गजुरी गाउँपालिका

नागढुंगा–मुग्लिङ सडक अब चार लेनको बनाईदै

धादिङ, ५ चैत ः देशका ६९ जिल्लाबाट राजधानी काठमाडौं भित्रिने मुख्य सडकको रुपमा रहेको नागढुङ्गा–मुग्लिङ खण्ड फराकिलो बनाईने भएको छ । सडकको अहिलेको अबस्थाबाट कम्तीमा ९ मिटर फराकिलो बनाइन लागिएको हो । राजधानी भित्रिने र राजधानीबाट बाहिरिने सवारी साधनको अत्यधिक चाप रहेको यो सडक अहिले ६ देखि ७ मिटर फराकिलो रहेको छ । नागढुंगा–मुग्लिङ सडक..

प्रथम गजुरी महोत्सव २०७७ को तयारी तिव्र

धादिङ चैत १ -यही चैत १२ देखि २४ गतेसम्म गजुरीगाउँपालिकाको गजुरीबजारमा हुन लालेको प्रथम गजुरी महोत्सव २०७७ को तयारीलाई तिव्र पारिएको छ । 'समृद्ध धादिङको कामना एक घर एक व्यवसाय हाम्रो कामना 'भन्ने नाराका साथ साना तथा मझौला व्यवसायी महासंघ जिल्ला शाखा धादिङले महोत्सवको आयोजना गरेको हो । जिल्लाको कृषि, पर्यटन, घरेलु तथा साना मझौला व्यवसाय,..

‘गजुरी महोत्सव २०७७’ चैत १२ गतेदेखि २४ गतेसम्म हुने

धादिङ । आगामी चैत १२ गतेदेखि २४ गतेसम्म धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ गजुरी बजारमा 'गजुरी महोत्सव २०७७' हुने भएको छ । स्थानीय वस्तुको निकासी एवं जिल्लामा लगानी तथा प्रविधि भित्र्याउने उद्देश्यका साथ गजुरी महोत्सवको आयोजना गर्न लागिएको साना तथा मझौला व्यवसायी महासंघ जिल्ला शाखा धादिङले जनाएको छ । मंगलबार धादिङको गजुरी बजार स्थित..

पुल निर्माणको म्याद सकियो, तयार भएन पुल

धादिङ-त्रिशूली नदीमा सात स्थानमा मोटरेबल पुल निमार्णाधीन छन् । ती पुल निर्माण गर्ने म्याद गत पुस मन्सान्तमा सकिइसकेको छ । तर पुल निर्माण गर्न अझ एक वर्ष लाग्ने स्वयं निर्माण व्यवसायी बताउँछन् । पुल निर्माण गराउने निकायका प्रमुख भने समयमा नसके हर्जना तिर्नुपर्ने व्यवस्था रहेको बताउँछन् । एक अर्ब ३३ करोड ७८ लाख १९ हजार नौ सय ६९ रुपैयाँमा..

धादिङको गाउँ गाउँमा नेपाल टेलिकमको फोरजी सेवा

धादिङ- धादिङका गाउँ गाउँमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ । नेपालमै पहिलो पटक २०७३ सालमा काठमाडौं र पोखराबाट फोरजी सेवा सुरु गरेको सरकारी स्वामित्वमा सञ्चालित कम्पनी नेपाल टेलिकमले ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार गरेको हो। दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले देशका ७७ वटै जिल्लामा आफ्नो फोरजी एलटिई सेवा..

भूमिसम्बन्धी समस्या समाधान आयोगको धादिङ जिल्ला अध्यक्षमा रामहरी अधिकारी बिज्ञ सदस्यमा सन्जय दुवाडी र सदस्यमा गंगादेवी श्रेष्ठ नियुक्त

धादिङ – भूमिसम्बन्धी समस्या समाधान आयोगको धादिङ लगायत देशका सबै जिल्लामा भूमिसम्बन्धी समस्या समाधानका लागि सरकारले  जिल्ला अध्यक्ष र अन्य सदस्यको मनोनयन गरेको छ । आयोगको धादिङ जिल्ला अध्यक्षमा रामहरी अधिकारी (मुलपानी) बिज्ञ सदस्यमा सन्जय दुवाडी ( ढोला) र सदस्यमा गंगादेवी श्रेष्ठ ( नीलकण्ठ) लाई नियुक्त गरिएको राजपत्रमा प्रकाशित..

वाग्मती प्रदेश लोकसेवा आयोगले माग्यो १७४ अधिकृत स्तरका कर्मचारी

धादिङ-वाग्मती प्रदेशमा रहेका १३ जिल्लाका विभिन्न स्थानीय तहका लागि वागमती प्रदेश लोक सेवा आयोगले १७४ अधिकृतस्तरका कर्मचारी माग गरेको छ ।प्रदेश लोक सेवा आयोगले पहिलो पटक स्थानीय तहका लागि अधिकृत स्तरका कर्मचारीको बिज्ञापन खुलाएको हो ।   स्थानीय तहले माग गरेका आधारमा बिज्ञापन खुलाएको प्रदेश लोकसेवा आयोगका निमित्त सचिव भोला दाहालले..

बालमैत्री पालिका बनाउने अभियानमा गजुरी गाउँपालिका

गजुरी - बालबालिकाहरुको सर्वाङ्गिण विकासको लागि गाउँपालिकाले जिम्मेवारीपुर्वक काम गरिएको धादिङको गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले बताउनु भएको छ । गजुरी गाउँपालिका बालमैत्री उन्मुख गाउँपालिका भई सकेको बताउँदै अध्यक्ष बस्नेतले न्युनतम भौतिक पुर्वाधार सबै बिद्यालय पुगि सकेकोले अब शैक्षिक उपलब्धि केन्र्दित भएर..

सहुलियत पूर्ण कर्जाका लागि गजुरी गाउँपालिका र बाणिज्य बैक बिच सम्झौता

धादिङको गजुरी गाँउपालिका र राष्ट्रिय बाणिज्य बैंक बिच सहुलियतपुर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धि कार्यबिधी कार्यान्वयनको लागि सम्झौता भएको छ । गजुरी गाउँपालिकाले सहुलियतपूर्ण कर्जाको सहकार्यका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सँग सम्झौता गरेको हो । गजुरी गाउँपालिकाका प्रमुख राजेन्द्रबिक्रम बस्नेत,बैंकका गजुरी शाखा..

बालविकास कक्षाका बालवालिकालाई खेलकुद र शैक्षिक सामाग्री प्रदान

गजुरी -बाल विकास कक्षाका बालबालिकालाई उमेर अनुसारको खेलकुद ,स्टेसनरी सामाग्री प्रदान गरिएको छ । बुधबार धादिङको गजुरी गाउँपालिका वडा नं १ उज्यालो गाउँमा रहेको जीवनज्योति बिद्यालयका ३६ जना बालबिकास कक्षाका बालबालिकाहरुलाई खेलकुद ,स्टेसनरी सामाग्री प्रदान गरिएको हो । वितरण गरिएका सामाग्रीहरुमा कापी, कलर ,पेन्सिल,ईलेजर , भाँडाकुटि सेट,..

ढोडेनीमा घर घरमा खानेपानी आउन थालेपछि गाउँले भए खुसी

गजुरी- धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ को ढोडेनी गाउँमा खानेपानी आयोजना सम्पन्न भई घर घरमा धारा मार्फत पानी वितरण हुन थालेको छ । अन्र्तराष्ट्रिय गैर सरकारी संस्था अक्सफामको सहयोगमा प्रयास नेपाल धादिङले पुर्णिमा कार्यक्रम अन्तरगत संचालित योजनाबाट ढोडेनीका ४२ घरमा धारा मार्फत सबै घरधुरीमा स्वच्छ खानेपानी उपलब्ध गराएपछि..

कर्मचारी हाजिर नगराउँदा धादिङका पाँच स्थानीय तहबाट ३९ लाख अनुदान फिर्ता

धादिङ । सरुवा भएर आएका स्थायी दरवन्दीका कर्मचारीलाई हाजिर नगराउने धादिङका पाँच सहित देशभरका ३५ स्थानीय तहको अनुदान रकम संघीय सरकारले कट्टा गरेको छ ।संघीय सरकारले पठाएका कर्मचारी हाजिर नगराउने धादिङका ५ स्थानीय तहबाट ३९ लाख २३ हजार ३ सय १४ रुपैयाँ ६ पैसा तलब भत्ता बापतकोअनुदान कट्टा हुने भएको हो । स्थानीय तहमा समायोजन भएका र विभिन्न..

पढ्न चाहने चेपाङ किशोरीका लागि गजुरीमा छात्रावास बनाईदै

केशव अधिकारी गजुरी (धादिङ ) -  धादिङको गजुरी गाउँपालिका–१ हाँगेटारमा चेपाङ किशोरीहरुका लागि सुविधा सम्पन्न छात्रावास निर्माण गरिने भएको छ। सिमान्तकृत समुदयायमा सूचीकृत चेपाङ समुदायमा विद्यालय जाने छात्राको संख्या निकै कम रहेको छ। गरिबी, अशिक्षा र अन्धविश्वासका कारण चेपाङ समुदायमा अहिले पनि बालविवाह प्रथा कायमै रहेको छ। आर्थिक..

सांसद भूमी त्रिपाठीद्वारा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सार्वजनिक

धादिङ । धादिङ जिल्ला निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य भूमी त्रिपाठीले आर्थिक वर्ष २०७७/७८को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत छनोट भएका योजना र बिनियोजित बजेट सार्वजनिक गर्नु भएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम ( सञ्चालन कार्यविधि) नियमावली २०७७ अनुसार कार्यक्रम परामर्श समिति र कार्यक्रम..

अति विपन्न परिवारलाई रेडक्रसको सहयोग

धादिङ,- नेपाल रेडक्रस सोसाईटी धादिङले जिल्लाका अति विपन्न १०६ परिवारलाई दोश्रो चरणको सहयोग अन्र्तगत नगद तथा गैर खाद्य सामाग्री उपलव्त्रध गराएको छ । गएको साउन र भदौ महिनामा आएको पहिरोमा परेर घर गुमाएका जिल्लाका ६ स्थानीय तहका १०६ परिवारलाई सम्वन्धित वडा कार्यालयको सिफारिसमा नगद तथा गैर खाद्य सामाग्री बितरण गरिएको हो । पहिरो..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad