थांक्रे गाउँपालिका

बूढीगण्डकीका लागि तीन वर्षमा इन्धनबाट २२ अर्ब संकलन

तीन वर्षको अवधिमा बूढीगण्डकी जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणका लागि पेट्रोलियम पदार्थबाट २२ अर्ब रुपैयाँ संकलन भएको छ । उपभोक्तालाई अतिरिक्त भार नपर्ने गरी नेपाल आयल निगमले ३ वर्षको अवधिमा सो रकम संकलन गरेको हो । तीन वर्षको अवधिमा बूढीगण्डकी जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणका लागि पेट्रोलियम..

धादिङका गाउँपालिकामा गैरसरकारी संस्थाहरुसंग कर

 धादिङका विभिन्न गाउँपालिकाले गैर सरकारी संस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुसंग कर लिनेगरि गरिएको निर्णय र एउटै जिल्लाको गाउँपालिकाहरुमा हरेकमा काम गर्दाका लागि संस्थालाई दर्ता गर्ने, सूचिकृत गर्ने निर्णय गरेपछि आलोचना भइरहेको छ । ज्वालामूखी गाउँपालिकाले गाउँपालिका भित्र काम गर्नका लागि वार्षिक रुपमा १० हजार रकम तिरेपछि..

धारिलो हतियार प्रहार गरी फरार धादिङका ४ जना पक्राउ 

 अलग अलग स्थानबाट धारिलो हतियार प्रयोग गरी आक्रमण गरी फरार रहेका चार जनालाई धादिङ प्रहरीले नियन्त्रणमा लिएको छ ।  पक्राउ परेकाहरुमा जिल्लाको ज्वालामुखी गाउँपालिका–४ का २४ वर्षीय राज कुमार दुवाडी ,२४ वर्षीय नबिन श्रेष्ठ, खनियाबास गाउँपालिका ४ बस्ने २४ वर्षीय दलबहादुर तामाङ र सोही ठाउँ बस्ने २६ वर्षीय श्यामबहादुर तामाङ रहेका छन । दुवाडी..

धादिङबासीका लागि आँखुखोलाको आठ लाख कित्ता साधारण शेयर खुल्ला

धादिङ  - धादिङमा साढे आठ मेगावाटको बिद्युत आयोजना निर्माण पुरा गरी बिद्युत उत्पादन गरिरहेको आँखुखोला जलबिद्युत कम्पनीले आयोजना प्रभावित धादिड.बासीहरुका लागि आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता साधारण शेयर बिक्री गर्न आब्हान पत्र प्रकाशित गरेको छ । कम्पनीले साउन १७ देखि छिटोमा साउन ३१ गतेसम्म स्थानीयबासीलाई साधारण शेयर बिक्री..

धादिङका ग्रामीण सडकखण्डको विजोग यात्रा जोखिमपूर्ण

धादिङ - वर्षा सुरु भएदेखि ग्रामीण क्षेत्रमा जाने सडक हिलाम्मे भएका छन्। सदरमुकामदेखि जिल्लाको उत्तरी क्षेत्रमा जाने सांकोस– तिप्लिङ सडकखण्ड र मुरलीभन्ज्याङ–सल्यानटार सडकखण्डको बाटो अहिले विजोग बनेको छ। ग्रामीण क्षेत्रका कच्ची सडक त्यसमाथि वर्षाले हिलाम्मे बनेपछि यात्रा जोखिमपूर्ण बन्दै गएको छ। वर्षातका कारण कच्ची सडकहरू..

बूढीगण्डकी जलविद्युत् आयोजना दस अर्ब मुआब्जा असारभित्रै

काठमाडौँ, - आर्थिक वर्ष समाप्त हुनै लाग्दा बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबानबाट प्रभावित धादिङ र गोरखाका बासिन्दालाई छुट्याएको १० अर्ब रुपियाँ वितरण गरिसकिने भएको छ । मुआब्जा निर्धारण हुन बाँकी रहेका दुवै जिल्लाका प्रभावित क्षेत्रमा आगामी वर्ष काम हुने भएको छ । योजनाबद्ध ढङ्गले मुआब्जा वितरणको योजना बनाएर काम गरेकोले चालू..

प्रदेश सरकारको उपेक्षामा गजुरी गाँउपालिका

धादिङ, १९ असार - संघीय नेपालको प्रदेश नं. ३ को सरकारले पहिलो पटक ल्याएको पूर्ण बजेटमा धादिङ जिल्लाको गजुरी गाँउपालिका उपेक्षामा परेको छ । धादिङ जिल्लाका १३ पालिकामा ८४ वटा योजनाका लागि ४४ करोड १५ लाख ५० हजार बजेट हालिएको छ । गजुरी गाँउपालिकाको लागि दुई वटा योजनामा ७० लाख मात्र बजेट विनियोजन भएकापछि गजुरी गाँउ पालिकालाई उपेक्षा गरको..

सडकको अवरोध पन्छाउँदै गाउँ पुगेर पहिरो पिडितलाई राहत बितरण

धादिङ, १७ असार - उत्तरी धादिङको खनियावास र नेत्रावती डवजोङ गाउँपालिकामा पहिरोमा पुरिएका मृतकका परिवारलाई तत्कालिन राहत उपलव्ध गराईएको छ । जिल्ला दैवि प्रकोप उद्धार समिति धादिङले जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत राममणि मिश्रको नेत्तृत्वमा खटाएको चिकित्सक, सुरक्षाकर्मी,रेडक्रसकर्मी सहितको उद्धार टोलीले गाउँमै..

धादिङको खनियाबास र नेत्रावतीमा पहिरोः ५ जनाको मृत्यु (UP DATE)

धादिङ १४ असार । पहिरोमा पुरिएर उत्तरी धादिङको विकटमा रहेको खनियाबास र नेत्रावती गाउँपालिकामा दुई परिवारका ५ जनाको मृत्यु भएको छ । खनियाबास गाउँपालिका–५ मा एकै परिवारका तीन जना र खनियाबास–४ मा दुई जना सदस्य गरी पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा खानियाँबास ५ का राजकुमार गुरुङकी श्रीमती ३३ वर्षीया बसुदा गुरुङ, १० वर्षकी छोरी..

धादिङको नेत्रावती र खनियाबासमा पहीरोले ७ घर वगायो- पाँच जना बेपत्ता,चार घाईते

धादिङ, १४ असार-  धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने खनियावास र नेत्रावती डपजोङ गाउँपालिकाको विभिन्न स्थानमा अविरल वर्षा पछी आएको पहिरोका कारण सात घर वगाएको छ भने पाँच जना बेपत्ता भएका छन् । चार जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार नेत्रावती डपजोङ गाउँपालिकाको मार्पाकमा पाँच घर पहिरोले बगाएकोे छ । यसै गरी गए राती..

सागर लामिछानेको अध्यक्षतामा नेपाल राहत शिक्षक समिति धादिङको कार्य समिति चयन

धादिङ- धादिङ जिल्लाभर कार्यरत राहत शिक्षकहरुको जिल्ला भेला सम्पन्न भएको छ । असार १ गते शुक्रवार धादिङबेसीमा सम्पन्न भएको भेलाले सागर लामिछानेको अध्यक्षतामा २२ सदस्यिय  नेपाल राहत शिक्षक समिति धादिङको चयन गरेको छ । भेलाबाट खुल्ला उपाध्यक्षमा जनार्दन नेपाल, दलित उपाध्यक्ष राजेन्द्र कोईराला, उपाध्यक्ष महिलामा जानुका खनाल चयन हुनु भएको..

खुल्यो शिक्षक सेवा आयोग,धादिङमा खुल्लामा १ सय १५, आरक्षणमा ९१ जना भिड्न पाउने

काठमाडौंः शिक्षक सेवा आयोगले लामो समय पछि प्राथमिक तहमा खुला प्रतिष्पर्धाका लागि विज्ञापन खुलाएको छ । आयोगका अनुसार कुल ९ हजार ९ सय ९६ पदका लागि विज्ञापन आह्वान गरिएको हो । प्राथमिक तह, तृतिय श्रेणी शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरिएको हो । विज्ञापन अनुसार धादिङ जिल्लामा खुल्लामा १ सय १५ जनाको लागि प्रतिष्पर्धा हुनेछ । ..

धादिङ लगायत देशभरका स्थानीय तहका १ हजार ६ सय जनप्रतिनिधि कारबाहीमा

देशका विभिन्न स्थानीय तहका १ हजार ६ सय जनप्रतिनिधि कारबाहीमा परेका छन् । तोकेको समयमा सम्पत्ति विवरण नबुझाउने जनप्रतिनिधि कारबाहीमा परेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती जनप्रतिनिधिलाई एक महिनाभित्र पाँच हजार रुपैयाँ जरिबानासहित सम्पत्ति विवरण पेस गर्न पत्र काटेको हो। सम्पत्ति विवरण नबुझाउने स्थानीय तहका..

खुकुरी प्रहारबाट रि गाउँमा एक जना घाईते

धादिङ,२३ जेठ -  धादिङको उत्तरी क्षेत्रमा पर्ने गंगाजमुना गाउँपालिका वडा नं १ रीगाउँमा  खुकुरीप्रहारबाट एकजना सख्त घाईते भएका छन् । दुई पक्षका युवाहरुबीच आपसी विवादमा भएको खुकुरी प्रहारका कारण नेत्रावती गाउँपालिका कटुन्जेका २२ वर्षीय सञ्जय तामाङ सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घाइते तामाङलाई उपचारका लागि..

राहत शिक्षकहरुको अधिबेशन , असार १ र २ गते धादिङबेसीमा

नेपाल राहत शिक्षक समिति धादिङको पहिलो अधिबेशन हुने भएको छ । देशभर छरिएर रहेका राहत शिक्षकहरुको हक हित र एकताका निम्ति काम गर्ने लक्ष्यका साथ स्थापना भएको नेपाल राहत शिक्षक समितिको धादिङ जिल्ला समितिले आगामी असार १ र २ गते धादिङबेसीमा प्रथम जिल्ला अधिबेशन गर्न लागेको जनाएको छ । धादिङ जिल्लाभर विभिन्न तहमा गरी ८ सय ५३ जना राहत शिक्षक..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad