मुख्य समाचार

धादिङका लागि पांच सय ४९ म्यादी प्रहरी माग

धादिङ/आउँदो दोश्रो संविधानसभा निर्वाचनका लागि सरकारले विभिन्न जिल्लाहरुमा म्यादी प्रहरीको माग गरेको छ । यसै क्रममा धादिङ जिल्लामा पनि म्यादी प्रहरीमा भर्ना हुन चाहने नेपाली नागरिकहरुको लागि फारम भर्ने म्याद खुलेको छ । असोज १६ गतेसम्म जिल्ला प्रहरी कार्यालय मार्फत् म्यादी प्रहरीमा भर्ना हुनका लागि फाराम भर्न सकिने अञ्चल प्रहरी..

खसी चोरेर भाग्दै गरेका दुई पक्राउ

धादिङ,३ असोज/ चाड पर्व नजिकिँदै गर्दा जिल्ला प्रहरी कार्यालय धादिङले आफ्नो सक्रियतालाई तीव्रता दिन थालेको छ । गए राती धादिङ जिल्लाको सलाङ गाविस वडा नं ६ बस्ने नेत्र बहादुर थापाको घरबाट २ वटा खसी चोरी भाग्दै गरेको अवस्थामा पक्राउ परेका दुईजनालाई गरी बिहीवार जिल्ला प्रहरी कार्यालय धादिङले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ..

शान्ती सुरक्षाका लागि सिंह जस्तै कडा स्वभावका अशोक सिंह -अपराध रोक्न सदरमुकाममा सिसिटिभी राखिंदै

केशव अधिकारी धादिङ/सदरमुकाम धादिङबेसीको शान्ति सुरक्षाको अवस्था विग्रन नदिन सदरमुकामको प्रमुख व्यापारिक केन्द्र, मुख्य मुख्य चोक र सडकहरुमा सिसिटिभी जडान गरिने भएको छ । वजार क्षेत्रमा प्रहरीको सक्रियता बढ्दै गएपनि समयमै सुचना पाउन नसक्दा अपाराधिक कार्यहरु नियन्त्रणमा आउन ढिला हुने भएपछि प्रहरीले स्थानीयसंग सहकार्य गरेर संवेदनशिल..

धादिङ न्युज डट कम सहित देशभरिका ५३ अनलाइन पत्रिका सूचीकरणमा

काठमाडौं । प्रेस काउन्सिल नेपालले अनलाईन पत्रिका सुचीकरणका लागि एक महिनाको अबधी थप गरेको छ् । काउन्सिलले आगामी असोज १५ गतेसम्मका लागि सूचीकरणको म्याद थपेको जनाएको छ । गत साउन १६ गते बाट सुरु गरिएको अनलाईन पत्रिका सूचीकरणका लागि धादिङ न्युज डट कम सहित देशभरिका ५३ वटा अनलाइन पत्रिकाहरुले आवेदन दिएका छन् । प्रेस काउन्सिलका अनुसार साउन १६..

धादिङ न्युज डट कम जिल्लाको पहिलो अनलाईन पत्रिकाको रुपमा सूचिकरण

धादिङ/धादिङ जिल्ला बाट सन्चालनमा आएको धादिङ न्युज डट कम  धादिङ जिल्लाको पहिलो आधिकारिक अनलाईन डिजिटल पत्रिकाको रुपमा  सूचिकरण भएको छ ।            नेपाल सरकार मन्त्रीस्तरबाट निर्णय भई Electronic Media खासगरी Online समेतलाई आचारसंहिता तयार पार्ने र सोको कार्यान्वयन गर्न काउन्सिललाई जिम्मेवारी तोकिए बमोजिम अनलाइन पत्रकारितालाई व्यवस्थित बनाउदै जाने र..

धादिङबाट को को उठलान संविधान सभाको चुनावमा ?

केशव अधिकारी धादिङबेसी÷मंसिर ४ मा हुने भनिएको संविधान सभाको निर्वाचन नजिकिंदै जांदा जिल्लामा रहेका साना तथा ठुला दलहरु उम्मेदवारको चयन गर्ने आन्तरिक तयारीमा जुटेका छन । एकीकृत नेकपा माओवादीले जिल्लाको तीनवटै निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारहरुको प्रस्तावित नाम केन्द्रलाई सिफारिश गरिसकेको छ ।..

धादिङ जिल्लामा नयाँ नयाँ संचार गृहको स्थापना हुने क्रम बढदै,दिव्यदर्शन टेलिभिजनको परिक्षण प्रसारण शुरु

धादिङ /धादिङ जिल्लामा नयाँ नयाँ संचार गृहको स्थापना हुने क्रम बढदै गएको छ् । यसै क्रममा सदरमुकाम धादिङबेसी बाट जिल्लाको पहिलो केबुल टेलिभिजन "दिव्यदर्शन"को परीक्षण प्रसारण शुरु भएको छ । संचारको बिकास क्रमसगै धादिङ जिल्लाबाट त्रिपुरा मिडिया प्रालिले टेलिभिजन सन्चालनमा ल्याएको हो । करिब ४० लाख खर्चेर सञ्चालनमा ल्याईएको केवल प्रविधिबाट..

धादिङमा २४ सय ७६ जनाले नाम दर्ता गराए

धादिङ,  भदौ ८ – फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउन थपिएको समयमा धादिङमा २४ सय ७६ जनाले नाम दर्ता गराएका छन् । १ हजार ८३ जना महिला र १ हजार ३ सय ९३ जना पुरुषले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । भदौ १ देखि शुरु भएको छुट नाम दर्ताका लागि जिल्ला निर्वाचन कार्यालयमा प्रत्येक दिन ३ सय भन्दा बढीले फोटो खिचाएका थिए..

शिक्षक जागिर खोसिएपछि होटलमा सफल

केशव अधिकारी धादिङ / १८ बर्षअघि खाली हात सदरमुकाम आएका धादिङका एक युवाले निरन्तर मेहनत गरेर अहिले पाँच करोड रुपैयाँमा स्तरीय होटल सञ्चालनमा ल्याएका छन् । सदरमुकाम धादिङबेसीमा पर्यटकस्तरको होटलको अभाव खड्किन नदिन आफूले पाँच करोड लगानीमा सुविधासम्पन्न होटल सञ्चालनमा ल्याएको प्रवन्धक राजाराम सिलवाल बताउनुहुन्छ । धनीहरुले ठूला शहर र..

“धादिङ्न्युज डट कम” को सम्पादकमा एशोदा नेपाल

धादिङ /विकास तथा खोज पत्रकारितामा धादिङ जिल्लामा छुट्टै पहिचान वनाउन सफल नेत्रावती मिडिया प्रा.लि. धादिङ द्धारा संचालित जिल्लाको पहिलो डिजीटल खबर पत्रिका "धादिङ्न्युज डट कम" को  सम्पादकको जिम्मेवारी   एशोदा नेपालले सम्हाल्नु हुने भएको छ ।  २०७० साउन २ गते बसेको  नेत्रावती मिडिया प्रा लि संचालक समितिको बैठकको निर्णयले एशोदालाई सम्पादकको..

धादिङमा मतदाता नामावली आधा घट्यो

धादिङ/सरकारले आगामी मंसिर ४ गतेको लागि निर्वाचनको मिति घोषणा गरेर असार मसान्तसम्मको लागि तोकेको फोटो सहितको मतदाता नामावली संकलन गर्ने समयसिमा असार ३१ गतेवाट सकिएको छ । अघिल्लो संविधानसभा निर्वाचनको तुलनामा धादिङमा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या आधाले घटेको छ । अघिल्लो वर्षको संविधानसभा निर्वाचनको..

धादिङ औद्योगिक ब्यापार मेला २०७० माघ १५गते देखी २६ गते सम्म सञ्चालन गरिने

धादिङ/उद्योग वाणिज्य संघ धादिङले बृहत धादिङ औद्योगिक ब्यापार मेला आयोजना गर्ने भएको छ । संघको शनिवार गजुरीमा सम्पन्न भएको कार्य समिति बैठकले आगामी माघ १५गते देखी २६ गते सम्म मेला सञ्चालन गर्ने आधिकारिक घोषणा गरेको हो । संघको कार्य समिति बैठक संगै जिल्लामा नयां आउनुभएका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पोखरेलको स्वागत तथा उद्योग..

भानुभक्त आचार्यको दोस्रो शतवार्षिकी, बिभिन्न कार्यक्रम गरी मनाइदै

धादिङबेसी/आदिकवि भानुभक्त आचार्यको आज दुई सयौं जन्मजजयन्ती धादिङ लगायत राजधानी र देश विदेशमा बिभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । तनहुँको चुदी रम्घामा विसं १८७१ साल असार २९ गते जन्मनु भएका आचार्यको दोस्रो शतवार्षिकीको अवसरमा सरकारी तथा गैरसरकारी साहित्यीक सङ्घसंस्थाहरुले बिभिन्न कार्यक्रमको आयोजना गरिरहेका छन । यसैक्रममा..

चेपाङ संघमा भ्रष्टाचार, रकम फिर्ता गर्न पत्राचार

केशव अधिकारी धादिङ: बेलायती सहयोग नियोग (डीएफआईडी) ले इनेबलिङ स्टेट प्रोग्राम (इएसपी) मार्फत चेपाङ समुदायलाई उपलब्ध गराइएको सहयोग रकममा अनियमितता भएको दाबी गरेको छ। इएसपीले नेपाल चेपाङ संघलाई कारबाही गर्न पनि माग गरेको छ। रकम दुरुपयोग गरेको प्रमाणित भएपछि डीएफआईडीले चेपाङ संघबाट दुरुपयोग भएको रकम उठाइदिन समाजकल्याण परिषद् र जिल्ला..

सुत्केरीलाई भ्यागुता खुवाउँदा तागत लाग्ने जनविश्वास

धादिङ - सुत्केरीको स्वास्थ्य बिग्रन नदिन तागतिला खानेकुराको रुपमा भ्यागुता खुवाइन्छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । धेरैका लागि अनौठो भएपनि भ्यागुतो प्रजातिको पाहा औषधि हुने जनविश्वासका कारण धादिङको उत्तरी क्षेत्रको विकट गाउँका वासिन्दा यतिवेला पाहाको खोजीमा निस्किएका छन । भ्यागुता भन्दा केहि  लामो हुने पाहाको मासु खाँदा ज्यान..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad