त्रिपुरासुन्दरी गाउँपालिका

धादिङमा यसरी मनाइँदैछ संविधान दिवस

धादिङबेसी । धादिङमा यस बर्षको संविधान दिवस विभिन्न कार्यक्रमका साथ भव्य तरिकाले मनाइने भएको छ । २०७६ सालको संविधान दिवस भव्यताका साथ मनाउनका लागि २०७६ भाद्र २५ गते जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको अध्यक्षतामा बैठक बसेको छ । वैठकले दिवस मनाउनका लागि १५१ सदस्यीय मूल समारोह समिति गठन गरेको छ । ‘‘संविधान दिवस तथा..

धादिङ अस्पताललाई प्रदेश सरकारको एक करोड २५ लाख अनुदान

धादिङ, २८ भदौ - प्रदेश नं ३ सरकारले धादिङ जिल्ला अस्पतालकाका साथै ३ नम्बर प्रदेशका आठ वटा सरकारी अस्पतालको सेवा विस्तार एवं सुदृढीकरणका लागि नौ करोड ५० लाख बजेट विनियोजन गरेको छ । प्रदेश सरकारको निर्णय कार्यान्वयन प्रक्रिया अगाडि बढे संगै धादिङ जिल्ला अस्पताले एक करोड २५ लाख रुपैयाँ अनुदान पाउने छ । प्रदेश भित्रका जिल्ला अस्पतालको सेवा..

धादिङमा पनि भेटियो डेंगु, अहिले सम्म २१ जना संक्रमित

धादिङ- डेङ्गु रोगबाट धादिङमा अहिले सम्म २१ जना विरामी भएका छन । स्वास्थ्य कार्यालय धादिङका अनुसार ज्वरो आएर धादिङ जिल्ला अस्पतालमा उपचारका लागि आएका मध्ये ९ जना महिला र १२ जना पुरुषमा डेंगुको संक्रमण देखा परेको हो । जिल्लाको सदरमुकाम आसपास भन्दा अन्य स्थानका विरामीको भने जिल्लामा अभिलेख नभएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत..

पहिचानका लागि हिन्दुराष्ट्र -राप्रपा बरिष्ठ उपाध्यक्ष तामाङ

धादिङ -नेपालको पहिचानका लागि हिन्दुराष्ट्र आवश्यक भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष एवम पुर्व गृहमन्त्री बुद्धिमान तामाङले वताउनु भएको छ । राजसंस्था सहितको हिन्दुराष्ट्र स्थापनाको एजेण्डा लिएर तेश्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा अभियानमा जुटेको राप्रपाको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्न गृह..

पेटमा व्लेडले प्वाल पारेर झाँक्रीबाट विरामीको उपचार

- केशव अधिकारी धादिङ, २५ भदौ -  दुर दराजका बस्तीमा मात्रै होइन जिल्ला सदरमुकाममै विरामीको उपचार अझै पनि  झाँक्रीले गर्छन भन्ने सुन्दा आश्चर्य लाग्न पनि सक्छ । झट्ट सुन्दा अचम्म लागेपनि धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमै यस्तै अन्धविश्वासको पछि लाग्दा एक परिवार झनै संकटमा परेका छन् । जण्डिसले थलिएका विरामीको तान्त्रिक विधिबाट उपचार..

शान्ति सुरक्षा,शुसासन आफ्नो पहिलो लक्ष्य- प्रजिअ तामाङ

धादिङबेसी -धादिङ जिल्लामा हालै मात्र सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जिल्लाको शान्ति सुरक्षा,शुसासन, सूचनाको हक र पारदर्शिता लाई कायम गर्नु आफ्नो पहिलो लक्ष्य रहेको बताउनु भएको छ । जिल्ला प्रसासन कार्यलय धादिङमा सोमबार जिल्लाका पत्रकारहरु संग परिचय गर्दै  प्रजिअ तामाङले धादिङ जिल्लाको राजमार्ग क्षेत्रका..

संविधान दिवसमा लगाउने राष्ट्रिय झण्डा अंकित टिसर्ट सार्वजनिक

काठमाडौं, २१ भदौ - यस पटकको संविधान दिवस कसरी मनाउने सोच राख्नु भएको छ । तपाईको सोच जे जस्तो भएपनि संविधान दिवस मनाउनका लागि लगाउने टिसर्टको नमूना भने अब देशैभरी एकैखालको हुने भएको छ । संविधान दिवसलाई भव्य रुपमा मनाउन आम नागरिकलाई आग्रह गरिरहेको गृह मन्त्रालयले संविधान दिवसका दिन लगाउने राष्ट्रिय झण्डा अंकित टिसटको नमूना सार्वजनिक..

नेकपा धादिङको कार्यवाहक अध्यक्षमा नेत्र पौडेल , सचिवमा विजय बुर्लाकोटी

धादिङ । दुई ठुला कम्युनिष्ट पार्टी एकीकरण भएर गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ जिल्ला कमिटीको अध्यक्ष र सचिव दुवै पदको जिम्मेवारी कार्यवाहक तोकिएको छ । अध्यक्षको जिम्मेवारी नेत्रराज पौडेललाई र कार्यवाहक सचिव विजय बुर्लाकोटीलाई चयन गरिएको छ । भदौ २१ गते शनिबार धादिङबेशीमा पार्टी अध्यक्ष भुमि त्रिपाठीको अध्यक्षतामा..

नेकपा धादिङको पालिका कमिटी अध्यक्ष र सचिव चयन

धादिङ,२१ भदौ - लामो समय देखि नेत्तृत्व विहिन अवस्थामा रहेको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) धादिङका १३ वटै स्थानीय तहले अध्यक्ष र सचिव पाएका छन । अध्यक्ष र सचिवको चयन संगै पालिका स्तरीय कमिटी गठनका लागि बाटो खुलेको छ । दुई पार्टी एकता भएपछि बिघटन भएका दुवै पार्टीका संगठनहरु लामो समय देखि निष्क्रिय अवस्थामा रहेको थियो । जिलाको १३ वटै..

भुलभुले थुम्किमा जिप दुर्घटना हुंदा १० जना घाईते

धादिङबेसी- धादिङबेसीबाट नीलकण्ठ नगरपालिकाको खाल्टे पात्ले तर्फ जांदै गरेको ग १ ज ६०६१ नम्बरको वोलेरो जिप नीलकण्ठ नगरपालिका वडा नम्बर ३ भुलभुले थुम्किमा दुर्घटना हुंदा १० जना घाईते भएका छन । मंगलबार दिउँसो सवा ३ वजे तिर भएको दुर्घटनामा परि जीपमा सवार १० जना घाइते भएका छन् । घाइतेहरु मध्ये ४ जनाको अवस्था गम्भिर रहेकाले उनिहरुलाई थप..

धौखोला नजिकै बोलेरो दुर्घटना, १५ जना घाइते

धादिङ, १५ भदौ -  धादिङको नीलकण्ठ नगरपालिका –९ धौखोला नजिकै बोलेरो जिप दुर्घटना हुंदा १५ जना घाईते भएका छन् । जिल्लाकै ज्वालामुखी गाउँपालिका–५ खरिबाट यात्रु लिएर सदरमुकाम धादिङबेसी आउँदै गरेको ग १ ज ५४३१ नम्बरको बोलेरो जिप आईतबार विहान ९.२० वजे तिर धौखाला नजिकै सडकबाट ५ मिटर तल खस्दा १५ जना घाइते भएका हुन । दुर्घटनामा परि घाइते भएका मध्ये..

मुक्तिनाथ विकास बैंकको  हकप्रद सेयर बिक्री खुला

धादिङ- मुक्तिनाथ विकास बैंकको ६१.२९ लाख कित्ता हकप्रद सेयर भदौ १२ गते विहिबार बाट बिक्री खुला भएको छ । गत असार ३० गते नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ विकास बैंकलाई चुक्तापुँजीको २०५ अर्थात १० : २ अनुपातमा ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँबराबरको हकप्रद सेयर निष्कासनको अनुमति दिएको थियो । जसअनुसार विद्यमान १० कित्ता साधारण सेयरबराबर थप..

जिल्ला समन्वय समिति धादिङको तेश्रो जिल्ला सभा सम्पन्न

धादिङ, ११ भदौ - जिल्ला समन्वय समिति धादिङको तेश्रो जिल्ला सभा मंगलबार धादिङबेसीमा सम्पन्न भएको छ । समन्वय समितिका प्रमुख जगन्नाथ नेपालको अध्यक्षतामा भएको जिल्ला सभाको प्रमुख अतिथि प्रदेश नम्बर ३ का मुख्य मन्त्री डोरमणी पौडेल रहनु भएको थियो । जिल्ला सभालाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मुख्य मन्त्री पौडेलले स्थानीय तहले..

धादिङ बारका पूर्व अध्यक्ष दुर्गा तिवारीको निधन

धादिङ,१० भदौ - धादिङ जिल्ला अदालत बार एशोसियशनका पुर्व अध्यक्ष अधिवक्ता दुर्गा तिवारीको उपचारको क्रममा सोमबार शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौंमा निधन भएको छ । २०७४ वैशाख १३ गते रातिको २ बजे धादिङबाट काठमाडौं गईरहेको तिवारी बढेको एम्बुलेन्सल थांक्रेगाउँपालिकाको एक्लेफाँट भन्ने ठाउँमा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको..

धादिङमा पनि राष्ट्रिय परिचय पत्र वितरण गरिने

धादिङ- जिल्ला प्रशासन कार्यालय मार्फत धादिङ जिल्लामा पनि राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । परिचय पत्रका तयार पार्नका लागि छिट्टै विवरण संकलनका काम शुरु गरिने राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका सूचना प्रविधि निर्देशक सुवाष ढकालले जानकारी दिनु भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङ र राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad