पार्टी र पेशाकर्मीहरुको अन्तरसम्वन्धका बिषयमा जिल्ला स्तरीय अन्तरक्रिया
धादिङ– पार्टी र पेशाकर्मीहरुको अन्तरसम्वन्धका बिषयमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम शनिवार धादिङबेसीमा सम्पन्न भएको छ । पेशागत महासंघ नेपाल जिल्ला समन्वय समिति धादिङको आयोजनामा भएको पार्टी र पेशाकर्मी बिचको अन्तरसम्वन्ध बिषयक अन्तरक्रिया कार्यक्रम महासंघका जिल्ला अध्यक्ष कृष्णप्रसाद अर्यालको अध्यक्षतामा भएको थियो..