मुख्य समाचार

धादिङमा दैनिक २० जनाको हाराहारीमा डेङ्गुका बिरामी अस्पताल भर्ना

धादिङ । जिल्ला अस्पताल धादिङमा दैनिक डेङ्गुका बिरामी उपचारका लागि भर्ना हुन थालेका छन् । एक सातादेखि अस्पतालमा दैनिक २० जनाको हाराहारीमा डेङ्गुका बिरामी उपचार गर्न आउने गरेका छन् । लक्षण देखापरेका बिरामीमध्ये परीक्षण गर्दा दैनिक १० जनाभन्दा बढीलाई डेङ्गु पुष्टि हुने गरेको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिए । “दैनिक..

डाक्टर नवराज लम्सालको कविता संग्रह अग्निलाई २०७८ सालको मदन पुरस्कार

  धादिङ । २०७८ सालको मदन पुरस्कार धादिङ ज्यामरुङ घर भई रेडियो नेपालमा कार्यरत पत्रकार तथा साहित्यकार,डा. नवराज लम्सालको कविता संग्रह अग्निले पाएको छ । मदन पुरस्कार गुठीको साधारण सभाले अग्निलाई मदन पुरस्कार दिने निर्णय गरेको हो । यस्तै, २०७८ सालको जगदम्बा(श्री पुरस्कार बनारसबाट प्रकाशित ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठले पाएको..

धादिङ २ मा संघीय निर्वाचन क्षेत्र रणनैतिक सडक पुनः शिलान्यास

धादिङ– दुई बर्ष अघिनै शिलान्यास भई निर्माण कार्य अघि बढेर कालोपत्रे हुन लागेको सडकको वागमती प्रदेश सभाका सांसद जगत सिम्खडाले चर्चाका लागि पुनः शिलान्यास गरेको खुलेको छ । एक निर्वाचन क्षेत्रमा एउटा सडक निर्माण गर्ने लक्ष्यका साथ निर्माण शुरु गरिएको धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सिमबेसी गोलाङ आगिञ्चोक बेलुङभञ्ज्याङ हुंदै..

धादिङकी महिला उद्यमी बसुमाया राष्ट्रिय स्वतन्त्र पार्टीकी सह-कोषाध्यक्षमा चयन

काठमाडौं । धादिङकी महिला उद्यमी बसुमाया तामाङ राष्ट्रिय स्वतन्त्र पार्टीको सह-कोषाध्यक्षमा चयन हुनुभएको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको सोमवार बसेको केन्द्रीय समिति बैठकले तामाङलाई सह-कोषाध्यक्षमा मनोनित गरेको हो। तामाङ लगायत डोल प्रसाद अर्याललाई उपसभापति, मुकुल ढकाललाई महामन्त्री र कविन्द्र..

कृषि पत्रकार महासंघ वागमती प्रदेश गठन,अध्यक्षमा मनिष

धादिङ । कृषि क्षेत्रमा कलम चलाउने पत्रकारहरुको संस्था नेपाल कृषि पत्रकार महासंघ वागमती प्रदेश समितिको अध्यक्षमा चितवनका मनिष अधिकारी चयन भएका छन् । शुक्रवार चितवनमा सम्पन्न भेलाले अधिकारीको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ भने १ सदस्य थप गर्न बाँकी रहेको वताईएको छ । समितिको उपाध्यक्षमा  सिन्धुलीका  राजकुमार..

तामाङ समाज अमेरिकाको महासचिवमा धादिङका बुद्धिमान वाईबा

न्युयोर्क । "नेपाली डायस्पोरामा सामुदायिक सक्रियतालाई पुन: परिभाषित गर्दै" भन्ने मूल नाराका साथ तामाङ समाज अमेरिकाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । क्विन्स् ब्रीज पार्क न्यु योर्कमा शनिबार सम्पन्न सभाको कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष बिनिता तामाङले गर्नु भएको थियो। जनसम्पर्क समिति अमेरिकाका नेता भोजराज थोकरको प्रमुख..

बन्चरेडाँडामा फोहोर फाल्न नदिन सत्तापक्षीय तीन दल एक ठाउँमा

धादिङ । बन्चरेडाँडामा फोहोर फाल्न नदिन सत्ता गठबन्धनमा रहेका तीन दल सहमत भएका छन् । आइतबार धादिङको धुनिवेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त बक्तव्य जारी गर्दै बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका हुन् । विगत १७ वर्षदेखि..

चुनावी कार्यतालिका सार्वजनिक,असोज २३ मा हुने भो उम्मेदवारी दर्ता

धादिङ, २४ साउन - प्रतिनिधि र प्रदेशसभाको लागि आगामी निर्वाचनको कार्यतालिका निर्वाचन आयोगबाट स्वीकृत भएको छ । मंसिर ४ गते तय भएको उक्त निर्वाचनका लागि निर्वाचन आयोगको आइतबार बसेको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो । आयोगबाट स्विकृत कार्यतालिका नेपाल राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ । स्विकृत कार्यक्रम अनुसार..

‘बेगे’ बाट बरामद सुन र अमेरिकन डलर दुबै नक्कली !

धादिङ । धादिङको खनियाबास गाउँपालिका–४ का बेग बहादुर तामाङ ‘बेगे’ बाट बरामद गरिएको सुन र अमेरिकन डलर दुबै नक्कली भएको प्रहरीले जनाएको छ । मंगलबार धादिङको लपाङफेदीबाट धादिङबेसी आउँदै गर्दा बेगेको साथबाट बरामद भएको १ किलो फाइन गोल्ड ९९९.९ लेखिएको विस्कुट आकारको पहेलो धातु र ५० र १०० रुपैयाँ लेखिएको अमेरिकन डलर नोट बिहिवार बिज्ञ टोलीबाट..

पाँच किलो सुन र तीन थान पेस्तोलसहित बेगे पक्राउ

धादिङ । बेगे उपनामले चिनिने धादिङ दार्खाका बेगबहादुर तामाङ पाँच किलो सुन र पेस्तोलसहित पक्राउ परेका छन् । प्रहरीले तामाङको साथबाट तीन वटा पेस्तोल ५ किलो सुन र केही अमेरिकी डलरसमेत बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी निरीक्षक रञ्जन अवालका अनुसार बेगबहादुर नेत्रावती डबजोङ गाउँपालिकाको..

जग्गा धितो राखेर पाउने ऋणमा नयाँ निति

 काठमाडौं । जग्गा धितोमा राखेर पाउने ऋणमा राष्ट्र बैंकले नयाँ निति ल्याएको छ । विहीवारबाट लागू हुने निती अनुसार घरजग्गा धितोबाट पाइने ऋणको सीमा काठमाडौं उपत्यकाका लागि ३० प्रतिशत र बाहिरका लागि ४० प्रतिशतको व्यवस्था नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख गरेर कार्यान्वयनमा ल्याएको हो । नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशिका..

कोरोनाको उपचारका लागि तोकिए १७ अस्पताल

काठमाडाैं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सातवटै प्रदेशका अस्पतालमा उपचारको व्यवस्था गरेको छ । मन्त्रालयले सातवटै प्रदेशमा १७ वटा अस्पतालमा उपचारको व्यवस्था मिलाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसको मध्यम र गम्भीर अवस्थाका बिरामीलाई उपचारका लागि सातवटै..

नीलकण्ठ ४ मा पहिरोले घर पुरिंदा एक जनाको मृत्यु

धादिङ, १० श्रावण - सोमबार राती देखिको अविरल बर्षाका कारण सदरमुकाम धादिङवेसी आसपासको क्षेत्रमा बाढी,पहिरो पछि जनधनको क्षती हुन पुगेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार नीलकण्ठ नगरपालिका वडा नंम्बर ४ रानागाँउ बस्ने जितेन्द्र राना मगरको श्रीमती बर्ष २४ की शर्मिला राना मगरको पहिरोमा परेर ज्यान गएको छ । राती १ वजे तिर आफ्नै घरमा..

गजुरीमा एमाले र समाजवादी किन आईपुगे एकै ठाउँमा

धादिङ,६ साउन - धादिङको गजुरी गाउँपालिकामा माओवादी केन्द्र र नेपाली काँग्रेस मिलेर फरक मत राख्नेहरुलाई दमन र हमला गर्न थालेको भन्दै नेकपा एमाले र एकीकृत समाजवादीले संयुक्त रुपमा विरोध जनाएका छन् । बहुमतको आडमा करारका कर्मचारी हटाउने, आन्तरिक राजस्वमा हानी नोक्सानी पुग्ने काम गर्ने तथा विपक्षी जनप्रतिनिधिलाई गुण्डागर्दी शैलीमा..

रोम विधान अनुमोदनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

धादिङ, १ साउन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सहित जिल्लामा कृयाशिल मानवअधिकार संस्थाहरुले रोम विधान अनुमोदनको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । आईतबार जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत राममणि मिश्र मार्फत अधिकारकर्मीहरुले सो ज्ञापन पत्र बुझाएका हुन..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad