ज्वालामुखी गाउँपालिका

खुल्यो शिक्षक सेवा आयोग,धादिङमा खुल्लामा १ सय १५, आरक्षणमा ९१ जना भिड्न पाउने

काठमाडौंः शिक्षक सेवा आयोगले लामो समय पछि प्राथमिक तहमा खुला प्रतिष्पर्धाका लागि विज्ञापन खुलाएको छ । आयोगका अनुसार कुल ९ हजार ९ सय ९६ पदका लागि विज्ञापन आह्वान गरिएको हो । प्राथमिक तह, तृतिय श्रेणी शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरिएको हो । विज्ञापन अनुसार धादिङ जिल्लामा खुल्लामा १ सय १५ जनाको लागि प्रतिष्पर्धा हुनेछ । ..

बूढीगण्डकी आयोजनामा फेरि बल्झियो मुआब्जा विवाद-डुबानपीडितको खाता एउटा बैंकमा, पैसा अर्कैमा

धादिङ : बहुचर्चित जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरण कार्य फेरि विवादमा तानिएको छ । प्रमुख जिल्ला अधिकारीको सरुवा, आयोजनाको कामकाजमा ढिलासुस्तीलगायत कारण चालु आर्थिक वर्षमा वितरण गरिने मुआब्जा वितरणमा ढिलाइ भइरहेका बेला जिल्ला प्रशासन कार्यालयबाट मुआब्जा रकम निकासा भइसक्दा पनि विवाद देखिएको छ..

धादिङ लगायत देशभरका स्थानीय तहका १ हजार ६ सय जनप्रतिनिधि कारबाहीमा

देशका विभिन्न स्थानीय तहका १ हजार ६ सय जनप्रतिनिधि कारबाहीमा परेका छन् । तोकेको समयमा सम्पत्ति विवरण नबुझाउने जनप्रतिनिधि कारबाहीमा परेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती जनप्रतिनिधिलाई एक महिनाभित्र पाँच हजार रुपैयाँ जरिबानासहित सम्पत्ति विवरण पेस गर्न पत्र काटेको हो। सम्पत्ति विवरण नबुझाउने स्थानीय तहका..

राहत शिक्षकहरुको अधिबेशन , असार १ र २ गते धादिङबेसीमा

नेपाल राहत शिक्षक समिति धादिङको पहिलो अधिबेशन हुने भएको छ । देशभर छरिएर रहेका राहत शिक्षकहरुको हक हित र एकताका निम्ति काम गर्ने लक्ष्यका साथ स्थापना भएको नेपाल राहत शिक्षक समितिको धादिङ जिल्ला समितिले आगामी असार १ र २ गते धादिङबेसीमा प्रथम जिल्ला अधिबेशन गर्न लागेको जनाएको छ । धादिङ जिल्लाभर विभिन्न तहमा गरी ८ सय ५३ जना राहत शिक्षक..

धादिङको त्रिपुरासुन्दरीमा मेगा बैंकको शाखा विस्तार

धादिङ- मेगा बैंकले धादिङको त्रिपुरासुन्दरी र उदयपुरको रौतामाई गाउँपालिकामा नयाँ शाखा विस्तार गरेको छ। बैंकले त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटार र रौतामाईको मुर्कुचेमा शाखा विस्तार गरेको हो। धादिङमा मेगा बैंकको चार वटा शाखा पुगेको छ। यसअघि नै धादिङबेसी, मलेखु बजार र ज्वालामुखी गाउँपालिकामा मेगा बैंकको शाखा विस्तार..

३ नम्बर प्रदेशमा धादिङ लगायत १० जिल्लामा छैन केन्द्रीय अस्पताल

 हेटौँडा । ३ नम्बर प्रदेशका १० जिल्लामा अझै पनि  केन्द्रीय अस्पताल अभाव रहेको छ । अत्याधुनिक उपकरणसहित विशेषज्ञ डाक्टरहरुको सेवासुविधासहित सञ्चालन हुने सरकारी अस्पतालहरु राजधानी काठमाडौँ, ललितपुर र चितवनमा मात्र सीमित रहेका छन् । अन्य जिल्लामा गम्भीर प्रकृतिका बिरामी भएको खण्डमा यी ३ जिल्लामा पु¥याउनुपर्ने बाध्यता रहेको छ..

धादिङका कुन स्थानीय तहले कति बजेट पाए ?

धादिङ– सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्थानीय तहलाई विनियोजन गरिएको रकम सार्वजनिक गरेको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले मंगलवार संयुक्त  संसदमा  पेश गर्नु भएको वजेट अनुसार धादिङको १३ वटा  स्थानीय तहले यो वर्ष  नीलकण्ठ नगरपालिकाले ५३ करोड ३८ लाख ,धुनिवेसी नगरपालिकाले २८ करोड ७४ लाख बजेट पाएको छ । खनियाबास गाउँपालिकाले १४..

धादिङवेसी सल्यानटार सडक निर्माणमा ढिलाई,सर्वसाधरणलाई सास्ती

धादिङवेशी सल्यानटार सडक निमार्ण कार्यमा भईरहेको ढिलाईका कारण धेरै जनाले सास्ती खेप्नु परेको भन्दै उक्त सडक निर्माण कार्य समयमै सम्पन्न गर्न सरोकारवालाहरुले सुझाव दिएका छन । सडक निर्माण कार्य ढिलो हुँदा धादिङ जिल्लाको उत्तरी भेग गोरखाको उत्तरी पूर्वी क्षेत्रका ग्रामीण भेगको जनजीवन निकै प्रभावित भएकोले तोकिएको मापदण्ड र समय सिमा..

अपडेटमा एकरुपता छैनन् स्थानीय तहका वेबसाइट

जिल्ला समन्वय समिति धादिङको अफिसियल वेभसाईट अपडेट हुन छाडेको छ । गएको माघ १५ गतेको मितिमा स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरुको लागि आयोजित अभिमुखिकरण कार्यक्रमको सूचना पछि कार्यालयले वेभसाईट अपडेट गरेको छैन । माघ १५ पछि जिल्ला समन्वय समितिले हालसम्म गरेका निर्णय पनि राखिएको छैन । जिल्ला समन्वय समितिको वेभसाईट..

नेकपा केन्द्रीय सदस्यमा धादिङका आठ जना

धादिङ, जेठ ८ -  नेकपा एमाले र एकीकृत नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीको ४ सय ४१ सदस्यीय केन्द्रीय समितिमा धादिङ जिल्लाका  ८ जना परेका छन् । नेकपाका महासचिव बिष्णु पौडेल द्धारा हस्ताक्षर गरी सार्वजनिक गरिएको प्रेस बिज्ञप्तिमा उल्लेख भए अनुसार तत्कालिन माओवादी केन्द्रका पोलिटव्युरो सदस्यद्धय पुष्पबिक्रम..

बुढीगण्डकीको मुआब्जामा लापरबाही : जग्गाधनीले पाएनन् घडेरीको मुआब्जा

काठमाडौं । बुढीगण्डकी आयोजनाले घडेरी जग्गाको किसिम फरक पारी थोरै मुआब्जा दिएको प्रभावित क्षेत्रका वसिन्दाले गुनासो गरेका छन् । प्रतिरोपनी ७ लाख ७३ हजार रुपैयाँ मुआब्जा पाउनुपर्ने घडेरी जग्गालाई किसिम फरक पारी बुढीगण्डकी आयोजना वातावरण, मुआब्जा वितरण, पुनर्बास तथा पुनर्स्थापना इकाइले थोरै रकममात्र मुआब्जा दिएको हो । मुआब्जा..

बूढीगण्डकी प्रभावितले छिट्टै मुआब्जा पाउने

काठमाडौँ । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितलाई तोकिएको समयमा नै मुआब्जा वितरण गर्ने र परियोजना निर्माणलाई गति दिने भएको छ । आयोजना प्रभावितलाई तोकिएको मुआब्जा वितरणका लागि धादिङ र गोरखाका प्रभावितले पटक पटक आग्रह गर्दै आएका थिए । चालू आर्थिक वर्षमा सरकारले बूढीगण्डकीका लागि रु १० अर्ब बजेट विनियोजन गरे पनि प्रभावितले..

बैकिङ पहुँच नभएका धादिङका ६ वटै स्थानीय तहमा खुल्ने भो बैंक

बैंकिङ पहुँच नपुगेका धादिङको ६ वटा स्थानीय तहमा  आगामी असार मसान्त भित्र अनिवार्य रुपमा बैकंको शाखा स्थापना गरी संचालनमा आउने भएको छ ।प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा वाणिज्य बैकको शाखा खोल्नु पर्ने सरकारी निर्णय अनुसार नेपाल राष्ट्रबैंकले समयसीमा नै तोकेर वाणिज्य बैंकहरुलाई स्थानीय तहमा शाखा बिस्तार गर्न निर्देशन दिएको हो..

किन रोकियो बुढीगण्डकीको मुआब्जा वितरण

धादिङ-बहुचर्चित राष्ट्रिय गौरवको बुढीगण्डकी जलबिद्युत्त आयोजनाका लागि अधिग्रहण गर्न लागिएको जग्गाको मुआव्जा बितरण अन्यौलमा परेको छ । आयोजना स्थलमा पर्ने धादिङ र गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले मुआव्जा वितरणको जिम्मेवारी लिन नमानेपछि बुढीगण्डकी आयोजनाका लागि अधिग्रहण गरिएको गोरखा र धादिङका जग्गाको मुआब्जा वितरण रोकिन..

बूढीगण्डकी आयोजनामा मुआब्जा लिन निवेदन दिनेको भीड

– प्रशन्न पोखरेल बेनिघाट, - गोरखा सिम्जुङकी ३५ वर्षीया सुकमाया गुरुङ बूढीगण्डकी जलविद्युत् आयोजनाको कार्यालय घ्याल्चोक सिउरेनीटार पुगेर फर्किनुभयो । उहाँ आफ्नो नाउँमा फुजेलमा रहेको जग्गाको मुआब्जा लिने प्रक्रियाका लागि निवेदनसहित कागजपत्र पेश गर्न त्यहाँ जानुभएको हो । घर फर्कंदै गर्दा खुशी हुँदै उहाँले भन्नुभयो,..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad