बरको वस संग वेनिबाट काठमाण्डौं आउंदै गरेको ना ३ ख ७६३३ नम्वरको वस सोमवार विहान ६ वजे तिर एकआपसमा ठोक्किंदा भएको सो दुर्घटनामा परी..

धादिङको किराञ्चोकमा स्वास्थ्य चौकी र गाविस कार्यालय एउटै

  केशव अधिकारी धादिङ, – धादिङको किराञ्चोक गाविसमा स्वास्थ्य चौकी र गाविसको कार्यालय एउटै भवनमा सञ्चालन हुँदै आएको छ । एउटै भवनभित्र चारवटा कार्यालय भएका कारण बिरामी भएर औषधी उपचारका लागि पुग्ने सर्वसाधारण र गाविसबाट प्रदान गरिने सेवा सुविधा, सिफारिश लिन आउनेहरुको पहिचान गर्नै मुस्किल हुने गर्दछ । ग्रामीण भेगका सर्वसाधारणलाई..

गहुँत लिटरको १० रुपैंयाँ, गोवर ५० रुपैंया किलो !

धादिङ,   – बिदेशिएका धेरै युवाको सपना हुन्छ स्वदेश फर्किएपछि शहरमा चिटिक्क परेको घर बनाउने । बाँकी जीवन खुसी साथ विताउने । त्यसैले गाउँबाट शहर पस्नेहरुको संख्या पनि बर्षेनी बढ्दो क्रममा छ । विदेशमा दुईचार वर्ष काम गरेर फर्केकाहरु मध्ये कतिपयले थोरै भएपनि शहरमा जग्गा जोड्ने गरेका छन् । यसले शहरमा घरजग्गाको भाउ आकाशिएको पनि छ । तर धादिङ..

धादिङमा राजमार्गका होटल सुधार्न एक हप्ताको म्याद

केशव अधिकारी/ धादिङ,  - पटक पटक अनुगमन गरी सेवा सुबिधालाई राम्रो वनाउन आग्रह गर्दा पनि अटेर गर्दै आईरहेका धादिङमा राजमार्ग क्षेत्रमा सञ्चालित केही होटललाई सुधार गर्न जिल्ला अनुगमन समितिले थप एक हप्ताकोे म्याद दिएको छ । बिहीबार राजमार्ग क्षेत्रको होटल अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्माको नेत्तृत्वमा खटिएको..

केशवराज पिँडालीको स्मरणमा पिँडाली उद्यान र शालिक स्थापना गरिने

धादिङ-दक्षिणी धादिङको पिडा गाविस – ४ च्याङ्लीमा  साहित्यकार केशवराज पिँडालीको स्मरणमा पिँडाली उद्यान निर्माण गरी त्यहाँ उहाँको सालिक स्थापना गरिने भएको छ । धादिङको पिंडा गाविसका कृष्णराज लामिछानेका सुपुत्रका रुपमा पिंडालीकोे जन्म १९७१ साल माघ १६ गते काठमाडौंको क्षेत्रपाटीमा भएको थियो । धादिङको पिंडाँमा पिंडालीका बाबु बाजेले जीवन..

दसैंमा यातायात सञ्चालन गर्न ६८ लाख

धादिङ,  - दसैं अवधिमा ग्रामीण यातायात तत्काल सुचारु गर्न जिविस धादिङले ६८ लाख विनियोजन गरेको छ । सदरमुकामदेखि जिल्लाका विभिन्न भेकमा पुग्ने ५२ वटा निर्माणाधीन र स्तर सुधार नगरिएका ग्रामीण सडक मर्मतसुधार गर्न उक्त रकम उपभोक्ता समूहसँग सम्झौता गरी कामको थालनी गर्ने निर्णय गरेको हो । भदौ अन्तिम साता जिविस धादिङको सर्वदलीय संयन्त्रले..

‘सेभ दि हिमालय फर रिगार्डिङ’ भन्ने नारा अघि सारेर संसारभर पैदल यात्रा

केशव अधिकारी धादिङ,- विश्वका प्रत्येक व्यक्तिले एउटा विरुवा रोपे संसारलाई हरियाली वनाउन सकिन्छ भन्ने सन्देशका साथ विश्व पैदलयात्रामा निस्किएका भारतीय नागरिक धादिङ आईपुगेका छन । ‘सेभ दि हिमालय फर रिगार्डिङ’ भन्ने नारा अघि सारेर सन १९९१ मा पैदलै विश्व भ्रमणमा निस्किएका भारतको कोलकत्ताका स्थायीवासी देवाशिष डे (DEBASIS  DE ) भ्रमणमा निस्किएको..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad