
तिकराङबाट त्रिशूलीमा ट्रक खस्यो, दुई जनाको मृत्यु
धादिङ २५ फाल्गुन । धादिङको बेनीघाटरोराङ गाउँपालिका वडा नम्बर १० तिकराङस्थित पृथ्वीराजमार्गबाट सिमेन्ट बोकेको ट्रक त्रिशूली नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ । रुपन्देहीबाट सिमेन्ट लिएर काठमाडौँ जाँदै गरेको लु १ ख ७७६२ नम्बरको ट्रक मंगलबार बिहान एक बजेतिर दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय..