गल्छी गाउँपालिका

धादिङमा भिडभाड हुने कार्यक्रम सञ्चालनमा रोक

धादिङ,१२ चैत - धादिङमा भिडभाड हुने कार्यक्रम गर्न रोक लगाईएको छ । कोरोना भाइरसको जोखिम बढ्न सक्ने सम्भावना बढ्दै गएको भन्दै धादिङमा सार्वजनिक कार्यक्रम, भेला, महोत्सव, जात्रा लगायतका कार्यक्रम सञ्चालनमा रोक लगाईएको हो । बुधवार धादिङबेसीमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको छुट्टाछुट्टै बैठक बसी कोरोनाको..

नागढुंगा–मुग्लिङ सडक अब चार लेनको बनाईदै

धादिङ, ५ चैत ः देशका ६९ जिल्लाबाट राजधानी काठमाडौं भित्रिने मुख्य सडकको रुपमा रहेको नागढुङ्गा–मुग्लिङ खण्ड फराकिलो बनाईने भएको छ । सडकको अहिलेको अबस्थाबाट कम्तीमा ९ मिटर फराकिलो बनाइन लागिएको हो । राजधानी भित्रिने र राजधानीबाट बाहिरिने सवारी साधनको अत्यधिक चाप रहेको यो सडक अहिले ६ देखि ७ मिटर फराकिलो रहेको छ । नागढुंगा–मुग्लिङ सडक..

मछेडीखोलामा बस ठोक्कियो, १० जना घाईते

गल्छी- धादिङको गल्छी गाउँपालिका वडा नम्बर ७ मछेडीखोला स्थित पृथ्वीराजमार्गमा आईतबार विहान दुई वटा यात्रुवाहक बस ठोक्किएर दुर्घटना हुँदा १० जना घाईते भएका छन् । काठमाण्डौंबाट गोरखाका लागि छुटेको ना ५ ख ५०७० नम्वरको बस र सुर्खेतबाट काठमाण्डौंका लागि छुटेको ना ५ ख ४४९१ नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परेर दुवै..

सुत्केरीढुंगाबाट त्रिशूली नदीमा खसेको ट्याङ्करले तिर्‍यो २१ लाख

धादिङ । नक्कली दुर्घटना गराएर भ्रम फैलाउनुका साथै तेल नष्ट गरेको आरोपमा एक ट्याङकर धनीबाट नेपाल आयल निगमले २१ लाख ४० हजार रकम असुली गरेको छ । गएको असोज ४ गते बिहान धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ सुत्केरीढुंगाबाट त्रिशूली नदीमा खसेको ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्यांकर दुर्घटना परेको नभई जानाजान त्रिशूली नदीमा खसालेको..

पुल निर्माणको म्याद सकियो, तयार भएन पुल

धादिङ-त्रिशूली नदीमा सात स्थानमा मोटरेबल पुल निमार्णाधीन छन् । ती पुल निर्माण गर्ने म्याद गत पुस मन्सान्तमा सकिइसकेको छ । तर पुल निर्माण गर्न अझ एक वर्ष लाग्ने स्वयं निर्माण व्यवसायी बताउँछन् । पुल निर्माण गराउने निकायका प्रमुख भने समयमा नसके हर्जना तिर्नुपर्ने व्यवस्था रहेको बताउँछन् । एक अर्ब ३३ करोड ७८ लाख १९ हजार नौ सय ६९ रुपैयाँमा..

‘लिगलिगे साइकल दौड’मा धादिङ गल्छीका मल्ल प्रथम

गोरखा — ‘लिगलिगे साइकल दौड’को उपाधि एपिएफमा कार्यरत धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ घर भएका लक्ष्मण मल्लले जितेका छन् । ५२.९ किलोमिटर निर्धारित दूरी २ घण्टा २२ मिनेट ५५ सेकेन्डमा पार गर्दै मल्ल साइकल दौड प्रतियोगितामा प्रथम बने । दुई घण्टा ३१ मिनेट ३५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै हिमाल टमटा दोस्रो बने । उक्त दौडमा वकेसराज..

हाईवे र सरस्वती बचत तथा ऋण सहकारी संस्था बिच एकीकरण

धादिङ,२ फागुन -   धादिङ जिल्लाको गल्छी र थाँक्रे गाउँपालिकामा रहेका समान प्रकृतिका दुईवटा बचत तथा ऋण सहकारी संस्थाले   एकीकृत कारोवार शुरु गरेका छन् । जिल्लाको गल्छी गाउँपालिका–६ बैरेनीवजारमा मुख्य कार्यालय रहेको हाइवे बचत तथा ऋण सहकारी संस्था र थाक्रे गाउँपालिका–७ जुँगेखोलामा रहेको सरस्वती महिला बचत था ऋण सहकारी संस्था बीच फागुन १..

धादिङको गाउँ गाउँमा नेपाल टेलिकमको फोरजी सेवा

धादिङ- धादिङका गाउँ गाउँमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ । नेपालमै पहिलो पटक २०७३ सालमा काठमाडौं र पोखराबाट फोरजी सेवा सुरु गरेको सरकारी स्वामित्वमा सञ्चालित कम्पनी नेपाल टेलिकमले ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार गरेको हो। दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले देशका ७७ वटै जिल्लामा आफ्नो फोरजी एलटिई सेवा..

तनहुँको घासीकुवामा दुर्घटना हुँदा गल्छिका गोबिन्दको मृत्यु

तनहूँ- तनहूँको व्यास नगरपालिका वडा नं. १२ घाँसीकुवामा भएको मोटरसाईकल दुर्घटनामा परि धादिङका एक युबकको मृत्यु भएको छ । घटनामा एक बालक र अर्की महिला घाइते भएका छन् । दुर्घटनामा परी ज्यान गुमाउनेमा धादिङ गल्छीका गोबिन्द मगर छन् । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग१४प २५१२ नम्बरको मोटरसाइकल ग१ह ०१ नम्बरको अटोसंग ठोकिएको..

भूमिसम्बन्धी समस्या समाधान आयोगको धादिङ जिल्ला अध्यक्षमा रामहरी अधिकारी बिज्ञ सदस्यमा सन्जय दुवाडी र सदस्यमा गंगादेवी श्रेष्ठ नियुक्त

धादिङ – भूमिसम्बन्धी समस्या समाधान आयोगको धादिङ लगायत देशका सबै जिल्लामा भूमिसम्बन्धी समस्या समाधानका लागि सरकारले  जिल्ला अध्यक्ष र अन्य सदस्यको मनोनयन गरेको छ । आयोगको धादिङ जिल्ला अध्यक्षमा रामहरी अधिकारी (मुलपानी) बिज्ञ सदस्यमा सन्जय दुवाडी ( ढोला) र सदस्यमा गंगादेवी श्रेष्ठ ( नीलकण्ठ) लाई नियुक्त गरिएको राजपत्रमा प्रकाशित..

सितापाइला-धार्के सडक स्तरउन्नतीका लागि ५० करोड – लामिडाँडामा बन्ने भयो वैकल्पिक शहर

काठमाडौं । उपत्यकाको जनघनत्वलाई व्यवस्थापन गर्न नजिकैका डाँडापाखामा शहरी पूर्वाधार र वैकल्पिक राजमार्ग निर्माण निर्माण गर्ने सरकारको योजनाले मुर्त रुप पाउने भएको छ । गत वर्षदेखी राष्ट्रिय राजमार्ग NH21 मा स्तरोन्नती भएको सितापाइला–धार्के सडक निर्माणका निम्ति धादिङ र काठमाडौं खण्डमा छुट्टा छुट्टै ठेक्का लगाउने गरी रु ५० करोड २० लाख..

शंकास्पद गतिविधिको आशंकामा गल्छीका सुमन चितवनमा पक्राउ

चितवन । धादिङको गल्छी गाउँपालिका वडा नं १ घर भई चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ बस्ने सम्राट भनिने २४ वर्षीय सुमन श्रेष्ठ पक्राउ परेका छन् । विप्लव नेत्तृत्वको नेकपा निकट रहेको अखिल (क्रान्तिकारी) चितवनका सचिवालय सदस्य तथा भरतपुर महानगर संयोजक समेत रहेका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले पक्राउ..

वाग्मती प्रदेश लोकसेवा आयोगले माग्यो १७४ अधिकृत स्तरका कर्मचारी

धादिङ-वाग्मती प्रदेशमा रहेका १३ जिल्लाका विभिन्न स्थानीय तहका लागि वागमती प्रदेश लोक सेवा आयोगले १७४ अधिकृतस्तरका कर्मचारी माग गरेको छ ।प्रदेश लोक सेवा आयोगले पहिलो पटक स्थानीय तहका लागि अधिकृत स्तरका कर्मचारीको बिज्ञापन खुलाएको हो ।   स्थानीय तहले माग गरेका आधारमा बिज्ञापन खुलाएको प्रदेश लोकसेवा आयोगका निमित्त सचिव भोला दाहालले..

फोस्टारमा पक्की पुल बन्यो तर मोटर गुड्ने सडक छैन

धादिङ-सडक निर्माण कताबाट गर्ने टुंगो नलगाई पुल निर्माण गर्दा सडक बनाउने विषयमा विवाद भएको छ । तोकिएको समयभन्दा ३० महिनापछि पुलको स्याप ढालान सकिएको भए पनि जग्गा विवादका कारण सडक बनाउने विषयमा टुंगो लागेको छैन । जिल्ला सदरमुकाम धादिङबेंसी हुँदै पुरानो सदरमुकाम सुनौलाबजार फोस्रेटार सडक खण्डको फोस्रेटार केउरेनी जोड्ने त्रिशूली नदीको..

कर्मचारी हाजिर नगराउँदा धादिङका पाँच स्थानीय तहबाट ३९ लाख अनुदान फिर्ता

धादिङ । सरुवा भएर आएका स्थायी दरवन्दीका कर्मचारीलाई हाजिर नगराउने धादिङका पाँच सहित देशभरका ३५ स्थानीय तहको अनुदान रकम संघीय सरकारले कट्टा गरेको छ ।संघीय सरकारले पठाएका कर्मचारी हाजिर नगराउने धादिङका ५ स्थानीय तहबाट ३९ लाख २३ हजार ३ सय १४ रुपैयाँ ६ पैसा तलब भत्ता बापतकोअनुदान कट्टा हुने भएको हो । स्थानीय तहमा समायोजन भएका र विभिन्न..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad