त्रिपुरासुन्दरी गाउँपालिका

ज्यान मुद्दामा फरार अभियुक्त १७ वर्षपछि पक्राउ

धादिङ, १ साउन - कर्तव्य ज्यान मुद्दामा संलग्न भई फरार रहेको अभियोग लागेका एक अभियुक्तलाई धादिङ प्रहरीले घटना भएको १७ वर्षपछि पक्राउ गरेको छ । २०५९ साल असार ८ गते धादिङ जिल्लाको आगिन्चोक गाविस वडा नम्बर ६ हालको त्रिपुरासुन्दरी गाउँपालिकामा विवाहमा आएका गोरखा जिल्लाको कान्द्राङ गा.वि.स वडा नं.१ बस्ने ६४ वर्षीय लिलामान परियारको कुटपिट बाट..

धादिङबेसीबाट १२ लाख ८० हजार लुटेर भागेका रामवहादुुर नागढुंगामा पक्राउ

धादिङ, २५ असार - धादिङको सदरमुकाम धादिङबेसीबाट उपभोक्ता समितिको १२ लाख ८० हजार रुपैया लुटेर भागेको आरोपमा धादिङ खनियाबास गाउँपालिकाका एक युवक काठमाण्डौंको नागढुंगाबाट पक्राउ परेका छन् । धादिङको खनियावास गाउँपालिका वडा नं २ झार्लाङको अक्थली–फ्याजा गाउँ सडक निर्माण उपभोक्ता समितिको नाममा चेक साटेर बैकंबाट रकम निकाल्ना साथ समितिकै..

जन्मदिनमा ‘सुनको पिंजडा’ खोलिन सृजनाले

धादिङ – केही समय यता धादिङ जिल्लामा साहित्यिक गतिविधि निकै सुस्त हुन पुगेको छ । देश विदेशमा समेत ख्याती कमाएका दर्जनौं चर्चित साहित्यकारहरुको जिल्ला धादिङको साहित्यिक अभियान सुस्ताउँदै कृति प्रकाशन गर्ने क्रम घट्दै गईरहेको बेला  साहित्यकार सृजना अर्याल अधिकारीको ‘सुनको पिंजडा’ कविता संग्रह  बजारमा आएको छ ।  जिल्लाका साहित्यकारले..

ज्वालामुखीको काउलेडाँडामा ट्रक पल्टिंदा एकजनाको मृत्यु, तीन जना घाईते

धादिङ १९ असार - धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ६ काउँलेडाडा स्थित ग्रामीण सडकमा बिहीबार दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा परि तीन जना घाईते भएका छन । दुर्घटनामा परि मृत्यु हुनेमा ज्वालामुखी गाउँ पालिका वडा नंम्बर ६ का ३६बर्षिय कृष्ण बहादुर रम्तेल रहेको जिल्ला प्रहरी कार्यालय धादिङले..

धादिङमा खुल्ला हिले दौड प्रतियोगिता सम्पन्न

धादिङ, १५ असार - राष्ट्रिय धान दिवसको अवसर पारेर धादिङमा खुल्ला हिले दौड प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय लोक खेल संरक्षण तथा अनुसन्धान संघले धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ बिर्तावेसीमा हिले दौड प्रतियोगिताको आयोजना गरेको होे । आधुनिक विकासले नेपाली लोक संस्कृति र चाल चलन ओझेलमा पर्दै गएकोले नयाँ पुस्तालाई..

धुंवाकोटमा दुर्घटना,एकजनाको मृत्यु ,पाँच जना घाईते

धादिङ, ५ असार -  धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ को धुंवाकोटको पाग्रेंखोला स्थित ग्रामीण सडकमा भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ पाँच जना घाईते भएका छन । धादिङबेसीबाट नेत्रावती डबजोङ गाउँपालिकाको सेमजोङ जाँदै गरेको बा १ ज ६०२१ नम्वरको बलेरो जिप विहिवार दिउँसो ३ वजे तिर नीलकण्ठ नगरपालिका वडा नम्बर १४ को धुंवाकोटको..

धादिङबेसीमा खुल्यो पहिलो ट्राभल्स एण्ड टुर्स सेवा

धादिङ-काठमाडौको ठमेलमा प्रधान कार्यालय रहेको माउन्टेन डिलाइट्स टुर एण्ड ट्राभल्सले धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा आफ्नो शाखा विस्तार गरेर जिल्लाको पहिलो ट्राभल्स एण्ड टुर्स सेवा संचालनमा ल्याएको छ । सेवामूलक उद्योगका रुपमा रहेको ट्राभल्स एजेन्सीले धादिङमा आन्तरिक तथा बाह्य पर्यटकलाई सहज यात्राका लागि सहयोग पुग्ने बताईएको छ..

भूकम्प पीडितहरुको पुनः जाँच सर्वेक्षणको म्याद १५ दिन थपियो

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनःजाँच सर्वेक्षण अन्तर्गत स्थलगत लगत संकलनको म्याद १५ दिन थपेको छ । म्याद गप गरिएपछि लगत संकलन कार्य असार १५ गतेसम्ममा सकाउन सकिने भएको छ । यसअघि जेठ मसान्तसम्म सर्वेक्षण गरिने तय भएको भए पनि सबै जिल्लामा लगत संकलन कार्य सम्पन्न हुन नसकेकाले १५ दिन म्याद थपिएको हो । राष्ट्रिय..

पास्नी भोज खाँदा विरामी परेका १६ जनाको उपचार हुँदै

धादिङ, ३१ जेठ - पास्नी भोज खाँदा विरामी परेर जिल्ला अस्पताल भर्ना गरिएका २० जना मध्ये ८ जनाको जिल्ला अस्पताल धादिङका उपचार भईरहेको छ । ८ जना थप उपचारका लागि काठमाण्डौ गएका छन भने ३ जना उपचार पछि घर फर्किएका छन । धादिङको नीलकण्ठ नगरपालिका– वडा नम्बर ११ सिम्लेमा बुधबार रेशम आले मगरको छोराको पास्नी खाएर फर्किएका स्थानीयहरु बिरामी परेका थिए..

पास्नी भोज खाएका ३० जना विरामी ,१९ जना अस्पताल भर्ना

धादिङ, ३० जेठ- धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ११, ज्यामरुङ सिम्लेमा पास्नीको भोज खाएका ३० जना बिरामी परेका छन् । बुधबार दिउँसो सिम्लेका रेशम आलेको छोराको पास्नी भोज खाएकाहरु रातिदेखि नै बिरामी हुन थालेको स्थानीयले बताए । विरामीको प्राथमिक उपचारमा संलग्न भएका स्वास्थ्यकर्मी सुजन घलेका अनुसार बिरामीहरुमा झाडावान्ता हुने, रिंगटा..

बाबुको उपचार गर्न गएका दुर्गाप्रसाद आफैं २६ महिनादेखि अस्पतालमा

  काठमाडौं– शिक्षण अस्पताल महाराजगञ्ज। न्युरो वार्डको बेड नम्बर ४१ मा उपचाररत छन्, धादिङका ४५ वर्षीय दुर्गाप्रसाद तिवारी। श्रीमानको सेवामा दिनरात खटिएकी छिन्, ४१ वर्षीया सकुन्तला। गाह्रो हुँदा आइसियू र भेन्टिलेटर चाहिने दुर्गाप्रसादलाई अहिले टिचिङ अस्पताल न्युरो वार्डको निःशुल्क वार्डमा राखिएको छ । गाडी दुर्घटनामा परेर टाउकोमा..

आँखु नदीमा डुबेर एक युवती वेपत्ता

धादिङ,२९ जेठ - धादिङको आँखु नदी किनारमा लुगा धुँदै गर्दा एक्कासी बाढी आएर बगाउँदा१९ वर्षिया विपना भुसाल बेपत्ता भएकी छिन । दाङ जिल्ला घर भएकी भुसाल विनायक कलेज काठमाडौंमा एचए अध्ययनरत थिइन । उनी प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटारमा प्राक्टिकलको लागि आएकी हुन । बुधवार दिउँसो धादिङको नीलकण्ठ नगरपालिका–१० टारीबेसी स्थित आंखु नदीको..

नीलकण्ठ मेयर कपको उपाधि चुम्यो धादिङ फुटसलले

धादिङ, २८ जेठ - नीलकण्ठ नगरपालिकाको आयोजनामा सदरमुकाम धादिङबेसीमा पहिलो पटक आयोजना गरिएको नीलकण्ठ मेयर कप २०७५ सम्पन्न भएको छ । प्रतियोगितामा १ लाख ५ हजार पुरस्कार राशीको फुटबलको उपाधी धादिङ फुटसल टिमले चुमेको छ । गएको शुक्रवार देखि शुरु भई सोमबार सम्पन्न भएको खेलको फाईनलमा धादिङ फुटसल र साँङकोष बीच भएको प्रतिस्पर्धामा विपक्षी समूहलाई..

तरुण दल धादिङका उपाध्यक्ष राधाकृष्ण भण्डारी ‘राधे’ पक्राउ

धादिङ २३ जेठ – नेपाली काँग्रेस निकट नेपाल तरुण दल धादिङका उपाध्यक्ष राधे उपनामले चिनिने राधाकृष्ण भण्डारी गुण्डागर्दीको आरोपमा पक्राउ परेका छन् ।  बुधबार साँझ धादिङको वेनिघाट रोराङ गाउँपालिका ३ कात्राकबाट भण्डारीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो।धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारका अनुसार खुँडा र चक्कु देखाउँदै..

स्वास्थ्यलाई हानी पु¥याउने बिषादी मिसिएको आँप वजारमा

धादिङ -  नेपाली वजारमा अहिले भारतीय वजारबाट ल्याईएको बिषादी मिसाईएको  आँप  बिक्री बितरण बढ्दै गएको छ । जेठ दोस्रो साता देखि तराईका जिल्लामा  आँप  पाक्न सुरु गरेको छ ।  तर ति आँप बजारमा नपुग्दै बैसाख मध्य देखिनै धादिङ सहित नेपाली बजारमा आँप धमाधाम बिक्री भइरहेका छन् । हाल बजारमा पाइने आँप भारतीय बजारबाट भित्र्याइएका हुन् ।धादिङको सदरमुकाम..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad