ज्वालामुखी गाउँपालिका

धादिङमा भिडभाड हुने कार्यक्रम सञ्चालनमा रोक

धादिङ,१२ चैत - धादिङमा भिडभाड हुने कार्यक्रम गर्न रोक लगाईएको छ । कोरोना भाइरसको जोखिम बढ्न सक्ने सम्भावना बढ्दै गएको भन्दै धादिङमा सार्वजनिक कार्यक्रम, भेला, महोत्सव, जात्रा लगायतका कार्यक्रम सञ्चालनमा रोक लगाईएको हो । बुधवार धादिङबेसीमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको छुट्टाछुट्टै बैठक बसी कोरोनाको..

अमराईमा ट्याक्टरकाे ठक्करबाट बालिकाको मृत्यु

धादिङ, १७ फागुन - धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ अमराईमा साेमबार भएको दुर्घटनामा एक जना बालिकाको मृत्यु भएको छ । ग १ त १०४१ नम्बरको खाली ट्याक्टरले टक्कर दिँदा विष्णु अधिकारीको ११ बर्षिया छोरी विवेस्ना अधिकारीको मृत्यु भएको प्रहरीले जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक महेन्द्र खड्काले जानकारी दिनुभयाे..

धादिङको गाउँ गाउँमा नेपाल टेलिकमको फोरजी सेवा

धादिङ- धादिङका गाउँ गाउँमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ । नेपालमै पहिलो पटक २०७३ सालमा काठमाडौं र पोखराबाट फोरजी सेवा सुरु गरेको सरकारी स्वामित्वमा सञ्चालित कम्पनी नेपाल टेलिकमले ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार गरेको हो। दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले देशका ७७ वटै जिल्लामा आफ्नो फोरजी एलटिई सेवा..

भूमिसम्बन्धी समस्या समाधान आयोगको धादिङ जिल्ला अध्यक्षमा रामहरी अधिकारी बिज्ञ सदस्यमा सन्जय दुवाडी र सदस्यमा गंगादेवी श्रेष्ठ नियुक्त

धादिङ – भूमिसम्बन्धी समस्या समाधान आयोगको धादिङ लगायत देशका सबै जिल्लामा भूमिसम्बन्धी समस्या समाधानका लागि सरकारले  जिल्ला अध्यक्ष र अन्य सदस्यको मनोनयन गरेको छ । आयोगको धादिङ जिल्ला अध्यक्षमा रामहरी अधिकारी (मुलपानी) बिज्ञ सदस्यमा सन्जय दुवाडी ( ढोला) र सदस्यमा गंगादेवी श्रेष्ठ ( नीलकण्ठ) लाई नियुक्त गरिएको राजपत्रमा प्रकाशित..

वाग्मती प्रदेश लोकसेवा आयोगले माग्यो १७४ अधिकृत स्तरका कर्मचारी

धादिङ-वाग्मती प्रदेशमा रहेका १३ जिल्लाका विभिन्न स्थानीय तहका लागि वागमती प्रदेश लोक सेवा आयोगले १७४ अधिकृतस्तरका कर्मचारी माग गरेको छ ।प्रदेश लोक सेवा आयोगले पहिलो पटक स्थानीय तहका लागि अधिकृत स्तरका कर्मचारीको बिज्ञापन खुलाएको हो ।   स्थानीय तहले माग गरेका आधारमा बिज्ञापन खुलाएको प्रदेश लोकसेवा आयोगका निमित्त सचिव भोला दाहालले..

ज्वालामुखीमा मेगा बैंक संग सहुलियत कर्जा सहकार्य सम्बन्धी सम्झौता

धादिङ–मेगा बैंक लिमिटेड र धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता भएको छ । सो सहकार्य सम्बन्धी सम्झौता पत्रमा सोमबार हस्ताक्षर भएको हो । सम्झौता पत्रमा मेगा बैंकका एसएमई कर्जा प्रमुख जनक भट्टराई ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोदराज तिमिल्सिना, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष..

साँधभञ्ज्याङमा २१८ जनाले गरे रक्तदान

धादिङ,१६ पुस । धादिङको ज्वालामुखी गाउँपालिकाको साँधभञ्ज्याङमा बिहिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ४५ औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेस ज्वालामुखीको कार्यालय स्थापना तथा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । नेपाली काँग्रेस ज्वालामुखी गाउँपालिका इकाई समितिको आयोजना तथा र नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार..

बूढीगण्डकी क्षेत्रका प्रभावित घरगोठको मुआब्जा माग्दै धर्नामा

धादिङ : राष्ट्रिय गौरवको आयोजनाको रुपमा चर्चा पाएपनि निर्माण कसरी हुने भन्ने बिषयमा गर्ने भन्ने टुंगो लाग्न नसकेको  बूढी गण्डकी जलाशययुक्त आयोजना क्षेत्र अन्तरगत गोरखा र धादिङका प्रभावितहरु ले आन्दोलन शुरु गरेका छन् । मंसिर १७ गते बुधबार गोरखाको गण्डकी गाउँपालिका स्थित सिउरिनीटारमा रहेको आयोजनाको कार्यालय अगाडि भेला भएर डुबान हुने..

धादिङका पाँच स्थानीय तहमा अस्पताल शिलान्यास

धादिङ, १५ मंसिर । धादिङको पाँच वटा स्थानीय तहमा एकैदिन ५ वटा अस्पतालको शिलान्यास भएको छ । गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ  धादिङ जिल्लाका पाँच वटा स्थानीय तहका साथै देशभरका विभिन्न ३ सय ९६ स्थानीय तहमा अस्पताल निर्माण गर्न लागिएको हो ।  चालू आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा..

धादिङमा एकै दिन ७१ जनामा कोरोना संक्रमण

धादिङ,२२ असोज । धादिङ जिल्लामा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ । लक्षणनै नदेखिएका र कुनै ट्राभल हिस्ट्रि नभएका व्यक्तिहरु समेत धमाधम कोरोना संक्रमित देखिन थालेका छन् । विहीवार मात्रै धादिङ जिल्लाका ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नीलकण्ठ नगरपालिका भित्रका ३९ जना रहेका छन् । बाँकी खनियावास,ज्वालामुखी,..

बूढीगण्डकी आयोजना प्रभावितहरुले बुझे ३२ अर्ब मुआब्जा

केशव अधिकारी धादिङ । आयोजना कस्ले बनाउने र कुन ढाँचामा बन्ने भन्ने बारेमा टुंगो लाग्न नसकेपनि प्रस्तावित १२ सय मेगावाटको बहुचर्चित जलाशययुक्त बूढीगण्डकी आयोजनाको प्रभावितहरुका लागि मुआब्जा वितरण कार्य भने भईरहेको छ । आयोजना प्रभावितहरुका लागि अहिलेसम्म सरकारले ३२ अर्ब २७ करोड रुपैयाँ खर्च गरिसकेको छ । धादिङ र गोरखा जिल्लाको सिमाना..

धादिङमा निषेधाज्ञा भदाै ९ गतेसम्म थप

 धादिङ ।  कोरोना संक्रमणको महामारी थप फैलन नदिन धादिङमा निषेधाज्ञालाई कडाई गरिने भएको छ । जिल्ला सुरक्षा समितिकाे बैठकले धादिङमा लगाईएकाे निषेधाज्ञा भदाै ९ गतेसम्मका लागि थप गरेको छ । साउन २८ गते जिल्ला प्रशासन कार्यालयले भदाै ३ गतेसम्म धादिङमा  निषेधाज्ञा जारी गरेको थियो । जिल्लामा कोभिड–१९ को महामारी समुदाय स्तरमा जान सक्ने..

धादिङमा सवारी दुर्घटना : पाँच वर्षमा ४१४ जनाले ज्यान गुमाए

 धादिङ : संघीय राजधानी काठमाडौंसँग देशका ६७ जिल्ला जोड्ने राष्ट्रिय राजमार्गको ८८ किलोमिटर खण्ड धादिङ जिल्लामा पर्दछ। धादिङ र चितवन जिल्लाको सीमा मौवा खोलादेखि नौबिसेसम्म ६७ किलोमिटर पृथ्वी राजमार्ग र नौबिसेदेखि झ्याप्ले खोलासम्म १२ किलोमिटर त्रिभुवन राजपथले काठमाडौं जोड्छ। त्रिभुवन राजपथकै नौबिसेदेखि हाप्सेचौरसम्म २० किलोमिटर..

गल्छीमा रहेको कर कार्यालय वन्द नहुने

गल्छीमा रहेको करदाता सेवा कार्यालय एक साताका लागि बन्द गर्न संकट व्यवस्थापन समितिले गरेको निर्णयलाई जिल्ला प्रशासन कार्यालयले सच्याएको छ । करदाताहरुले साउन मसान्त भित्रमा बुझाउनु पर्ने कर नबुझाएमा करदातालाई थप २५ प्रतिशत जरिवाना लाग्नुका साथै आन्तरिक राजस्व संकलनमा समेत प्रभाव पर्ने भन्दै जिल्ला प्रशासन कार्यालयले कर कार्यालय..

थोपलखोला आसपासमा बाढी पहिरोको त्रास

धादिङ धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी स्थित थोपल खोलामा पानीको बहाव बढ्दै जांदा आसपासका वासिन्दा त्रसित हुन थालेका छन् । नुवाकोट र धादिङ जिल्लाको सिमानामा पर्ने सामरी भ¥याङभुरुङबाट शुरु भएर दर्जनौं सहायक खोला र खोल्सी मिसिएर बग्ने थोपलखोला सिद्धलेक गाउँपालिकाको परेवाटारमा पुगेर त्रिशूली नदीमा मिसिएको छ । भ¥याङभुरुङबाट शुरु भएको..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad