कर्मचारी समायोजन गर्न स्थानीय तहबाट कर्मचारीको विवरण माग
काठमाडौँ: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन गर्नका लागि स्थानीय तहका स्थायी कर्मचारीको विवरण माग गरेको छ । मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्नका लागि सबै स्थानीय तहको स्थायी कर्मचारीको विवरण पाँच दिनभित्रमा उपलब्ध गराउन निर्देशन दिइएको बताउनुभयो..