घटना /दुर्घटना/ अपराध

धादिङबेसीमा दुर्घटना,ट्रिपर चालक घाईते

धादिङ, १७ कात्तिक - सदरमुकाम धादिङबेसीमा शनिवार विहान भएको ट्रिपर दुर्घटनामा परि ट्रिपरका चालक घाईते भएका छन् । विहान १० वजे तिर नीलकण्ठ नगरपालिका पुछारबजारको पुलमा मलेखुतर्फबाट धादिङको सदरमुकाम आउदै गर्द बा२क ७०२० नम्वरको ट्रिपर सोही दिशाबाट अघि अघि आउदै गरेको बा२क ९१११ नम्वरको ट्रिपर संग ठक्कर खाँदा बा२क ७०२० नम्वरको ट्रिपरको चालक..

गल्छीमा ट्रक दुर्घटना हुँदा एककाे मृत्यु

धादिङ,११ कात्तिक। धादिङकाे गल्छी गाउँपालिका वडा नं ७ मछेडीखोला घिमिरेथुम्का सडकमा आईतबार दिउँसो सवारी दुर्घटना हुँदा एक जनाकोे मृत्यु भएको छ । सुमारा गाउँबाट पृथ्वीराजमार्गको मछेडीखोलातर्फ आउँदै गरेको बा ५ ख ३४७४ न. को महेन्द्रा निशान ट्रक पछाडि हटाउने क्रममा सडकबाट ५० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका..

निर्मला पन्त प्रकरण : एसपी विष्ट र प्रहरी निरीक्षक भट्ट बर्खास्त

काठमाडौं । कञ्‍चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्‍कारपछि हत्याको अनुसन्धानमा गम्भीर त्रुटी गरेको अभियोगमा प्रहरी प्रधान कार्यालयले कञ्‍चनपुरका तत्कालिन प्रहरी प्रमुख डिल्लीराज बिष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलार्इ बर्खास्त गरेको छ।गृहमन्त्रालयको सचिवस्तरीय निर्णयबाट प्रहरी अधिकारीद्‍वय बिस्ट र भट्टलार्इ..

तरबार प्रहारबाट सिमटारमा एक जना गम्भिर घाईते 

धादिङको वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १ मा पर्ने जरुङ सिमटारमा छिमेकीले धारिलो हतियार प्रहार गर्दा एक जना गम्भिर घाईते भएका छन । खानेपानीको बिषयलाई लिएर छिमेकी बिच  विवाद हुदाँ शुक्रवार सांझ ७. ३० वजे तिर स्थानीय सुमबहादुर तामाङले सोही ठाउँका अभिषेक तामाङलाई धारिलो हतियार तरवारले प्रहार गरेका थिए । तरबार प्रहारबाट  अभिषेक  घाईते..

थाक्रेको मानेडाँडामा ट्रिपर पल्टिंदा ३ जनाको ज्यान गयो, ३ जना घाईते

थाक्रे-धादिङको थाक्रे गाउँपालिका वडा नम्बर –१० मानेडाँडामा शुक्रबार सांझ ट्रिपर पल्टिदाँ ३ जनाको ज्यान गएको छ । ३ जना घाईते भएका छन । थाक्रे गाउँपालिका–१०, च्युरिपाटीबाट गल्छी गाउँपालिकाको चकमके तर्फ जाँदै गरेका गाउँलेहरु चढेको बा ५ ख २४१८ नम्बरको ट्रिपर एक्कासी अनियन्त्रित भई शुक्रबार सांझ ६ः३० बजे तिर सडक देखि ३ सय मिटर भन्दा तल..

लागुऔषध गाँजा सहित वेनिघाटरोराङ बाट ४ जना पक्राउ

वेनिघाटरोराङ - लागु औषध गाँजा नियन्त्रणका लागि अभियान संचालन गरिरहेको धादिङ प्रहरीले शुक्रवार लागु औषध जाँजा सहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्लाको वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ४ रुदिङका वेदवहादुर सार्र्की र ठाकुरराम प्रजा रहेका छन । यसै गरी लागु औषध गाँजाको ओसार पसार तथा बिक्री वितरणको कारोबारमा संलग्न..

प्रहरीद्धारा पलाङखर्कमा १२सय गाँजाका बोट नष्ट

गल्छी ।  लागूऔषधका कारण गाउँबस्तीमा आपराधिक घटना बढिरहेका बेला गाँजा रहित गाउँबस्ती बनाउने अभियान अन्तर्गत धादिङ  प्रहरीले गाउँ गाउँमा पुगेर गाँजाखेती नष्ट गर्न थालेकोे छ । बैरेनी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक नविन कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले असोज १८ गते बिहीवार गल्छी गाउँपालिकाको वडा नम्बर ७ पलाङखर्कमा १२सय..

बुहारीलाई बलात्कार गरेको आरोपमा दुई जना जेठाजु पक्राउ

धादिङ, ९ असोज – बुहारी बलात्कारको आरोपमा दुईजना जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ । थाक्रे गाउँपालिका वडा नम्बर ११ कि २२ वर्षीय बुहारीलाई ३५ वर्षीय र २९ वर्षीय दुईजना जेठाजुले बलात्कार गरेको उजुरी पीडितले गरेपछि आरोपीतहरु पक्राउ परेका हुन् । पीडितलाई २ वर्ष अघिदेखि बलात्कार गर्ने गरेको पीडितले प्रहरीमा उजुरी दिएकी थिइन् । अन्तिम..

चितुवाको छाला बेच्न खोज्ने धादिङको बुद्धिमान तामाङ सहित ३ जना पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तु ध्वाँसे चितुवाको छाला १ थान सहित ३ जनालाई केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक चौतारा नगरपालिका–१ बस्ने ५५ वर्षीय शेलबहादुर तामाङ, धादिङ बेनिघाट रोराङ्ग गाउँपालिका–१ वस्ने ३४ वर्षीय बुद्धिमान तामाङ र कास्की पोखरा..

थाक्रेमा मोटरसाईकल दुर्घटना , एकको मृत्यु

धादिङ, ३ असोज - दुई दिन देखि राजमार्ग र सहायक सडक मार्गमा सवारी साधन चलेका छैनन । प्रहरी, एम्वुलेन्स, प्रेस लगायतका सवारी साधन चलेको भएपनि निजी तथा भाडाका सवारी साधन भने ठप्प भएको छ । सडकमा अन्य सवारी साधन नचले पनि मोटरसाईकल भने गु्डेका छन । अरु सवारी साधन नभएपछि मोटर साईकलमा तीनजना सम्म चढेर हिड्नु पर्ने अवस्था आएको छ । यसैक्रममा धादिङको..

दुई किलो नक्कली सुनसहित ६ जना पक्राउ,धादिङका ३ जना

काठमाडौं, १९ । भदौ प्रहरीले काठमाडौंबाट नक्कली सुनसहित ६ जनालाई पक्राउ गरेको छ । महागनरीय प्रहरी परिसर काठमाडौंले दुई किलो नक्कली सुनसहित पक्राउ परेकाहरुलाई मंगलबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा धादिङ घर भइ कोटेश्वर बस्दै आएका अभिषेक तामाङ,  धादिङका राज तामाङ, नुवाकोटका राम तामाङ,नुवाकोट घर भइ सोह्रखुट्टे बस्दै आएका जितेन तामाङ,..

त्रिशूली नदीमा डुवेर बालुवा झिक्ने मजदुरको मृत्यु

धादिङ, १८ भदौ : नदीमा अवैध ढंगबाट वालुवा निकाल्न मेशिन प्रयोग गरेका कारण बनेको खाल्डोमा डुवेर सोमबार धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ स्थित त्रिशूली नदीबाट वगाएर एक बालुवा झिक्ने मजदुरको ज्यान गएको छ । रातीको समयमा मेशिन लगाएर वालुवा झिक्दा भएको खाल्डोमा फसेपछि नदीले वगाउँदा जिल्लाको सिद्धलेक गाउँपालिका वडा नम्बर –७, निवासी २८..

मोटरसाइकल दुर्घटनामा परि ससाहमा एक जनाको मृत्यु

शनिवार बेलुकी भएको मोटरसाइकल दुर्घटनामा परि धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ससाहमा एक जनाको ज्यान गएको छ । धादिङबेसीबाट मलेखुतर्फ जाँदै गरेको बा ६४ प ५६४२ नम्बरको मोटरसाइकल शनिबार बेलुका अनियन्त्रित भई सडक भन्दा तल खस्दा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा मोटरसाइकल चालक सिद्धलेक गाउँपालिका ६ बस्ने ३८ वर्षीय..

प्रहरीको गोलीबाट कोलोराडोमा नेपाली युवाको मृत्यु

नातीबाबु भट्ट डेनभर (कोलोराडो)  -स्थानीय प्रहरीले गोली चलाउँदा कोलोराडो ब्रुमफिल्डमा शनिवार साँझ एक नेपाली युवाको मृत्यु भएको छ । स्थानीय मिडिया फक्सन्यूज अनुसार शनिवार सांझ ८ बजेर ४५ मिनेटमा  प्रहरीको गोलीलागि एक युवाको मृत्यु भएको हो । प्रहरीको गोलीबाट अन्दाजी २५ बर्षका वेष्टमिनिष्टरमा स्थायी बसोवास गर्दै आएका बिरेन्द्र ठकुरीको..

१४ वर्षीया बालिकालाई बलत्कार गर्न खोजेको आरोपमा कुम्पुरबाट एक पक्राउ

धादिङ । एक १४ वर्षीया बालिकालाई बलत्कार गर्न खोजेको आरोपमा सिद्धलेक गाउँपालिका–५ कुम्पुरका १८ वर्षीय पुरुषलाई प्रहरीले भदौ ५ गते गिरफ्तार गरि हिरासतमा लिएको छ । पीडितको आमा बच्चा विरामी भएर उपचारका लागि गएको र बुबा विदेश गएकोले घरमा एक्लै भएको मौका पारी ०७५ भदौ ५ गते बलात्कारको प्रयास गरेका थिए । बलत्कारको प्रयास गर्दा मारिदिने धम्की..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad