धादिङ न्यूज बिशेष

वेमौसमी बर्षाकै बिच मण्डली उमाविले जित्यो क्षेत्रीय प्रतियोगिता

धादिङ– खेल शुरु भएको दिन देखि समापनका बेला सम्म पनि वेमौसमी बर्षा नरोकिएपनि यस बर्षको धादिङ क्षेत्र नम्बर १ स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पानी पानीका बिचनै सम्पन्न भएको छ । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि बसेरीमा सञ्चालन भएको क्षेत्र नम्बर १ को क्षेत्रीय प्रतियोगिता झरीको बाबजुद पनि आईतबार सम्पन्न..

विश्वकप क्रिकेट: इङ्गल्याण्डले दियो श्रीलंकालाई ३ सय १० रनको लक्ष्य –

आजै पाकिस्तान र जिम्बाबे भिड्ने ।   काठमाडौं, फाल्गुन १७ । एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत अहिले भइरहेको खेलमा इङ्गल्याण्ड र श्रीलंका भिडिरहेका छन् । न्युजिल्याण्डको वेलीङ्टनमा आज विहान टस जितेर पहिले व्याटिङ रोजेको इङ्गल्याण्डले श्रीलंका सामु ३ सय १०रनको लक्ष्य दिएको छ । निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ९ रन जोडेको..

कराँते खेलाडी बिमला सम्मानित

काठमाडौं,१६ फागुन  – कराँते खेलाडी बिमला तामाङ २ लाख आठ हजार रुपैयाँसहित सम्मानित भएकी छन् । दक्षिण कोरियाको इन्चोनमा भएको १७ औं एसियाली खेलकुदमा नेपालको तर्फबाट एक मात्र पदक जित्न सफल बिमलालाई धादिङ–नुवाकोट समाज बेलायतले  रकमसहित सम्मानित गरेको हो । धादिङ–नुवाकोट समाज बेलायतले  शनिबार काठमाडौंमा एक कार्यक्रम गरेर कराँते खेलाडी..

भारत युएईसँग सजक

पर्थ– पानीजहाज र एयरलाइन्सका कर्मचारीले भरिएको संयुक्त अरब इमिरेट्स (युएई) को विश्वकप टोलीले शनिबार साबिक विजेता भारतको सामना गर्नेछ। पहिलो खेलमा पाकिस्तानलाई ७६ रनले हराएको भारतले दोस्रो खेलमा दक्षिण अफ्रिकालाई १ सय ३० रनले पराजित गरेको थियो। समूह ‘बी'मा ४ अंकका साथ शीर्ष स्थानमा रहेको भारत समूह विजेता बन्दै क्वार्टरफाइनल जाने दाउमा..

आयोजकद्वय इडेन पार्कमा भिड्दै

अकल्यान्ड–विश्वकप फाइनलको अभ्यासका रूपमा हेरिएको खेलमा चारपटकको विजेता अस्ट्रेलिया र न्युजिल्यान्डबीच अहिले अकल्यान्डको इडेन पार्कमा खेलिरहेका छन्। तर, यो समचार तयार पार्दासम्म अष्ट्रेलियाले १७.५ ओ‌भरको खेलमा ६ विकेट गुमाउँदै ९७ रन जोडेको छ। लयमा देखिएको न्युजिल्यान्डले इङ्ल्यान्डलाई ८ विकेटले हराउँदै प्रतियोगितामा तेस्रो..

विश्वकप क्रिकेटमा भारतलाई लाग्यो अर्को झड्का

काठमाडौं । अस्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा जारी विश्वकप क्रिकेटमा डिफेण्डिङ च्याम्पियन भारतलाई झड्का लागेको छ । उपाधि रक्षाको धुनमा रहेको भारतका लागि यसअघिका दुई खेलमा शानदार प्रदर्शन गरेका तिव्र गतिका बलर मोहम्मद सामी अर्को खेल खेल्न नसक्ने भएका छन् ।  तिव्र गतिका बलर सामीको पर्थस्थित एक अस्पतालमा गरिएको एक्सरेको..

धादिङको बसेरीमा क्षेत्रीय खेलुकद प्रतियोगिता सुरु

धादिङ–क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बसेरीमा विहीबारबाट सुरु भएको छ । बसेरी गाउँ विकास समिति वडा नम्बर २ मा बिहीबाट सन्चालन भएको क्षेत्रीय छनौट खेलकुद प्रतियोगिताको संविधान सभाका सदस्य एंव धादिङ निर्वाचन क्षेत्र नम्बर १ का सभाषद धन बहादुर घलेले उद्घाटन गर्नुभयो । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि..

स‍ंगीनालार्इ १५ लाख दिने सरकारको निर्णय

काठमाडौँ  : सरकारले तेक्वान्दो खेलाडी  संगीना  वैद्यलार्इ १५ लाख रुपैयाँ दिने  निर्णय गरेको छ । बिहीबार  बसेको मन्त्रिपरिषद्को बैठकले स‍ंगीनालार्इ सो रकम दिने निर्णय गरेको हो। सरकारको निर्णयको स्वाग गर्दै  संगीनाले आफ्नो योगदानको मूल्यांकन  भएको प्रतिक्रिया दिएकी छन् । 'मेरो योगदानको उचित मूल्याङ्कन भएको छ, यसले नयाँ खेलाडीलाई..

विश्वकप क्रिकेटमा बङगलादेशको पराजय 

विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत बिहीवारको खेलमा बङगलादेशले पराजय बेहोरेको छ । विहिवार भएको खेलमा श्रीलङकाले बङगलादेशलाई ९२ रनले पराजित गरेको हो । पहिला व्याटिङ गरेको श्रीलङककाका लागि तिलकरत्ने दिलासन र कुमार संगाकाराले सतकीय पारी खेलेपछि, श्रीलङकाले मात्र एक विकेटको नोक्सानीमा दुईसय ३२ रन बनाएको थियो । जावफी व्याटिङमा उत्रेको..

सर्वाधिक पुरस्कार राशिको टेबलटेनिस

काठमाडौं– अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा प्रथम कला बोहरा स्मृति राष्ट्रिय खुला नगद पुरस्कार टेबलटेनिस प्रतियोगिता हुने भएको छ । टेबलटेनिस इतिहासकै सर्वाधिक पुरस्कार राशिको सो प्रतियोगिता २२ फागुनदेखि हुने टेटे संघका अध्यक्ष चतुरानन्द राजवैद्यले बुधबार पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगिताको कुल नगद पुरस्कार राशि ४ लाख..

विश्वकप क्रिकेटमा भारतको दोस्रो जित, दक्षिण अफ्रिका एकसय ३० रनले पराजित

विश्वकप क्रिकेट अन्तरगत आईतबार भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई एकसय ३० रनले पराजित गरेको छ । जारी विश्वकपमा यो भारतको दोस्रो खेल हो । भारतको जितमा शेखर धवनले एकसय ३७ रनको योगदान गर्नुभयो भने अजिक्या रहाणले ७९ र बिराट कोहलीले ४६ रन बनाउनुभएको थियो । पहिले व्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर एकसय सात रन बनाएको थियो,..

अरबी स्पोर्ट्स क्लवको खेल मैदानमा मैत्री खेल हुने

कतार- कतारमा रहेका नेपाली तथा अन्य देशका नागरिकहरुका बिच मैत्रीपूर्ण सम्वन्ध विस्तार गर्ने उद्धेश्यले फेब्रुअरी २७ तारिखका दिन अल अरबी स्पोर्ट्स क्लवको खेल मैदानमा नेपाली फुटबल टिम र इन्डोनेशियाको स्थानीय खेलाडीहरु बीच मैत्री खेल हुने भएको छ । साथमा नेपालका ख्यातिप्राप्त रोयला गायक शिरीष देवकोटाको रोयला गीत लगायत विभिन्न प्रस्तुती..

लज्जास्पद हारसँगै पाकिस्तानले बनायो विश्व रेकर्ड

फोटो :एजेन्सी काठमाडौं : न्यूजिल्यान्डको क्रार्इस चर्चमा शनिबार बिहान भएको खेलमा वेस्टइन्डिजसँग लज्जास्पद हारसँगै पाकिस्तानको नाममा विश्व रेकर्ड समेत बनेको छ । वेस्टइन्डिजसँग १५० रनको फराकिलो हारसँगै पाकिस्तानको नाममा विश्व रेकर्ड बनेको हो । वेस्टइन्डिजले दिएको ३११ रनको लक्ष्य पछ्याएको पाकिस्तनले यति खराब शुरुवात गर्यो‍ कि..

राष्ट्रपति रनिङ शिल्डको क्षेत्रीय प्रतियोगितामा सत्यवती उमावि पहिलो

धादिङ– क्षेत्रीय छनौट राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सत्यवती उच्च माध्यमिक विद्यालय आदमटार प्रथम भएको छ । फागुन सात गतेबाट धादिङबेसीको खुल्लामञ्चमा सन्चालन भएको प्रतियोगिता अवधिभर सबैभन्दा बढी ३ सय ७ अंक ल्याएर प्रथम भएको हो । यसैगरी चिल्ड्रेनपार्क आवासिय उमावि १ सय १७ अंकको साथ दोस्रो स्थान हासिल गर्न सफल भएको छ ।..

प्रहरी खेलकुद कोष दुरुपयोग

काठमाडौं : प्रहरी मुख्यालयले खेलकुद कोषको चार वर्षको मात्रै हिसाबकिताब बुझाएको पाइएको छ।  प्रहरीको तलब कट्टा गरी कोषमा जम्मा भएको रकम हिनामिनाबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल मगाउँदा मुख्यालयले गत माघदेखि तलबको ०.२५ प्रतिशतमात्रै रकम कट्टा गर्ने निर्णय गरेको पाइएको हो अन्नपूर्ण पोष्टले खबर लेखेको छ..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad