धुनिबेसी नगरपालिका

धादिङ र नुवाकोटमा नियम मिच्दै नदी र खोलाको दोहन

 धादिङ - धादिङ र नुवाकोटमा नियमविपरीत  नदी र खोलाको दोहन भइरहेको छ । नदीजन्य पदार्थ झिक्ने कार्य धमाधम भइरहेका छन् । त्रिशूली, तादी, लिखु, फलाखु, सलाखुलगायतका नदी र खोलामा स्काभेटर लगाएर ढुंगा, गिटी र बालुवा निकाल्ने कार्य भइरहेको हो । नवीकरण नभएका अवैध क्रसरले नदीजन्य पदार्थ उपकरण लगाएर झिकिरहेको छ । कतिपय स्थानमा दिउँसो मजदुर लगाएर..

गजुरी गाउँपालिकाको खाद्य तथा पोषण सुरक्षा रणनैतिक योजना विमोचन

गजुरी- धादिङको गजुरी गाउँपालिकाले खाद्य तथा पोषण सुरक्षा रणनैतिक योजना तय गरेको छ । गाउँपालिका भित्र खाद्य सुरक्षाका लागि अपनाउनु पर्ने विभिन्न पक्षलाई समेटेर तयार पारिएको योजना पुस्तिकाको आईतबार विमोचन गरिएको छ । गजुरी गाउँ पालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतको अध्यक्षतामा भएको विमोचन कार्यक्रममा संघीय सांसद भुमि त्रिपाठीको..

पहिरोले घर भत्किंदा गजुरीमा आठ बर्षिया बालिकाको मृत्यु

धादिङ, २७ असार - अबिरल बर्षाका कारण घर भत्किंदा धादिङको गजुरी गाउँपालिका वडा नम्बर ४ दरिगांल बालु्वागाउँमा आठ बर्षिया बालिकाको घरले च्यापेर मृत्यु भएको छ । शुक्रवार दिउँसो १२ वजे तिर घर भत्किंदा कृष्णबहादुर तामाङको ढुङ्गा माटो र टिनले छाएको एक तले कच्चि घर पहिरोले भत्किँदा निजको छोरी बर्ष ८ कि अस्मिता तामाङको घटनास्थलमा नै मृत्यु भएको..

गजुरीबाट २२५ किलो गाँजाको धुलो सहित एकजना पक्राउ

धादिङ, २६ असार - धादिङको गजुरी गाउँपालिका वडा नं २ डुँडेठाँटीबाट प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजाको धुलो सहित एक जनालाई पक्राउ गरेको छ । प्रतिबन्धित गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा धादिङको बेनिघाटरोराङ गाउँपालिका वडा नं १ का खाम भन्ज्याङका ४१ वर्षीय वीरबहादुर लामा पक्राउ परेका छन् । लामाको साथमा रहेका अरु व्यक्ति फरार भएकाले..

मलेखुमा शिक्षिकाको पिटाईबाट ३ कक्षामा पढ्ने बालकको शरिरभर निलडाम

मलेखु-आंफुले सोधेको प्रश्नको जवाफ दिन नसकेको भन्दै धादिङको मलेखुमा रहेको एक निजी बिद्यालयमा पढाउने शिक्षिकाले बिद्यार्थीलाई शरिरभर निलडाम हुने गरी पिटेकी छिन । वेनिघाट रोराङ गाउँपालिकाको मलेखुमा रहेको पशुपति शिक्षा मन्दिरको कक्षा ३ मा पढ्ने ९ बर्षिय सक्सेस कँडेललाई बिद्यालयकी शिक्षिका इस्मा कँडेल रेग्मीले असार १२ गते दिउँसो आँफुले..

नागढुंगा मुग्लिन सडक साउन पछि विस्तारको काम अघि बढ्ने

धादिङ- सवारी चाप अनुसार सडक साँघुरो हुँदा दुर्घटनाको संख्या बढ्नुका साथै सवारी जाम हुनेक्रम पनि बढ्दै गईरहेको नागढुङ्गा—मुग्लिङ सडक विस्तार गरिने भएको छ । आगामी आर्थिक वर्षदेखि सडक विस्तारको काम अघि बढ्ने जनाईएको छ । विस्तार हुन लागेको सडक १० किमि ४ लेन र २५ किमि नयाँ लेनको निर्माण गरिने सडक विभागले जनाएको छ । बजार क्षेत्र आसपासमा ४ लेन र..

पहिरोले पृथ्वीराजमार्ग अबरुद्ध दिनभरीनै आवागमनमा समस्या

धादिङ, १२ असार -रातभरी परेको पानीले ग्रामीण सडक र खोल्साहरुबाट आएको लेदो भलबाढी सडकमा जमेपछि अबरुद्ध हुन पुगेको पृथ्वी राजमार्गको गल्छी देखि गजुरी सम्मको खण्डमा विहिवार दिनभरीनै सवारी आवागमनमा समस्या भएको छ । महेशदोभान- बैरेनी वजार सम्मको सडक खण्ड आठ घण्टा पछि संचालनमा आएर अवरोध खुले पनि सवारी चापका कारण दिनभर जस्तै सवारी आवागमनमा भने..

हुवासिन सिमेण्ट एउटा रोक्न हिड्ने अर्को बनाउन जुट्ने

धादिङ । दैनिक तीन हजार मेट्रिक टन सिमेण्ट उत्पादन गर्ने लक्ष्यका साथ स्थापना हुन लागेको चिनियाँ लगानीको हुवासिन सिमेण्ट उद्योगको शिलान्यास भए देखि बिबाद शुरु भएको छ । सार्वजनिक जग्गा अतिक्रमण, खोला मिचेर सडक निर्माण लगायतका बिषयलाई लिएर धादिङका दुई गाउँपालिका बिच उद्योगको बिषयलाई लिएर चर्को बिबाद शुरु भएको छ । बिबाद गाउँपालिकामा..

भूकम्प पीडितहरुको पुनः जाँच सर्वेक्षणको म्याद १५ दिन थपियो

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनःजाँच सर्वेक्षण अन्तर्गत स्थलगत लगत संकलनको म्याद १५ दिन थपेको छ । म्याद गप गरिएपछि लगत संकलन कार्य असार १५ गतेसम्ममा सकाउन सकिने भएको छ । यसअघि जेठ मसान्तसम्म सर्वेक्षण गरिने तय भएको भए पनि सबै जिल्लामा लगत संकलन कार्य सम्पन्न हुन नसकेकाले १५ दिन म्याद थपिएको हो । राष्ट्रिय..

जलयात्राको पहिलो गन्तव्य त्रिशूली नदीमा फोहोर बढ्यो

धादिङ- हिउँद होस या बर्ष त्रिशूली नदी सदावहार हिलाम्मे भएर बग्न थालेको पनि एक दशक बढि भईसकेको छ । जलयात्राका लागि कुनै बेला नेपालको सबैभन्दा लोकप्रिय गन्तव्यस्थलका रुपमा चिनिएको त्रिशूली नदीको धादिङ खण्डमा अहिले बिस्तारै जलयात्राको संख्या घट्दै गएको छ । नदी छेउ छाउमा बढ्दै गएको अव्यवस्थित बसोबास, नदी अतिक्रमण गरि सञ्चालन गरिएका..

जेठ २५ गते त्रिशूली नदीमा ३१ औँ वार्षिक जलयात्रा उत्सव हुंदै

धादिङ-  नेपालमा पहिलो पटक व्यवसायिक रुपमा जलयात्राको शुरुवात भएको त्रिशूली नदीको बैरेनी महेशदोभानमा ३१ औँ वार्षिक जलयात्रा उत्सव आयोजना हुने भएको छ । ‘पर्यटन र वातावरणका निम्ति हाम्रा नदीको संरक्षण गरौँ’ भन्ने मूल नाराका साथ २०७६ साल जेठ २५ गते शनिबार त्रिशूली नदीको बैरेनी महेशदोभान देखि मलेखु सम्म ३१ औँ वार्षिक जलयात्रा उत्सव हुन..

तरुण दल धादिङका उपाध्यक्ष राधाकृष्ण भण्डारी ‘राधे’ पक्राउ

धादिङ २३ जेठ – नेपाली काँग्रेस निकट नेपाल तरुण दल धादिङका उपाध्यक्ष राधे उपनामले चिनिने राधाकृष्ण भण्डारी गुण्डागर्दीको आरोपमा पक्राउ परेका छन् ।  बुधबार साँझ धादिङको वेनिघाट रोराङ गाउँपालिका ३ कात्राकबाट भण्डारीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो।धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारका अनुसार खुँडा र चक्कु देखाउँदै..

धादिङका स्थानीय तहले कति पाए अनुदान ?

धादिङ,२१ जेठ । संघीय सरकारले आर्थिक बर्ष २०७६/७७ का लागि देशैभरीका स्थानीय तहलाई दिने अनुदानको बिबरण सार्वजनिक गरेको छ । त्यो मध्ये धादिङ जिल्लामा समानीकरण तर्फ १ अर्व ७८ करोड ५८ लाख शशर्त अनुदान तर्फ १ अर्ब ८४ करोड ४५ लाख समेत गरि कुल ३ अर्व ६३ करोड ३ लाख वजेट विनियोजन भएको छ । अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार धादिङमा सबैभन्दा..

धादिङमा बर्षेनी रासायनिक मलको अभाव

धादिङ,  - मुख्य सिजनमा मात्रै होइन अरु समयमा पनि धादिङमा बर्षेनी रासायनिक मलको अभाव हुने गरेको छ । महिनौ देखि रासायनिक मल खोज्दै हिडेंका किसानहरु मल नपाएकोमा दुखित मात्रै भएका छैनन आक्रोशित पनि बन्न पुगेका छन । वजारमा मल किन्न नपाएको विरोधमा आईतबार जिल्ला सदरमुकाम धादिङबेसी आसपासका किसानले जिल्ला सदरमुकाममा प्रदर्शन गर्नुका साथै..

धादिङका ३ सय महिला जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम

धादिङ, - स्थानीय तहका जनप्रतिनिधि महिला तथा कर्मचारीको क्षमता विकास गरि उनिहरुलाई सफल बनाउन सहयोग पु¥याउने उद्धेश्यले क्षमता विकास तालिम दिर्ईएको छ । ३ नम्बर प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना र सहयात्री समाजकाे सहकार्यमा संचालित धादिङका १३ वटै स्थानीय तहका महिला जनप्रतिनिधिहरुलाई आगामी वर्षदेखि महिला अधिकार र विकासका..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad