खोजखबर

गैसस महासंघ धादिङको पांचौ अधिबशन शुरु, अध्यक्ष पदमा राधिका सापकोटा र दामोदर अर्यालका बिच प्रतिस्पर्धा हुने

धादिङ– धादिङ जिल्लामा कृयाशिल गैर सरकारी संस्थाहरुको साझा संगठन गैसस महासंघ धादिङको दशौं बार्षिक साधारण सभा तथा पांर्चौ अधिबेशन धादिङबेसीमा शुरु भएको छ । महासंघका जिल्ला अध्यक्ष दामोदर अर्यालको अध्यक्षतामा भएको वार्षिक साधारण सभा तथा अधिबेशनको महासंघका केन्द्रिय अध्यक्ष शर्मिला कार्कीले शुक्रवार उदघाटन गर्नु भएको हो । अधिबेशन..

रेन्बो ट्राउट पालनमा दक्ष प्राविधिक र जनचेतनाको कमी

नेपालमा प्रशस्त मात्रामा चिसो पानी पाइने र पाखा पखेरा बढी पाइने भएकाले ट्राउट माछा पालनका लागि वातावरण उपयुक्त मानिन्छ। पछिल्लो समयमा रेन्बो ट्राउट माछापालनका लागि किसान आकर्षित हुँदै गएका भए पनि सरकारको उचित लगानी र जनचेतनाको अभावमा काम भने प्रभावकारी रुपमा अगाडि बढ्न सकेको छैन। कृषि विकास मन्त्रालयले पछिल्लो पटक मुलुकका ५४..

द्वन्द्वकालीन मुद्दा ब्युँताउन नहुने सुजाता कोइरालाको भनाई

विराटनगरं ( धादिङ न्युज) –नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले द्वन्द्वकालीन मुद्दा ब्युँताउन नहुने बताउनुभएको छ । बिराटनगर विमानस्थलमा बुधवार संचारकर्मीसंग कुरा गर्दै कोइरालाले द्वन्द्वकालमा सबैदलबाट केही न केही गल्ती भएको बताउदै अब त्यसलाई बारम्बार कोट्याउन खोजे मुलुकमा अस्थिरता निम्तिने बताउनुभयो । द्वन्द्वका..

नव वर्षमा संविधान बन्ने अपेक्षा

कपिलदेवा सापकोटा ( प्रकाश) समय गतिशील छ । यसको प्रभाव अविच्छिन्न रुपमा अघि बढिरहन्छ । दिन, महिना र वर्ष हुँदै २०७० साल हामीबाट विदा भएको छ । ७ वर्ष अघिदेखि बन्न नसकेको संविधान दोस्रो निर्वाचन पश्चात केहि प्रक्रिया भने अगाडि बढेको छ । यो वर्ष जनताका आगामी दिन थप कष्टकर नबनोस् । तथापि कामना गरौँ २०७१ ले प्रत्येक नेपालीमा सुख, शान्ति र..

धादिङ पोखरा सम्पर्क समितिमा शुभकामना आदान–प्रदान तथा क्यालेण्डर लोकार्पण

 हरि पन्त पोखरा - धादिङ–पोखरा सम्पर्क समितिले नववर्ष २०७० को शुभकामना आदान–प्रदान तथा वार्षिक क्यालेण्डर लोकार्पण कार्यक्रम सोमबार सम्पन्न गरेको छ । समितिले प्रत्येकवर्ष शुभकामना आदान–प्रदान तथा क्यालेण्डर प्रकाशन गर्दै आएको छ । क्यालेण्डर प्रकाशनबाट प्राप्त आम्दानीले धादिङ जिल्लाको विभिन्न स्थानमा रहेका विद्यालयमा..

राजनीतिक र संस्थागत कर्तब्यको संयोजन– आजको आवश्यकता

प्रमोद कुमार घिमिरे विभागिय प्रमुख सिभिक डेभलपमेण्ट बैंक लि. [email protected] जनसहभागिता, पूर्वानुमानीयता, जवाफदेहिता र पारदर्शितालाई सुशासनका चार आधार स्तम्भको रुपमा लिने गरिन्छ । राज्यले दिने सुशासन भनेकै जनताको हितको लागि हो । यसमानेमा शासन सञ्चालनमा जनताको व्यापक सहभागिता हुनु पर्दछ । तब मात्र सर्वसाधारण जनता सवैले राष्ट्र निर्माणमा..

प्रेस यूनियन अध्यक्षले किन राजिनामा फिर्ता लिए ?

काठमाडौं, २ बैशाख - नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था प्रेस यूनियनका केन्द्रीय अध्यक्ष किरण पोखरेलले ३ दिन अघि आफ्नो पदवाट दिएको राजिनामा फिर्ता लिएका छन् । प्रेस यूनियनमा तलदेखि विभिन्न पदमा वसेर अध्यक्षमा आएको नभई नेपाली कांग्रेसले निर्णय गरेर सहमतिको अध्यक्षमा ल्याइएका अध्यक्ष किरणले आफ्नो कार्यकालको अन्तिम समयमा..

१६ हजार अस्थायी शिक्षकको जागिर गयो

काठमाडौं, – सरकारले अस्थायी शिक्षकको म्याद थप नगरेपछि सोमबारबाट देशभरका २६ हजार अस्थायी शिक्षकको पदावधि सकिएको छ । शिक्षा नियमावलीमा अस्थायी शिक्षकको अन्तिम म्याद २०७० चैत मसान्तसम्म कायम गरिएको छ । शिक्षा मन्त्रालयले अस्थायी शिक्षकको म्याद सकिँदासमते मिति थप नगरेपछि अस्थायी शिक्षक नयाँ शैक्षिक सत्र २०७१ सँगै विद्यालय पढाउन जाने..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad