त्रिपुरासुन्दरी गाउँपालिका

लकडाउनको मौका छोपी मुलपानीमा खयर सखाप

धादिङ,२९ चैत - मुलुक लकडाउनले ठप्प भएको बेला धादिङको त्रिपुरासुन्दरी गाउँपालिका, वडा नम्बर ३ स्थित मुलपानीमा तस्करहरूले खयरको जंगल सखाप नै हुनेगरी फँडानी गरेका छन् ।   केही दिन यता जंगलमा ठुलो परिणाममा अवैध ढंगबाट खयर कटान भएको छ। कटान भएको खयर डिभिजन वन कार्यालय धादिङले नियन्त्रणमा लिएको छ। खयर कटान भएको क्षेत्र सव-डिभिजन वन कार्यालय..

लकडाउन आगामी वैशाख ३ गतेसम्म थप्ने सरकारको निर्णय

डिन्यूज डेलि काठमाडौं– दुई साथता देखि जारी रहेको लकडाउनको अवधि आगामी २०७७ साल वैशाख ३ गतेसम्म थप गर्ने निर्णय सरकारले गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अब एक साताका लागि लकडाउनको अवधि थप गरेको हो । सरकारले नेपालमा कोरोनाको महामाारीबाट जोगिन चैत ११ गते पहिलोपटक सात दिनका लागि लकडाउन घोषणा..

देशभरका ५० हजार स्वयंसेविका कोरोना रोकथाम र उपचारमा परिचालन गरिने

काठमाडौं, २३ चैत - सरकारले कोरोना रोकथाम र उपचारमा देशभरका ५० हजार ग्रामिण स्वास्थ्य स्वयंसेविका हरुलाई कोरोना भाइरसको उपचार कार्यमा लगाउने भएको छ । कोरोना भाइरस ९कोभिड–१९० संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आईतबार साँझ बसेको बैठकले ग्रामिण स्वास्थ्य स्वयंम सेविकाहरुलाई उचित प्रोत्साहन भत्ता दिएर र विमा सहितको..

कर बुझाउने र नवीकरण अवधि वैशाख महिना कायम

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र, सवारी साधनको नवीकरण, प्रदूषण नवीकरण र कम्पनीहरूको नवीकरण अवधि वैशाख महिना कायम गर्दै सोअनुरूप बुझाउनुपर्ने शुल्क तथा कर विलम्ब दस्तुर मिनाहा गर्ने भएको छ । यसका लागि केन्द्रीय सरकारले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई जिम्मेवार निकायको रूपमा तोकेको छ भने सहयोगी निकायका..

एसईईको मिति तोकिएको भ्रम फैलाउनेलाई कारवाही हुने

काठमाडौं- प्रविधिको दुरुपयोग गरि सामाजिक सञ्जाल मार्फत भ्रामक हल्ला फैलाएको भन्दै त्यसमा संलग्न व्यक्तिको पहिचान गरि कारवाही गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा ११, १२ को परीक्षा मिति तोकिएको भन्दै बुधवार बिहान देखि सामाजिक सञ्जालमा भाईरल भएको सूचना भ्रामक रहेको र परीक्षाको नयाँ मिति..

कोरोनाभाइरस के हो ? कसरी बच्ने ?

भाइरसबारे के जानकारी उपलब्ध छ ? कोभिड १९ भाइरस कोरोनाभाइरस परिवारको सदस्य हो। यो भाइरस पोहोर वर्षको अन्त्यतिर पशुबाट मानिसमा सर्यो। पहिले संक्रमितमध्ये धेरैजसो कि त चीनको उहानस्थित सिफुडको थोक बजारमा काम गर्थे वा त्यहाँ बारम्बार किनमेल गर्थे। एउटा प्रजातिदेखि अर्कोमा सरेको भाइरस मानिसमा निकै प्रभावकारी देखिएको छ। रोकथामका बलियो..

नेपाल भ्रमण वर्ष औपचारिक रुपमा स्थगित

काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम औपचारिक रुपमा स्थगित गरेको छ । मन्त्रिपरिषद्को गत चैत ९ गते भएको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए । यसअघि अप्रिलसम्मका लागि भ्रमण वर्ष स्थगन गर्ने निर्णय भएको थियो । भ्रमण वर्ष स्थगन भएसँगै..

कोरोना नियन्त्रण तथा उपचार कोषमा बागमती प्रदेश सरकारको ५० करोड

हेटौंडा - बागमती प्रदेश सरकारले प्रदेशको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम थप गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले कोषमा ४० करोड थप्ने निर्णय गरेको हो । सरकारले १० करोड रकममा शुरु भएको कोषलाई बढाएर रु ५० करोड पु¥याएको हो । मुख्यमन्त्री निवास चैकीटोल हाइटमा बसेको..

मन्त्रीपरिषदको निर्णय- ८ दिन थपियो लकडाउन

सरकारले पहिलो चरणमा घोषणा गरेको लकडाउन अवधि सकिन एक दिन बाँकी हुँदा थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ । अब चैत २६ गते सम्म देश लकडाउनमा जानेछ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथामका लागि नेपालमा थप आठ दिन ‘लकडाउन’ गर्न ‘कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई सिफारिस गरेअनुसार मन्त्रीपरिषद्ले..

धादिङमा परीक्षा केन्द्र टाढा भएपछि विद्यार्थीले पढाइ छाडे

पढ्न पाउनु हरेक बालवालिकाको नैसर्गिक अधिकार हो । संविधानले प्रदत्त गरेको यो अधिकार कार्यान्वयन गर्ने जिम्मेवारी पाएको स्थानीय तह वालमैत्री नहुंदा कक्षा ८ को परीक्षा दिनबाट ग्रामीण भेगका वालवालिका बञ्चित भएका छन् । परीक्षा केन्द्र धेरै टाढा राखेपछि दक्षिणी धादिङको बाँसखर्क आधारभुत विद्यालयबाटका पाँच विद्यार्थीले पढाइ छाडेका छन्..

सदरमुकाम र वजार क्षेत्रमा बैंकका शाखा खुल्नेक्रम बढ्दै

धादिङ, - धादिङ जिल्लाको सदरमुकाम र मुख्य वजार क्षेत्रमा बैंक तथा वित्तीय संस्था खुल्नेक्रम बढ्दै गएको छ । सदरमुकाम धादिङबेसीमा अहिले बैकको संख्या १८ पुगिसकेको छ । नेपाल बैक, राष्ट्रिय वाणिज्य बैक, कृषि विकास बैंकका साथै एनआईसि एसिया,प्रभु, एभरेष्ट, हिमालयन, मेघा,सानिमा, सिद्धार्थ, सिभिल समेत गरि १२ वटा वाणिज्य बैंक सञ्चालनमा रहेका छन ।..

शुक्रवार देखि धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु

धादिङ, -शुक्रवार देखि धादिङको सदरमुकाम धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु भएको छ । शुक्रवार देखि धादिङबेँसीस्थित खुला मञ्चमा सातौँ धादिङ महोत्सव शुरु भएको हो । महोत्सव फागुन १३ गते सम्म संचालन हुने छ । महोत्सवको उद्घाटन गर्दै पुर्व प्रधानमन्त्री एवम नेकपाका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले धादिङ जिल्ला राजनैतिक मानचित्रमा मात्र..

शुक्रवार देखि धादिङबेसीमा सातौं धादिङ महोत्सव

धादिङबेसी- सातौं धादिङ महोत्सव फागुन २ गते शुक्रवार देखि धादिङबेसीमा शुरु हुंदैछ । धादिङ उद्योग वाणिज्य संघको आयोजनामा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ खुल्लामञ्चमा आयोजना गरिएको महोत्सवको पूर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दहालबाट उद्घाटन हुने भएको छ । महोत्सवको उदघाटन हुनुअघि शुक्रवार सदरमुकाम धादिङबेसीका विभिन्न..

सातौँ धादिङ महोत्सव फागुन २ गते देखि

धादिङ–‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत, पर्यटन र उद्योगको पूर्वाधार’ भन्ने मूल नाराका साथ ‘सातौँ धादिङ महोत्सव २०७६’ आयोजना गरिने भएको छ । आगामी फागुन २ गतेदेखि १३ गतेसम्म नीलकण्ठ नगरपालिका वडा नम्बर ३ खुल्लामञ्चमा महोत्सवको आयोजना गर्न लागिएको हो । धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव जिल्लाको नीलकण्ठ..

धादिङकी उर्मिला थपलिया नेविसंघको महामन्त्री

धादिङ, १९ माघ - नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ)को महामन्त्रीमा धादिङकी युवा नेतृ उर्मिला थपलिया नियुक्त भएकि छिन । नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार युवा नेतृ थपलियालाई महामन्त्रीमा नियुक्त गरिएको हो ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत माघ १६ गते गठित ‘नेपाल विद्यार्थी संघ..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad