
धादिङ बस दुर्घटनामा ३३ को मृत्यु, अझै १ बेपत्ता
धादिङ । धादिङमा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या ३३ पुगेको छ । गत शनिबार घाटबेंसीमा भएको बस दुर्घटनापछि बेपत्ता एक युवतीको शव शुक्रबार अपराह्न फेला परेपछि मृतकको संख्या ३३ पुगको हो । प्रहरीका अनुसार दुर्घटनास्थलबाट करिब ३ किलोमिटर तल गजुरी नेपाली सेनाको व्यारेकमुनि लाश तलाउमा तैरीरहेको अवस्थामा फेला परेको हो..