बिकास /परिवर्तन

स्वास्थ्यक्षेत्रमा आईएनजीओको ६ अर्ब लगानी

काठमाडौं, - अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले नेपालको स्वास्थ्यक्षेत्रमा प्रतिवर्ष ६ अर्ब रुपैयाँ लगानी गरिरहेको जनाएको छ । केन्द्रीय स्तरमा नीतिनिर्माण तहदेखि स्थानीय स्तरका उपस्वास्थ्य चौकीका सेवासुविधालाई प्रभावकारी बनाउन सहजीकरण गरिरहेको आईएनजीओको दाबी छ । “आईएनजीओले नेपालको स्वास्थ्यक्षेत्रलाई जनमुखी बनाउन..

जाडोमा छाला चिलाउनुको रहस्य

हिउँद याममा हावामा आद्र्रता कम हुने भएकाले हाम्रो छालामा त्यसको प्रभाव पर्छ । जाडोले छाला सुख्खा र चाउरिन्छ । चिल्लो पदार्थ नलगाएमा छालाको सुख्खापना बढ्दै गएर चिलाउन थाल्छ । सामान्यतया प्रायः मानिसले जाडोमा आफ्नो छाला चिलाउने गरेको गुनासो गर्छन् । जाडो सुरु भए हावामा सुख्खापना आउँछ । घर भित्र न्यानो पार्न हिटर प्रयोग गरे वा आगो..

रुन पनि पाउँदैनन् बिरामी महिला-“प्रसुति बिरामीप्रति डाक्टर नर्सको व्यवहार”

काठमाडौं, पुस ४ - भनिन्छ, डाक्टर र नर्सको मायालु र हेरचाहपूर्ण व्यवहारले बिरामीको आधा रोग त्यसै निको हुन्छ । तर, नेपालको प्रसुति सेवामा भने उनीहरुको व्यवहार बिरामीमैत्री नभएको गुनासो बढ्न थालेका छन् । प्रसव पीडाले छट्पटिदै अस्पताल पुगेका बिरामीलाई नर्स र चिकित्सकले समयमा आवश्यक परामर्श नदिने र रुखो व्यवहार गर्ने गरेको पीडितहरुको..

युवायुवती जान्दैनन् परिवार नियोजनका साधन प्रयोग गर्न

गीता कँडेल काठमाडौं, पुस २ – यौन प्रतिको बढ्दो जिज्ञासाका कारण सानै उमेरमा शारीरिक सम्पर्क राख्ने प्रवृत्ति बढेको छ । गर्भ रोक्नका लागि विभिन्न खालका साधनको पहुँच पनि बढ्दैछ । तर तिनको प्रयोग गर्न नजान्दा किशोरकिशोरी समस्यामा पर्ने गरेका छन् । नेपालमा माग अनुसार गर्भनिरोधका साधनको परिपूर्ति हुन सकेको छैन । नेपाल परिवार नियोजन संघको..

रातारात मरे कुखुरा

सीताराम अधिकारी,धादिङ सदरमुकामका पसलहरूमा मासु काट्न ठिक पारिएका ब्रोइलर कुखुरा धमाधम मर्न थालेपछि कुखुरा व्यवसायी र मासु पसलेहरू सशंकित भएका छन्। कुखुरामा अज्ञात रोग आएकाले यसको नियन्त्रण गर्नका लागि जिल्ला पशु सेवा कार्यालयलाई उनीहरू गुहार माग्न पुगेका छन्। यसअघि कुखुरामा रोग लागेको थाहा पाएर गुपचुप गर्ने कुखुरापालकहरू..

सबै गाविसमा प्रसूति सेवा

धादिङ, मंसिर १७ - नेपालमै पहिलोपटक जिल्लाका सबै गाविसमा २४ घन्टे प्रसूति सेवा सञ्चालन गरिएको छ । सरकारको लक्ष्यअनुसार ५० वटै गाविसमा कम्तीमा एक/एक गरी जिल्लाभर ६२ प्रसूति सेवा दिने स्वास्थ्य संस्था रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटार र गजुरी, ३३ स्वास्थ्य चौकी, १६..

उपचार नहुँदा पढ्ने सपना अधुरै

धादिङ/आर्थिक समस्याका कारण परिवारले उपचार गराउन नसक्दा एक बालकको पठनपाठन रोकिएको छ । जिल्लाको नलाङ–६, बुङचुङका १२ वर्षका रमेश अर्याल जन्मेदेखि नै दिसापिसाब नरोकिने समस्याबाट पीडित भएपछि उनको पठनपाठन रोकिएको छ । जन्मदेखि नै दिसापिसाब नरोकिने समस्या रहेका कारण विद्यालयमा दिनभर बस्न समस्या हुँदा विद्यालय पठाउन नसकिएको बुवा ७८ वर्षीय..

क्यान्सर उपचारमा नेपालमै अत्याधुनिक सेवा

काठमाडौं,/नेपाल क्यान्सर इन्ष्टिच्युट एण्ड रिसर्च सेन्टरले नेपालमै पहिलोपटक क्यान्सर उपचारमा अत्याधुनिक सेवा शुरु गर्ने भएको छ । अत्याधुनिक सेवाका लागि अस्पतालले भारतको नयाँ दिल्लीस्थीत राजीव गान्धी क्यान्सर अस्पतालसंग प्राविधिक सेवा सम्झौता गरेको हो । यो सम्झौताले क्यान्सर उपचारका लागि राजीव गान्धी अस्पताल जानुपर्ने..

स्वास्थ्य चौकीमा सुत्केरी गराउने चेपाङ बढे

सिद्धि (चितवन), कार्तिक १८ - ४८ वर्षीया हरिमाया चेपाङले ६ सन्तानलाई एक्लै कष्ट सहेर जन्माइन् ।  नकिजकै अस्पताल नहुँदा उनी घर र जंगलमा बच्चा जन्माउन बाध्य भइन् । यसरी बच्चा जन्माउँदा आफू र बच्चा असुरक्षित हुन्थे । उनलाई स्वास्थ्य चौकी नजिकै भए पनि त्यहाँ सम्म पुग्न लाजले छेक्थ्यो । त्यसैले नजिकैको वन र गोठ उनको सुत्केरी हुने केन्द्र बन्थे ।..

हरेक दिन १८ वर्ष मूनिका २० हजार किशोरी आमा बन्ने गरेको तथ्यांक

काठमाडौं, कात्तिक १३ – नेपाल लगायत विकासोन्मुख देशमा हरेक दिन १८ वर्ष मूनिका २० हजार किशोरीले बच्चा जन्माउने गरेका राष्ट्रसंघीय जनसंख्या कोषको प्रतिवेदनले औंल्याएको छ । जसमा हरेक १० मा ९ वटा जन्म विवाहीत युवतीबाट हुने गरेको छ । झण्डै ७० हजार किशोरीहरु हरेक वर्ष गर्भावस्थामा या सुत्केरी हुने क्रममा ज्यान गुमाउने गरेका छन् । कोषले आज..

धुम्रपानले नपुंसक बनाउन सक्छ

    चुरोट खाँदा कुनै कुनै महिलाको अगाडि तपाईं बढी आकर्षक त देखिन सक्नुहुन्छ, तर यो बानीले भने तपाईको स्वास्थ्यमा खतरनाक असर पारिरहेको हुन्छ । यतिसम्म कि, धुम्रपानले नपुंसक समेत बनाउन सक्छ । चीनको राजधानी बेइजिङ्मा विश्व स्वास्थ्य संगठन, तमाखु, स्वास्थ्य सहयोग केन्द्रका निर्देशक वांग चेनका अनुसार धुम्रपान यौन सम्बन्धी..

अम्लपित्त कारण र उपचार

पहिचान अम्लपित्तको आशय ‘आहार–नली एवं आमाशयमा तीव्र जलन’ हुनु हो । यो जलन खाना खाइसकेपछि महसुस हुन्छ । अम्लपित्तको सीधा अर्थ हो, आमाशय प्रदेशमा जलन । साधारण बोलचालको भाषामा यसलाई पेटमा जलन भन्दछन् । अंग्रेजीमा यसलाई ‘एसिडिटी’ भनिन्छ । कारण अधिक मात्रामा खुर्सानी–मसला खानु, चिया–कफीको अधिक सेवन गर्नु, आमाशय (खाना थैली) मा घाउ हुनु, बढी..

चेपाङमा पुगेन परिवार नियोजन

comparison essays केशव अधिकारी फूलमाया चेपाङको उमेर अहिले ३६ वर्ष पूरा हुँदैछ। ३६ वर्ष उमेर पुरा नहुँदै उनले नौवटा बच्चाको जन्म दिइसकेकी छिन्। सातवटा त उनीहरूको साथमा छ। १६ वर्षको उमेरमा बिहे गरेकी फूलमायाले १७ वर्ष लागेदेखि बर्सेनिजस्तो सन्तान जन्माउँदै आइरहेकी छिन्। उनको घरमा वर्षको नौ महिना खानेकुराको अभाव भइरहन्छ। सुत्केरी हुँदा..

धादिङबेसीमा जनचेतना मूलक सडक नाटक प्रदर्शन

धादिङ/ यू नाइटेड मिसन टु नेपाल धादिङले मानसिक रोगको लक्षण र समस्या, समाधानका उपायहरुका बारे जानकारी गराउने उद्धेश्यले सञ्चालन गरिएको २ दिने जनचेतना मूलक सडक नाटक बुधबार धादिङबेसीमा सम्पन्न भएको छ । मानसिक रोगका विरामीहरुको संख्या दिनानुदिन बढ्दै गइरहेको बेला यस रोगको न्युनिकरण गर्न जिल्ला स्वास्थ्य कार्यालय धादिङको सहयोगमा उक्त सडक..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad