मुख्य समाचार

जिविसको सूचना अधिकारी नौ महिना देखि असाधरण विदामा

केशव अधिकारी धादिङ– जिल्ला विकास समिति धादिङको लेखा परिक्षक पदमा कार्यरत गोमा पाण्डे गएको साउन साउन १ गते देखि असाधरण विदा स्विकृत गराएर बसेको भएपनि जिल्ला विकास समितिले पाण्डेको नाम सुचना अधिकारीवाट हटाएको छैन । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुले कुनै समस्या भोग्नु परेमा र कार्यालय संग सम्वन्धित सुचनाहरुका वारेमा जानकारी दिन..

धादिङका बनै खायो डढेलोले

धादिङ,१ बैशाख ः चैत महिनाको शुरुवात भए देखिनै धादिङ जिल्लाका वन पाखामा डढेलो लाग्न शुरु गरेकोमा अहिले सम्म पनि रोकिन सकेको छैन । जिल्लामा वन तथा वाताबरण जोगायन सरकारी तथा गैर सरकारी निकायले लाखौं रुपैया खर्च गरेर गाउं गाउंमा जनचेतना अभियान संचालन गरिरहेको भएपनि बर्षेनी डढेलोको कारण वन विनाश हुने गर्दछ । देशभरीमै सबैभन्दा धेरै..

बढी भार बोक्ने ट्रिपरबाट एक महिनामै २१ लाख राजस्व

गजुरी (धादिङ) । पृथ्वीराजमार्गमा क्षमताभन्दा बढी भार बोकेर सडक भत्काउँदै गुड्ने टि्रपरलाई कारबाही गरेर ट्राफिक प्रहरीले करिब एक महिनाको अवधिमा २१ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । tripperगत चैत ४ गतेदेखि सुरु भएको कारबाही अभियान महिनाको अन्त्यमा आइपुग्दा ट्राफिक प्रहरीले ठूलो मात्रामा राजस्व सङ्कलन गरेको जिल्ला ट्राफिक प्रहरी..

संरक्षण हुन सकेन ऐतिहासिक कान्द्राङ गढी

केशव अधिकारी कान्द्राङगढी,- नेपाल एकिकरण हुनु भन्दा पहिले तत्कालिन सेन शासकहरुको पालामा निर्माण भएको बिश्वास गरिएको ऐतिहासिक कान्द्राङ गढी प्रचार प्रसार र संरक्षणको अभावमा ओझेलमा परेको छ । धादिङ जिल्लाको महादेवस्थान गाविसको वडा नम्बर ५ कान्द्राङमा रहेको ऐतिहासिक गढी संरक्षण हुन नसक्दा ओझेलमा पर्दै गएको हो । नेपाल एकिकरण हुनुभन्दा..

प्रभात किरण सुवेदीले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारीणी समिति सदस्यको लागि उमेद्वारी दिने

धादिङ -नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारीणी समिति सदस्यको लागि धादिङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष प्रभात किरण सुवेदीले उमेद्वारी दिनुहुने भएको छ । यहि चैत्र २८ र २९ गते हुन गईरहेको महासंघको ४८ औं वार्षिक साधारण सभा तथा निर्वाचनमा जिल्ला∕नगर उद्योग वाणिज्य संघको तर्फवाट सुबेदीले कार्यकारीणी समितिको सद्स्यपदमा..

जिल्लाकै नमुना पर्यटकिय गन्तब्य, पात्लेको होमस्टे

पात्ले - धादिङ जिल्लाको खाल्टे गाउँ विकास समिति वडा नं. १ मा रहेको पात्ले गाउँ स्थानिय व्यक्तिहरुकै पहलमा जिल्लाकै नमुना पर्यटकिय गन्तव्य वन्न पुगेको छ । सदरमुकाम धादिङवेसी देखि करिब ९ किलोमिटर पुर्वतर्फको दुरीमा रहेको पात्ले गाउंमा ८५ घर गुरुङ परिवार र ५ परिवार गिरी समुदायको बसोबास रहेको छ । गाउंलाई नमुना पर्यटकिय गन्तव्य वनाउने..

एसएलसीमा धादिङका ७ हजार ४ सहभागी

धादिङ,- यस बर्षको एसएलसी परीक्षामा धादिङ जिल्लाबाट ७ हजार ४ बिद्यार्थी सहभागी हुने भएका छन । जिल्लाभरीका १ सय ४१ बिद्यालयवाट नियमित तर्फ ५ हजार ५ सय ३६ र एक्जेम्टेड तर्फ १ हजार ४ सय ६८ जना गरी ७ हजार ४ जना बिद्यार्थीले सहभागिता जनाउने जिल्ला शिक्षा कार्यालय धादिङले जनाएको छ । धादिङमा परीक्षा संचालनका लागि जिल्लाभरीमा २० वटा केन्द्रको..

धादिङमा अबैध क्रसर र ढुंगाखानीको बिगबिगी

धादिङ, फागुन २७ – जिल्लामा धेरै वालुवा तथा ढुङ्गाखानी अबैध रुपमा सञ्चालन हुँदा पनि सरोकारवाला निकाय मौन बसेका छन् । दैनिक लाखौं रुपैयाँको कारोबार गर्ने र प्राकृतिक सम्पदाको दोहन गर्ने अबैधानिक ढुंगा तथा बालुवा खानीको अनुगमन र नियन्त्रणमा सरकारी निकायले चासो दिएका छैनन् । खानी सञ्चालनका लागि खानी तथा भुगर्भ विभागवाट मान्यता पाएर..

नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको अध्यक्षमा नवराज छत्कुली

धादिङ– नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको अध्यक्षमा नवराज छत्कुली सर्वसम्मतवाट चयन हुनु भएको छ । बुधवार धादिङबेसीमा सम्पन्न महासंघ जिल्ला शाखाको सातौं अधिबेशनले छत्कुलीको अध्यक्षतामा १५ सदस्यिय नयांँ कार्य समितिको सर्वसम्मतवाट चयन गरेको हो ।त्यसैगरी १९ जना केन्द्रिय प्रतिनिधि समेत सर्वसम्मतवाट चयन गर्दै अधिबेशन सम्पन्न..

२०७१ सालमा ९६ दिन सार्वजनिक बिदा

काठमाडौं, - २०७१ सालमा शनिबारसहित ९६ दिन सार्वजनिक बिदा परेको छ । गृह मन्त्रालयले आगामी १ वैशाखदेखि चैत मसान्तसम्मका लागि ९६ दिन सार्वजनिक बिदा निर्धारण गरेको हो । आगामी वर्ष २ सय ६९ दिन मात्र कार्यालय सञ्चालन हुने भएको छ । गृह मन्त्रालयले सबै सरकारी कार्यालय तथा सर्वसाधारणका लागि सार्वजनिक, पर्व तथा सट्टा बिदा र कार्यालय समयसमेत..

गणेश हिमाल फेदीको जस्ताखानी अलपत्र

धादिङ– आठ बर्ष अघि देखि वन्द हुन पुगेको गणेश हिमाल फेदीको मेटल कम्पनी पुनःसंचालनमा आउन सकेको छैन । गणेश हिमालको फेदी र त्यसआसपासका क्षेत्रमा रहेको जस्ता र सिसा खानी उत्खनन र प्रशोधन गर्ने उद्धेश्यले सरकारी स्वामित्वमा रहेको नेपाल मेटल कम्पनी आठ बर्ष अघि देखि बन्द भएपछि खानी अलपत्र हुन पुगेको हो । सरकारले २०३३ सालवाट स्वामित्वमा लिएको..

प्रेस चौतारी धादिङले महासंघ अध्यक्ष पदमा छत्कुलीलाई अगाडी सार्यो

धादिङ,- प्रेस चौतारी धादिङले नेपाल पत्रकार महासंघ धादिङको फागुन २१ गते हुने सातौं जिल्ला अधिवेशनको लागि अध्यक्ष पदमा नबराज छत्कुलीलाई अघी सारेको छ  । प्रेस चौतारी धादिङका अध्यक्ष रामेश्वोर कार्कीका अनुसार - नेपाल पत्रकार महासंघको अधिवेशन नजिकंदै गर्दा नेतृत्व चयन सम्बन्धि बहस र टीका टिप्पणी सुरु भएको छ । विशेषगरी सबै भन्दा धेरै सदस्य..

मेलामा ५१ लाख ७३ हजार १ सय ९७ रुपैया ९५ पैसाको कारोवार

            पत्रकार सम्मेलन गरेर आय व्यय सार्वजनिक धादिङबेसी,१४ फागुन ः गएको माघ १५ देखि २३ गते सम्म धादिङवेसीमा आयोजना गरिएको बृहत कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला २०७० को आय व्यय विवरण सार्वजनिक गरिएको छ । मेला आयोजक संस्था उद्योग वाणिज्य संघको सचिवालयमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरी मेलाको आयव्यय तथा समिक्षा प्रतिवेदन..

धादिङ महोत्सवको तयारी अन्तिम चरणमा

धादिङ,११ फागुन- ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार,कृषि जलश्रोत,पर्यटन तथा उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ हुन लागेको राष्ट्रिय राफ्टिङ तथा धादिङ महोत्सवको तयारी तिव्र पारिएको छ । महोत्सव आयोजक संस्था धादिङ उद्योग वाणिज्य संघले आइतबार धादिङवेसीमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारीका वारेमा जानकारी गराएको हो ।..

कोडवाडामा मारिएका परिवारको विचल्ली

जोगीमारा (धादिङ),- घरको आर्थिक अभाव पूरा गर्न कामको खोजीमा ११ वर्षअघि कालीकोट जिल्लाको कोडवाडा विमानस्थल पुग्नुभएका जोगीमाराका १५ वषर्ीय मञ्जु थापा त्यसपछि कहिल्यै घर र्फकनुभएन । कामको खोजीमा उहाासागै जोगीमाराबाट मङ्सिर १२ गते कालीकोट गएको १५ परिवारका १७ जना निहत्था सर्वसाधारणको तीन महिना पनि नबित्दै तत्कालीन शाही नेपाली सेनाले..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad