घटना /दुर्घटना/ अपराध

सबारी दुर्घटनामा परि धादिङका दुई जनाको मृत्यु

काठमाडौँ र सुनसरीमा भएको छुट्टाछुट्टै सबारी दुर्घटनामा परि धादिङका दुई जनाको ज्यान गएको छ । काठमाण्डौंको नागार्जुन –१ रानीवन पानीट्यांकीमा भएको दुर्घटनामा धादिङ दार्खाकी ४० वर्षीया लीलाकुमारी घलेको मृत्यु भएको छ भने उनकी छोरी २५ वर्षीया छोरी शर्मिला घले घाइते भएकी छिन् । बा १ ख ६६४५ नम्बरको बसले बा ८५ प १४९३ नम्बरको स्कुटरलाई ठक्कर..

खुकुरी प्रहारबाट त्रिपुरासुन्दरीका शम्भु थापा घाईते

धादिङ, १६ माघ धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं–७ सुकौरामा खुकुरी प्रहारबाट शम्भु थापा गम्भीर घाईते भएका छन् । बुधवार विवाहको भोज खाएर घर फर्कर्दै गर्दा त्रिपूरासुन्दरी गाउँपालिका– ५ का ३० वर्षीय शम्भु थापालाई खुकुरी प्रहार भएको थियो । आक्रमणबाट थापा गम्भिर घाईते भएका छन् । खुकुरी प्रहारबाट थापाको खुट्टा, टाउको तथा ढाडमा..

मोटरसाईकलको ठक्करबाट बद्रीबहादुर कार्कीको मृत्यु

धादिङ, ११ माघ - मोटरसाइकलको ठक्करबाट शुक्रवार राती धादिङको बैरेनीवजार स्थित पृथ्वीराजमार्गमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनीवजार बस्ने ६० वर्षीय बद्रीबहादुर कार्की रहेको बैरेनी प्रहरी चौकीले जनाएको छ । शुक्रबार राति काठमाडौंबाट चितवनतर्फ गइरहेको प्र ३ ०२ ००९प ५९६० नम्बरको..

दार्खा खुकुरी आक्रमणको मुख्य योजनाकार अशोक पक्राउ

खनियावास । धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ दार्खामा मंगलबार राति भएको खुकुरी आक्रमणको मुख्य योजनाकार भएको आरोपमा अशोक तामाङ पक्राउ परेका छन् । स्थानीय स्तरमा गुण्डा नाइके भनेर चिनिएका अशोक तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धादिङले पुष्टि गरेको छ । गतराती करिब ११ बजे दार्खाकी स्थानीय तानमाया तामाङको घरमा छिरेर दुई..

दार्खामा खुकुरी प्रहारः एकको मृत्यु, एक गम्भिर घाईते

धादिङ । धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ दार्खामा मंगलबार राति दुई जनामाथि खुकुरी प्रहार भएको छ । घरमा बसिरहेको अवस्थामा सानुवहादुर लामा (सान्ता तामाङ) र रविन तामाङमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहार बाट सान्ताको मृत्यु भएको छ भने रविन तामाङ गम्भिर घाइते भएका छन् । घाइतेका अफन्तका अनुसार उनलाई बुधबार बिहान काठमाडौस्थित..

शोक मनाउन नीलकण्ठ नगरपालिकामा सार्बजनिक बिदा

धादिङ , ११ माघ -  मंगलबार ढोलामण्डलीबाट फर्कदै गरेका सात जनाको दुर्घटनामा परेर ज्यान गएपछि नीलकण्ठ नगरपालिकाले मृतकहरु प्रति श्रद्धाञ्जली दिन आज एक दिन कार्यालय विदाको घोषणा गरेको छ । धादिङको नीलकण्ठ नगरपालिकाले बुधवार शोक मनाउन विदा घोषणा गरेको छ । मंगलबार नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मैदीभन्ज्याङमा भएको दुर्घटनामा सात जनाको ज्यान..

युरुङ तामाङको हत्यामा संलग्न बेनिघाटका झ्याप्ले पक्राउ

 धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ का २५ वर्षीय झ्याप्ले भनिने कमल विक हत्या अभियोगमा पक्राउ परेका छन् । तिप्लीङ–९ का युरुङ तामाङको हत्यामा संलग्न भएको आरोपमा विकलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार गोंगबु गणेशस्थानबाट पक्राउ गरेको हो । झ्याप्लेले २०७१ पुस ३० गते काठमाडौं टोखास्थित दीपज्योतीमा तामाङको..

मैदीभन्ज्याङ मिनिट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या सात

मंगलबार धादिङको मैदीभन्ज्याङमा मिनिट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ।दुर्घटनामा ३७ जना घाईते भएका छन । घाईते मध्ये ११ जनालाई हेलिकप्टरबाट र ६ जनालाई एम्बुलेन्सबाट काठमाण्डौं लगिएको छ । उनिहरुको ट्रमा सेन्टरमा उपचार भईरहेको छ । २० जना घाईतेको जिल्ला अस्पताल धादिङमा उपचार भईरहेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका..

मिटर व्याज थेग्न नसकेपछि सामूहिक आत्महत्याको प्रयास

धादिङ - व्याजमा ऋण लिएर शेयर बजारमा लगानी गर्दै आएका काठमाण्डौंको चन्द्रागिरि नगरपालिका–४, थानकोटका ३७ वर्षीय विनय लामिछानेले लगानी ऋण तिर्नै नसक्ने अवस्था आएपछि बच्चासहित त्रिशूली नदीमा हाम फालेर आत्महत्याको प्रयास गरेका छन । विहिवार साँझ दुई छोरालाई समेत साथमै लिएर लामिछाने दम्पत्ति त्रिशूली नदीमा हेलिएकोमा श्रीमती जमुना रेग्मीको..

दुई बच्चासहित दम्पत्ति त्रिशूली नदीमा हामफाले

धादिङ- काठमाडौं थानकोट घर भएका बिनय लामिछानेको दम्पत्तिले आफ्ना दुई नाबालक सन्तानसहित बिहिवार साँझ त्रिशूली नदीमा हामफालेका छन् । घटनामा श्रीमानको उद्धार गरिएको छ भने श्रीमती जमुना रेग्मी (लामिछाने) को मृत्यु भएको छ । साथै दुई नाबालक बेपत्ता भएका छन् । माघे संक्रान्ती मनाउन गोरखाको घ्याल्चोक गएका उनीहरु काठमाडौंस्थित घर फर्कने क्रममा..

पोर्चुगलमा समुन्द्र छालले वगाएर धादिङका दुई दाजुभाईको मृत्यु

काठमाडौं- माछा मार्न समुन्द्रमा गएका २ नेपालीको छालले बगाएर मृत्यु भएको छ । पोर्चुगलको राजधानी लिस्बनको कास्काइसको समुद्रमा माछा मार्न गएका उनीहरुको ज्यान गएको हो । ज्यान गुमाउनेमा धादिङ खनियाबास गाउँपालिका घर भइ बाराको सिमरामा बसोबास गर्दै आएका ४४ वर्षीय कमल वाइबा र उनका भाइ ४० वर्षीय सुरज वाइवा छन् । उनीहरु समुद्रको छाल हेर्न..

शिव थापा र भिषण सिम्खडाको हत्यामा संलग्न दुर्गे पक्राउ

धादिङको उत्तरी भेगको गाउँबस्तीमा श्रृङखलाबद्ध रुपमा हत्या, डकैती तथा लुटपाट मच्चाई सर्वसाधारणलाई आतंक मच्चाउँदै आएका धादिङ खनियाबासका साँइला भन्ने दुर्गाबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । धादिङ खनियाबास–२ स्थायी ठेगाना भएका २७ वर्षीय तामाङलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले शुक्रबार पोखरा महानगरपालिका वडा नं २५..

युवतीलाई बली दिन खोजेको आरोपमा धादिङ झार्लाङका प्रेम सहित ७ जना पक्राउ

मोरङ -मोडलिङमा लगाइदिने भन्दै युवती बेच्न खोज्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतमा लगेर युवती बेच्ने योजना बनाउँदै गरेको अवस्थामा उनीहरूलाई मोरङको बुढीगंगा गाउँपालिका १ बाट पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले धादिङ झार्लाङका २३ वर्षीय प्रेम तामाङ, कावासोती नवलपरासीका २६ वर्षीय कृष्ण तामाङ, सप्तरी राजबिराजका ४०..

हाडनाताकरणी मुद्दाका फरार अभियुक्त २२ वर्ष पछी पक्राउ

धादिङ -जिल्लामा फरार प्रतिवादी पक्राउ अभियान संचालन गरिरहेको धादिङ प्रहरीले हाडनाता करणी अपराध गरेर फरार रहेका नीलकण्ठ नगरपालिका वडा नम्बर ४ देउरालीछापका ५३ वर्षीय अम्वरवहादुर राना मगरलाई मंसिर२२ गते आईतबार पक्राउ गरेको हो । धादिङ जिल्ला अदालतले २०५४ वैशाख ३१ गतेको फैसलाबाट हाडानाता करणीको अभियोगमा राना लाई १० महिना कैद र एक हजार..

बाघको छाला सहित गजुरीबाट ६ जना पक्राउ

धादिङ ८ मंसिर - धादिङको गजुरी गाउँपालिका वडा नं २ चालिसेबाट शनिबार पाटे बाघको छालासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङ र इलाका प्रहरी कार्यालय गजुरी धादिङको संयुक्त टोलीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई सार्वजनिक गर्न आइतबार जिल्ला प्रहरी कार्यालय पत्रकार सम्मेलन..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad