गल्छी गाउँपालिका

गल्छी गाउँपालिकाद्वारा ५० प्रतिशत अनुदानमा किसानलाई कृषियन्त्र वितरण

गल्छी -धादिङ, वैशाख २७ गते । कृषिमा बढ्दै गएको प्रविधिको प्रयोगलाई व्यवस्थित गरी  कृषिलाई आधुनिकीकरण गर्दै कृषि पकेट क्षेत्र विकास गर्न गल्छी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण सुरु गरेको छ । पचास प्रतिशत अनुदानमा खरिद गरिएका मिनीटिलर एक सय ४५ वितरण गरिएको कृषि प्राविधिक टीकाराम खतिवडाले जानकारी दिनुभयो । किसानले रु १३..

गल्छी गाउँपालिकाको कार्यालय अब अम्लेश्वर महादेव मन्दिर परिसरमा

गल्छी गाउँपालिकाको प्रशासनिक भवन ( गाउँपालिका कार्यालय) ऐतिहासिक, धार्मिक एवम सांस्कृतिक महत्व बोकेको पर्यटकीय स्थल गल्छी गाउँपालिका वडा नम्बर ६ महेशदोभान स्थित अम्लेश्वर महादेव मन्दिर परिसरमा स्थापना हुने छ । गल्छी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयले बैशाख २६ गते मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै कार्यालय स्थानान्तरण हुन..

स्थानीय तहका अधिकारीले बिदा वस्न मन्त्रालयको स्वीकृति लिनुपर्ने

काठमाडौँ । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुले आँफुखुसी विदा वस्न नपाउने भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अब स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु बिदामा बस्दा अनिवार्य स्वीकृति लिनुपर्ने छ । मन्त्रालयका अनुसार जिल्ला समन्वय समितिका अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले बिदामा..

धादिङमा वडा तहबाटै राष्ट्रिय परिचयपत्र वितरण अभियान

धादिङ, असाेज २७ : राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले धादिङका सबै नागरिकको राष्ट्रिय परिचयपत्र बनाउन वडा तहमै टोली खटाएर अभियान थाल्ने भएको छ । गल्छी गाउँपालिकाका वडाबाट अभियान सुरु गर्न लागिएको हो । पञ्जीकरण विभागबाटै खटिएका कर्मचारीको टोलीले जिल्लाका सबै वडामा पुगेर नागरिकको राष्ट्रिय परिचयपत्र फाराम भर्ने लक्ष्य लिएको छ..

निर्वाचन आयोगलाई हेप्दा धादिङका २ हजार ८३ जना उम्मेदवार परे जरिवानामा

केशव अधिकारी धादिङ, ५ असोज – तोकिएको समयम भित्रै निर्वाचन खर्च विवरण नबुझाउने जनप्रतिनिधि र उम्मेदवारलाई जरिवाना तोक्दै निर्वाचन आयोगले नाम सार्वजनिक गरेको छ । निर्वाचन सम्पन्न भएको ३० दिन भित्र जरिवाना बुझाउनु पर्ने भएपनि वेवास्था गरेर बिबरण नबुझाएका जनप्रतिनिधि र उम्मेदवारको नाम आयोगले सार्वजनिक गरेको हो । धादिङको १३ स्थानीय तहमा..

गल्छी गाउँपालिकाको गाउँसभा सम्पन्न

धादिङ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र सरकारी वित्तीय व्यवस्थापन ऐन, २०७४ को व्यवस्थाअनुसार प्रत्येक स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने कानुनी व्यवस्था  अनुसार असार ९ गते सम्ममा धादिङको नीलकण्ठ, नेत्रावती डवजोङ र गल्छी गाउँपालिकाले मात्रै नीति तथा कार्यक्रम र वजेट ल्याएका छन् । धादिङको गल्छी गाउँपालिकाले बिहीवार..

पक्षघातले थलिएकी चन्द्रमायालाई ओछ्यानमै नागरिकता बितरण

धादिङ,७ असार - शारीरिक रुपमा अशक्त भएर ओछ्यान परेकी धादिङको गल्छी २ बसेरीकी चन्द्रमाया सुनारीलाई प्रकृया पुरा गरी घरमै गएर नागरिकता बितरण गरिएको छ । गएको एक बर्ष देखी पक्षघात भएर अशक्त हुन पुगेकी चन्द्रमायालाई जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी धुर्व प्रसाद कोइरालाले घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान..

एन्फाको उपाध्यक्षमा धादिङका दिपक खतिवडा विजयी,अध्यक्षमा पंकजविक्रम नेम्वाङ

  धादिङ न्यूज धादिङ, ६ असार : अखिल नेपाल फुटबल संघ ९एन्फा० को उपाध्यक्षमा धादिङ गल्छीका दिपक खतिवडा विजयी हुनु भएको छ । खतिवडा अध्यक्षमा विजयी पंकजविक्रम नेम्वाङको समूहबाट उपाध्यक्षमा विजयी हुनुभएको हो । सोमबार काठमाण्डौंमा सम्पन्न भएको मतदानको मतपरिणाम अनुसार नेम्वाङ ४५ मत ल्याएर विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिस्पर्धी..

धादिङमा छुट्टाछुट्टै दुर्घटना दुई जनाको मृत्यु २१ जना घाईते

धादिङ,३१ जेठ - मंगलबार धादिङको छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने २१ जना घाईते भएका छन् । नीलकण्ठ नगरपालिका वडा नम्बर ३ इजारामा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १६ जना घाईते भएका छन् । मंगलबार दिउँसो धादिङबेशीबाट नीलकण्ठ नगरपालिका वडा नम्बर २ जुरेथुम तर्फ जाँदै गरेको बा १८ च २८२०..

धादिङमा १२ पालिका र १०२ वडाको नतिजा सार्वजनिक

धादिङ । धादिङमा १३ मध्ये १२ पालिकाको १०२ वडाको मत परिणाम सार्वजनिक भइसकेको छ । परिणाम आउँन बाँकी थांक्रे गाउँपालिकाको २ वडामा मतगणना जारी छ । प्राप्त परिणामअनुसार जिल्लाको ३४ वटा वडामा नेपाली कांग्रेस, २० वटा वडामा नेकपा एमाले, ३२ वटा वडामा माओवादी केन्द्र, ७ वटा वडामा एकीकृत समाजवादी, ४ वटा वडामा राप्रपा, ४ वडामा स्वतन्त्र र १ वडामा जसपाका..

गल्छी २ मा एमाले प्यानलनै विजयी

धादिङ । धादिङको गल्छी गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा षडानन्द खनाल १०४७ मत ल्याएर विजयी भएका छन् । वडा सदस्यहरुमा गोविन्दराज वज्राचार्य र सुदिप मगर, महिला सदस्यमा सरिता मगर र दलित महिला सदस्यमा चमेली गैरे एमालेबाट प्यानल सहित विजयी भएका छन् । गल्छी गाउँपालिकाको २ वटा वडाको मतगणना सकिंदा पालिका प्रमुखमा एमालेका केदारनाथ खतिवडाले २४..

धादिङको स्थानीय तहमा एमाले र काँग्रेसले खोल्यो खाता

धादिङ, ३१ वैशाख ः स्थानीय तह निर्वाचन २०७९ अन्र्तगत बैशाख ३० गते सम्पन्न भएको निर्वाचनको मतगणना कार्य धादिङ जिल्लाभर सञ्चालन भईरहेको छ । मतगणना कार्य भईरहेका मध्ये शनिवार सांझ ८ वजे सम्ममा दुई वटा वडाको नतिजा सार्वजनिक भएको छ । जस अनुसार धादिङको गल्छी गाउँपालिकाको वडा नंं १ को मतगणना सकिएको छ । मतगणनाको प्राप्त नतिजा अनुसार वडाध्यक्षमा..

धादिङका सात पालिकामा पुरानै अनुहार प्रमुख पदका लागि प्रतिस्पर्धा गर्दै

धादिङ । आसन्न स्थानीय तहको निर्वाचनमा धादिङका सातओटा पालिकाको प्रमुखमा २०७४ मा निर्वाचित प्रमुखहरु दोहो¥याएर चुनावी दौडमा रहेका छन् । जिल्लाको धुनिबेसी नगरपालिकामा बालकृष्ण आचार्य, थांक्रे गाउँपालिकामा रामकुमार आचार्य, गल्छीमा कृष्णहरी श्रेष्ठ, गजुरीमा राजेन्द्रबिक्रम बस्नेत, सिद्धलेकमा प्रेमनाथ सिलवाल,नीलकण्ठ नगरपालिकामा..

गल्छीमा एमालेबाट अध्यक्षमा केदार खतिवडा र उपाध्यक्षमा राधा तिमिल्सिनाको नाम सिफारिस

धादिङ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले गल्छी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षको नाम टुंङ्गो लगाएर जिल्लामा पठाएको छ । नेकपा एमाले गल्छी गाउँपालिका कमिटीले पालिकाको अध्यक्षमा केदार खतिवडा र उपाध्यक्षमा राधा तिमिल्सिनाको नाम सिफारिस गरि जिल्लालाई पठाएको हो । अध्यक्षका लागि एमाले जिल्ला कमिटी सदस्य एवम..

धादिङको कुल मतदाता दुई लाख अठसठ्ठी हजार चार सय बहत्तर

धादिङ, १४ चैत - आसन्न स्थानीय तह निर्वाचनका लागि धादिङ जिल्लामा २ लाख ६८ हजार ४ सय ७२ मतदाता कायम भएका छ्न । निर्वाचन आयोगले आइतबार अन्तिम मतदाता नामावली सार्वजनिक गर्दै सो जानकारी दिएको हो । धादिङ जिल्लामा आगामी बैशाख ३० को स्थानीय तह निर्वाचनका लागि कायम भएका मतदाता मध्ये महिला १ लाख १७ हजार ६ सय ९५, पुरुष १ लाख ५० हजार ७७६ र अन्य १ जना रहेका..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad