बेनिघाट रोराङ गाउँपालिका

गल्छीमा रहेको कर कार्यालय वन्द नहुने

गल्छीमा रहेको करदाता सेवा कार्यालय एक साताका लागि बन्द गर्न संकट व्यवस्थापन समितिले गरेको निर्णयलाई जिल्ला प्रशासन कार्यालयले सच्याएको छ । करदाताहरुले साउन मसान्त भित्रमा बुझाउनु पर्ने कर नबुझाएमा करदातालाई थप २५ प्रतिशत जरिवाना लाग्नुका साथै आन्तरिक राजस्व संकलनमा समेत प्रभाव पर्ने भन्दै जिल्ला प्रशासन कार्यालयले कर कार्यालय..

मौवाखोलाबाट साना मोटर गुड्न थाल्यो

धादिङ - बाढीले पुल भत्काएपछि अवरुद्ध हुन पुगेको पृथ्वीराजमार्गको मौवाखोलाको पुल मर्मत गरी चार दिनपछि साना सवारी साधन गुडाउन थालिएको छ। साउन ५ गते सोमबार अविरल वर्षापछि आएको बाढीपहिरोले धादिङ र चितवन जिल्लाको सिमानामा रहेको मौवाखोलाको धादिङतर्फको भाग बगाएपछि त्यहाँबाट चल्ने सवारी आवागमन ठप्प हुन पुगेको थियो । देशका ६७ जिल्लालाई..

बाढीेले मौवाखोलाको पुल बगायो ,राजधानी संगको सम्पर्क टुट्यो

धादिङ,५ साउन - देशका विभिन्न जिल्लाबाट राजधानी प्रवेश गर्ने पृथ्वीराजमार्गको धादिङ र चितवन जिल्लाको सिमानामा रहेको मौवाखोलाको पुल बाढीले बगाएको छ । पुल बाढीले वगाएपछि पश्चिम नेपालबाट राजधानी आउने नाका समेत वन्द हुन पुगेको छ । मौवाखोलाको बाढीले धादिङ र चितवन दुबै तर्फ केही घरहरु समेत बगाएका छन् । मानवीय क्षति भएको छैन । धादिङको वेनिघाट..

कोरोना, अनलाइन कक्षा र बास्तविक अबस्था

- सानुबाबु तिमिल्सिना एकजना छिमेकी दाई दैनिक मजदुरी गरी जिविकोपार्जन गर्दै आइरहनुभएको छ । मजदुरी गरेर नै उहाले आफ्ना छोराछोरीलाई सदरमुकामको निजी विद्यालयमा पढ्न पठाउनुहुन्छ । तर अहिले कोरोना भाईरस कोभिड १९ का कारण उत्पन्न परिस्थितिले उहालाई निकै समस्यामा पा¥यो । कोरोनाका कारण दैनिक मजदुरी गर्ने काम बन्द भयो । काम बन्द भएपछि दैनिक..

धादिङमा कोरोना संक्रमितको संख्या एक सय नाघ्यो, २२ जना निको भएर घर फर्किए

धादिङ,६ असार - धादिङमा कोरोना भाईरसबाट संक्रमितको हुनेको संख्या १ सय १ पुगेको छ । शनिवार धादिङको नीलकण्ठ नगरपालिकाका ५ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमित हुनेको संख्या १ सय १ पुगेको हो । शनिवार थपिएका ६ जना संक्रमितहरु पाँच जना भारत र एक जना दुवईबाट फर्किएर क्वारेन्टाइनमा बसेकाहरु रहेको स्वास्थ्य..

धादिङमा कोरोना सँक्रमित हुनेको संख्या ९४ जना पुग्यो

धादिङ , ५ असार - धादिङ जिल्लामा कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या ९४ जना पुगेको छ । शुक्रवार २ जनामा कोरोना भाईरस संक्रमित भएको पुष्टि भएसंगै जिल्लामा संक्रमित हुनेको संख्या ९४ जना पुगेको हो । शुक्रवार नीलकण्ठ नगरपालिका वडा नम्बर १० का ३२ बर्षिय र १४ का २९ बर्षिय एक एक जना पुरुषमा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या..

धादिङका अनलाइन संचालकहरु संगठित, तदर्थ समिति गठन

धादिङ, २४ जेठ - धादिङ जिल्लाबाट सञ्चालित अनलाइन न्यूज पोर्टलहरुको व्यवसायिक हक हितको संरक्षण र सम्वद्र्धन गर्न डिजिटल मिडिया नेटवर्क (डिएमएन) धादिङको गठन गरिएको छ । शनिवार धादिङबेसीमा जुम मिटिङबाट सम्पन्न  भएको प्रथम भेलाले धादिङ न्यूज डट कमका प्रधान सम्पादक केशव अधिकारीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको..

धादिङका स्थानीय तहले ४ अर्ब ३७ करोड बढी बजेट अनुदान पाउने

धादिङ- संघीय सरकारबाट धादिङका १३ स्थानीय तहले ४ अर्ब ३७ करोड बढी बजेट अनुदान पाउने भएको छ । आर्थिक वर्ष २०७७/७८ का लागि धादिङका दुई नगरपालिका र ११ गाउँपालिकाले सो अनुदान पाउने भएका हुन् । जसअनुसार धुनीबेसी नगरपालिकाले ३३ करोड ५४ लाख बजेट पाएको छ भने नीलकण्ठ नगरपालिकाले ६२ करोड ८३ लाख बजेट अनुदान पाएको छ । यसैगरी खनियाबास गाउँपालिकाले १९..

बाटो बन्द गर्ने र टोल प्रवेशमा निषेध गर्नेलाई कानूनी कारवाही हुने

काठमाडौं ।  देशको विभिन्न भागमा स्वास्थ्य सुरक्षा सर्तकताको नाममा सार्वजनिक बाटो बन्द गर्ने, टोल प्रवेशमा निषेध गर्ने, आवागमनमा पनि बाधा पुर्‍याउने लगायतका कार्य भईरहेको भन्दै त्यस्ता अबाञ्छित कार्य नगर्न  गृह मन्त्रालयले निर्देशन दिएको छ । केही दिन यता देशका विभिन्न स्थानमा टोल सुधार समिति, नागरिक समाज, सामाजिक अभियन्ता, सचेत नागरिक..

बेनीघाटमा क्रिकेट रंगशाला निर्माण सुरु

बेनिघाटरोराङ - जिल्लाका क्रिकेट खेलप्रेमीहरुलाई लक्षित गरी धादिङको बेनिघाटरोराङ गाउँपालिकाको बाहुनटारमा क्रिकेट रंगशाला निर्माण सुरु गरिएको छ । जिल्ला क्रिकेट संघ नै गठन नभएको धादिङमा लकडाउनकै बीच रंगशाला निर्माण अघि बढेको छ । सरकारले ५० लाख बजेट विनियोजन गरेपछि रंगाशाला निमार्णको प्रारम्भिक काम सुरु भएको हो । यससँगै धादिङको..

जिल्ला प्रवेश गर्ने सबै नाकामा कडाई-जिल्ला प्रवेशमा प्रतिबन्ध

धादिङ, - अत्यावश्यक सेवाका बाहेक अन्य सवारी साधन र व्यक्तिलाई धादिङ जिल्ला प्रवेश गर्न रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले शुक्रवार देखि जिल्ला प्रवेश गर्ने सबै नाकाहरुमा कडाई गर्नेे भएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा शुक्रबार धादिङबेसीमा बसेको संकट व्यबस्थापन केन्द्रको बैठकले काठमाडौँ, चितवन,..

ह्‍वासिन सिमेन्टमा निर्माण सामग्री अभाव

धादिङ - धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका-२ ताल्तीमा निर्माणाधीन ह्वासिन सिमेण्ट उद्योगमा निर्माण सामग्री अभाव भएको छ। लकडाउनको कारण उद्योगका लागि चाहिने निर्माण सामग्री उपलब्‍ध हुन छाडेपछि अभाव शुरु भएको हो। नेपाल र चीन सरकारबीच सम्झौता भई चिनियाँ र नेपालीको संयुक्त लगानीमा निर्माण हुन लागेको ह्वासिन नारायणी सिमेण्ट उद्योग..

धादिङका नौ सहित ५० ग्यास उद्योगको अनुमति खारेज

धादिङ–नेपाल आयल निगमले ग्यास उद्योग सञ्चालन गर्न अनुमति लिएर बसेका तर सञ्चालन हुन नसकेका ५० उद्योगको अनुमति खारेज गरेको छ । यसरी खारेज भएका उद्योगहरुमा धादिङ जिल्लामा सञ्चालन अनुमति लिएका नौ वटा उद्योग छन् । अनुमति लिने तर उद्योग निर्माण नगर्ने अनि अनुमतिपत्र खरिदबिक्री गर्ने प्रवृत्ति अन्त्य गर्न निगमले ती उद्योगको अनुमति खारेज..

बजारमा ल्याउन नसक्दा बारीमै कुहियो करोडौँको तरकारी

धादिङ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोकथामका लागि लागू गरिएको लकडाउनका कारण धादिङमा करोडौँ रुपैयाँबराबरको तरकारी बारीमै कुहिन थालेको छ । लकडाउनसँगै तरकारीबजार लैजान नसक्दा बारीमै कुहिन थालेको गल्छी गाउँपालिका ज्यामिरेखोलाका किसान मुक्तिनाथ खतिवडाले बताउनुभयो । लकडाउनअघि बारीबाट टिपेर..

असिना पानीले फलफूल र तरकारीमा क्षति

धादिङ । धादिङ जिल्लाका मध्य र उत्तरी भेगका अधिकांश भूभागमा शनिबार परेको असिना पानीले हिउँदे बाली तरकारी र फलफूल नष्ट गरेको छ । शनिबार बेलुकीपख परेको असिना पानीले बेमौसमी तरकारी तथा फलफूललगायतका बालीमा क्षति पुगेको हो । धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने रुवीभ्याली गंगाजमुना, खनियाबास, नेत्रावती डबजङ, त्रिपुरासुन्दरी गाउँपालिकाका साथै..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad