महिला तथा बालबलिका

मिलुन्जेल प्रेम खटपटपछि बलात्कार

भक्तपुर– काभे्रपलाञ्चोक जिल्ला साँगा–५ बस्ने २३ वर्षीया अन्जु (परिवर्तित नाम) र पर्सा महादेवपट्टी–१ घर भई भक्तपुर नगरपालिका–१५ बस्ने २४ वर्षीय दयानन्द चौधरीबीच ६ वर्षदेखि प्रेम सम्बन्ध कायम थियो । यसबीच उनीहरूले आपसी सहमतिमा कैयौंपटक शारीरिक सम्बन्ध कायम भएको दुवैले स्वीकार पनि गरेका छन् । तर, गत २६ भदौमा चौधरीले जबर्जस्ती करणी..

बलात्कारीलाई २४ घण्टाभित्र मारे कानुन नलाग्ने

काठमाडौं : बलात्कारीलाई २४ घण्टाभित्र पीडितले मारे कानुन नलाग्ने कडा व्‍यवस्थासहित कानुन बनाउन लागिएको छ। केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा यस्‍तो व्‍यवस्था राखिएको छ। हाल जरजस्ती करणीमा एक घण्टाभित्र पीडकलाई मारेमा कुनै सजाय नहुने व्‍यवस्‍था छ अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापिएको छ । संशोधन गर्न बनेको विधेयकबारे..

सकियो १६ दिने अभियान, महिलाहरु घर भित्रै सुरक्षित छैनन् ।

घर शान्ति नै बिश्व शान्तिको आधार, महिला हिंसा बिरुद्ध शुन्य सहिष्णुता कायम गरौ भन्ने मुल नाराका साथ मंसिर ९ गते देखी सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ अभियान बुधबारबाट सम्पन्न भएको छ । महिलाहरुलाई आफ्नो अधिकारको बारेमा जानकारी गराउने र हिंसामा परेका महिलाहरुलाई कानुनी सेवा दिने उद्देश्यले १६ दिन सम्म जिल्लाका विभिन्न गाउँ विकास..

सिकेको ज्ञान सीप व्यवहारमा लागू गर्ने प्रतिबद्धता

पिडा  –पिडा गाउँ विकास समिति वडा नं २ राईगाउँमा आधारशीला तालीमका सहभागी महिलाहरुले सिकेको ज्ञान सीप व्यवहार लागू गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । बालकुमारी सामाजिक परिवार समुहको व्यवस्थापनमा प्रयास नेपाल धादिङले संचालन गरेको गरिबी निवारणको लागि गणेशहिमाल पशुपालन कार्यक्रम अन्र्तगत महिला सदस्यहरुको लागि ४ दिने तालीम..

महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस शुरु

धादिङ– ‘घर शान्ति नै विश्व शान्तिको आधारः महिला हिंसाविरुद्ध शुन्य सहिष्णुता कायम गरौं’ भन्ने नारा सहित ’ं मंगलवार देखि महिला हिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालामा पनि शुरु भएको छ । यस क्रममा धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा पनि मंगलवार विहान प्रभातफेरी सम्पन्न पुछारवजार पुलचोकवाट शुरु भएको प्रभातफेरी सिरानवजार रमाईलो..

एक महिनामा नौ जनाको हत्या

ललितपुर, मंसिर ८। सञ्चारिका समूह नेपालले कात्तिक महिनामा गरेको सञ्चार अनुगमनका क्रममा एक महिनामा  ९ जना किशोरी तथा महिलाको हत्या भएको देखिएको छ।  ती हत्यासम्बन्धी ५६ वटा समाचार सामग्री प्रकाशित भएका थिए ।  अनुगमनमा १४ वटा राष्ट्रिय दैनिक पत्रिकाका समाचार, विचार तथा सम्पादकीयलाई समेटिएको थियो । महिलामाथि हुने विभिन्न प्रकारका..

महिनावारी हुँदा श्रीमतीलाई कसरी सहयोग गर्ने ?

महिनावारी भएको बेला महिलाहरु सानो सानो कुरामा रिसाउने गर्दछन् र पुरषहरुलाई उनीहरु किन रिसाउने गर्दछन् भन्ने कुराको जानकारी हुँदैन । यस्तै परे उनीहरु महिलाभन्दा बढि रिसाउने गर्दछन् । तर, श्रीमानहरुले के बुझ्न जरुरी छ भने, कहिलेकाँही मात्र रिसाउने श्रीमतीलाई आखिर के भएको छ त ? तपाईंकी श्रीमती महिनावारी भएको बेलामा पनि रिसाउने गर्दछिन् ।..

कार्यस्थलमा दुव्र्यवहार गरे तीन महिना कैद

कसैले आफ्नो पद, शक्ति वा अधिकारको दुरुपयोग गरी कुनै किसिमको दबाब, प्रभाव वा प्रलोभनमा पारी कुनै कर्मचारीलाई कार्यस्थलमा यौन आसक्तिको व्यवहार प्रदर्शन गरे दुव्र्यवहार भएको मानिनेछ यौनजन्य आसयले शरीरमा छोए, अश्लील तथा यौनजन्य चित्र प्रदर्शन गरे, यौनजन्य क्रियाकलापको कुराकानी गरे दुव्र्यवहार भएको मानिनेछ यौनजन्य क्रियाकलापका..

महिलाकाे शरीरमा छाेए तीन महिना कैद

काठमाण्डौं , ७ मंसिर– कार्यस्थलमा यौनजन्य दुव्र्यवहार गर्नेलाई तीन महिना कैद हुने भएको छ । कार्यस्थलमा हुने यौनजन्य दुव्र्यहार निवारणसम्बन्धी ऐनअनुसार कार्यस्थलमा कुनै यौनजन्य घटना भई अभियोग प्रमाणित भएमा कसुरदारलाई तीन महिना कैद र २५ हजार रुपैयाँ जरिवाना हुने भएको हो । कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण गर्नेसम्बन्धी..

महिनावारीसँग जोडिएका ९ भ्रमहरु – जो सबै महिलाले जान्नै पर्ने

अर्पणाले आफू काम गर्ने कम्पनीका मालिकलाई फोन गरेर एक दिनको छुट्टीको माग गरिन् । किन ? आज उनको महिनावारीको पहिलो दिन थियो जसका कारण अरु महिलाजस्तै उनी पनि कमजोर र आलश्य महसुस गरिरहेकी छिन् । उनी घरबाट बाहिर निस्कन र कुनै पार्टीमा सरिक हुन चाहन्नन् । उनी सपिङ, कसरत र यस्ता सबै क्रियाकलापहरुबाट टाढै बसिरहेकी छिन् । तपाईंमध्ये थुप्रै..

अन्तराष्ट्रिय बाल अधिकार दिवसको अवसरमा पुरस्कार वितरण

धादिङ ४ मंसीर –अन्तराष्ट्रिय बाल अधिकार दिवसको अवसर पारेर धादिङमा पुरस्कार वितरण गरिएको छ । अन्तराष्ट्रिय बाल अधिकार दिवस नोभेम्बर २० को अवसरमा जिल्ला बाल कल्याण समिति धादिङको आयोजनामा बाल अधिकार र शारीरि तथा मानसिक दण्ड अन्त्यका उपायहरु बिषयक निबन्ध लेखन प्रतियोगितामा १३ जना सहभागी भएका थिए । सहभागीहरु मध्येबाट महेन्द्र उच्च..

गाउँको विद्यालयमा महिलामात्रै शिक्षक

गोरखा,४ मङ्सिर–गोरखाको बुंकोट गाउँ विकास समितिमा रहेको लखन थापा प्राथमिक विद्यालयका शिक्षक सबै महिलामात्रै रहेका छन् । विगत पाँच वर्षदेखि महिला शिक्षकले विद्यालय सञ्चालन गर्दै आएका हुन् । उक्त विद्यालयका विद्यार्थी अनुशासित र लगनशील भएको नाम्जुङ स्रोत केन्द्रको तथ्याङ्कमा उल्लेख छ । ५ कक्षासम्म पढाइ हुँदै आएको विद्यालयमा ७५ जना..

१० प्रतिशत विदेशी महिला कामदारमाथि यौनहिंसा

दक्षिण कोरिया-दक्षिण कोरियामा कार्यरत १० प्रतिशत विदेशी महिला कामदारहरुमाथि यौनहिंसा भएको तथ्याङ्क सार्वजनिक भएको छ । गत वर्षको तथ्याङ्कलाई हेर्दा १०.७ प्रतिशत विदेशी महिला कामदारहरुमाथि यौनहिंसा भएको सांसद लि जस्मिनको कार्यालयलाई उद्धृत गर्दै कोरियाहेरल्डले जनाएको छ । सांसद लि विदेशी मुलकी कोरियन नागरिक हुन् । यौनहिंसा..

संयुक्त अरब इमिरेट्समा विदेशी घरेलु महिला कामदारले दुव्र्यवहार सहनुपर्छ ः ह्युमन राइट्स वाच

मनिला, ६ कात्तिक । गरिब मुलुकबाट संयुक्त अरब इमिरेट्समा घरेलु कामदारका रूपमा काम गर्ने महिलाले शारीरिक, यौनजन्य तथा भावनात्मक दुव्र्यवहार सहनुपर्ने र उनीहरूलाई प्रणालीगत रूपमा सुरक्षा अस्वीकार गरिने जानकारी मानवअधिकारवादी अन्तर्राष्ट्रिय संस्था ह्युमन राइट्स वाचले दिएको छ । यस संस्थाले यस मुलुकलाई उनीहरूको प्रतिबन्धात्मक..

सुत्केरी अस्पतालमा अलपत्र

धादिङ , आश्विन ३१ - विदेशबाट सँगै आएका श्रीमान् बेपत्ता भएपछि जिल्ला अस्पतालमा एक सुत्केरी महिला बिचल्लीमा परेकी छन् । तीन छोरासहित श्रीमान् कृष्ण तामाङलाई बालाजुस्थित डेरामा छाडेर २ वर्षअघि रोजगारका लागि मलेसिया पुगेकी झार्लाङ-३ की सिर्जना तामाङ अस्पतालको सुत्केरी कक्षमा अलपत्र छिन् । सिर्जनाले गत मंगलबार छोरा जन्माएकी हुन्..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad