घटना /दुर्घटना/ अपराध

थाक्रेमा दुर्घटना, एक जनाको मृत्यु

धादिङ ,२४ असोज । धादिङ थाक्रे ९ किलोमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ट्रिफर र बस आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको हो भने अर्का एक जना गम्भीर घाईते भएका छन् । आज बिहान करिव ३ बजे भएको उक्त दुर्घटनामा परि ट्रिफर चालक ललितपुर महानगर पालिका २९ हरिसिद्दी निवासी ३५ वर्षिय चालक कृष्ण लामाको मृत्यु भएको हो । दुर्घटनामा घाईते हुने..

जनप्रतिनिधिलाई धम्क्याएको आरोपमा ‘राधे’ पक्राउ

धादिङ, २३ असोज - जनप्रतिनिधिलाई धम्की दिएको आरोपमा  नेपाल तरुण दल धादिङका उपाध्यक्ष समेत रहेका राधाकृष्ण भण्डारी (राधे) लाई प्रहरीले नियन्त्रणमा लिएको छ । धादिङको सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई ज्यान मार्ने धम्की दिएको आरोप लागेपछि अनुसन्धानका लागि राधेलाई बिहीबार नियन्त्रणमा लिएको धादिङका प्रहरी प्रमुख एसपी महेन्द्र खड्काले..

बेतिनीमा ट्रक पल्टिंदा दुईजनाको मृत्यु एक जना गम्भिर घाईते

धादिङ,२० असोज । धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नं ५ स्थित बेतिनीमा मंगलबार दिउँसो स्वराज ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाईते भएका छन् । गम्भीर घाइतेलाई उपचारका लागि हेलिकप्टर बाट काठमाडौ पठाईएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा सोही गंगाजमुना गाउँपालिका वडा नम्बर ४ का ४० वर्षिय बेगबहादुर तामाङ र..

मलेखु धादिङबेसी सडक खण्डमा ट्याक्सी पल्टिंदा एक जनाको मृत्यु

धादिङ,९ असोज । धादिङको मलेखु धादिङबेसी सडक खण्ड (कालुपाण्डे राजमार्ग) मा विहीवार राती भएको दुर्घटनामा परि एक महिलाको ज्यान गएको छ । अन्य चार जना घाईते भएका छन् । सुत्केरी लिएर काठमाडौबाट धादिङबेसी तर्फ रिजर्भमा आउँदै गरेको बा १ ज १२६२ नम्वरको ट्याक्सी विहिवार राती ८ वजे तिर धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ६ फिस्टार नजिकैको..

महादेववेशी बजारमा दुर्घटना, ३ बर्षिय वालिकाको मृत्यु

धादिङ, ४ असोज - धादिङ थाक्रे गाउँपालिका वार्ड नं. ६ महादेववेशी बजारमा आज दिउँसो २ बजे नौविसे देखी मलेखुतर्फ जाँदै गरेको ना ३ ख ५१८३ ट्रक ले स्थानिय ३ बर्षिय वालिका सञ्चिता कार्कीलाई ठक्कर दिंदा वालिकाको घटनास्थलमै मृत्यू भएको छ । घटना लगत्तै ट्रकका चालक खानिखोला प्रहरी चौकीको सम्पर्कमा गएको र हाल प्रहरीको नियन्त्रणमा रहेको महादेववेशी..

ट्याङ्कर त्रिशुली नदीमा खस्यो

धादिङ,४ असोज । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ स्थित पृथ्वीराजमार्गबाट ट्याङ्कर त्रिशुली नदीमा खसेको छ ।                                                   बाराको अमलेखगञ्जबाट पेट्रोलियम पदार्थ लिएर काठमाडौ तर्फ जादै गरेको ट्यान्कर आज बिहान २ बजे तिर सडकबाट १०० मिटर भन्दा तल त्रिशुली नदीमा खसेर दुर्घटना भएको प्रहरी चौकी बैरेनीले जनाएको छ । ट्यान्कर..

धादिङमा सवारी दुर्घटना : पाँच वर्षमा ४१४ जनाले ज्यान गुमाए

 धादिङ : संघीय राजधानी काठमाडौंसँग देशका ६७ जिल्ला जोड्ने राष्ट्रिय राजमार्गको ८८ किलोमिटर खण्ड धादिङ जिल्लामा पर्दछ। धादिङ र चितवन जिल्लाको सीमा मौवा खोलादेखि नौबिसेसम्म ६७ किलोमिटर पृथ्वी राजमार्ग र नौबिसेदेखि झ्याप्ले खोलासम्म १२ किलोमिटर त्रिभुवन राजपथले काठमाडौं जोड्छ। त्रिभुवन राजपथकै नौबिसेदेखि हाप्सेचौरसम्म २० किलोमिटर..

श्रीरामको उपचारमा सहयोग गरिदिन परिवारको याचना

थांक्रे- दुर्घटनामा परि टाउकोमा गम्भिर चोट लागेपछि गएको ६ महिना देखि अस्पतालमा भर्ना गरेर उपचार गराईरहेका धादिङ थांक्रेका एक युवाका लागि उपचारमा सहयोग गरिदिन उनको परिवारले याचना गरेको छ । गत बर्षको कात्तिक ११ गते काठमाण्डौंको नैकापमा मोटरसाईलकले ठक्कर दिएर घाईते भएका थांक्रे गाउँपालिका वडा नम्बर ३ बगैंचाका ३३ बर्षिय श्रीराम..

रोकिराखेको ट्रकमा हायस ठोक्किंदा १२ जनाको ज्यान गयो

  बाँके जिल्लाको ठुरिया जंगल स्थित प्रूर्व पश्चिम राजमार्गमा मध्यराति भएको सवारी दुर्घटनामा परि १२ जनाको ज्यान गएको छ । २१ जना घाइते भएका छन् । भारतबाट फर्केका मानिसहरुलाई लिएर नेपालगञ्जबाट दाङ तर्फ गाईरहेको हाइस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको अगैया स्थित सडक खण्डमा गम्भीर दुर्घटनामा परेको हो । मध्यरातमा भएको दुर्घटनामा..

छिमेकीको खुकरी प्रहारबाट शिक्षक गुरुङको मृत्यु ( Up Date News)

धादिङ, २८ बैशाख - धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित फुलखर्क दाङसिङमा शनिवार सांझ खुकुरी प्रहारबाट गम्भिर घाईते एक युवकको मृत्यु भएको छ । छिमेकी भिमसेन बुढाथोकीले खुकुरी प्रहार गर्दा गंगाजमुना एकेडेमीका शिक्षक समेत रहेका ३१ बर्षिय यमबहादुर गुरुङको दुबै खुट्टा र दायाँ हातमा गहिरो चोट लागेपछि उनलाई उपचारका लागि रातीनै..

छिमेकीले खुकुरी हान्दा फुलखर्क दाङसिङमा एक जना घाईते

धादिङ, (गंगाजमुना) २८ बैशाख - धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित फुलखर्क दाङसिङमा शनिवार सांझ खुकुरी प्रहारबाट एक जना गम्भिर घाईते भएका छन् । छिमेकी भिमसेन बुढाथोकीले खुकुरी प्रहार गर्दा गंगाजमुना एकेडेमीका शिक्षक समेत रहेका ३१ ब्र्षिय यमबहादुर गुरुङको दुबै खुट्टा र दायाँ हातमा गहिरो चोट लागेको फुलखर्क प्रहरी चौकीले..

बस फुटाएर टिभी चोरी गर्ने तीनजना समातिए

धादिङ -लकडाउनको कारण रोकिएर बसेका ६ वटा बस फुटाएर त्यस भित्र जडान गरिएको एलइडी टेलिभिजन सेट र म्युजिक प्लेयर लगायतका सामान चोरी गर्ने कार्यमा संलग्न तीन जनालाई धादिङ प्रहरीले पक्राउ गरेको छ। लकडाउनपछि धादिङवेसीका विभिन्न स्थानहरुमा पार्किङ गरी राखिएको धादिङ मण्डली यातायात प्रालिद्वारा संचालित बा ४ ख ७३८०, ना ४ ख २८९१, ना ६ख ९१३० र लु २..

लकडाउनको मौका छोपी मुलपानीमा खयर सखाप

धादिङ,२९ चैत - मुलुक लकडाउनले ठप्प भएको बेला धादिङको त्रिपुरासुन्दरी गाउँपालिका, वडा नम्बर ३ स्थित मुलपानीमा तस्करहरूले खयरको जंगल सखाप नै हुनेगरी फँडानी गरेका छन् ।   केही दिन यता जंगलमा ठुलो परिणाममा अवैध ढंगबाट खयर कटान भएको छ। कटान भएको खयर डिभिजन वन कार्यालय धादिङले नियन्त्रणमा लिएको छ। खयर कटान भएको क्षेत्र सव-डिभिजन वन कार्यालय..

चाम्बासमा दुर्घटना, नायिका महिमा सिलवालको मृत्यु

धादिङ- बुधबार साँझ धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चाम्बास स्थित पृथ्वीराजमार्गमा भएको दुर्घटनामा परि  दिदी बहिनीको मृत्यु भएको छ । दुर्घटनामा परेर मृत्यु हुनेमा नायिका महिमा सिलवाल र उनकी बहिनी हर्मिला सिलवाल रहेका छन् । बुधबार साँझ करिब पौने ५ बजे भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख १३५ नम्बरको बसले धादिङको गजुरी गाउँपालिका..

गजुरीका हरिकृष्ण भनिने हेमनसिंह बस्नेत विमानस्थलबाटपक्राउ

धादिङ, - बलात्कारको आरोपमा फरार रहेका एक जनालाई नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । धादिङको गजुरी गाउँपालिका घर भएका हरिकृष्ण भनिने हेमनसिंह बस्नेतलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले विमानस्थलबाट पक्राउ गरेको हो । सीआईबीका प्रवक्ता वेलबहादुर पाण्डेका अनुसार गएको जेठ १४ गते..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad