गजुरी गाउँपालिका

पाँच जना अभियुक्त सार्वजनिक

धादिङ, २५ असोज- विभिन्न अपराधजन्य कृयाकलापमा संलग्न रहेको आरोपमा धादिङ प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । हत्या,लागु औषध ओसार पसार र बलत्कार जस्ता गम्भिर किसिमको अपराधीक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँचै जनालाई बुधवार जिल्ला प्रहरी कार्यालय धादिङले सार्वजनिक गरेको हो । जिल्लामा अपराधीक क्रियाकलापहरु बढ्दै जान..

छिमेकीद्वारा धादिङमा पाँच वर्षीय बालकको हत्या

आश्विन २२,-बेनिघाट रोराङ–१, बुन्द्रीमा काठको मुङग्रो प्रहारबाट छिमेकी युवाले पाँच वर्षीय बालकको हत्या गरेका छन् । छिमेकी २५ वर्षीय आसमान तामाङले लुगा धुदा प्रयोग गरिने काठको मुङ्ग्रो प्रहार गर्दा साजन तामाङको छोरा ५ वर्षीय विवेक तामाङको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा काठको मुङ्ग्रोमा रगत लतपतिएको भेटिएको छ । मृतक..

एमालेबाट धादिङ एकमा भुमि त्रिपाठीको नाम सिफारिस

गल्छी-धादिङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीको नाम उम्मेदवारमा सिफारिस गरिएको छ । उम्मेदवार सिफारिसका लागि गल्छी गाउँपालिकाको बैरेनीमा विहीवार बसेको एक नम्बर निर्वाचन क्षेत्र कमिटीको बैठकले त्रिपाठीको नाम बहुमतबाट उम्मेदवारका लागि जिल्ला कमिटिलाई सिफारिस गरेको हो..

धादिङबाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेको को को छन आकांक्षी ?

धादिङ-नयाँ संरचना अनुसार केन्द्रिय संसद ( प्रतिनिधि सभा)का लागि २ निर्वाचन क्षेत्र कायम गरिएको धादिङ जिल्लामा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि टिकटमा कस्ले बाजी मार्ला सबैको चासोको बिषय बनेको छ । यस अघि ३ वटा निर्वाचन क्षेत्र रहेको धादिङ जिल्लामा ३ वटै क्षेत्रमा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए । निर्वाचन क्षेत्र ३ बाट २..

कलिलै उमेरमा आमा बन्छन् चेपाङ युवती

धादिङ, - धादिङको दक्षिणी भेगमा पर्ने  ब्रुसबाङकी सिरमाया चेपाङ अहिले १३ बर्षकी पुगिन । उनको विवाह भएको १ वर्ष बितिसकेको छ । सिरमायाको विवाह दुईबर्ष अघि बु्रसबाङ गाउँकै १६ वर्षका भीमबहादुर चेपाङसँग भएको हो । बु्रसबाङकै सानी चेपाङ पनि अहिले १६ बर्षकी भईन उनको काखमा अहिले ८ महिनाको छोरा छ । १४ वर्षमा विवाह गरेकी सानीले एक वर्ष नवित्दै छोरा..

बु्रसबाङका चेपाङ थातथलो छोड्न राजी

धादिङ-उत्पादन भएको खाद्यान्न तीन महिना मात्र पुग्छ । बाँकी महिना गिट्ठा, भ्याकुर र साग, सिस्नु खानुपर्ने बु्रसबाङका चेपाङहरूको बाध्यता हो । खेती गर्ने जमिन छ तर पर्याप्त पानी छैन । खानेपानी लिन २/३ घण्टा तल झर्नुपर्ने हुन्छ, गाउँमा उपयुक्त स्वास्थ्यचौकी र विद्यालय छैन । शौचालय छैन, बाटोघाटो छैन । यस्तै समस्याले पिरोलेका बु्रसबाङका..

विशालटारको दुर्घटनामा घाइते दुईको मृत्यु

धादिङ,२७ भदौ, । विशालटार नजिकैै मंगलबार बिहान भएको दुर्घटनाका घाइतेमध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक वरुण सिंहका अनुसार घाइते अवस्थामा काठमाडाैं लगिएका नवलपरासीको सुस्ता गाउँपालिका-५ निवासी ६५ वर्षीय रमाशंकर सिंह र ३० वर्षीय बच्चु रामको मृत्यु भएको हो । रमाशंकरको स्टार..

ट्रक पल्टिंदा १ जनाको मृत्यु, ३ घाईते

धादिङ, २६ भदौ - धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ चारधारे स्थित पृथ्वीराजमार्गमा सोमबार ( आज ) विहान आइचर ट्रक दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । दुर्घटनामा परि धादिङको ज्वालामुखी गाउँपालिका वडा नंं ७ निबासी ३० वर्षीय खेमबहादुर छत्कुलीको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरी धादिङले जनाएको छ । काठमाडौँबाट..

ब्रुसबाङ पर्यटकीय सम्भावना वोकेर पनि ओझेलमा

धादिङ, - धादिङको दक्षिणी भेगमा पर्ने महाभारत श्रृङ्खलाको ब्रुसबाङ पर्यटकीय सम्भावना वोकेर पनि ओझेलमा परेको छ । प्रचार प्रसारको कमी तथा यातायातको सुविधा नपुगेको यो गाउँ अहिले बत्ति मुनिको अध्याँरो जस्तै बनेको छ । पृथ्वीराजमार्गको मलेखुवाट सुरु हुने मलेखु भण्डारा सडक हुँदै चितवन र धादिङ जिल्लाको सिमानामा रहेको कान्द्राङगढीसम्म २०..

धादिङ र नुवाकोटमा अवैध ढंगले ढुंगा बालुवा उत्खनन

धादिङ । नदी तथा खोलाबाट अवैध ढंगले ढुंगा र बालुवा उत्खनन गर्न नहुने सरकारीे ऐन कानुनको खिल्ली उडाउँदै धादिङका नदीहरुबाट अवैध रुपमा बालुवा गिट्टी उत्खनन भइरहेको छ । जिल्लामा राज्य निकायकै मिलोमतोमा अवैधरुपमा ग्राभेल तथा ढुंगाखानी सञ्चालन गरेर प्राकृतिक स्रोत साधनको धमाधम दोहन भैरहेको  छ । सरकारले वर्षाको समयमा खोलाजन्य वस्तु..

हुग्दीखोला पुलबाट डिव्वा खस्दा चालक सहित तीन जना घाइते

वेनिघाट रोराङ-धादिङको वेनिघाट रोराङ गाउँपालिकामा पर्ने पृथ्वीराजमार्गको हुग्दिखोला  पुलबाट मोटर खस्ने क्रम बढ्न थालेको छ । महिना अघि पनि सोही पुलबाट ट्रक खस्दा एक किशोरी सहित ३ जनाको ज्यान गएको थियो । मंगलबार पनि सोही पुलबाट अर्को ट्रक खसेको छ ।  धादिङको बेनिघाट रोराङ गाउँपालिका स्थित हुग्दीखोला पुलबाट गाडी खसेको हो । काठमाडौंबाट..

धादिङको पृथ्वीराजमार्ग खण्डमा दुर्घटना ४ जनाको मृत्यु १२ घाईते

धादिङ,५ साउन : धादिङको पृथ्वीराजमार्ग खण्डमा भएको छुट्टाछुट्टै तीन वटा दुर्घटनामा परि ४  जनाको ज्यान गएको छ भने १२ जना घाईते भएका छन । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ५मा पर्ने पृथ्वीराजमार्गको विशालटारमा बिहीबार  विहान यात्रुबाहक बस पल्टिंदा २ जनाको घट्ना स्थलमै ज्यान गएको छ भने वसमा सवार अन्य १० जना घाईते भएका छन् । काठमाण्डौँ बाट..

खटौटीमा बस र ट्रक ठोक्किँदा ३१ जना घाइते

  धादिङ ३१ असार, । पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिकाको खटौटीमा आज यात्रुबाहक बस र ट्रक एक आपसमा ठोक्किँदा ३१ जना घाइते भएका छन् । महोत्तरीबाट काठमाडौं आउँदै गरेको ना ५ ख ५०२ नम्बरको यात्रु बस र विपरितबाट जाँदै गरेको ना ६ ख १२४ नम्बरको ट्रक धादिङको बेनिघाट रोराङ गाउँपालिका– ९ खटौटी पुल नजिक ठोक्किएर दुर्घटना भएको..

हुग्दिखोलामा ट्रक खस्दा तीनजनाको मृत्यु

धादिङ, ९ असार : पृथ्वी राजमार्ग अन्तरगत पर्ने धादिङको बेनीघाटरोराङ्ग गाँउपालिका वडा नम्बर–९ सिथ्त हुग्दीखोलामा शुक्रवार विहान ५ वजे तिर भएको सवारी दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ । काठमाण्डौबाट मुग्लिन तर्फ जाँदै गरेको ना६ ख ३१२३ नम्वरको ट्रक हुग्दी खोलाको पुलबाट ५० मिटर तल खसेर भएको दुर्घटनामा परी ट्रकमा रहेका तीन जनाकै ज्यान..

ब्रुसबाङका चेपाङ भन्छन् -‘कि गाउँमा पानी ल्याईदेउ, सक्दैनौ भने बस्तीनै सारि देउ’

राजेन्द्र बस्नेत धादिङ, ९ असार :  लामो समयदेखि खानेपानी र खाद्यन्नको चरम अभाव झेल्दै आएका ब्रुसबाङ चेपाङ समुदायमा पानी पु¥याउन भन्दा बस्ती स्तानान्तरण गर्न उपयुक्त हुने स्थानीय विकास अधिकारी जीवलाल भुषालले बताए । प्रत्येक घरमा खानेपानी धारो हुने पर्ने, बाह्रै महिना पोषणयुक्त खाना खान पाउने व्यवस्थाका मिलाउनु पर्ने, जनता..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad