धुनिबेसी नगरपालिका

मलेखुबाट अवैध लागूऔषध सहित २ जना पक्राउ

धादिङ,१५ कात्तिक, । धादिङको मलेखु बाट प्रहरीले ७ केजी ५ सय ग्राम  अवैध लागूऔषध गाँजा सहित २ जनालाई नियन्त्रणमा लिएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका ३ मलेखुबाट अवैध लागूऔषध गाँजासहित स्याङजा जिल्ला भोर्ले स्थायी घर भई कास्की जिल्लाको पोखरा महानगरपालिका-१४ बाग्लुङ बसपार्क बस्ने बस्ने २२ वर्षीय कृष्ण क्षेत्री र रुकुम जिल्लाको..

गजुरीको तुनीखोलामा जिप दुर्घटना,दश यात्रु घाईते

धादिङ,१४ कात्तिक- धादिङको मलेखु भण्डारा सडक खण्डको तुनीखोलामा यात्रुवाहक जिप दुर्घटना हुंदा दश जना यात्रु घाईते भएका छन । वेनिघाट रोराङको ताल्तीबाट पृथ्वीराजमार्गको मलेखु तर्फ २३ जना यात्रु लिएर आउँदै गरेको ग १ ज ३०११ नम्बरको बोलेरो जिप आज विहान ९ वजे तिर गजुरी गाउँपालिका वडा नम्बर २ तुनीखोला नजिकै दुर्घटना हुंदा जना दश जना यात्रु घाईते..

धादिङमा राती ९ बजेपछि देउसीभैलो खेल्न नपाइने

धादिङ,७ कात्तिक - तिहारको अवसरमा रमाइलोका लागि खेलिने देउसीभैलोलाई व्यवस्थित र मर्यादत बनाउन राति ९ बजेसम्म मात्र खेल्न पाइने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । ९ बजेपछि देउसीभैलो खेलेमा वा पैसा तोकेर मागेमा कानुन अनुसार कानून वमोजिम कारबाही हुने प्रशासनले जानकारी दिएको छ । तिहारलाई मर्यादित र सांस्कृतिक पर्वको रुपमा मनाउन..

४३ हजार बेरोजगारलाई अल्पकालिन रोजगारी खुल्दै

काठमाडौं । के तपाई बेरोजगार हुनुुहुन्छ ? शिक्षित पनि हुनुहुन्छ, अबसर खोज्दा खोज्दै थाकिसक्नु भएको छ भने अब छिट्टै तपाईका लागि अल्पकालीन रोजगारी प्राप्त हुने भएको छ । सरकारले हरेक १० वर्षमा राष्ट्रिय जनगणना गर्दै आएको छ । विगतमा जनगणनाका लागि शिक्षक परिचालन गर्ने गरेको भएपनि यस पटक बेरोजगार युवालाई प्राथमकिता दिएर जनगणना गर्न लागिएकाले..

नागढुङ्गा–मुग्लिन सडक ६ लेनको बनाईदै

काठमाडौं । देशका ६७ जिल्लाबाट राजधानी प्रवेश गर्ने र राजधानीबाट वाहिरिने यात्रुले प्रयोग गर्ने नागढुंगा–मुग्लिन सडक खण्डको अव विस्तार गरिने भएको छ । अहिले दुई लेनमा रहेको सडकलाई अब ६ लेनसम्म विस्तार गरिने भएको हो । सडक विभागका अनुसार सो सडकखण्ड विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र ‘ड्रोइङ डिजाइन’ तयार भइसकेको छ भने..

धादिङका आठ सामुदायिक बिद्यालयमा आईटि ल्याव स्थापना हुंदै

धादिङ,३ कात्तिक- सरकारले साढे ३ अर्ब रुपैयाँ खर्च गरेर धादिङका ८ सहित देशभरका १ हजार विद्यालयमा सामुदायिक सूचना प्रविधि प्रयोगशाला (आईटी ल्याब) स्थापना गर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषबाट रकम खर्चिने गरी ७७ वटै जिल्लाका समुदायिक विद्यालयमा सरकारले आईटी ल्याब स्थापना कार्यक्रम सञ्चालन गर्न लागेको हो..

स्थानीयतहका जनप्रतिनिधिले लिँदै आएको तलब सुविधा कानून विपरित

काठमाडौं । जनताको मत बाट निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिहरु जनताको आधारभूत सेवाका लागि चाहिने निति निर्माण र कार्यान्वयनका लागि भन्दा आफ्नै सेवा सुविधा बढाउन तिर लाग्न थालेपछि उनिहरुले पाउँदै आएको सेवा सुविधा दिने कानुन सर्वोच्च अदालतले बदर गरिदिएको छ । स्थानीय तहका पदाधिकारीलाई सेवा सुविधा दिने भनेर प्रदेश १ बाहेक अरु ६ वटा..

नौविसे-नागढुङ्गा सडकको सूचना सारथी प्रहरीको फेसबुक

धादिङ, १३ असोज - दशैंका लागि घर जाँदै हुनुहुन्छ र तपाईले नौविसे नागढुङ्गा सडक खण्डमा यात्रु गर्नु पर्ने छ भने त्यहाँको सडकको पछिल्लो अबस्था के होला भनेर जान्नका लागि अब प्रहरी तपाईको साथमा रहने भएको छ । त्यस्का लागि तपाईले  जिल्ला प्रहरी कार्यालय धादिङको फेसबुक पेज हेरेर त्यहाँको पछिल्लो अवस्था थाहा पाउन सक्नु हुनेछ । फेसबुक पेजमा विहान ६..

धादिङमा १२९ जनाका लागि खुल्यो जागिर (सूचना सहित )

धादिङ ।तपाई बेरोजगार हुनुहुन्छ र कामको खोजीमा लागि रहनु भएको छ भने धादिङको १३ वटै स्थानीय तहका लागि धेरै जना कर्मचारीको माग भएको छ । भुकम्प पिडितहरुको लागि भवन निर्माण कार्यमा आर्थिक तथा प्राविधिक सहयोग गर्दै आईरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धादिङ जिल्लाका १३ वटै स्थानीय तहका लागि करार सेवामा विभिन्न पदमा गरी १२९ जना..

अख्तियारमा धादिङका धेरै उजुरी

- केशव अधिकारी धादिङ,२९ भदौ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई नियम विपरीतका कुनै पनि काम नगर्न कडाईका साथ निर्देशन गरेको छ । जिल्ला समन्वय समितिको सभाहलमा आईतबार आयोजित एक कार्यक्रममा अख्तियारले विभिन्न योजना निर्माण गर्दा वा अन्य कुनै पनि कार्य सम्पादन गर्दा कानुन विपरीत गएर केही काम..

बढ्यो सामाजिक सुरक्षा भत्ता

काठमाडौं । सरकारले बृद्ध भत्ता बढाएको छ । बढेको भत्ता अव कार्यान्वयनमा समेत आएको छ । सरकारले चालु आर्थिक वर्ष २०७६–७७ को बजेटमा घोषणा गरेअनुसार ज्येष्ठ नागरिकदेखि सबै शीर्षकका सामाजिक सुरक्षा भत्ता बढाएको छ । अर्थ मन्त्रालयले बढेको सामाजिक सुरक्षा भत्ताको दर तय गरी राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागलाई उपलब्ध गराएको छ । चौमासिक..

धादिङमा पनि भेटियो डेंगु, अहिले सम्म २१ जना संक्रमित

धादिङ- डेङ्गु रोगबाट धादिङमा अहिले सम्म २१ जना विरामी भएका छन । स्वास्थ्य कार्यालय धादिङका अनुसार ज्वरो आएर धादिङ जिल्ला अस्पतालमा उपचारका लागि आएका मध्ये ९ जना महिला र १२ जना पुरुषमा डेंगुको संक्रमण देखा परेको हो । जिल्लाको सदरमुकाम आसपास भन्दा अन्य स्थानका विरामीको भने जिल्लामा अभिलेख नभएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत..

पहिचानका लागि हिन्दुराष्ट्र -राप्रपा बरिष्ठ उपाध्यक्ष तामाङ

धादिङ -नेपालको पहिचानका लागि हिन्दुराष्ट्र आवश्यक भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष एवम पुर्व गृहमन्त्री बुद्धिमान तामाङले वताउनु भएको छ । राजसंस्था सहितको हिन्दुराष्ट्र स्थापनाको एजेण्डा लिएर तेश्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा अभियानमा जुटेको राप्रपाको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्न गृह..

गजुरी र बेनिघाटका कृषकलाई उद्यमशीलता विकास तालिम

धादिङ - धादिङको गजुरी र बेनिघाटरोराङ गाउँपालिकाका कृषकहरुलाई लक्षित गरि  उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ । परम्परागत रुपमा स्थानीय स्तरमा कृषिमा आधारित निर्वाहमुखी कृषि व्यवसाय  गर्दै आएका कृषकहरुका लागि तीन दिन सम्म संचालन गरिएको उद्यमशिलता विकास तालिम मंगलबार सम्पन्न भएको हो । तालीममा सिकेको ज्ञान सीप व्यवहारमा लागू गरी..

गजुरीबजारमा होटल महाशक्ति संचालनमा आयो

धादिङ गजुरी गाउँपालिकाको गजुरी वजारमा शनिवार देखि होटल महाशक्ति संचालनमा आएको छ । धादिङ उद्योग वाणिज्य संघका महासचिव समेत रहनु भएका लोकनाथ डल्लाकोटीले गजुरी बजारमा होटल महाशक्ति इन्टरनेशनल प्रा.लि. संचालनमा ल्याउनु भएको हो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज कर्णिकारले शनिबार होटलको उद्घाटन गर्नुभएको..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad