शिक्षा/स्वास्थ्य

धादिङ अस्पतालमा सुविधा सम्पन्न बहिरंग भवन

केशव अधिकारी धादिङ,१२ कात्तिक - धादिङ जिल्ला अस्पतालको नवनिर्मित सुविधा सम्पन्न बहिरंग भवन अस्पताललाई हस्तान्तरण गरिएको छ । अमेरिकेयर्श फाउण्डेशनको आर्थिक सहयोगमा हिमालयन हेल्थ केयर  नेपालद्धारा निर्माण गरिएको बहिरंग भवन र कर्मचारी आवास भवन सोमबारबाट अस्पताललाई हस्तान्तरण गरिएको हो । २०७२ सालको भुकम्पबाट क्षती भएको अस्पतालको..

युवामा मानसिक समस्या बढ्दै

  एकोहोरो टोलाउने र पढाइमा ध्यान नदिएको भन्दै एमबिबिएस चौथो वर्षमा अध्ययनरत एक युवकलाई उनको अभिभावकले मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र पु¥याए । उपचारको क्रममा उनी कडा खालको मानसिक रोगबाट पीडित भएको पत्ता लागेको हो । केन्द्रका मनोचिकित्सक डा पशुपति महतले अभिभावकलाई उनलाई नियमित र समयमा औषधि खान सल्लाह दिए । अभिभावकले..

धादिङ जिल्ला अस्पतालमा चिकित्सक अभाव

धादिङ - नीलकण्ठ नगरपालिका –४ की ६ महिनाकी गर्भवती सेतीमाया राना भिडियो एक्सरे गराउन जिल्ला अस्पतालमा आइन्। तर, अस्पतालको ढोकैमा भिडियो एक्सरे सेवा बन्द भएको सूचना देखेपछि निराश बनिन्। भिडियो एक्सरे सेवा किन बन्द भयो भनेर बुझ्दा अस्पतालमा चिकित्सक नभएको जानकारी पाइन्। ‘आफ्नो र पेटमा भएको बच्चाको अवस्थाबारे जान्न आएकी थिएँ,’ रानाले..

स्वास्थ्य बिषयका पत्रकारहरु सम्मानित

काठमाडौँ, २३ असोज । पत्रकारिताका माध्यमबाट मानसिक स्वास्थ्य एवं मनोविज्ञान क्षेत्रको सम्वर्धन, प्रवर्धन र विकासमा योगदान पुर्‍याएको भन्दै विभिन्न संचार गृहका स्वास्थ्य पत्रकारहरु सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा एभिन्यूज टेलिभिजनका पत्रकार राजिब खत्री, गोरखापत्र दैनिकका सरोज ढुंगेल, हाम्रो डक्टर डटकम, स्वास्थ्य व्यवसायी..

गम्भिर प्रकारका विरामीलाई गल्छी गाउँपालिकाको ७ लाख आर्थिक सहयोग

गल्छी -धादिङको गल्छी गाउँपालिकाले गम्भिर प्रकारका विरामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ । गाउँपालिकाले गम्भिर प्रकारको रोग लागेर उपचार गराईरहेका विरामीको उपचारमा सघाउ पु¥याउने उद्धेश्यले अस्पतालको कागजातको आधारमा उपचार खर्च दिने गरेको गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठले वताए । गत आर्थिक बर्षमा कुल ७ लाख एक हजार ५ सय..

तौल घटाउन चाहनुहुन्छ,उठ्ने बित्तिकै यो तरिका अपनाउनुस

हरेक दिन बिहान उठेर यो तय गर्न मुस्किल छ की कस्तो खाजा खाँदा पेट भरियोस र दिनभरका लागि क्यालोरी मिल्नुका साथै वजन पनि कम होओस्। हरेक दिन बिहान यस्तो नास्ताको सेवन गर्नुहोस्, जसबाट भरपूर मात्रामा एनर्जी पाइयोस् र साथसाथ वजन पनि बढी नहोओस्। आज हामी तपाईलाई विहानको खाजामा के खाँदा वजन कम गर्न सकिन्छ भन्ने बारेमा जानकारी..

धादिङ अस्पतालमा फिजियोथेरापी सेवा, बिरामीलाई भयो सहज

केशव अधिकारी धादिङ,१० असोज - धादिङ जिल्ला अस्पतालमा फिजियोथेरापी सेवा बिस्तार भएसँगै जिल्लाका बिरामीलाई सहज भएको छ । ह्युमानिटी एण्ड इन्कुलजन (एचआई)ले २०७२ बैशाखको विनाशकारी भुकम्प बाट घाईते भए अपाङ्ग भएका व्यक्तिहरुको उपचार एवम अपाङ्गता व्यवस्थापन तथा पुर्नस्थापनाका लागि जिल्ला अस्पतालमाफिजियोथेरापी इकाई सञ्चालनमा ल्याएको थियो ।..

ऐया ! टाउको दुख्यो !!

-डा.राजिव झा टाउको दुख्ने समस्या एउटा यस्तो साधारण कारण हो । जसको कारणले गर्दा मानिसहरू अस्पताल वा चिकित्सक/डाक्टरहरू कहाँ जान्छन् । यस समस्याबाट संसारका सबै मानिस जुझिरहेका छन् । र, यिनीहरूमध्ये करिब ५० वर्षको उमेरसम्म ९० प्रतिशत मानिसहरू टाउको दुख्ने समस्याले अस्पतालमा पुगेकै हुन्छन् । टाउको दुखाइ जति साधारण समस्या भए पनि करिब १०..

धादिङका लक्ष्मण शर्मा सार्क शिक्षक महासंघको महासचिवमा निर्वाचित

धादिङ, - सार्क स्तरीय शिक्षकहरुको संगठन सार्क शिक्षक महासंघको महासचिवमा धादिङ सिद्धलेक गाउँपालिका वडा नम्बर ७ आदमटारका लक्ष्मण शर्मा निर्वाचित भएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष  शर्मा  श्रीलंकामा सम्पन्न सार्क टिचर्स फेडेरेसनको अधिवेशनबाट महासचिवमा निर्वाचित भएका हुन् । ६ देशका १३ भन्दा बढी संगठनहरुको..

संविधान दिवसमा धादिङबेसीमा रक्तदान कार्यक्रम

धादिङबेसी, ३ असोज ।संविधान दिवसको  अवसर पारेर बुधवार धादिङबेसीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेकपा निकटका युवा बिद्यार्थी संगठन ( युवा संघ नेपाल, वाईसिएल नेपाल,अनेरास्ववियु र अखिल क्रान्तिकारी)को संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । सदरमुकाम धादिङबेसी बिचवजार स्थित चौतारामा भएको कार्यक्रममा १५ महिला सहित ६१..

अब प्रदेशस्तरमा ‘प्रदेश शिक्षा विकास निर्देशनालय’

काठमाडौँ- नेपाल सरकारले देशका सात वटै प्रदेशमा  शिक्षा कार्यालय स्थापना गर्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सात वटै प्रदेशमा सहसचिवको नेतृत्वमा ‘प्रदेश शिक्षा विकास निर्देशनालय’ स्थापना गर्न लागेको मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले जानकारी दिए। निर्देशनालयलाई प्रदेशस्तरमा  सामाजिक विकास मन्त्रालय..

देशभरका साढे ३४ हजार स्थायी शिक्षक नियुक्ति हुँदै

काठमाडौं, १० भदौ -देशभरका सामुदायिक विद्यालयमा साढे ३४ हजार स्थायी शिक्षक भर्ना हुँदैछन् । शिक्षक सेवा आयोगले आन्तरिक र खुला गरी यति ठूलो संख्यामा स्थायी शिक्षक नियुक्त गर्न लागेको हो। विद्यालयमा कार्यरत अस्थायी शिक्षकबीच आन्तरिक प्रतिस्पर्धा मार्फत स्थायी गराउने परीक्षा २०७५ असार २९ र ३० गते आयोगले लिइसकेको छ। प्राथमिक,..

छोराछोरी नपढाए २५ हजारसम्म जरिवाना

काठमाडौं : के तपाईंले आफ्ना छोराछोरीलाई कुनै कारणले पढ्नबाट वञ्चित गर्नुभएको छ ? यदि छ भने तपाईंलाई राज्यले कसुरदार ठहर गरी जरिवाना र सजाय दिनेछ। संविधानको धारा ३१ को शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयनका लागि नेपाल सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको ‘अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक..

दि राईजिङ भिलेजबाट एसइइमा बिशिष्ठता हासिल गर्ने बिद्यार्थीलाई सम्मान

बैरेनी–दि राईजिङ भिलेज इङलिस वोर्डिङ स्कुल बैरेनीले यस बर्षको प्रवेशिका परीक्षामा बिशिष्ठता हासिल गर्ने बिद्यार्थीहरुलाई सम्मान गरेको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णहरि श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्डका सह सचिव जंगबहादुर अर्याल हुनुहुन्थ्यो । कार्यक्रममा बिद्यालयका..

सागर लामिछानेको अध्यक्षतामा नेपाल राहत शिक्षक समिति धादिङको कार्य समिति चयन

धादिङ- धादिङ जिल्लाभर कार्यरत राहत शिक्षकहरुको जिल्ला भेला सम्पन्न भएको छ । असार १ गते शुक्रवार धादिङबेसीमा सम्पन्न भएको भेलाले सागर लामिछानेको अध्यक्षतामा २२ सदस्यिय  नेपाल राहत शिक्षक समिति धादिङको चयन गरेको छ । भेलाबाट खुल्ला उपाध्यक्षमा जनार्दन नेपाल, दलित उपाध्यक्ष राजेन्द्र कोईराला, उपाध्यक्ष महिलामा जानुका खनाल चयन हुनु भएको..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad