
बैकिङ पहुँच नभएका धादिङका ६ वटै स्थानीय तहमा खुल्ने भो बैंक
बैंकिङ पहुँच नपुगेका धादिङको ६ वटा स्थानीय तहमा आगामी असार मसान्त भित्र अनिवार्य रुपमा बैकंको शाखा स्थापना गरी संचालनमा आउने भएको छ ।प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा वाणिज्य बैकको शाखा खोल्नु पर्ने सरकारी निर्णय अनुसार नेपाल राष्ट्रबैंकले समयसीमा नै तोकेर वाणिज्य बैंकहरुलाई स्थानीय तहमा शाखा बिस्तार गर्न निर्देशन दिएको हो..