त्रिपुरासुन्दरी गाउँपालिका

आँखुखोलाको आईपीओ आइतवार बाँडफाँट हुने

धादिङ १० कात्तिक । आँखुखोला जलविद्युत कम्पनीको आईपीओ कात्तिक ११ गते आइतवार बाँडफाँट हुने भएको छ । आईपीओ निष्कासन तथा विक्री प्रबन्धक सिभिल क्यापिटलले आइतवार विहान ११ बजे आईपीओ बाँडफाँट गर्ने तयारी भएको बताएको हो । कम्पनीले असोज २३ देखि असोज २६ गतेसम्म सर्वसाधारणका लागि १३ लाख ७६ हजार २० कित्ता आईपीओ विक्री खुला गरेको थियो । यस आईपीओमा..

ढुङ्गा, बालुवा र गिटीको उत्खननको नियमन गर्न समिति

काठमाडौँ, ९ कात्तिक - सरकारले ढुङ्गा, बालुवा र गिट्टीको उत्खनन र बिक्री प्रक्रियाको नियमन गर्न अनुगमन तथा समन्वय समिति गठन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ढुङ्गा, बालुवा र गिट्टीको उत्खननको नियमनका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा समिति गरिएको मन्त्रालय सहसचिव पुरुषोत्तम नेपालले जानकारी..

शाखा अधिकृतमा धादिङको प्रतिनिधित्व बढ्दो क्रममा

धादिङ- केही बर्ष यता धादिङ जिल्लाबाट लोक सेवा आयोगमा शाखा अधिकृत पदमा उत्तिर्ण हुनेहरुको संख्या बढ्दै गएको छ । २०७२ र २०७३ सालमा क्रमश: ३ जना र ५ जना अप्राविधिक तर्फ राजपत्रांकित तृतिय श्रेणी शाखा अधिकृत पदमा सिफारिस भएकोमा यस वर्ष धादिङका ६ जना उम्मेदवार सफल भएका छन् । यस वर्ष धादिङबाट सिफारिस हुने शाखा अधिकृतहरुमा सुप्रिया सिलवाल..

विश्व पोलियो दिवसको अवसरमा धादिङबेसीमा सचेतनामुलक ¥याली

धादिङबेसी–प्रत्येक बर्षको २४ अक्टोवरका दिन विश्वभर विभिन्न कार्यक्रम गरी मनाइने गरिएका विश्व पोलियो दिवस बुधवार नेपालमा पनि मनाईएको छ । पोलियो बिरुद्ध सामाजिक जागरण फैलाउने कार्यक्रमहरु गरेर विभिन्न संघ संस्थाले यो दिवस मनाइदै आएका छन् । यसैवीच विश्व पोलियो दिवसको अवसरमा रोटरी क्लव अफ धादिङले सदरमुकाम धादिङबेसी बजारमा बुधवार..

धादिङ जिल्ला अस्पतालमा चिकित्सक अभाव

धादिङ - नीलकण्ठ नगरपालिका –४ की ६ महिनाकी गर्भवती सेतीमाया राना भिडियो एक्सरे गराउन जिल्ला अस्पतालमा आइन्। तर, अस्पतालको ढोकैमा भिडियो एक्सरे सेवा बन्द भएको सूचना देखेपछि निराश बनिन्। भिडियो एक्सरे सेवा किन बन्द भयो भनेर बुझ्दा अस्पतालमा चिकित्सक नभएको जानकारी पाइन्। ‘आफ्नो र पेटमा भएको बच्चाको अवस्थाबारे जान्न आएकी थिएँ,’ रानाले..

नयाँ नोट साट्न धादिङबेसीमा विहानै देखि लाईन

दशैंका लागि नयाँ नोट साट्न शनिवार विहानै देखि   सर्वसाधरण लाईनमा उभिएका छन ।  धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा रहेको राष्ट्रिय वाणिज्य बैक शाखा कार्यालयले नयाँ नोट साट्ने भएपछि शनिवार विहान ७ वजे देखि सर्वसाधरण लाइनमा लागेका छन । बैकले एक जनालाई १८ हजार ५ सयका दरले नयाँ नोट सटही गरिदिएको छ । जिल्लामा रहेका अन्य निजी बैकले नयाँ नोट..

नेकपा धादिङको पदाधिकारीहरुको संयुक्त बैठक सम्पन्न,कार्यालय मदन आश्रित भवनबाटै

धादिङ- दुई ठुला कम्युनिष्ट पार्टी एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)को केन्द्रिय कमिटि वनेपनि तल्लो तहका कमिटि एकीकरण हुुन नसक्दा पार्टी कार्यकर्ताहरुमा निराशा छाएको छ । पार्टीको गतिविधि शुन्य अवस्थामा पुगेको छ भने  जिल्ला नेतृत्वमा आउन चाहनेहरुको दौडधुप पनि चलिरहेको छ । केही दिन अघि मात्रै केन्द्रीय कमिटिले प्रदेश..

आँखुखोला जलविद्युतको १३ करोड ७६ लाखको आईपीओ खुल्यो

धादिङ- आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडले आईपीओ  बिक्री खुला भएको छ । कम्पनीले असोज २३ गतेदेखि सर्वसाधारणका लागि १३ करोड ७६ लाख दुई हजार रुपैयाँको आईपिओ बिक्री खुला गरेको हो । कम्पनीले  बिक्री सुरु गरेको आईपीओ बिक्री छिटोमा यही असोज २६ गतेसम्म र ढिलोमा कात्तिक ६ गतेसम्म हुने भएको छ । कम्पनीले निष्काशन गर्न लागेको कूल १३ लाख ७६ हजार २०..

लागुऔषध गाँजा सहित वेनिघाटरोराङ बाट ४ जना पक्राउ

वेनिघाटरोराङ - लागु औषध गाँजा नियन्त्रणका लागि अभियान संचालन गरिरहेको धादिङ प्रहरीले शुक्रवार लागु औषध जाँजा सहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्लाको वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ४ रुदिङका वेदवहादुर सार्र्की र ठाकुरराम प्रजा रहेका छन । यसै गरी लागु औषध गाँजाको ओसार पसार तथा बिक्री वितरणको कारोबारमा संलग्न..

धादिङमा पत्नीसँग सम्वन्ध विच्छेदको माग गर्दै १८ पुरुषले गराए मुद्दा दर्ता

धादिङ, १७ असोज - नयाँ मुलुकी ऐन लागु भएपछि पत्नीसँग वैवाहिक सम्बन्ध विच्छेदको माग गर्दै पुरुषहरू पनि अदालत  जाने क्रम बढेको छ । जिल्ला अदालत धादिङमा सम्बन्ध विच्छेद गरिपाँउ भन्दै डेढ महिनाको  अवधीमा १८ जना  पुरुषले मुद्दा दर्ता गराएको धादिङ जिल्ला अदालतले जनाएको छ । जिल्ला अदालत धादिङका श्रेस्तेदार उदयराज काफ्लेका अनुसार २०७५ भदौ एक..

धादिङ कारागारको पुस्तकालयलाई रोटरी क्लवको सहयोग (फोटो फिचर)

धादिङबेसी १५ असोज । जिल्ला कारागार धादिङमा रहेका कैदी बन्दीका लागि पुस्तक र  स्टिल दराज हस्तान्तरण गरिएको छ । सामाजिक सेवा समर्पित संस्था रोटरी क्लव अफ धादिङ र रोटरी क्लव अफ नारायणगढको संयुक्त आयोजनामा सोमबार पुस्तक र लाईब्रेरीका लागि स्टिल दराज हस्तान्तरण गरिएको हो । रोटरी क्लव अफ नारायणगढका अध्यक्ष रमेश पौडेलको अध्यक्षतामा..

भैरबी बचत तथा ऋण सहकारीको १७ औं साधारण सभा सम्पन्न

धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा रहेको भैरवी बचत तथा ऋण सहकारी संस्थाको १७ औं बार्षिक साधारण सभा शनिवार धादिङबेसीमा सम्पन्न भएको छ । संंस्थाका अध्यक्ष इश्वरकुमार श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अतिथि धादिङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य खेम लोहनी रहनु भएको थियो । मुलुकको आर्थिक विकासका लागि सहकारी..

सदरमुकाम छेउमै सडकमा मोटर नचल्दा पुनरनिर्माण प्रभावित

धादिङ -सदरमुकाम संग सिमा जोडिएको नीलकण्ठ नगरपालिका वडा न. १४ धुवाकोटमा सडक क्षतिग्रस्त भएपछि पुनरनिर्माण समेत प्रभावित भृएको छ । वर्षको पानी पर्न थालेपछि नचलेको सडकले गर्दा सामान ढुवानी हुन सकेको छैन । अत्यावस्यक सामाग्री समेत बोकेर गाउँ पुर्याउनु पर्ने अबस्था भएपछि गाउँमा वर्षको समयमा गाउँबासीले घर निर्माण गर्न नसकेका हुन्..

दुई महिनादेखि अनमी हराउँदा स्वास्थ्य सेवा प्रभावित

धादिङ - नीलकण्ठ नगरपालिका वडा न. १४ को धुवाकोट स्वास्थ्य चौकीमा अनी स्वास्थ्यचौकीमा विना सूचना अनुपस्थित हुँदा स्वास्थय सेवा नै प्रभावित भएको छ । वर्षको समय सडक मा यातायात साधन चल्न सक्ने अवस्था छैन । गाउँमा स्वासथयकर्मी समेत नभएपछि सुत्केरी गराउनु पर्ने विरामीहरु बोकेर सदरमुकामसम्म पुर्याउनु परेको र अनमी नहुँदा स्वास्थ्य सेवा नै..

वाल यौनशोषण विरुद्ध सचेतना जगाउन गाउँ गाउँमा अभियान

धादिङ, –बाल यौन शोषण,यौन,प्रजनन स्वास्थ्य शिक्षा र बालविवाहका बिरुद्ध जन चेतना जगाउन धादिङ जिल्लामा संचालित वाल यौन शोषण विरुद्ध सचेतना कार्यक्रम प्रभावकारी वन्दै गएको छ । धादिङ जिल्लामा रहेर वालवालिका तथा महिलाका क्षेत्रमा काम गर्दै आईरहेको आवाज अभियान नेपाल अन्र्तगत सञ्चालनमा आएको वाल यौन शोषण विरुद्ध सचेतना कार्यक्रमको कारण..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad