घटना /दुर्घटना/ अपराध

त्रिशूलीमा बस खस्यो, पाँच जना जनाको मृत्यु, ३० जना वेपत्ता (यात्रुको नामावली सहित )

केशव अधिकारी धादिङ,२४ साउन - सर्लाही जिल्लाको मलंगवाबाट काठमाडौंका लागि छुटेको रात्रीबस धादिङको बेनीघाट रोराङ गाउँपालिका ३ सलाङघाट स्थित त्रिशूली नदीमा खस्दा ३ जनाको घटनास्थलमानै ज्यान गएको छ भने १६ जनाको जीवितै उद्धार गरिएको छ । दुई जनाको शव मुग्लिन नजिकै त्रिशूली नदीमा भेटिएको छ उनिहरुको सनाखत हुन सकेको छैन । ३० जना यात्रु हराईरहेको..

त्रिशूली नदीमा बस खस्यो ३ जनाको मृत्यु, ११ जनाको उद्धार(थप बिबरण आउन बाँकी )

सलाङघाट (धादिङ),२४ साउन - सर्लाही बाट काठमाण्डौंका लागि छुटेको रात्री बस धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ३ सलाङघाट स्थित पृथ्वीराजमार्गबाट त्रिशूली नदीमा खसेर दुर्घटना भएको छ । दुर्घटनामा परि अहिले सम्म ३ जनाको ज्यान गएको छ । ११ जनाको उद्धार गरिएको छ । घाईतेको उद्धार कार्य जारी रहेको छ । बसमा ४० जनाभन्दा धेरै यात्रु..

चौबिस तोला सुन सहित मझिमटारबाट दुई जना पक्राउ

धादिङ,२१ साउन - धादिङको मझिमटारबाट प्रहरीले २४ तोला अबैध सुन जस्तै देखिने पहेंलो धातु सहित दुई जनालाई पक्राउ गरेको छ । साउन २० गते सांझ ५ वजे तिर धादिङको वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९ मझिमटार स्थित पृथ्वीलोकमार्गहुंदै काठमाण्डौवाट चितवनतर्फ जाँदै गरेको ना ५८ प ६५५३ नम्बरको मोटरसाईकल रोकेर चेकजाँज गर्दा अवैध सुन जस्तै देखिने..

धादिङमा विभिन्न घटनामा संलग्न पाँच जना पक्राउ

धादिङ । विभिन्न आपराधिक घटनामा संलग्न रहेको अभियोगमा धादिङ प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । तीन किलोग्राम लागूऔषध गाँजासहित जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा न ७ स्यादुलबाट एक जना पक्राउ परेका छन् । आइतबार बिहान स्यादुलबाट चरौँदीतर्फ आउँदै गरेको बा ८२ प ९३५१ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्लास्टिकको बोरामा..

वडाअध्यक्ष तामाङ आक्रमण गर्नेलाई कारवाहीको माग

धादिङ -नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ जिल्ला कमिटी सदस्य एवम रहेका नीलकण्ठ नगरपालिका वार्ड नं १४ का वडाध्यक्ष फन्द्रा तामाङ (रोशन) माथि भएको सांघातिक आक्रमणको नेकपा धादिङले भर्त्सना गरेको छ । नेकपाबाट निर्वाचित जनप्रतिनिधिमाथि श्रृंखलावद्ध आक्रमण हुनेक्रम बढ्दै गएपछि पार्टीले यस्ता घटना नियोजित र षड्यन्त्र मुलक जघन्य..

पहिरोले घर भत्किंदा गजुरीमा आठ बर्षिया बालिकाको मृत्यु

धादिङ, २७ असार - अबिरल बर्षाका कारण घर भत्किंदा धादिङको गजुरी गाउँपालिका वडा नम्बर ४ दरिगांल बालु्वागाउँमा आठ बर्षिया बालिकाको घरले च्यापेर मृत्यु भएको छ । शुक्रवार दिउँसो १२ वजे तिर घर भत्किंदा कृष्णबहादुर तामाङको ढुङ्गा माटो र टिनले छाएको एक तले कच्चि घर पहिरोले भत्किँदा निजको छोरी बर्ष ८ कि अस्मिता तामाङको घटनास्थलमा नै मृत्यु भएको..

गजुरीबाट २२५ किलो गाँजाको धुलो सहित एकजना पक्राउ

धादिङ, २६ असार - धादिङको गजुरी गाउँपालिका वडा नं २ डुँडेठाँटीबाट प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजाको धुलो सहित एक जनालाई पक्राउ गरेको छ । प्रतिबन्धित गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा धादिङको बेनिघाटरोराङ गाउँपालिका वडा नं १ का खाम भन्ज्याङका ४१ वर्षीय वीरबहादुर लामा पक्राउ परेका छन् । लामाको साथमा रहेका अरु व्यक्ति फरार भएकाले..

धादिङबेसीबाट १२ लाख ८० हजार लुटेर भागेका रामवहादुुर नागढुंगामा पक्राउ

धादिङ, २५ असार - धादिङको सदरमुकाम धादिङबेसीबाट उपभोक्ता समितिको १२ लाख ८० हजार रुपैया लुटेर भागेको आरोपमा धादिङ खनियाबास गाउँपालिकाका एक युवक काठमाण्डौंको नागढुंगाबाट पक्राउ परेका छन् । धादिङको खनियावास गाउँपालिका वडा नं २ झार्लाङको अक्थली–फ्याजा गाउँ सडक निर्माण उपभोक्ता समितिको नाममा चेक साटेर बैकंबाट रकम निकाल्ना साथ समितिकै..

चितवनमा ट्रक त्रिशूलीमा खस्यो दुई जनाको मृत्यु, एक घाइते

चितवन । चितवनको चुम्लिङटार नजिकै ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भिर घाईते भएका छन । शुक्रवार बिहान ५ः४५ बजे तिर मुग्लिनबाट काठमाडौँ तर्फ जाँदै गरेको ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको..

बेनिघाट रोराङका वडा सदस्यलाई आफ्नै घरमा गोली प्रहार

धादिङ, १९ असार-  धादिङको वेनीघाट रोराङ गाउँपालिका वडा नंम्बर ८ का वडा सदस्य रामजी चेपाङलाई बुधवार साँझ आफ्नै घरमा गोली हानिएको छ । चितवनको राप्ती नगरपालिका वडा नं १३ स्थायी घर भएका इन्द्रकुमार चेपाङले बुधवार साँझ रामजीलाई गोठीभन्ज्याङ स्थित आफ्नै घरमा खाना खाईरहेको बेला टाउकोमा गोली प्रहार गरेका हुन । प्रहरीका अनुसार चितवनको राप्ती..

मलेखुमा शिक्षिकाको पिटाईबाट ३ कक्षामा पढ्ने बालकको शरिरभर निलडाम

मलेखु-आंफुले सोधेको प्रश्नको जवाफ दिन नसकेको भन्दै धादिङको मलेखुमा रहेको एक निजी बिद्यालयमा पढाउने शिक्षिकाले बिद्यार्थीलाई शरिरभर निलडाम हुने गरी पिटेकी छिन । वेनिघाट रोराङ गाउँपालिकाको मलेखुमा रहेको पशुपति शिक्षा मन्दिरको कक्षा ३ मा पढ्ने ९ बर्षिय सक्सेस कँडेललाई बिद्यालयकी शिक्षिका इस्मा कँडेल रेग्मीले असार १२ गते दिउँसो आँफुले..

कृष्णभिरमा तीनवटा सवारी साधन ठोक्किंदा दुईको मृत्यु

धादिङ,१५ असार - धादिङको वेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ७ मा पर्ने पृथ्वीराजमार्गको कृष्णभिरमा आईतबार विहान ११ वजे तिर तीन वटा सवारी साधन एक आपसमा ठोक्किंदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा परि ३० जना घाईते भएका छन् । काठमाण्डौबाट चितवन तर्फ जाँदै गरेको लु १ख ९०७९ नम्बरको बस र चितवनबाट काठमाण्डौ गईरहेको जाँदै गरेको बा ३ ख १००४..

मोटर चढेको एक मिनेटमै उनिहरुले ज्यान गुमाए

धादिङ,६ असार - खाना खाईवरी घरायसी धन्दा भ्याएर बजार तिर निस्कन लागेको बेला गाउँबाट आउँदै गरेको जिपमा चढेको एक मिनेट नपुग्दै कान्छी भुजेल र नानु तामाङ चढेको जिप पल्टिएर दुवै जनाको घरछेउमै अकालमै ज्यान गयो । कान्छी र नानुका लागि बैरेनी वजार टाढा थिएन अरु वेला उनिहरु हिंडेरै बैरेनी वजार नगएका पनि होइनन, घरको आँगनबाट मोटर गुड्न थालेपछि उनिहरु..

बाँझागाउँमा बोलेरो जिप पल्टिंदा पाँच जनाको मृत्यु, १० जना घाईते

धादिङ,६ असार - धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ बाँझागाउँमा वोलेरो जिप पल्टिंदा पाँच जनाको ज्यान गएको छ । जिप चालक सहित १० जना घाईते भएका छन । गल्छी गाउँपालिका वडा नम्बर ४ कार्कीडाँडाबाट तरकारी वोकेर बैरेनीवजार तर्फ आउँदै गरेको जिप शुक्रवार मध्यान्ह ११.३० वजे तिर बाँझागाउँ स्थित ग्रामीण सडकमा अनियन्त्रित भई पल्टिंदा चार जनाको..

धुंवाकोटमा दुर्घटना,एकजनाको मृत्यु ,पाँच जना घाईते

धादिङ, ५ असार -  धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ को धुंवाकोटको पाग्रेंखोला स्थित ग्रामीण सडकमा भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ पाँच जना घाईते भएका छन । धादिङबेसीबाट नेत्रावती डबजोङ गाउँपालिकाको सेमजोङ जाँदै गरेको बा १ ज ६०२१ नम्वरको बलेरो जिप विहिवार दिउँसो ३ वजे तिर नीलकण्ठ नगरपालिका वडा नम्बर १४ को धुंवाकोटको..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad