गंगाजमुना गाउँपालिका

सागर लामिछानेको अध्यक्षतामा नेपाल राहत शिक्षक समिति धादिङको कार्य समिति चयन

धादिङ- धादिङ जिल्लाभर कार्यरत राहत शिक्षकहरुको जिल्ला भेला सम्पन्न भएको छ । असार १ गते शुक्रवार धादिङबेसीमा सम्पन्न भएको भेलाले सागर लामिछानेको अध्यक्षतामा २२ सदस्यिय  नेपाल राहत शिक्षक समिति धादिङको चयन गरेको छ । भेलाबाट खुल्ला उपाध्यक्षमा जनार्दन नेपाल, दलित उपाध्यक्ष राजेन्द्र कोईराला, उपाध्यक्ष महिलामा जानुका खनाल चयन हुनु भएको..

खुल्यो शिक्षक सेवा आयोग,धादिङमा खुल्लामा १ सय १५, आरक्षणमा ९१ जना भिड्न पाउने

काठमाडौंः शिक्षक सेवा आयोगले लामो समय पछि प्राथमिक तहमा खुला प्रतिष्पर्धाका लागि विज्ञापन खुलाएको छ । आयोगका अनुसार कुल ९ हजार ९ सय ९६ पदका लागि विज्ञापन आह्वान गरिएको हो । प्राथमिक तह, तृतिय श्रेणी शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरिएको हो । विज्ञापन अनुसार धादिङ जिल्लामा खुल्लामा १ सय १५ जनाको लागि प्रतिष्पर्धा हुनेछ । ..

धादिङ लगायत देशभरका स्थानीय तहका १ हजार ६ सय जनप्रतिनिधि कारबाहीमा

देशका विभिन्न स्थानीय तहका १ हजार ६ सय जनप्रतिनिधि कारबाहीमा परेका छन् । तोकेको समयमा सम्पत्ति विवरण नबुझाउने जनप्रतिनिधि कारबाहीमा परेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती जनप्रतिनिधिलाई एक महिनाभित्र पाँच हजार रुपैयाँ जरिबानासहित सम्पत्ति विवरण पेस गर्न पत्र काटेको हो। सम्पत्ति विवरण नबुझाउने स्थानीय तहका..

राहत शिक्षकहरुको अधिबेशन , असार १ र २ गते धादिङबेसीमा

नेपाल राहत शिक्षक समिति धादिङको पहिलो अधिबेशन हुने भएको छ । देशभर छरिएर रहेका राहत शिक्षकहरुको हक हित र एकताका निम्ति काम गर्ने लक्ष्यका साथ स्थापना भएको नेपाल राहत शिक्षक समितिको धादिङ जिल्ला समितिले आगामी असार १ र २ गते धादिङबेसीमा प्रथम जिल्ला अधिबेशन गर्न लागेको जनाएको छ । धादिङ जिल्लाभर विभिन्न तहमा गरी ८ सय ५३ जना राहत शिक्षक..

३ नम्बर प्रदेशमा धादिङ लगायत १० जिल्लामा छैन केन्द्रीय अस्पताल

 हेटौँडा । ३ नम्बर प्रदेशका १० जिल्लामा अझै पनि  केन्द्रीय अस्पताल अभाव रहेको छ । अत्याधुनिक उपकरणसहित विशेषज्ञ डाक्टरहरुको सेवासुविधासहित सञ्चालन हुने सरकारी अस्पतालहरु राजधानी काठमाडौँ, ललितपुर र चितवनमा मात्र सीमित रहेका छन् । अन्य जिल्लामा गम्भीर प्रकृतिका बिरामी भएको खण्डमा यी ३ जिल्लामा पु¥याउनुपर्ने बाध्यता रहेको छ..

धादिङका कुन स्थानीय तहले कति बजेट पाए ?

धादिङ– सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्थानीय तहलाई विनियोजन गरिएको रकम सार्वजनिक गरेको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले मंगलवार संयुक्त  संसदमा  पेश गर्नु भएको वजेट अनुसार धादिङको १३ वटा  स्थानीय तहले यो वर्ष  नीलकण्ठ नगरपालिकाले ५३ करोड ३८ लाख ,धुनिवेसी नगरपालिकाले २८ करोड ७४ लाख बजेट पाएको छ । खनियाबास गाउँपालिकाले १४..

धादिङवेसी सल्यानटार सडक निर्माणमा ढिलाई,सर्वसाधरणलाई सास्ती

धादिङवेशी सल्यानटार सडक निमार्ण कार्यमा भईरहेको ढिलाईका कारण धेरै जनाले सास्ती खेप्नु परेको भन्दै उक्त सडक निर्माण कार्य समयमै सम्पन्न गर्न सरोकारवालाहरुले सुझाव दिएका छन । सडक निर्माण कार्य ढिलो हुँदा धादिङ जिल्लाको उत्तरी भेग गोरखाको उत्तरी पूर्वी क्षेत्रका ग्रामीण भेगको जनजीवन निकै प्रभावित भएकोले तोकिएको मापदण्ड र समय सिमा..

अपडेटमा एकरुपता छैनन् स्थानीय तहका वेबसाइट

जिल्ला समन्वय समिति धादिङको अफिसियल वेभसाईट अपडेट हुन छाडेको छ । गएको माघ १५ गतेको मितिमा स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरुको लागि आयोजित अभिमुखिकरण कार्यक्रमको सूचना पछि कार्यालयले वेभसाईट अपडेट गरेको छैन । माघ १५ पछि जिल्ला समन्वय समितिले हालसम्म गरेका निर्णय पनि राखिएको छैन । जिल्ला समन्वय समितिको वेभसाईट..

सेर्तुङमा बिद्यालय वनाउन जापानी दुतावासको ९२ लाख अनुदान

धादिङको विकट मा रहेको रुवीभ्याली गाउँपालिकाको सेर्तुङमा अवस्थित च्याम्रादेवी माविको विद्यालय भवन निर्माण गर्न सेर्तुङमा जापान सरकारले  ९२ लाख रुपैयाँ अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौतामा  नेपालका लागि जापानी राजदूत मासासी ओगावा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रंकेश गुरुङले हस्ताक्षर गरेका..

बैकिङ पहुँच नभएका धादिङका ६ वटै स्थानीय तहमा खुल्ने भो बैंक

बैंकिङ पहुँच नपुगेका धादिङको ६ वटा स्थानीय तहमा  आगामी असार मसान्त भित्र अनिवार्य रुपमा बैकंको शाखा स्थापना गरी संचालनमा आउने भएको छ ।प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा वाणिज्य बैकको शाखा खोल्नु पर्ने सरकारी निर्णय अनुसार नेपाल राष्ट्रबैंकले समयसीमा नै तोकेर वाणिज्य बैंकहरुलाई स्थानीय तहमा शाखा बिस्तार गर्न निर्देशन दिएको हो..

म्हेन्दोमाया र नेपाली दुबै खालको गीत गाउछु : गायक हेम वाइवा

  हाल सम्म थुप्रै गीत गाइसक्नु भएका गायक तथा संगीतकार हेम वाइवा अहिलेका बेस्त संगीतकर्मी हुनुहुन्छ। संगीतिक कार्यक्रमको सिलसिलामा थुप्रै देश घुमिसक्नु भएका गायक वाइवा सँग  गणेश मल्लले गर्नु भएको कुराकानी : * नमस्कार सञ्चै हुन्हुन्छ ? नमस्ते, सब ठिकै छु । * हिजो आज के म बेस्त हुन्हुन्छ ? आफ्नो काम, गित कम्पोज, म्युजिकल..

विस्थापित २४ घरधुरीलाई जग्गा र लालपूर्जा

धादिङ, १८ फागुन -भुकम्पका कारण विस्थापित हुन पुगेका धादिङका २४ घरधुरीले जग्गा र लालपुर्जा पाएका छन् । धादिङ जिल्लाको उत्तरी भेगको अति विकटमा पर्ने साविकका पाँच गाविस तिप्लिङ,सेर्तुङ,लापा,झार्लाङ, रि गाउँका ४७ बस्तीलाई तत्कालै सुरक्षित स्थानमा सार्ने व्यवस्था गर्न तत्कालिन सभासद्हरुको टोलीले जिल्ला विपद् व्यवस्थापन समितिलाई सिफारिस..

उत्तरी धादिङमा व्यावसायिकरुपमा अलैँचीखेती

धादिङ । मसला र जडीबुटीका रुपमा प्रयोग गरिने अलैँचीलाई यहाँका किसानले व्यावसायिक रुपमा खेती गर्न सुरु गरेका छन् । बर्सेनि अन्य खेतीको तुलनामा बढी आम्दानी हुने भएपछि यहाँका किसान अलैँचीखेतीतर्फ आकिर्षत भएका हुन् । जिल्लाका विभिन्न ठाउँका किसानले परीक्षणका रुपमा अलैँचीखेती गर्न थालेका छन् । पानी भएको जस्तोसुकै जमिनमा पनि..

धादिङमा वाम गठवन्धनको विजयी शुरुवात

धादिङ,२२ मंसिर ः धादिङ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ अन्र्तगत दु्वै प्रदेश सभामा वामगठवन्धनका उम्मेदवारहरु विजयी भएका छन । यस क्षेत्रको प्रदेश सभा १ मा नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम पुर्व मन्त्री राजेन्द्र पाण्डे २७ हजार ३ सय २२ मत ल्याएर विजयी हुनु भएको छ । पाण्डेको निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका महासमित सदस्य..

धादिङ २ को प्रदेश सभा दुईमा वाम गठबन्धनका जगत सिंखडा विजयी

मंसिर २२, धादिङ । धादिङ प्रतिनिधी सभा क्षेत्र नं २ को प्रदेश सभा दुईमा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका जगत सिंखडा विजयी भएका छन । सिंखडाले लोकतान्त्रिक गठबन्धन तर्फका राप्रपा उम्मेदवार डम्बर तामाङलाई १८३१ मतले पराजित गर्दै विजयी भएका हुन । निकै प्रतिस्पर्धात्मक रहेको मत गणनामा सिंखडाले १७६०५ मत र तामाङले १५७७४ मत ल्याएका..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad