
सदरमुकाम र वजार क्षेत्रमा बैंकका शाखा खुल्नेक्रम बढ्दै
धादिङ, - धादिङ जिल्लाको सदरमुकाम र मुख्य वजार क्षेत्रमा बैंक तथा वित्तीय संस्था खुल्नेक्रम बढ्दै गएको छ । सदरमुकाम धादिङबेसीमा अहिले बैकको संख्या १८ पुगिसकेको छ । नेपाल बैक, राष्ट्रिय वाणिज्य बैक, कृषि विकास बैंकका साथै एनआईसि एसिया,प्रभु, एभरेष्ट, हिमालयन, मेघा,सानिमा, सिद्धार्थ, सिभिल समेत गरि १२ वटा वाणिज्य बैंक सञ्चालनमा रहेका छन ।..