रोजगारी/समृद्धि

रुवीभ्यालीको बहुमुल्य खनिजको उत्खनन तथा प्रशोधन गरिने

धादिङ -धादिङको रुवीभ्यालीमा खेरगईरहेको बहुमुल्य पत्थरको उत्खनन तथा प्रशोधन गरिने भएको छ । आगामी आर्थिक बर्षको वजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले रुवीभ्याली क्षेत्रको बहुमुल्य खनिजको उत्खनन तथा प्रशोधन गर्ने वताउनु भएको हो । यसै गरी रुवीभ्याली क्षेत्रमा पर्यटन पद मार्ग समेत निर्माण गरने वजेटमा बताईएको छ..

धादिङको धुनीबेंसीमा हाइड्रोपावर एकेडेमी स्थापना हुने

धुनीबेंसी (धादिङ)-स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले जलविद्युत् आयोजनाहरुको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न हाइड्रोपावर एकेडेमी स्थापना गर्ने भएको छ । धादिङको धुनीबेंसीस्थित शेषकान्त फाउन्डेशनले तयार गरेको जर्मन प्राविधिक शिक्षालयको पूर्वाधारमा इप्पानले एकेडेमी स्थापना गर्न लागेको हो । एकेडेमी स्थापना..

सुनचाँदी कला व्यवसायी संघ धादिङको अध्यक्षमा रमेश गुरुङ निर्वाचित

धादिङ- धादिङ जिल्ला भित्र छरिएर सुनचाँदी कला व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुको साझा संस्था सुनचाँदी कला व्यवसायी संघ धादिङको अध्यक्षमा रमेश गुरुङ निर्वाचित हुनु भएको छ । गत शुक्रवार धादिङबेसीमा सम्पन्नसंघको तेह्रौं साधारण सभा तथा पाँचौं अधिबेशनबाट गुरुङको अध्यक्षतामा १३ सदस्यिय जिल्ला कार्य समितिको चयन भएको हो । अधिबेशनले..

जर्मन प्राविधिक शिक्षालयलाई ५० लाख मूल्य बराबरको विद्युतीय उपकरण प्रदान

धादिङ। ठूला जलविद्युत् आयोजनाको निर्माण, सञ्चालन र मर्मतसम्भारका लागि आवश्यक जनशक्ति तयार गर्ने उद्देश्यका साथ स्थापना गरिएको जर्मन प्राविधिक शिक्षालयलाई जर्मनीको एक संस्थाले विभिन्न उपकरणहरु प्रदान गरेको छ । जर्मनीस्थित स्टेल्वा हाइड्रो कम्पनीले धादिङको धुनिवेंशी नगरपालिका वडा नम्बर ५ मा स्थापना गरेको सो शिक्षालयलाई झण्डै रु ५०..

सहुलियत पूर्ण कर्जाका लागि गजुरी गाउँपालिका र बाणिज्य बैक बिच सम्झौता

धादिङको गजुरी गाँउपालिका र राष्ट्रिय बाणिज्य बैंक बिच सहुलियतपुर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धि कार्यबिधी कार्यान्वयनको लागि सम्झौता भएको छ । गजुरी गाउँपालिकाले सहुलियतपूर्ण कर्जाको सहकार्यका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सँग सम्झौता गरेको हो । गजुरी गाउँपालिकाका प्रमुख राजेन्द्रबिक्रम बस्नेत,बैंकका गजुरी शाखा..

उपाध्यक्ष कँडेलद्धारा धादिङका राष्ट्रिय गौरव आयोजनाको अनुगमन

केशव अधिकारी धादिङ,१२ मंसिर -  धादिङ जिल्लामा सञ्चालित राष्ट्रिय गौरवका आयोजना र अन्य योजनाहरुको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलको नेतृत्वको टोलीले अनुगमन निरिक्षण गरेको छ । टोलीले राष्ट्रिय गौरबका आयोजना मध्ये धादिङ जिल्लामा पर्ने मध्यपहाडी लोकमार्ग र बूढीगण्डकी आयोजनाको पछिल्लो गतिविधिको स्थिति र..

धादिङका गोकर्णमणी दुवाडी सचिवमा बढुवा

धादिङ- सरकारले  गोकर्णमणी दुवाडी सहित तीन जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवहरु  दुवाडी, डा.योगेन्द्र कार्की र सुरेश आचार्यलाई सचिवमा बढुवा गरेको हो । प्रशासनतर्फ गोकर्णमणि दुवाडी, सुमनराज अर्याल र भरतमणि सुवेदीको नाम सिफारिस गरिएकोमा पहिलो नम्बरका दुवाडी बढुवा हुनु भएको हो । दुवाडीलाई यस अघि..

‘ BE THE CHANGE MAKER ‘ एक फरक अभियान : प्रदिप रुपाखेती

गैर आवासीय नेपालीहरुको संगठन एन.आर एन.ए. न्यूजिल्याण्ड का सचिव एवं धादिङ महादेबबेसीका प्रदिप रुपाखेती यतिबेला न्यूजिल्यान्डमा हुनुहुन्छ। सामाजिक सन्जालमा निकै सकृय रुपाखेतीले यतिबेला एउटा नयाँ अभियानको शुभारम्भ गर्नु भएको छ - ' BE THE CHANGE MAKER ' को नाममा। यो लगायत अन्य बिषयहरुमा रुपाखेती सँग धादिङ न्यूज डट.कम ले अनलाइनमा गरिएको कुराकानी: १...

ह्‍वासिन सिमेन्टमा निर्माण सामग्री अभाव

धादिङ - धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका-२ ताल्तीमा निर्माणाधीन ह्वासिन सिमेण्ट उद्योगमा निर्माण सामग्री अभाव भएको छ। लकडाउनको कारण उद्योगका लागि चाहिने निर्माण सामग्री उपलब्‍ध हुन छाडेपछि अभाव शुरु भएको हो। नेपाल र चीन सरकारबीच सम्झौता भई चिनियाँ र नेपालीको संयुक्त लगानीमा निर्माण हुन लागेको ह्वासिन नारायणी सिमेण्ट उद्योग..

किराञ्चोकलाई तरकारी पकेट क्षेत्र बनाईने

धादिङ, पुष २२-  किराञ्चोकको उर्भर भुमिलाई तरकारी पकेट क्षेत्र बनाउने र उत्पादित तरकारी सहकारी मार्फत बजारीकरण आधार बनिसकेको गजुरी गाँउपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले बताउनुभयो । किराञ्चोक प्राकृतिक रुपमै सिंचाईमा सम्पन्न छ । सिंचाई व्यवस्थापन कुनै कठिनाई छैन । बाह्र महिना पानी कुलोमा हुन्छ । त्यस कारण किराञ्चोकलाई तरकारी..

४३ हजार बेरोजगारलाई अल्पकालिन रोजगारी खुल्दै

काठमाडौं । के तपाई बेरोजगार हुनुुहुन्छ ? शिक्षित पनि हुनुहुन्छ, अबसर खोज्दा खोज्दै थाकिसक्नु भएको छ भने अब छिट्टै तपाईका लागि अल्पकालीन रोजगारी प्राप्त हुने भएको छ । सरकारले हरेक १० वर्षमा राष्ट्रिय जनगणना गर्दै आएको छ । विगतमा जनगणनाका लागि शिक्षक परिचालन गर्ने गरेको भएपनि यस पटक बेरोजगार युवालाई प्राथमकिता दिएर जनगणना गर्न लागिएकाले..

नलाङका महिलाले दशैंमा खसी बेचेर कमाए दुईकरोड पचास लाख

धादिङ , २७ असोज - सहकारी मार्फत आयआर्जनका लागि व्यवसायिक बाख्रापालन शुरु गरेका धादिङ सिद्धलेक गाउँपालिकाका किसानले यस बर्षको दशैमा गाउँमै बसेर दुई करोड पचास लाखको खसी बोका बिक्री गरेका छन । सिद्धलेक गाउँपालिका भर कार्यक्षेत्र भएको उपहार महिला कृषि सहकारी संस्थामा आवद्ध किसान महिलाहरुले यो बर्ष दशैंमा खसी बोका बिक्री गरेर दुई करोड पचास..

३ नम्बर प्रदेशमा ११ शीतभण्डार बन्दै

धादिङ–प्रदेश नं ३ सरकारले प्रदेशको ११ स्थानमा तरकारी तथा फलफूलको सुरक्षित भण्डारण गर्ने गरी शीतभण्डार निर्माण गरि सञ्चालन गर्ने भएको छ । शीतभण्डार निर्माणका लागि प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मार्फत ४५ करोड विनियोजन भएको छ । मन्त्रालयका अनुसार स्थानीय तह कृषि सहकारी संघ संस्थाको साझेदारीमा शीत भण्डार..

धादिङमा १२९ जनाका लागि खुल्यो जागिर (सूचना सहित )

धादिङ ।तपाई बेरोजगार हुनुहुन्छ र कामको खोजीमा लागि रहनु भएको छ भने धादिङको १३ वटै स्थानीय तहका लागि धेरै जना कर्मचारीको माग भएको छ । भुकम्प पिडितहरुको लागि भवन निर्माण कार्यमा आर्थिक तथा प्राविधिक सहयोग गर्दै आईरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धादिङ जिल्लाका १३ वटै स्थानीय तहका लागि करार सेवामा विभिन्न पदमा गरी १२९ जना..

नागढुङ्गा-नौविसे सुरुङमार्गको निर्माण तिहारपछि सुरु हुने

काठमाडौं। बहुचर्तित नागढुङगा-नौविसे सुरूङमार्ग दुई महिनापछि मात्रै निर्माण सुरु हुने भएको छ। गत असारमै शिलान्यास गरेर निर्माण सुरु गर्ने लक्ष्य राखिएको भएपनि पाँच महिना ढिला गरि निर्माण थाल्न लागिएको हो। आगामी साता ठेक्का सम्झौता गर्ने र नोभेम्वरबाट काम सुरु गर्ने योजनाका साथ काम भैरहेको नागढुङगा-नौविसे सुरुङमार्ग आयोजना प्रमुख..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad