खोजखबर

बरिष्ठ पत्रकार सीताराम प्रसाद बर्माको शालिक निर्माण गरिने

धादिङ - नेपाल पत्रकार महासंघ धादिङ शाखाका संस्थापक सभापति एवं प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार सीताराम प्रसाद बर्माको शालिक निर्माणका लागि प्रस्ताव गरिएको छ । नेपाल पत्रकार महासंघ धादिङ शाखाको शुक्रवार सम्पन्न २२ औं साधारण सभाको अवसर पारेर महासंघका केन्द्रिय सदस्य हरिहरसिंह राठौरले उक्त प्रस्ताव ल्याएका हुन । तीन दशक देखि..

धादिङका १० जना सहित देशभर ४१२ जनामा कोरोना संक्रमण

धादिङ, पुस २३ । पछिल्लो २४ घण्टामा धादिङ जिल्लाका १० जना सहित नेपालमा ४१२ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ५ हजार ५८ जना सक्रिय संक्रमित छन्न । विहिवार ५ हजार १३२ जनाको पिसिआर परीक्षण गरिएपछि नेपालमा पिसिआर परीक्षण हुनेको..

रेडियो धादिङ प्रशारण हुन थालेको १४ वर्ष पुग्यो

धादिङ- रेडियो धादिङ १०६ मेगाहर्ज औपचारिक प्रशारण हुन थालेको १४ बर्ष पुगेको छ । ग्रामीण सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो धादिङ १०६ मेगाहर्जले २०६४ साल पौष २१ गते धादिङवेसीबाट आफ्नो नियमित प्रशारणको आरम्भ गरेको थियो । तत्कालिन सभामुख सुवाषचन्द्र नेम्वाङले रेडियोको औपचारिक प्रशारणको उद्घाटन गर्नु भएको थियो ।२०६४..

राजमार्गको छेउमा बस्ती, अनुमानमा तिर्छन विजुलीको विल

बेनिघाटरोराङ, २१ पुस -  घरघरमा पुगेर विजुलीकोमिटर रिडिङ गर्ने जिम्मेवारी पाएका कर्मचारीले लापरवाही गरिदिंदा धादिङको बेनीघाट–रोराङ गाउँपालिका–३ का वासिन्दा मनोमानी बिद्युत्त महसुल तिर्न वाध्य भएका छन् । ओर्बाङकी चमेली चेपाङले घरमा बिजुलीको मिटर जोडेको तीन वर्ष भयो । तर, अहिलेसम्म एकपटक पनि मिटररिडर घरमा आएका छैनन् । बरु..

ज्वालामुखीमा मेगा बैंक संग सहुलियत कर्जा सहकार्य सम्बन्धी सम्झौता

धादिङ–मेगा बैंक लिमिटेड र धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता भएको छ । सो सहकार्य सम्बन्धी सम्झौता पत्रमा सोमबार हस्ताक्षर भएको हो । सम्झौता पत्रमा मेगा बैंकका एसएमई कर्जा प्रमुख जनक भट्टराई ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोदराज तिमिल्सिना, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष..

नयाँ नक्सा भएको १ रुपैयाँको ३० करोड सिक्का छाप्दै राष्ट्र बैंक

धादिङ- लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नेपालको नयाँ नक्साअंकित भएको सिक्का आउने भएको छ । भदौ २९ मा बसेको मन्त्रिपरिषद्‍को बैठकले नेपाल राष्ट्र बैंकलाई १ रुपैयाँ र दुई रुपैयाँको सिक्कामा नेपालको नयाँ नक्सा समेटेर छाप्न स्वीकृति दिएको थियो । सोही अनुसार ३० करोड सिक्का छाप्‍नका लागि राष्ट्र बैंकले टेन्डर खुलाएपछि नयाँ सिक्का..

मौसम बदलिंदा देशैभर चिसो बढ्यो

धादिङ-देशैभरको मौसम बदलिंदा चिसो ह्वात्तै बढेको छ । पश्चिमी वायुको प्रभावका कारण धादिङ लगायत देशको धेरैजसो स्थानमा सोमबार विहानै देखि घाम नलागेपछि चिसो बढ्न गएको हो । काठमाडौँमा सोमबार बिहान हल्का वर्षा समेत भएको थियो । काठमाण्डौंमा हल्का बर्षा सँगै उच्च पहाडी तथा हिमाली जिल्लामा हल्का हिमपात पनि भएको छ । बागमती र प्रदेश नं १ को पहाडी..

जनप्रतिनिधिकै अगुवाईमा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणमा अबरोध

सिस्नेखोला (धादिङ)— बहुचर्चित नागढुंगा सिस्नेखोला सुरुङ मार्ग निर्माण थालिएको एक साता नवित्दै काठमाण्डौं तर्फका स्थानीयले विभिन्न माग अघि सारेर निर्माण कार्यमा अवरोध गर्न थालेका छन् । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणस्थलमा पर्ने काठमाडौंतर्फका स्थानीयले पूरा गर्नै नसकिने माग राखेर आयोजनाको काममा अवरोध गर्न थालेका  हुन..

फोस्टारमा पक्की पुल बन्यो तर मोटर गुड्ने सडक छैन

धादिङ-सडक निर्माण कताबाट गर्ने टुंगो नलगाई पुल निर्माण गर्दा सडक बनाउने विषयमा विवाद भएको छ । तोकिएको समयभन्दा ३० महिनापछि पुलको स्याप ढालान सकिएको भए पनि जग्गा विवादका कारण सडक बनाउने विषयमा टुंगो लागेको छैन । जिल्ला सदरमुकाम धादिङबेंसी हुँदै पुरानो सदरमुकाम सुनौलाबजार फोस्रेटार सडक खण्डको फोस्रेटार केउरेनी जोड्ने त्रिशूली नदीको..

गोरखादेखि धादिङ नुवाकोट हुंदै काठमाडौंसम्म नेपाली सेनाले पदयात्रा गर्ने

धादिङ–पृथ्वी जयन्तीको अवसर पारेर नेपाली सेनाले गोरखाबाट धादिङ,नुवाकोट हुंदै काठमाडौंसम्म एकीकरण पदयात्रा गर्ने भएको छ ।नेपाल एकीकरणका बेला गोरखाका राजा पृथ्वीनारायण शाह र उनका गोरखाली फौज हिँडेको बाटो हुँदै नेपाली सेनाले पदयात्रा गर्ने भएको हो ।  गत बर्ष पनि यहि समयमा सोही मार्ग भएर नेपाली सेनाले पदयात्रा सम्पन्न गरेको थियो..

सिस्नेखोला नागढुंगा सुरुङ मार्ग औपचारिक रुपमा निर्माण सुरू

धादिङ-राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको  सिस्नेखोला नागढुंगा सुरुङ मार्ग औपचारिक रुपमा निर्माण सुरू भएको छ । मंगलबार काठमाण्डौंतर्फबाट सुरूङ खन्ने काम सुरू गरिएको हो । नागढुङ्गा सुरुङमार्ग आयोजनाका अनुसार मुग्लिन–नौबिसे काठमाडौं सडक खण्डमा सुरुङ निर्माण गरेर उक्त सडकमा बढ्दै गएको सवारी चाप कम गर्न बैकल्पिक सडक नाका बनाउने..

धादिङ त्रिपुरासुन्दरीका पिटर थापालाई बेलायतको सर्वोत्कृष्ट सैनिक अवार्ड

बेलायतको प्रतिष्ठित स्याण्डहष्र्ट सैनिक महाविद्यालयमा यो वर्षको कोर्समा सर्वोत्कृष्ट बनेर नेपाली सेनाका अधिकृत पिटर थापाले इतिहास रचेका छन् । थापाले यस बर्षको कोर्समा टप गर्दै बेलायती सेनाको अन्तर्राष्ट्रिय तरबार (स्वर्ड) हात पारेका हुन । यो बेलायती सेनाको संसार प्रसिद्ध शाही सैनिक महाविद्यालयको सर्वोत्कृष्ट पुरस्कार हो ।..

पढ्न चाहने चेपाङ किशोरीका लागि गजुरीमा छात्रावास बनाईदै

केशव अधिकारी गजुरी (धादिङ ) -  धादिङको गजुरी गाउँपालिका–१ हाँगेटारमा चेपाङ किशोरीहरुका लागि सुविधा सम्पन्न छात्रावास निर्माण गरिने भएको छ। सिमान्तकृत समुदयायमा सूचीकृत चेपाङ समुदायमा विद्यालय जाने छात्राको संख्या निकै कम रहेको छ। गरिबी, अशिक्षा र अन्धविश्वासका कारण चेपाङ समुदायमा अहिले पनि बालविवाह प्रथा कायमै रहेको छ। आर्थिक..

प्रेस पास र अनलाइन मिडिया नवीकरण अब हुलाकबाट

काठमाडौं–-देशभर कार्यरत सञ्चारकर्मीहरुको प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण अबदेखि जिल्लास्थित हुलाक कार्यालयहरुबाटै हुने भएको छ। केन्द्रबाट प्रवाह भइआएको सेवालाई सहज र सरल बनाउने उद्देश्यले सरकारले जिल्ला हुलाक कार्यालयलाई यस्तो अधिकार प्रत्यायोजन गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले (मन्त्रिस्तरीय..

पिपलटारको टावर सार्न कार्यदल गठन

(पिपलटार)धादिङ। त्रिशूली नदीको किनारामा रहेको धादिङको पिपलटारलाई लक्षित गरेर त्रिशूली नदीमा ३ वटा पक्की मोटरवेल निर्माण भईरहेको छ । पुल निर्माण भएपछि बस्तीमा मोटर गुड्ने मात्रै होइन दिगो विकास र उद्यमका क्षेत्र फैलने आशा स्थानीयमा छ । गाउँ जोड्ने पुलले पिपलटारका वासिन्दालाई जति उत्साहित बनाईरहेको छ । टारमा बनिरहेको बिद्युत्त..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad