नीलकण्ठ नगरपालिका

धादिङ थाँक्रेका १० जनाको पिसिआर रिपोर्ट नेगेटिभ

धादिङ,९ जेठ - धादिङ जिल्लाका तेश्रो कोरोना संक्रमित थाँक्रे गाउँपालिका वडा नम्बर ७ का एक पुरुषको परिवार र सम्पर्कमा रहेका १० जनाको पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । थाक्रे गाउँपालिका वडा नम्बर ७मा घर भई काठमाण्डौंको वागबजारमा प्रेस संचालन गर्दै आएका ४१ बर्षिय पुरुषमा मंगलबार कोरोना संक्रमण देखिएपछि उनको घरपरिवार र सम्पर्कमा..

कोरोना हल्ला र सावधानी

 सानुबाबु तिमिल्सिना   केही दिन अगाडिको कुरा हो, म औषधि आवश्यक परेकाले धादिङबेसीको एक औषधि पसलमा गए । औषधि पसल सञ्चालकले भन्नुभयो ‘सर तपाई धादिङमै हुनुहुन्छ ? तपाई त कोरोना उपचार गराउन काठमाण्डौ जानु भएको भन्ने पो सुनेको थिए मैले त । के हो कुरा ? उहाको कुरा सुनेर म छक्क परे । मैले उहालाई भने– हेर्नुहोस म यतै छु, मलाई केही पनि भएको छैन । मैले..

कोरोना त्रासका बिच धादिङ अस्पतालमा गर्भवतीको सफल शल्यक्रिया

धादिङ, ८ जेठ - अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यन्तै जोखिममा देखिएको धादिङ जिल्ला अस्पतालले बुधबार एक गर्भवतीको सफल शल्यक्रिया गराएको छ । बुधवार धादिङ अस्पतालका ७ जना कर्मचारीमा आरडिटी पोजेटिभ देखिएपछि अस्पतालले तत्कालका लागि ओपिडि लगायतको सेवा रोकेपनि सुत्केरी गराउन आएकी महिलाको ज्यान जोखिममा पर्न..

धादिङका २१ जना पत्रकारको आरडिटी रिपोर्ट नेगेटिभ

धादिङ, ५ जेठ - धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा रहेर विभिन्न सञ्चारमाध्यममा कार्यरत २१ जना पत्रकारको आरडिटी परीक्षण नेगेटिभ देखिएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको आग्रहमा स्वास्थ्य कार्यालय धादिङले सोमबार सदरमुकाममा रहेका पत्रकार मध्ये पहिलो चरणमा २१ जना पत्रकारको आरडिटी परिक्षण गराएको हो । समाचार संकलनका क्रममा..

बाटो बन्द गर्ने र टोल प्रवेशमा निषेध गर्नेलाई कानूनी कारवाही हुने

काठमाडौं ।  देशको विभिन्न भागमा स्वास्थ्य सुरक्षा सर्तकताको नाममा सार्वजनिक बाटो बन्द गर्ने, टोल प्रवेशमा निषेध गर्ने, आवागमनमा पनि बाधा पुर्‍याउने लगायतका कार्य भईरहेको भन्दै त्यस्ता अबाञ्छित कार्य नगर्न  गृह मन्त्रालयले निर्देशन दिएको छ । केही दिन यता देशका विभिन्न स्थानमा टोल सुधार समिति, नागरिक समाज, सामाजिक अभियन्ता, सचेत नागरिक..

रेडियो बिहानीको भवनमा रहेको फ्रेस हाउसमा आगलागी

धादिङ, २ जेठ - सदरमुकाम धादिङबेसीबाट प्रसारित  रेडियो बिहानी ९७.६ मेगाहर्जको स्टेशन रहेको भवनमा शुक्रबार दिउँसो आगलागी भएको छ । सहिद स्मृति संचार सहकारी संस्था द्वारा संचालित रेडियो बिहानीको सो भवनको सटरमा रहेको मासु पसल र रेडियो बिहानीका कर्मचारी बस्ने कोठामा क्षति पुगेको छ । भवनको सटरमा रहेको रामकोट फ्रेस हाउसमा ग्याँस लिक भएर आगजनी..

धादिङ अस्पताललाई प्रदेश सरकारबाट ३१ लाख निकासा

धादिङ । वाग्मती प्रदेश सरकारले कोरोना नियन्त्रण तथा रोकथाम गर्न प्रदेशभित्रका विभिन्न सरकारी अस्पताल तथा निकायलाई रु नौ करोड ९३ लाख निकासा गरेको छ । सो रकमबाट धादिङ जिल्ला अस्पतालले ३१ लाख रुपैयाँ पाउने भएको छ । वागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रदेश सरकारले भरतपुर कोरोना विशेष अस्पताललाई रु एक करोड,..

एक महिनामा धादिङ अस्पतालद्वारा १८६३ बिरामीको उपचार

धादिङ । जिल्ला सदरमुकाम धादिङबेँशीमा रहेको धादिङ जिल्ला अस्पतालले लकडाउन सुरु भएपछिको एक महिनामा १ हजार ८ सय ६३ जना बिरामीको उपचार गरेको छ । कोरोना संक्रमणका कारण कतिपय ठूला अस्पतालले बिरामीहरूको उपचार नगरेको गुनासो आइरहेको बेला धादिङ अस्पतालले ओपिडी सेवालाई निरन्तरता दिँदै आइरहेको अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र धमलाले..

कोरोना जितेका उरवहादुर महेन्द्र धमलाको जिम्मामा घर फर्किए

धादिङं - अस्पताल भर्ना भएको २८ दिन पछि कोरोनालाई जितेर धादिङको नेत्रावती डबजोङ गाउँपालिका सेमजोङका  ३२ वर्षका उरवहादुर तामाङ  घर फर्किएका छन ।  यु ए ईबाट काठमाडौं आएका तामाङमा कोरोना देखिएपछि गत चैत १२ गते टेकु अस्पतालमा भर्ना भर्ना गरिएको थियो ।  अस्पतालमा एक महिनादेखि उपचाररत तामाङ कोरोना भाइरसमुक्त भएपछि डिस्चार्ज भएका..

बजारमा ल्याउन नसक्दा बारीमै कुहियो करोडौँको तरकारी

धादिङ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोकथामका लागि लागू गरिएको लकडाउनका कारण धादिङमा करोडौँ रुपैयाँबराबरको तरकारी बारीमै कुहिन थालेको छ । लकडाउनसँगै तरकारीबजार लैजान नसक्दा बारीमै कुहिन थालेको गल्छी गाउँपालिका ज्यामिरेखोलाका किसान मुक्तिनाथ खतिवडाले बताउनुभयो । लकडाउनअघि बारीबाट टिपेर..

असिना पानीले फलफूल र तरकारीमा क्षति

धादिङ । धादिङ जिल्लाका मध्य र उत्तरी भेगका अधिकांश भूभागमा शनिबार परेको असिना पानीले हिउँदे बाली तरकारी र फलफूल नष्ट गरेको छ । शनिबार बेलुकीपख परेको असिना पानीले बेमौसमी तरकारी तथा फलफूललगायतका बालीमा क्षति पुगेको हो । धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने रुवीभ्याली गंगाजमुना, खनियाबास, नेत्रावती डबजङ, त्रिपुरासुन्दरी गाउँपालिकाका साथै..

‘लकडाउन रहर होइन वाध्यता हो’ – सांसद खेम लोहनी

धादिङबेसी- कोरोना रोकथामका लागि जिल्ला स्तरमा भएका गतिविधिहरुको बारेमा धादिङ जिल्लाका प्रतिनिधि सभा सदस्य खेमप्रसाद लोहनीले सरोकारवालाहरुसँग जानकारी लिनु भएको छ । शनिवार विहान सदरमुकाम धादिङबेसीमा सरोकारवालाहरु संग अनौपचारिक भेटघाट कार्यक्रम राखी सांसद लोहनीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएका गतिविधि र समस्याहरुको..

मोटरसाइकल चालकलाई लाठीचार्ज गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल

धादिङ । आजभोली मानिसहरु सामाजिक सञ्जालमा कस्ता बिषय खोजीरहेका हुन्छन ? जवाफ पाउन मुस्किल छ । हरेक मान्छेले आफ्नो स्वभाव अनुसारका सवालहरु पोष्ट गर्नुका साथै त्यस्तै बिषयको खोजी लाईक शेयर, कमेण्ट गरिरहेका हुन्छन । अहिले मुलुक लकडाउनमा भएकाले सबैको ध्यान अब के हुन्छ भन्नेमा केन्द्रित छ । कोरोना भाईरस संक्रमण, उपचारका लागि भएका..

धादिङमा लकडाउन कडा पारियो,अब खाद्यान्न पसलहरु नखुल्ने

धादिङ,३ बैशाख - धादिङमा हरेक दिन विहान बेलुकी खुल्दै आईरहेको खाद्यान्न पसलहरु बैशाख १० गते सम्म खोल्न नपाईने भएको छ । यसैगरि बाहिरी जिल्लाबाट तरकारी तथा फलफुल आयात गर्न पनि पूर्ण रुपमा रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालय धादिङमा बसेको जिल्ला कमाण्ड पोष्टको बैठकले विश्वभर फैलिरहेको कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै यस्तो..

एम्बुलेन्सले नमानेपछि विरामी आफैं मोटरसाईकल चलाएर अस्पताल पुगे

धादिङ, ३ बैशाख - र्‍यापिड  डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोभिड(१९ परीक्षण गर्दा पोजेटिभ देखिएका धादिङ ज्वालामुखीका २७ बर्षिय युवकलाई धादिङ अस्पताल अन्र्तगत रहेको कोरोना उपचारको अस्थायी आईशोलेसन कक्षमा भर्ना गरिएको छ । जिल्ला अस्पताललाई संघीय सरकारले कोरोना उपचारको लागि कोभिड क्लिनिकका रुपमा तोकेको छ । ज्वालामुखी गाउँपालिकाको..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad